विचार र कलाको सन्तुलित व्यापार


- श्रावण मुकारुङ

(यो लेख चर्चित कवि श्रावण मुकारुङद्वारा युवा कवि चन्द्र गुरुङको नयाँ काव्यकृति " उसको मुटुभित्र देशको नक्सा नै थिएन "को लागि तयार पारेको हो । )

उहिले यो बतास
मीठो सुगन्ध बोकेर हतार-हतार
आफ्नो माइत हिँडेकी कुनै चेलीझैँ
वनको बाटोभरि मीठो गीत गुनगुनाउँदै आउँथ्यो
.........................तर अचेल यो बतास
मृत्युको त्रासले लखेटिएको कुनै घाइते सिपाहीझैँ
बाटोभरि गुहार माग्दै आउँछ । ( बतास )

कुनै पनि कृतिमाथि भूमिका राख्नु भनेको पाठकलाई उक्त कृतिभित्र प्रवेश गर्न सजिलो बनाउनु नै हो । भूमिकाले पाठक र पाठ्यबीच पुलको काम गर्नुपर्छ तर हाम्रो साहित्यको समाजमा भूमिकाको अर्थ अनेकौँ लाग्ने गरेको छ । कसैले यसलाई कठोर आलोचना गर्ने माध्यम बनाएका छन् । कसैले आशीर्वचन दिने थलो । तर, कति कृतिकारले चाहिँ आफ्नो स्तुति वा पूजा-अर्चना गराउन लेखाउने चलन पनि छ । यसै सर्न्दर्भमा कवि चन्द्र गुरुङले मलाई केही लेख्न आग्रह गर्नुभयो तर उहाँको आशय भने पहिलो हो । उहाँसितको मेरो चिनजान पुरानो होइन । यस्तै एक-डेढ वर्षीच भएको हुनर्ुपर्छ । कवि प्रकाश थाम्सुहाङ, शशी लुमुम्बू, शुभ मुकारुङ, पूर्ण इन्फादा, वसन्तराज अज्ञात आदिका रोहबरमा भएको जस्तो लाग्छ । जेहोस् त्यही भेटलाई चन्द्रजी र मैले आजसम्म निरन्तरता दियौँ । फलस्वरुप अहिले उहाँको प्रकाशोन्मुख काव्य कृतिको पाण्डुलिपि मेरो हातमा छ । यस कृति भित्र वि. सं. २०६१ सालदेखि २०६४ सालभित्र रचना गरिएका विविध विषयमा लेखिएका जम्मा तेत्तीसवटा लामा-छोटा कविताहरु सङ्गृहित छन् । यर्सथ २०६२-६३ को महान् जनआन्दोलनसित यस कृतिको गहिरो सम्बन्ध छ । जम्माजम्मी चार वर्षो अन्तरालमा रचिएका भए पनि यी कविताहरुले विगत बाह्र वर्षो जनयुद्ध र त्यसले उब्जाएका आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक उतारचढाव एवं मानवीय मूल्यका विसङ्घटनहरुलाई मिहिन ढङ्गले प्रस्तुत गरेका छन् । त्यसैले यो कृति युद्धकालीन नेपालको सजीव दस्तावेज बन्न पुगेको छ ।

स्वभावैले युद्ध कसैलाई पनि प्रिय हुँदैन । तर महान् इतिहासहरु यस्तै युद्धबाट निर्माण हुन्छन् । नेपालको राजैतिक इतिहासमा २०६२-६३ को जनआन्दोलन यसकारणले महत्वपूर्ण भएको छ कि, यसले सामाजिक एवं सांस्कृतिक रुपान्तरणको भीमकाय पहल गरेको छ । खासगरी युगौँदेखिको सामन्तवादको जरा उखेल्दैछ । जसले शोषण, दमन र उत्पीडनमा परेका आमजनतालाई सहभागिताको माध्यमबाट, सामाजिक न्यायको प्रक्रियाबाट मुक्ति र स्वतन्त्रताको बाटो खन्दैछ । जहाँ कवि चन्द्र गुरुङका कविताहरु श्रमिक भएर डटिरहेका छन् । यर्सथ उहाँ क्रान्तिका, परिवर्तनका पक्षधर कवि हुनुभएको छ । कवि चन्द्र गुरुङका कविताहरु सरल तर बोधगम्य छन् । बिम्ब, प्रतिक, उपमा-उपमेयहरुको सटिक संयोजन अथवा विचार र कलाको सन्तुलित व्यापारले नै उहाँका कविताहरु यतिका शक्तिशाली भएका छन् ।

कवि चन्द्र गुरुङका कविताहरु समकालीन र र्सवकालीन दुवै प्रकृतिका छन् । गाउँको रोदीदेखि सहरको सडकसम्म, घरको प्रतिक्षारत आँखादेखि परदेशको कठोर संघर्षमय फैलिएका छन् । आफ्नो संस्कृति र सभ्यताको असिम मायाले उहाँका कविताहरु कतै धुरुधुरु रोएका छन् त कतै आजको अन्याय र अव्यवस्थाप्रति अग्निज्वार भएका छन् । जे भए पनि उहाँका कविताहरु मानवताको पक्षमा उभिएका छन् । संरचनाका हिसाबले लामा हुन् वा छोटा उहाँका प्रत्येक कविताहरु साह्रै सम्प्रेषणीय, लयात्मक, विचारोत्तेजक र परिपक्क रहेका छन् । बतास, अचेल मेरो गाउँ, मायाको तमसुक, सेप्टेम्बर १-२००४, त्यो घर, निष्ठुरी बाटो, सुन्दरीको सुन्दरता, राम्रो तस्बिर, पहिरो, तिम्रो दरबार र हाम्रा घरहरु, शासक र जुत्ताहरु आदि कविताहरुले यस कृतिलाई अविष्मरणीय एवं पठनीय बनाएको छ ।

अन्तमा, आउनेकृतिले पनि यस्तै सफलता प्राप्त गरोस् भन्ने अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु ।

शासकहरू
आफ्ना भद्दा खुट्टाहरूलाई थरी-थरीका जुत्ताहरूले छोपेर
सुरक्षित अनुभव गर्छन् ।
जुत्ताहरू पनि शासकका पाउमुनि बाँच्न पाएकोमा
आफूलाई सौभाग्यशाली ठान्छन्... ... ...
यी शासकहरू... जुत्ताबिना त
एक कदम पनि हिँडन सक्दैनन् । ( शासक र जुत्ताहरू )

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell