"याद"


सुशीला पुरी
-------

याद आयो यसरी
जसरी, आएको होस् हावा निःशब्द
र रचेर गयो...सास,
बेगर कुनै शब्द-निस्तब्ध
जसरी, पस्यो घाम
कोठामा
र भरियो उजालो,
जसरी खोलेर पिंजरा

उडी गयो चरी
आकाशमा
र पखेटाहरुमा समायो
रंग नीलो नीलो-,
मानों झरेको होस् शीत
बिल्कुलै निःशब्द
र पग्लेर गएको होस्
मन-दर्पण
उज्यालो देखिन थालेको होस्
सारा संसार .......,
जसरी, गर्भमा हाँसेको होस् भ्रूण
र धरती झैं गोलो
आमाको कोखमा
मचलिएको होस् नाच्नको लागि

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell