Showing posts with label कवि र कविता -भुपिन व्याकुल. Show all posts
Showing posts with label कवि र कविता -भुपिन व्याकुल. Show all posts
भुपिन व्याकुल


(1) नदीहरु मान्छेजस्ता हँुदैनन्

नदीहरु
मान्छेले झैं राजनीति गर्दैनन्
नदीहरु
मान्छेले झैं कुटनीति जान्दैनन्
निर्जीव संचेतनाका पर्खालहरु भत्काएर
कुरुप हातहरु उचाल्दै नदीहरु
हिलो छयापाछयाप गर्दैनन्
पानी बाराबार गर्दैनन् ।

नदीहरु
रङ बिभाजन गर्दैनन्
नदीहरु
जात विभाजन गर्दैनन्
नदीहरुको संविधानमा
सानो मूललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन् नदीहरु
पहाड फाँड्न सक्छन् नदीहरु ।

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell