किताब


विक्रम सुब्बा


अब एउटा नयाँ किताब लेखिँदैछ
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण हुने छैन
युवराज्ञीका शिरमा दैवी शक्तीको ताज हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
कसैका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो कालो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका झ्याङहरूमा
वेभिचारका सन्तानजस्ता फलफुल फल्ने छैन
कुनै पनि सिल्लीले संसदको माइकबाट विष फुक्ने छैन
सिंहदरवारका फायलहरूको सुरक्षाका निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि दफामा
महिलाका स्वच्छन्द आँखा थुन्ने जेल उभिने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
कसैको पुराण वाचन गर्ने आशन निर्माण हुने छैन
स्वदेश गानका धुनहरूको बाढी चल्दा
अपहेलित-दलितहरूको ढुकढुकीलाई पहिरोले तान्ने छैन
मधेसको बगैँचाबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्याेउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने ढोडिया हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघालाई कैद गर्ने पिंजरा हुने छैन
खम्बुवानको अरुणलाई छेक्ने पहरा हुने छैन
तमुवान र मगरातलाई बगाउँने गण्डकी हुने छैन
थारुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू उडाउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कुनै कथाको घाइते पात्र हुने छैन
तराइका अन्न, चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि अनुसूचिमा
मानिसको मुटु-कलेजो भेदन गर्ने तीर हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छैन
किसानको खेत थारो बस्ने मौसम हुने छैन
मजदुरका हातहरूलाई तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठन-पाठन रोक्ने घडी घुम्ने छैन
गायकको गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?

जिन्दगी


झमक घिमिरे
Source: nepalikavita.com

समयका पानाहरुमा मानव आक्रोश पोखिए
मूर्दावाद र जिन्दावादका नारा लेखिए
थुप्रैको पुत्ला सल्काइए
जिन्दगी त्यहाँ उभियो, विना रङ्ग
ऊ शालिक जस्तै
मौन, स्थिर उभिरहेछ
अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ ।
ऊ कञ्चन आकाश हेरिरहेछ,
जिन्दगी,
सङ्लो पानी छातीमा लिएर बगेको तमोर जस्तै बग्नुपर्छ,
ताम्य हिऊँ पहिरिएर हाँस्ने सगरमाथा
कहिल्यै गुनासो पोख्दैन,
छाती भित्र हिमनदी बगाएर,
प्रत्येक विहान घामको रक्तिम किरणहरु पछारिएर
सँधै हाँसीरहेछ सगरमाथा
हिऊँभित्र लुकेर पनि
उसले गुनासो कहिल्यै गरेन ।
ऊ हाँसिरहेछ,सेतो गुलाफ जस्तै
घामका किरणले गर्दा
चम्किला बनेका मूर्तिवत्,
हिमशिखरहरु सामु उभिएर
प्रश्न गर्न मन लाग्छ,
जिन्दगी आक्रोश र आवेग लिएर बाँच्छ किन ?
तमोरको सङ्लो पानी
कञ्चन आकाश
शालिक जस्तो स्थिर
जिन्दगी शान्ति किन हुन सक्दैन ?
जिन्दगी आकाश जस्तै कञ्चन
तमोरजस्तै सङ्लो हुनुपर्छ ।

सेलिबे्रटी कवि

भोजराज न्यौपाने
Courtesy:Kantipur Daily
लोकतान्त्रिक आन्दोलनमा नेपाली कवि/लेखकले महत्त्वपर्ूण्ा योगदान पुर्‍याउ“दै आएका छन् । राजा ज्ञानेन्द्रको तानाशाहीविरुद्ध जनतालाई आन्दोलित बनाउन कविताले खेलेको भूमिका महत्त्वपर्ूण्ा छ । जनताबीचमा इतिहासमै पहिलोपटक नेपाली कवि र कविताले लोकप्रिय बन्ने अवसर पाए । आन्दोलनकै बेला केही कविले आफूलाई 'सेल्रि्रेटी' बनाए । सशक्त लेखन र वाचन शक्तिकै कारण श्रवण मुकारुङले राजधानीलगायत धरान, बनेपा र सात समुद्रपारिको हङकङमा समेत एकल कविता वाचन गर्ने मौका पाए । आन्दोलनकै बेला कवि अर्जुन पराजुलीलाई धेरैले रुचाइदिए । उनका कविताले आन्दोलनकारीमा ऊर्जा थपेको थियो ।
आन्दोलनपछि टिकटमा कविता सुन्ने/सुनाउने क्रम बढेको छ । मुकारुङ, पराजुली, रामप्रसाद ज्ञवाली, बू“द राना, विक्रम सुब्बा, तर्ीथ श्रेष्ठलगायत कविले टिकटमा कविता सुनाइसकेका छन् । रमेश श्रेष्ठ, विमला तुम्खेवा र सविना सिन्धुले पनि आफूलाई 'टिकट कवि' का रूपमा प्रस्तुत गरिसकेका छन् ।
टिकट काटेर कविता सुन्ने परम्परा पोखरेली युवा सा“स्कृतिक परिवारले बसाएको हो । ०३५ माघ २५ मा पहिलोपटक पोखरामा आयोजना गरिएको 'टिकटमा मुक्तक' कार्यक्रमले कवितालाई मूल्यवान बनायो । कवितालाई खिसिट्युरीको विषय बनाउने तत्कालीन सामन्ती परिवेशविरुद्ध स्रष्टाले गरेको सा“स्कृतिक पुनर्जागरणको प्रयास थियो त्यो ।
राजधानीमा भने पहिलोपटक मुकारुङले टिकटमा कविता सुनाए । कार्यक्रमबाट उनले राम्रै आर्थिक लाभ पाए । पत्रपत्रिकामा सित्तैमा रचना छाप्न पल्केका सम्पादक र केही कविले उनलाई कविताको व्यवसायीकरण गरेको आरोपसमेत लगाए । 'साहित्यको बजार शास्त्र नबुझेको मान्छेले व्यवसायीकरणको कुरा उठाउ“छ' श्रवण भन्छन्- 'खोक्रो नामले मात्रै कवि बा“च्दैन उसका लागि कविता व्यवसाय पनि हो । त्यसैले उसले कविता लेखेरै
बा“च्न पाउनर्ुपर्छ ।'
पछिल्लोपटक यही पुसमा गजलकार प्रकट पगेनी 'शिव' र कवि बैरागी काइ“लाका सिर्जना राजधानीबासीले सुन्न पाए । पोखरेली स्रष्टा प्रकटका प्रणयपरक गजललाई श्रोताले निकै मन पराए । त्यसैगरी काइ“लाका सशक्त कविताले पनि उत्तिकै मन खिचे । काइ“लाको कार्यक्रमका आयोजकले गुरुकुलमा प्रत्येक महिनाको १५ गते टिकट काटेर कविता सुन्ने मेसो मिलाएका छन् । काइ“लाबाट सुरु भएको कविता यात्रा युवा पुस्ताका कविसम्म पुग्ने कार्यक्रम संयोजक ठाकुर बेल्वासे बताउ“छन् ।
टिकट कवितामा श्रोताको दरिलो उपस्थिति हुने गरेको छ । यसलाई दर्शक श्रोताले कव्रि्रति देखाएको सद्भाव ठान्छन् प्राध्यापक अभि सुवेदी । उनका अनुसार कविले वाचन गरिरह“दा रङ्गमञ्चको झल्को आउने हुनाले कविताप्रतिको आकर्षा बढेको हुनसक्छ । सुवेदी भन्छन्- 'सबैले सबैखाले दर्शक/श्रोता बढुन् भन्ने प्रयास गर्नर्ुपर्छ ।' कुनै स्रष्टाका रचना सुन्न र सुनाउने मेसो मिलाउन जो कोही स्वतन्त्र हुन्छ । र, उसको कविता सुन्न वा नसुन्न पनि व्यक्ति स्वतन्त्र हुन्छ । आफूलाई मन परेको स्रष्टाको रचना सुन्न र सुनाउन कार्यक्रम गर्नु सकारात्मक काम हो । कुनै एउटा गायकको छेउ न टुप्पाको गीत मिडियामा बज्दा
जबर्जस्ती सुन्नुपर्ने बाध्यताजस्तो हु“दैन टिकटमा कविता ।
टिकट काटेर कविता सुन्ने परम्पराले कविलाई सामाजिक सम्मान त दिलाउ“छ, आर्थिक रूपले समेत सघाउ पुग्ने देखिन्छ । यसलाई सकारात्मक दृष्टिबाट हर्ेन आवश्यक छ । शक्तिशाली कविता लेख्नेहरू स्टेजमा आउ“छन् भने उनीहरूको कविता टिकट काटेर सुनिदि“दा के ब्रि्रन्छ - बरु उनीहरूलाई बेवास्ता गर्नु पो हु“दैन ।
होइन र -

काइ“ला दाइका कविता

कृष्ण धरावासी
Source:Kantipur Daily
असोज १५ मै कार्यक्रम गर्ने भनी भाइ ठाकुर बेलवासेले निम्ता दिनुभएको थियो । बैरागी काइ“लाको एकल कविता वाचन कार्यक्रम पहिलोपल्ट हुन लागिरहेको थियो काठमाडौंमा । आरोहण गुरुकुल र र्सवदा वाङ्मय प्रतिष्ठानको प्रयत्नमा हुन लागेको कार्यक्रम । काइ“लाको ठूलो फोटोसहित प्रचार सामग्री टा“गिएको थियो गुरुकुलमा । 'खै † भाइहरूले कविता पढ्नर्ुपर्छ भनेका छन्, सकिने हो कि होइन' भन्दै हुनुहुन्थ्यो बैरागी दाइ । नभन्दै असोज पहिलो साता उहा“ नाथ्री फुट्ने रोगले थला पर्नुभयो । राति एघार बजेतिर भाउज्यूको फोन आयो- 'कृष्ण भाइ † दाजुको नाकमुखबाट रगत आयो, ओम हस्पिटलमा ल्याएको छ, दाजुले खोजिरहनुभएको छ ।' हतार-हतार भाइ दुवसु र म अस्पताल पुग्यौं । दाइको अवस्था गम्भीर थियो । डाक्टर उपचारमा भिडेका थिए । राति एक बजेतिर क्याबिनमा पुर्‍याइयो । नाकमा रुवा खा“देर पट्टी बा“धेको थियो, मुखले मात्र सास फर्ेन सकिन्थ्यो ।
त्यस्तो बेला पनि उहा“ भनिरहनु भएको थियो- '१५ गतेलाई भाइहरूले कार्यक्रम राखेका छन्, आफूलाई यस्तो भयो, त्यति बेलासम्म ठीक होला कि नहोला ।' त्यो कार्यक्रमलाई बैरागी दाइले निकै महत्त्व दिनुभएको थियो । धेरै वर्षछि उहा“ कविता पाठ गर्ने मानसिकतामा पुग्नुभएको थियो । हामीले भन्यौं- 'तपाईंलाई सञ्चो भएपछि कार्यक्रम गरौंला ।' दिनदिनै झन्झन् सिकिस्त भएर विशेष सघनकक्षमै राख्नुपर्‍यो कति दिनसम्म । दसैंतिहार बिसञ्चोमै गयो काल्दाइको ।
कार्यक्रम पुस १५ लाई सारियो । तीन बजे पुगेको थिए“ म गुरुकुलमा । चार बजे सुरु हुने भनिए पनि समयभन्दा अघि श्रोता आउने क्रम बढेको थियो । कविता सुन्न, त्यो पनि टिकट काटेर कति मानिस आउलान् र भन्ने लागेको थियो तर हर्ेदाहर्ेर्दै गुरुकुलको प्राङ्गण भरियो ।
बैरागी दाइ सञ्चो भए पनि बलियो हुनुहुन्नथ्यो । तर जोसिलो हुनुहुन्थ्यो, ह“सिलो पनि । मञ्जुल दाइ र मैले उहा“लाई कविता छान्न केहीबेर सघायौं । कौतुहलता थियो धेरैलाई । कस्तो सुनिएला काइ“लाको वाचन ।
'बैरागी काइ“ला' एउटा बिम्ब बनेको छ कविता क्षेत्रमा । तेस्रो आयाम आन्दोलनका एक सशक्त कवि, जसका कविताले प्रयोगवादी नेपाली कविताको धुरी उचालेको छ । सशक्त चिन्तन र प्रस्तुतिले पैंतालीस वर्षेखि लगातार उत्तिकै चर्चा पाइरहेका काइ“ला आफैं कविता वाचन गर्न यो उन्सत्तरी वर्षो उमेरमा उपस्थित हुनुभएको थियो । नबुझिने, दुर्बोध्य र क्लिष्ट कविका रूपमा परिचित बैरागी र उहा“का कवितालाई सुन्न उर्लेको थियो भीड । फेरि बैरागी दाइले ०३१ मा छापिएको 'गंगा नीलो बग्छु' पछि लगभग कविता लेख्नुभएकै थिएन । केही वर्षघि उहा“ले भन्नुभएको थियो- एउटा कविता धेरै वर्षेखि लेख्न थालेको सोह्र लाइन भएको छ, त्यसलाई पूरा गर्न सकेको छैन । आयाम सिद्धान्तका चार कविता- 'गंगा नीलो बग्छु, ब्रेलमा हत्केला छामेर, म, म ः लगातार निर्वासन' मा अरू दुइटा जति थपेर एउटा किताब बनाउ“ भनेको सकेको छुइन“ ।
यस्ता कवि जोसिएर कविता वाचनमा आउनुभएको थियो । त्यसो त २०२० सालमा -
ए सडक हो †
एउटा मानिस तिमीमाथि हिंड्दैछ
म अटाइ“न त्रि्रो फैलावटमा
यर्सथ म हुकुम गर्छर्ुु....
अझै तिमीहरू फाटिदेऊ, च्यातिइदेऊ, फैलिइदेऊ
त्रि्रो फैलावटको सीमामाथि अतिक्रमण गर्न
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला विल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ती र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्नाजस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यातिदेऊ, फाटिदेऊ
-मातेको मान्छे)
भन्दै उर्लेका काइ“ला ०६२ मा पनि काठमाडौंका सडकमा आन्दोलन गर्दै हुनुहुन्थ्यो । क्रान्तिचेतले भरिएको आन्दोलित मानसिकताको बिम्ब हो बैरागी काइ“ला । प्रजातन्त्र र स्वतन्त्रताका पक्षमा सधै“ सडकमा देखिने यो नामस“ग कविताको सम्बन्ध भिन्दै छ जस्तो लाग्छ । नेपाली कवितामा भूपी, बैरागी यस्ता नाम हुन्, जसलाई सम्झेर कविता लेख्ने रहर गर्छन् नया“ कवि ।
खचाखच भरिएको थियो गुरुकुलको हल । काइ“लालाई एउटा व्यास आसनमा राखी बसीबसी वाचन गर्न भनिए पनि उहा“ले उभिएर पोर्डियमबाटै वाचन गर्न चाहनुभयो । सुरुमै रमाइलो गर्नु'भो उहा“ले- 'सुरक्षाको के कस्तो प्रबन्ध गरेका छन् आयोजक भाइहरूले । कस्तो नै कविता सुनाउला भनी सोचेका श्रोता मेरो कविता सुनेर भड्के भने...।' लामो हा“सो भरियो हलभरि ।
कहिले चस्मा लगाउ“दै, कहिले चस्मा झिक्दै बैरागी दाइले थाल्नु भो कविता पढ्न । 'मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसित, अस्तित्वको दाबीमा सवातको बैला उत्सव र प्लान्चेटको टेबल' । यी सबै कविता काइ“लाका अत्यन्त चर्चित र बौद्धिक हुन् । बीसको दशकका यी कविताले आजसम्म नेपाली कविताको बौद्धिकताको नेतृत्व गरिरहेकै छन् । रोकि“दै, बढ्दै जब बैरागीले वाचनलाई अगाडि बढाउनुभयो, श्रोता अत्यन्त एकाग्र भएर ध्यानस्थ जस्ता लाग्थे । त्यस्ता अप्ठ्यारा र नबुझिने भनिएका काइ“लाका कविता उहा“ले पढ्दा सप्पै बुझिए जस्तो भान भयो सबैलाई ।
लगातार लामा कविता पढिरहनु स्वास्थ्यका कारणले गाह्रो थियो । फेरि पनि एकाएक नाथ्री फुटिहाल्ला कि भन्ने मनोवैज्ञानिक त्रास छ“दै थियो । अलिक धेरैबेर बोले नाक खसखसाउन थाल्छ भन्दै हुनुहुन्थ्यो उहा“ । मञ्जुल, शलभ, विष्णुविभु घिमिरे र मैले उहा“का केही कविता वाचनमा सहयोग गरेका थियौं । मञ्जुल दाइले काल्दाइका प्रेममय कवितालाई साह्रै आकर्ष पाराले वाचन गर्नुभयो । ती कविता सुन्दा काल्दाइ पनि बुढेसकालमा लजाउ“दै गरेको देख्थे श्रोता र त्यहा“
हा“सो छरिन्थ्यो ।
बैरागी दाइले श्रोतालाई अन्तिममा धेरै खुसी तुल्याउनुभयो, उहा“ले नया“ कविता ल्याउनुभएको थियो । सम्भवतः ३० वर्षछि उहा“ले दर्ुइटा कविता लेख्नुभएको थियो । मृत्युको धेरै नजिक पुगेको बोध गर्नुभएको थियो यसपालि दाइले । यस्तै बोध झन्डै २० वर्षघि पनि गर्नुभएको थियो यस्तै नाथ्री फुट्दा । त्योभन्दा अघि दार्जिलिङमा विद्यार्थी छ“दै टीबी रोगले ग्रस्त भई झन्डै मरिसक्नुभएको थियो । र, अस्पतालमै लेख्नुभएको थियो 'एकान्तको अजींगार' । यसपालि पनि बिरामी ओच्छ्यानबाट उठेपछि लगातार दर्ुइटा कविता लेख्नुभएछ- 'बा“की प्रश्न' र 'शरणार्थी विचार र मालिगाउ“को चितुवा' । यी कविताले श्रोतालाई झन् धेरै विचारोत्तेजित गराए । ढिलै गरी लेखिए पनि कविताहरू बैरागीको बिम्ब उचाल्न सक्षम थिए ।
प्रत्येक महिनाको पन्ध्र गते गुरुकुलमा एक कविको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । त्यसको शुभारम्भ काइ“लाको कविताबाट भएको छ । यसलाई निरन्तरता दिनसक्दा कविता पनि शुल्क तिरेर सुनिने विषय बन्न सक्ने परम्परा बसे साहित्यको निःशुल्कीयता समाप्त हु“दै जान्थ्यो कि † काइ“लाबाट थालिएको वाचनयात्राले कवितालाई पाठक र श्रोता बीच पुर्‍याउन पक्कै महत्त्वपर्ूण्ा योगदान दिनसक्ने आशा लागेको छ ।

While mother was alive


Rajab

While mother was alive
With birds in the trees
and porches in the house
used to get to eat

before serving us
mother
used to take
a little bit of rice
out of the pot
and dividing it on leaves
used to fetch it to the birds awaiting outside
and birds would get to eat

so long as mother lived
hungry birds
kept on waiting
on the courtyard

birds used to get food
since mother was alive

so long as mother lived
none was orphan
neither birds nor we
mother used to collect
all the edibles that was scattered
and left over in the kitchen
bit by bit
and keep it in the garbage
affectionately and give it to
Kale, Khair*
calling them and would feed

mother was there
and the stray dogs
did never go hungry
collecting all the other waste foods
mother would put it
in the mouth of the cows
and kid
and calf
in fact
mother was there
and no one went hungry
with mother lay the hope of all lives
around

mother would not disappoint anyone
all were happy with her

in fact when mother lived
life was not in danger

Translated by: Dr. Govinda R. Bhattarai

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell