पहिरो
-चन्द्र गुरूङ
हिजो राति
पहिरो गएछ मेरो गाउँमा
बगाएछ डाँडामाथिको गुम्बा
बगाएछ खोला–किनारको मन्दिर
र बगाएछ गाउँमाझको मस्जिद ।
तर बिहान सबेरै
लामा गुरुले स्वार्थको ‘माने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल–कपटको प्रसाद बाँडिरहेको भेटेँ
र मौलवीले जातीयताको पर्खाल निर्माण गरिरहेको सुनेँ
सायद
थुप्रै बेथितिहरूलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

भुपिन व्याकुल
नदीहरु
मान्छेले झैं राजनीति गर्दैनन्
नदीहरु
मान्छेले झैं कुटनीति जान्दैनन्
निर्जीव संचेतनाका पर्खालहरु भत्काएर
कुरुप हातहरु उचाल्दै नदीहरु
हिलो छयापाछयाप गर्दैनन्
पानी बाराबार गर्दैनन् ।
नदीहरु
रङ बिभाजन गर्दैनन्
नदीहरु
जात विभाजन गर्दैनन्
नदीहरुको संविधानमा
सानो मूललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन् नदीहरु
पहाड फाँड्न सक्छन् नदीहरु ।
(1) नदीहरु मान्छेजस्ता हँुदैनन्
मान्छेले झैं राजनीति गर्दैनन्
नदीहरु
मान्छेले झैं कुटनीति जान्दैनन्
निर्जीव संचेतनाका पर्खालहरु भत्काएर
कुरुप हातहरु उचाल्दै नदीहरु
हिलो छयापाछयाप गर्दैनन्
पानी बाराबार गर्दैनन् ।
नदीहरु
रङ बिभाजन गर्दैनन्
नदीहरु
जात विभाजन गर्दैनन्
नदीहरुको संविधानमा
सानो मूललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन् नदीहरु
पहाड फाँड्न सक्छन् नदीहरु ।
हिग्स बोसोन र कविता
Source: Nagrik Daily News
–सरस्वती ‘प्रतीक्षा’
चन्द्रमामा मानिसको अवतरण हुनु र जीव विज्ञानमा डीएनएको संरचना पत्ता लगाउनु जस्तै ‘हिग्स बोसोन’ पत्ता लागेको कुराले २०१२ को जुलाइ महिना निकै सनसनीपूर्ण महिना बन्न पुग्यो । भौतिकशास्त्रको यो अभुतपूर्व उपलब्धीले वैज्ञानिक जगतलाई मात्र तताएन, सिङ्गो विश्व र विश्वको बौद्विक जगतदेखि सर्वसाधारणहरुको ध्यान पनि राम्ररी नै तान्यो यसले ।
भनिन्छ, कुनै पनि पदार्थ निमार्णका लागि त्यसमा प्रदत्त परमाणुका कण र उपकणहरुको ठूलो भूमिका हुन्छ । हिग्स बोसोन पदार्थको एउटा त्यस्तो आधारभूत कण हो , जसले पदार्थको भारको उत्पत्ती र भारको निर्धारण गर्दछ ।

श्रवण मुकारुङ

प्रोफेसर शर्माप्रति– प्रोफेसर शर्माको चस्माको सिसा चर्केको द्ध
– प्रोफेसर शर्माको चप्पलभित्रको खुट्टा छिप्पेको इस्कुसजस्तो छ
– प्रोफेसर शर्माको कमिजबाट टाँकहरू प्रायः खसिसकेका छन्
– ब्ल्याकबोर्डमा
प्रोफेसर शर्माको हात थरथर काँप्छ
– प्रोफेसर शर्मालाई दमको रोग छ ।
सर !
यसरी गफिन्थ्यौँ हामी–
क्यान्टिनमा
चउरमा
रेस्टुराँमा
वा कुनै अल्छीलाग्दो सभा–समारोहका पछिल्ला लहरहरूमा ।
सहरका राता–पहेँला अखबारहरू
निरीह ज्यापूको आलुको भाउमाथि घुरिरहेका छन्
पजेरो, आचारसंहिता र निर्वाचन आयोगप्रति चुइँकिरहेका छन्
पानी, बिजुली, खसीको मासु र ग्याँसको मूल्यादिमा
स्वयं सत्ताभोगीहरूझैँ गिड्गिडाइरहेका छन्÷हिनहिनाइरहेका छन्
अपसोस–
कहीँ छैन– प्रोफेसर शर्माको असामयिक मृत्युको खबर !
कसलाई थाहा छ–
प्रोफेसर शर्मालाई मिसेज शर्माले छोड्नुका कारणहरू ?
उमेश “अकिञ्चन” राई

Name- Umesh Rai "Akinchan"
Place of Birth- Babiya Birta V.D.C.-2,Gohigada,Morang
Email- umeshakinchan@hotmail.com
Published Works- 'Ek sagar,Dui tara' & Monalisa ra March 8
-------------------------
एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता
छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !
विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई
कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !
पुथ्वी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस्
कलिलो फूलको गुनासो
'म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ' ।
----------------------------------------------------------‘यो समयको अन्तिम अन्तरवार्ता’
फेरि पुग्नुछ मैले
पुग्न नसकेको गन्तब्य
...
नसोध मलाई
कति लामो छ
प्रधानमंत्रीको जुँगा
वा
भर्खरैं पेट्रोल पम्पमा राखिएको
गाडीहरूको लश्कर
नसोध मलाई
कति भयानक हुनसक्छ प्रतीक्षा ?
स्वप्निल स्मृति
नागरिक नाम सनमान चेम्जोङ ठेकाना पाँचथर, स्याबरुम्बा–४, स्वाबुङ
जन्म २०३८–०७–२९
शिक्षाः स्नातक
प्रकाशित कृति रङ्गैरङ्गको भीर ( विसं २०६२)
बाडुली र सुदूर सम्झना ( विसं २०६८)
ईमेल swapnil.ranga@gmail.com
--------------------------------------------------
सपना-३
निदाउनु खतरा छ मलाई
कि सपनामा सेक्सटोय जत्रो रोबोट आउँछ
त्यो एकाएक विशाल गिद्ध बन्छ निगुरादेन याक्पेको
उठाएर लैजान्छ अक्करको टुप्पामा कावा खाइरहेको
टुनीको रुखको सयौँ तलामा...
झिक्रा झिक्रीले कुँदेको गुँडमा लुच्छ मेरो अस्मिता
मेरो मुटुमा बेस्मारी ठुँग्छ ठुँग्छ र
उसको चुच्चोबाट झर्छ रगत तपतपी तमोर नदीमा…।
रोबोट यसरी सपनामा लाप्पा खेल्छ मसँग
मलाई मार्न/मलाई नामेट पार्न
जब म पराजित भएर मर्न आँटेको हुन्छु
तब सम्झिन्छु
विपनामा येबाले
मेरो माङ्गेनामा शीरमाथि छर्किएको पानी…
त्यही पानीले बौरिन्छु, मृत्युबाट घुर्ता हुन्छु
…ब्यूँझन्छु !
प्रतिसमालोचनाको सिद्धान्तमा राखेर फ्युजन प्रतिबिम्बलाई हेर्दा
-समदर्शी काइँला
सामान्य बहुरङ्गवादीय समालोचनाको सिद्धान्तबापत हामीले प्रतिसमालोचनाको सिद्धान्त अघि सारेका छौं। यौटा सृजनाभित्र धेरै विधाहरुको सम्मिश्रण हुने भएकाले यसलाई प्रतिविधाको न्वारान पनि गर्यौं। प्रतिविधाको शल्यक्रिया प्रतिसमालोचना सिद्धान्तले गर्नुपर्छ, हाम्रो जिकिर। यौटा उत्तरआधुनिक कविताभित्र गीत, निबन्ध,संवाद,कथा आदि जम्मै एक ठाउँमा भेलिएका छन्- लाई अब खाली कविता विधामा राखेर हेर्दा अधकल्चो हुन्छ नै।
परम्परागत मान्यताले शब्दसौर्न्दर्य, कला, प्रयोग र आविष्कारहरु यौटा कवितामा अटेनन्। नअट्नु भनेकै विवृति आयाम हो जो हुनुपर्दछ। मानक विधामा फ्रुफ मिस्टेक हेरेपछि प्रतिवधा विशेषत विधा भन्जनको खेल हो, मान्यौं हामीले। फ्युजन प्रतिबिम्ब नाउँ आफैले प्रतिविधाको अभिधारणा पेस गर्छ। बिम्बलाई प्रतिरङ्गमा प्रतिबिम्ब र फ्युजनलाई प्रतिरङ्गमा फिसन गरेर कतिपय अन्तरङग कार्यकलाप पनि हेर्दै हेर्नुछ फ्युजन प्रतिबिम्ब लाई।

WORDS of ECONOMY
Ujjwal Prasai
Source: The Kathmandu Post dated Sep 30,2011
The poetry anthologies that I am given to review these days are more a collection of grammatically-incorrect long sentences, broken down into several short phrases. Other than form, short phrases do not constitute poetry. Few months back I wrote an article on what Nepali writing, although produced in large quantities, lacks acutely. To quote a line or two from the same write-up is worthwhile here: “Take a poem written on the issue of corruption. This verse does nothing but repeat the boring ideas of an idealistic thug. High-sounding, idealistic thoughts prevail throughout the book, but the writing is so bland that I am reminded of a poem I wrote on ‘nationality’ in the fifth grade.”

स्वप्निल, बाडुली र सुदूर सम्झना
स्वप्निल, बाडुली र सुदूर सम्झना
Jotare Dhaiba
साभार http://hamrokalam.blogspot.com/

पहिलो कृति ‘रङ्गैरङ्गको भीर’ को ६ वर्षपछि रङ्गवादी कवि स्वप्निल स्मृतिले दोस्रो कृति ल्याएका छन् । ‘बाडुली र सुदूर सम्झना’ कविताकृतिमा उनले रङ्गवादी प्रवृत्ति झल्काउँदै जुनसुकै कुरामा बिब्ल्याँटो खोज्ने आफ्नो पहिलेको शैली छाड्दै पाठकको सामूहिकतालाई सम्बोधन गरेका छन् ।

स्वपीड़क
-By Pooja Goberdhan
हिउंको एक झोक्का पनि
खप्न नसकेर
झरे म्याप्पलका पातहरु
छोडेर आफन्तालाई
तोडेर नाता सम्बन्ध
सुटुक्क समुद्र भेट्न बसाई सरेको
खहरेको जीवन जस्तै
सरे म्याप्पलका पातहरु
हिउंको एक झोक्का पनि
खप्न नसकेर
झरे म्याप्पलका पातहरु
छोडेर आफन्तालाई
तोडेर नाता सम्बन्ध
सुटुक्क समुद्र भेट्न बसाई सरेको
खहरेको जीवन जस्तै
सरे म्याप्पलका पातहरु
आफैसँग लजाएर
बाधासँग डराएर
सुटुक्क सम्झौता-पत्रमा हस्ताछेर गर्ने
हारेको जुवाड़े जस्तै
कति कमजोर
कति नाजुक
कति निरीह
म्याप्पलका पातहरु
ठ्याक्कै मजस्तै
दोश्रो दर्जाको नागरिक
डाँडा
— रासा
काठमाडौंलाई छोडेर कतैं काठमाडौंमा
यी डाँडै–डाँडा छिचोलेर
यो डाँडाबजारमा आइपुग्दा
देखें मैले—
डाँडै–डाँडा
डाँडासँग डाँडा
डाँडामाथि डाँडा
डाँडामुनि डाँडा
डाँडानजिक डाँडा
डाँडापर डाँडा
डाँडै–डाँडा,
अहा, कति राम्ररी मिलेर बसेका !
खोई,
हामी यसरी मिलेर बस्नसकेका ?
["गन्तव्य ध्वजे: बिम्ब र रंगहरु को यात्रा" को अर्को कोशेली । चर्चित कवि रासाको कवितामा ध्वजे डाँडा र सँगै दीपेन्द्र बनेपालीको फोटोग्राफी ।]

Subscribe to:
Posts (Atom)
About Me
- http://chandu2007.blogspot.com/
- Manbu-6,Gorkha, Kathmandu, Nepal
- Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell