आन्दोलनकारी समयको तस्बिर
भोगीराज चाम्लिङ
कविता सङग्रहको नाम छ "उसको मुटुभित्र देशको नक्सा नै थिएन ।" त्यो नाम पढ्नासाथ एमालेले महाकाली सन्धि संसदबाट अनुमोदन गरेर गरेको राष्ट्रघातको सम्झना हुन्छ । कवि चन्द्र गुरुङको सङ्ग्रहमा यस्ता थुप्रै जल्दाबल्दा राष्ट्रिय मुद्दाहरुमा केन्द्रित भएका छन् । कविता जब समकालीन यथार्थबाट भाग्दैन तब मात्रै त्यो कविता हुन्छ, कवि जो समाजका बेथितिहरुसँग जुध्न तयार हुन्छ, तब मात्रै कवि ठहरिन्छ । यस मानेमा कवि चन्द्र गुरुङ र उनका कविताहरु सहीसलामत छन् ।
समयावधिका दृष्टिले हेर्दा यी कविताहरु २०६१ सालदेखि २०६४ सालका बीचमा लेखिएका छन् । त्यसकारणले यसमा त्यस समयका संघर्षका पदचापहरु छ्याप्छ्याप्ती भेटिन्छन् । त्यसैलाई आवरण तस्बिरमा विवेक मुकारुङल्ले पनि प्रतिबिम्बित गरेका छन् । यस्तै जनताले सडकमा लगाएका नाराहरु कविताको रुपका उनिएका छन् । ज-जसले राजतन्त्रविरुद्धको आन्दोलन सडकमा आफ्नै पाइतालाले नापेर भोगे, अश्रुग्यासको पिरोले आँसु चुहाउँदै भोगे, त्यस्ता थिए, गोलीको पारोबाट उम्किए, उनीहरुले कवि चन्दका कविताहरु पढे भने त्यसको तस्बिर कवितामा देख्नेछन् । तर ती जसले विभिन्न कारणले त्यो आन्दोलनमा प्रत्यक्ष सहभागी हुन पाएनन्, उनीहरुले पनि यी कविताहरुमा आन्दोलनको प्रष्ट तस्बिर देख्न सक्नेछन् । विश्वलाई आकषिर्त गर्ने जनआन्दोलनको स्पन्दन यी कविताहरुमा सुन्न सकिन्छ ।
नेपाली समाजमा सदिऔंदेखि गुजुल्टा परेका समस्याहरु छन् । जाति, क्षेत्र, लिङ्ग र वर्गका नाममा देखापरेको यस्ता समस्याहरुका गाँठा फुकाउने प्रयत्न कवितामा भएको छ । त्यसमा ती मूलतः जातीय उत्पीडन र त्यसका विशिष्टतालाई यी कविताहरु पढेर केलाउन सकिन्छ । गोर्खा भर्तीका नाममा भएका होची अर्धली, राज्यसत्ताबाट पाखा लगाइएका सवालहरु कवि चन्द्र गुरुङको दोस्रो सरोकारका विषय हून् । जनआन्दोलन र सशस्त्र संघर्षले सम्मानजनक ठाउँ दिएका यस्ता पहिचान र मूक्तिका नयाँ सवालहरु सिर्जनामा प्रतिबिम्बित हुनु नयाँ संस्कृति, नयाँ मनोविज्ञान, नयाँ मूल्य र नयाँ नेपाल निर्माणको जग बस्नु हो ।
समकालीन समाजका हर्ष विस्मात, पीडा, बेथितिहरुलाई कवि चन्द्र गुरुङलाई तीक्ष्णतापूर्वक कविता बनाएका छन् । त्यससँगै कविका सपनाहरु बुनिएका छन् कवितामा । ती सपनाहरु कुनै अल्लारे ठिटाका मायाप्रीतिका सपनामा मात्र खुम्चिएका छैनन्, समुन्नत भविष्यको आकांक्षा भएका छन् त्यसमा । विचार-अभिव्यक्ति र सन्देशका दृष्टिले यी कविताहरु कमजोर छैनन् ।
कविता कार्यका लागि कविता चाहने वैचारिक प्रस्टता, संवेदनशीलता, सूक्ष्मता, तीक्ष्णता, भाषिक र विम्वहरुको प्रयोगको कुशलताका झिल्काहरु यी कविताहरुमा प्रशस्त भेटिन्छन् । त्यसलाई अझ खानै काम गर्न भने बाँकी छ । त्यो जीवनभर चलिरहने प्रक्रिया नै हो । थालनी गर्दा त्यस्ता थुप्रै कमजोरीहरु हुनु अस्वाभाविक होइन । जस्तो कि कवितासङ्ग्रहको शिर्षकलाई नै लिन सकिन्छ । यो शिर्षक दुइवटा कारणले असान्दर्भिक जस्तो लाग्छ । एक, यो शिर्षक ज्यादै लामो छ । त्यसको सट्टामा सङ्ग्रहभित्रकै ूशासक र जुत्ताहरुू जस्ता सशक्त कविताहरु राख्न सकिन्थ्यो । नामको चुस्तता पहिलो शर्त हो । दोस्रो, समग्र कवितासङ्ग्रहको सन्देश जे हो, त्यो कवितासङ्ग्रहको नामले व्यक्त गरे जस्तो लाग्दैन । यस्ता कुराले पनि कविताको प्रभावमा असर गरिरहेका छन् । यी प्राविधिक जस्ता लाग्ने विषयमा पनि कविहरु संवेदनशील हुनैपर्छ
Subscribe to:
Post Comments (Atom)
About Me
- http://chandu2007.blogspot.com/
- Manbu-6,Gorkha, Kathmandu, Nepal
- Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell
No comments:
Post a Comment