Showing posts with label My Choice.... Show all posts
Showing posts with label My Choice.... Show all posts

कवि र राजनीतिज्ञको दुनियाँ

सीताराम  अग्रहरि

कुखुरी काँ/बासी भात खाँ ।
खोई मेरो बासी भात ? गोदामले खायो ।
खोई गोदाम ? साहूले लुकायो ।
खोई साहू ? राहू कहाँ गयो ।
खोई राहू ? अँध्यारोमा पस्यो ।
खोई अँध्यारो ? कविले देख्यो ।
खोई कवि ? कविता लेख्न बस्यो ।
खोई कविता ? सकियो ।
                             -विमल निभाः आगोनेर उभिएको मानिस)

साहित्यमनाकाशमा हङकङको प्रदूषित रुप

Courtesy: www.nepal.hk
-प्रकाश के.सी.
साँझ परेदेखि नै अत्यास लाग्ने चिसो अनुभूतिहरुको एक लहरहरु मनभित्र, आँधीजस्तै चल्न थाले पनि त्यसले कविताका भावहरुमा रुपान्तरित हुन छाडेको एउटा अवधि नै बनिसकेको छ । मनमा त्यो जागरण रहेन भन्न खोज्नु ढाकछोप मात्रै होइन, वास्तविकता पनि हो । जागरण हुँदै नहुने किसिमले आम मानिसहरु बाँच्दैनन् र बाँच्न पनि सक्दैनन्, पक्कै नै । जीवनका खण्डखण्डमा चल्ने आँधीबेहरीमा आन्दोलित नहुने मनहरु मानवजातिसँग नभएको एक कठोर वास्तविकता हो तथापि, आम नेपालीहरुकै तादातमा भावानुभूतिहरुलाई ज्युँका त्युँ नै हङकङेली जीवनयापनमा रहनसहनभित्र एक आदतको रुपमा राख्ने, हङकङेली नेपालीहरुका मनभित्र भने त्यसले तदनुरुप अनुभूतिशील, विचारशील र विवरणात्मक जागरण ल्याउन नसकेको तथ्य भने हो ।

चराहरुका चिरविरहरु र कुखुराका भालेका बासाइहरुले आम हङकङेली नेपालीका समस्त विहानीहरुलाई त्यागेको वर्षौं भइसकेको छ । विभिन्न ऋतुजन्य दिनका पहिलो पवनले सो समानान्तर अनुभूतिहरुलाई यहाँका नेपालीका आम मनमा पदस्थापन गर्न छाडेको पनि वर्षौं भइसकेको छ । ‘भोलि’को एक अनाम रुप जो ‘हुनुपर्छ’ र ‘त्यसैले छ’ भनेकै हकमा भएका ‘भोलि’हरुका एक अव्यक्त आशा, सतशः पाल्ने ती आममनहरुमा त्यत्तिकै मात्रामा जीवनमा वर्तमान हालातमा बाँचिएका पलहरुसँग ‘मोह’ भएको र ती मोहहरुलाई त्यसरी नै बाँचिने प्रपञ्चको रुपमा मनमा राख्नुपरेको वाध्यता रहेको छ । निश्चय नै, मोहलाई साँच्नका लागि ‘वाध्यता’ देख्ने मननशीलतामा साहित्यभाव हुँदैन र भए पनि कारक रहँदैन ।

हङकङ बसाइको एकछत्र अवधिहरु, ‘अस्तित्वशीलता र अस्तित्वहीनता’ मध्येबाट एकको निर्क्यौल गर्ने क्रममा बितेका छन् । त्यसरी छिनोफानो गर्ने क्रममा रचनात्मक साहित्यिकताको एउटा लामो लहरहरु आम चेतनशील दिमागबाट बाहिरिएको नभई भित्रभित्रै जड भएका छन् । आफूलाई टेकाउन वा अड्याउनका लागि लहरा वा टेकोको खोजीको लागि, आम मनभित्र एक मिहीन सङ्घर्ष चलिरहेको बेलामा सिर्जनाहरु विरल पर्न जान्छन्, त्यही हुँदाहुँदै प्रकारन्तरले दिलाएको अस्तित्वको खोजीकै क्रममा मिल्ने प्राप्तिहरुले ती मनहरुलाई प्राज्ञिक चेतमा सानो दायरा दिने गरेको छ र त्यसरी अनुभूतिहरु रचनात्मक मानेमै साँघुरिएका छन् । यो हङकङको अद्योपान्त हेराइमा विरल हो र हङकङेली नेपाली समुदायमा सघन प्रतीत हो ।

विहान व्युँझेदेखि रात नपर्दासम्म र रात परेदेखि विहान नहुँदासम्म, एक रटान समयलाई उभ्याउँदै काट्ने नेपाली विचारहरुले यहाँ, पवनका कल्कलाउँदा लहरहरु, सूर्यका स्निग्ध र मलीन लालीहरु, आम आँखाहरुबाट व्यक्त कथाहरु, सुस्केराहरुमा अभिव्यक्त व्यथाहरु, हाँसोसँग सन्निपातिएका स्वच्छन्दता र स्वतन्त्रताहरु, शैलीमा दृष्टिगत जीवनहरु मथ्दैनन् र कथ्दैनन् पनि । ती यावत तपसीलमा पर्दै भावको पल्लो मोडबाट हराउन पुग्छन् । उभिएका समयहरुसँग उभिने एक लश्कर अप्ठ्याराहरुमा एउटा सानो परिवार यहाँ र त्यो तथा त्योभन्दा ठूलो अर्को परिवार नेपालमा सँगसँगै अटमटेसिएका हुन्छन् । ती अप्ठ्यारहरुमा साहित्यिकता जगाउन सक्ने घोँचाइ केही समयअघिबाट हराउँदै गएको छ । ती अप्ठ्याराहरु अहिले यहाँको सानो नेपाली परिवेशमा ‘आम’ भइसकेको छ, आमपनले कसैलाई घोँच्दैन । जस्तै, दिनको आठ, दशघण्टे लोड सेडिङ, हरेक दोश्रो वा तेश्रो दिन हुने बन्द, नेताहरुका फोस्रा आश्वासनहरु आम स्वदेशी नेपाली मनभित्र आम रुपमा प्रविष्ट भएकोले ती आम नेपाली मनहरुलाई घोँच्दैन । त्यसैले, त्यस्तै जस्तै, त्यस्ता अप्ठ्याराहरु नै आम भइसकेका हुन्छन् । नघोँचिने मनहरुबाट भावनाका उद्गारहरु निस्किँदैनन् र भावनाका उद्गारहरुबिना साहित्यिकताको सिर्जना हुँदैन । तर यो कारण सम्पूर्णतः भने होइन ।

‘हिजो’का एक संगत जो अद्यावधि ‘आज’ले आफूसँगै बोकिहिँड्न वाध्य हुन्छ भने ती ‘आजहरु ‘भोलि’का लागि अछुत हुन कदापि सक्दैनन् तर ‘हिजो’देखि आमपनमा टाँसिएको संगत, ‘आज हुँदै ‘भोलि’सम्म पनि फलदायी बन्न सक्दैन, त्यसको भने हङकङेली नेपाली साहित्यकाशमा धमिलो छाप परेको छ । यो एउटा विन्दु पक्कै हो, त्यर्सपर्यन्त लागतमा चर्चा गर्न सकिन्छ ।

जीविकोपार्जनको क्रममा समस्याहरुको खात वाषिर्क रुपमा चाक्लिँदै गएको छ । विरानो मुलुकमा सह-नेपालीहरुको साथ छुट्नु एक नियमिततामा दुःख हो भने कदम र कदाचितले पिछडिएको महशुस हुने अर्को थक्थकी हो । सम्भावनाहरु पातलिएर यति लामो समय बिताएपछि पनि सीमित बाटाहरु मात्र अगाडि देखिनु भने जीवनकै समयको हार हो । मुख्यभूमि चीनको प्रभाव र असरले एकछत्र गाँजेको शहरमा पर-पर मिल्किँदै गएको जस्तो देखिनु अर्को हार हो । पराजयको यस घडीमा काव्यिकताको हार मननशीलतामा नै गहन रुपमा परेको हुन्छ र त्यही भएको छ । त्यसैले, साहित्यिकताको आकाश धमिलिएको छ ।

कुनचाहिँ आभासले मनमा भाव उमार्न सक्दछ र कुनचाहिँ अत्यासले मनको भावलाई मार्न सक्दछ ? यो प्रश्नै हो । प्रवासी नेपालीहरुले गर्ने नेपालको एक मात्र कामना भनेको मुलुकको सम्वृद्धि नै हो । परदेशिएका पलहरुमा गुमाएका पसिनामा कहिँ न कतै र केही न केही मात्रामा रहने सुखानुवोधलाई सञ्चय गर्दै स्वदेश वापसी, ती प्रवासी कामनाभित्र एक गहन अंशको रुपमा पक्कै रहेको हुन्छ । नेपाली परिप्रेक्ष्यमा एक अमुक रुप दिन सक्ने र दिन तत्पर नेतृत्वकर्ताहरुका आपसी सङ्घर्षहरुले मुलुकको आधार-स्तम्भ नै भताभुङ्ग पारिरहेको अर्कोथरी यथार्थ हो । यही क्रममा, जीवनको एक लामो पाटा, सम्भावनाहरुको शिकारमा भिड्ने प्रवासी चेतनशीलतामा भोलिको त्यस अन्यौल स्वरुपले कुन हदसम्म सिर्जनशीलता दिनसक्दछ र ? मात्र अत्यासलाग्दो कल्पनाले परिलक्षित गर्ने ती मनका भावहरु, आम धारणामा कत्तिको प्रदूषित होला ? सानै अनुमान पनि पर्याप्त हुन्छ निचोडको लागि ।

समय अचेल काटेर काटिनसक्नूले फालाफाल भएको नभनी, ती समयहरुको जोडले मालामाल भएको छु म, भन्छु । सखारै जिस्क्याउन आउने हतारहरु अहिले थाकेजस्तै गरी बेडरुमको एक कुनामा पल्टिरहेको हुन्छ र पल्टिरहेको सो हतारलाई हौस्याउँदै अल्छीपना भने एक तमास बनिदिन्छ, त्यही त्यसरी शारीरिक हालातमा एक तमास रहन्छ तर मानसिक क्रियाशीलतामा चौपटै आँधी चल्न थाल्दछ । एउटा लामो समय अथवा जीवनकै एक खण्ड हङकङमा बिताइएछ । हिजो-अस्ति जस्तो लाग्थ्यो, तर त्यसरी बितिसकेको समयले भने आम रुपमै र्सवत्र छाप छोडिसकेको छ, र त्यही क्रममा भन्नै पर्ने हुन्छ, म पहिलेजस्तो रहिनँ । अवश्य, पहिले जस्तो समयले छाड्दै जाँदा कोही रहँदैनन्, तर पहिलेजस्तो नरहनेहरु कस्तो रहलान् त ? यो प्रश्नलाई मैले उत्तर दिनुपर्छ ।

एउटा उत्साह थियो, जीवनको, तत्कालीन भविष्यको । त्यो उत्साहलाई साथ दिन शरीर र मनभरि आन्दोलित अनि वेगवान जाँगरहरु थियो । विहानै हतारलाई पर्छार्न खोज्ने उत्सुकताहरु बेडरुमबाट हक्कानिएर रोडमा दौडन पुथ्यो, मननशीलतामा एउटा संसार सस्वरुप खेलिरहन्थ्यो । स्वदेशमा बिताइएका पलहरु र त्यहाँ नभेटिएका, त्यहाँ गुमाइएका अनि त्यहाँ कल्पना गरिएका परिवेशहरु छायासरि शरीर हुँदै मनभित्र संचित हुन्थ्यो । त्यही पनाहरु कतिपय कागजभरि पोखिन्थे । भावनाका उत्श्रृङ्खल उच्छवासहरु कविताका हरफहरुमा फुर्थे । सँधै एक सुनौलो संसार, सिर्जनाका पानाभरि पोखिन्थे । तर, ठ्याक्कै त्यस्तै र उस्तै नियतिका हप्तौं, महिनौं गर्दै वर्षौं बिताउँदा भने सोँच कति सतही रहेछ, रहर कति खुकुलो रहेछ र वास्तविकता कति जर्जर रहेछ भन्ने थाहा हात लागेको छ, यो मेरो अनुभवको एक थैलो अनुभूति हो ।

आखिर कति बाँचिएला अरु ? तीस, चालीस वर्ष ? हङकङको भागदौडपूर्ण दैनिकीमा यापन गर्ने सह-नेपालीहरुलाई हेर्छु । तिनमा हतारहरु हतारिएको देख्छु । सँधै दौडमा अनि होडमा लागिरहेका ती हुलहरुलाई हेर्दा एक किसिमको टीठ लागेर आउँछ । जीवनलाई मस्तसँग भोग्नेछु भन्दै हतारमा वर्तमान बाँच्दै गरेका तीमध्ये केही कोही हतारमै बितेका छन् । नामको लागि नामी हुँदै जाने क्रममा लाग्नेहरुमध्ये केही र कोही बेनामी बितेका छन् । सानो दायराभित्र नियाल्दै संसार देखेको वोध गर्नेहरु, त्यही सानो दायराभित्रै विलाएका छन् नपत्याउने गरी । दृष्टिमा नै सोँचले पोल्न थाल्ने हालात म सँधै अगाडि देख्छु, यसमा साहित्यिकता पटक्कै आउँदैन । के रुनलाई लय हाल्न सकिन्छ र ?

त्यो एउटा पक्ष हो, जीवनलाई यथार्थबाट हेर्ने तर अर्को पक्ष पनि छ । सीमा के हो त जीवनको ? कहिलेबाट हतार नगर्ने हो त जीवनमा ? कहिलेबाट ‘अब त वस्’ भन्ने हो त ? मान्छेले श्वास-प्रश्वास नरोकिएसम्म प्रयास गर्नै पर्दछ भन्दछन् ज्ञानीहरु, त्यो साँच्चै पनि हो । हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । कमजोरहरु भने आत्महत्या गर्दछन्, हातै उठाएर जीवन फाल्ने ती कर्ताहरुले अन्य हालातहरुका बारेमा मिहीन रुपमा आत्मविमर्श गरेका हुन्नन्, ज्ञारेन्टी हो । साँच्चै नै, हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । एउटा अनाम ‘भोलि’ हमेसा उपस्थित हुन्छ, हरेक त्यस्ता अनाम ‘भोलि’हरुका लागि कतियौं ‘आज’हरुलाई हतारमै बिताइन्छ, हो यो पक्कै हो, त्यही ‘भोलि’ हुनसक्छ, जसको आशामा म सायद संर्घषहरुको एक फेरो जीवनको चौखटमा छु । उत्साह छैन, विरक्ति अवश्य छैन, थकथकी छैन । गत एघार वर्षकै अनुभूतिको पुनरावृति गर्ने जमर्को मात्रै हो । ख्वै, त्यसमा साहित्यिकताको सिर्जन देख्दिनँ, खासगरी मचाहिँ ।

म एउटा बिन्दु होइन, मेरो हालात सायद एउटा बिन्दु हुनसक्दछ, जसका तादातमा थुप्रै बिन्दुहरु समाहित हुन्छन्, बन्न सक्दछन् । आवाज लगाउनेहरु थाकेका छन्, लाग्दछन्, सोँच्नेहरु गलेका छन्, लाग्दछन् । सम्भावनाहरुको क्षीण दृष्टिमा मननशीलता हङकङेली नेपाली चेतबाट सुस्ताएका छन्, लाग्दछन् । त्यसैले मेरो हालात एउटा बिन्दु हुनसक्दछ । यो साझा हालात हो । अचेल यहाँ कविताहरुमा देश बोल्दैन, अचेल कविताहरुमा माया बोल्दैन, खासगरी यहाँको पृष्ठभूमिमा । भावनाहरु नै कठोर लाग्ने र पार्ने किसिमका दैनिकी नेपालीले हात पारेका छन् । आँट्ने र गर्नेहरुबीच यहाँ एक अपूरणीय खाडल परेको र आखिरमा फराकिएको छ । स्वेदश र यहाँको प्रवासी हालातबीचमा फाटो फैलिएको छ । सुर हराएर बेसुरा भएको गाइनेजस्तै कडी हराउँदै धर्मराउँदो सम्पर्क बाँकी रहेको यो हालात पनि हो । राजनीतिका गलत प्रवृष्टिमा आमपन निस्सासिएका छन् । एक यही लहरमा हङकङ, हातको मुठीभित्रको प्राप्ति जस्तै बनेको छ, आम हङकङेली नेपालीवासीहरुका लागि । यो वास्तविकताले पोल्ने होइन, पेल्ने गरेको चेतनशीलताले सिर्जनशील हुन सक्दैन र त्यही भएको छ ।

समूलतः यही नै आम हङकङेली नेपालीको साहित्यमनाकाशमा हङकङ यसरी नै प्रदूषित देखिएको छ, रहेको छ अनि भोगिएको छ ।

हामी गरिब होइनौं, मूर्ख


कर्ण शाक्य -
खुट्टा नभएकी एउटा विदेशी महिला आफूले प्राप्त गरेको बिमा रकमबाट लुक्लामा अस्पताल बनाउन आउँछिन् । बेलायतको एउटा साधारण परिवार आफ्नो घरको बहालले अन्धाहरूका निम्ति पोखरामा मालिससम्बन्धी तालिम केन्द्र बनाउन आउँछिन् । जापानको एउटा ट्याक्सी ड्राइभर लान्दु्रकमा आफ्नै स्रोत र साधनबाट सानो जलविद्युत् योजना स्थापना गर्छ । तर हामीले आफ्नो मातृभूमिलाई केही गर्न चाहेनौं । जसले केही गर्न सक्थ्ोे, उनीहरू झन् धन र शक्तिका लागि देशलाई नै हारालुछ गरिरहेछन् । एकचोटी मन्त्री भइसकेपछि उसलाई सधैं ठूलो पद नै चाहिने, पद पाएन भने त बौलाहा नै हुनेे । एउटा शक्तिभोगी मानवअधिकारवादी नागरिक समाजका नेतालाई सोधँे, 'तपाईं सधैं जनता-जनता भनेर राजनीति गर्न खोज्नुहुन्छ, जनताको परिभाषा के हो, जनता भनेको को हो ? के तपाईंको पछाडि कमसेकम तपाईंका भाइ र श्रीमती त छन् ?
यो लेख अङ्ग्रेजीमा लेख्न चाहेको थिएँ । तर विदेशीसामु देशको बेइज्जत गरेर आकाशमा थुक्न चाहन्न । कस्तो विडम्बना, भगवान्ले हामीलाई अथाह प्रकृति दिए, पुर्खाले हामीलाई अनगिन्ती संस्कृति दियो । तर हामीले यसलाई न सदुपयोग गर्न सक्यौं न संरक्षण नैै । झैझगडामै समय बितायौं । भुटानजस्तो देश एउटा नदीको पानीबाट बिजुली निकालेर दक्षिण एसियाकै सम्पन्न राष्ट्र बन्न सक्षम भयोे, हामी त हिमालै बोकेको राष्ट्र, खबार्ंै मुरी हाम्रो पानी बगिरहन्छ । नदीहरूबाट बिजुली उत्पादन गर्ने त कता हो कता, बाँध बाँध्ने कुरामात्र गर्नासाथ सबैलाई चिन्ता लाग्ने । त्यो विद्यार्थी होस् वा राजनीतिज्ञ, त्यो पत्रकार होस्, चाहे साहित्यकार । चालीस वर्षे शाही नेपाल वायुसेवा निगमको हालत त्यस्तै नाजुक छ, एउटा विमान किन्न खोज्यो भने शंका र उजुरीको भुमरीमा फँसिहाल्ने । नेपालमा इमानदार मानिसको आँत सुकेर गयो, बेइमानलाई कसैले छेक्न सकेन । यो जलस्रोत र वायुसेवा निगमको मात्र कुरा होइन, कानुन, शिक्षा र जुनसुकै क्षेत्रको पनि हालत नाजुक छ । आफू जित्यो भने छाती फुलाएर हिँड्छ, हार्यो भने विधिको शासनलाई सराप्न थाल्छ । यो कस्तो लाछीपन ? न आफू काम गर्छ न अरूलाई गर्न दिन्छ । जान्नु-बुझ्नु केही छैन, एकजनाले हुन्न भन्ोेपछि त हुन्न-हुन्न । जुन विषय, जुन क्षेत्र आफ्नो होइन, त्यसमा जान्ने भएर बोल्ने प्रतिक्रिया दिने किन ? हाम्रोे योे कस्तो मनिस्थिति, खान पाएन भने महिनौंसम्म पटुका कसेर ढुंगा राखेर पनि बस्न सक्ने, तर खाना पाउनासाथ नुन चर्काे-पिरो भयो भनेर आलोचना गरिहाल्ने ।
नेपालमा जब नयाँ वर्ष आउँछ, अनेक रंगीचंगी कागजका झण्डा बनाएर टोल-टोललाई दुलहीजस्तै सिंगार्छन्, झिलिमिली बत्ती बाल्छन्, मोटरसाइकल र्यामली गर्छन् । ठीक छ, उल्लासपूर्ण वातावरणमा नयाँ वर्ष मन्ााउनुपर्छ । महोत्सवमा भाग पनि लिनुपर्छ । तर उत्सव-महोत्सव सबै सिद्धिएर महिनौं-महिना बित्ािसक्दा पनि बाटोभरि झुन्ड्याइराखेका तुल त्यसै रहन्छन् । त्यसलाई निकालेर फ्याँक्ने कोसिस कसैले गर्दैन । स्वयम्भू, लुम्बिनी र कतिपय धार्मिकस्थलमा श्रद्धालु भक्तजनले मन्त्र लेखेका कपडाका झण्डाहरू मन्दिरको टुप्पोमा मिहेनत गरेर सजाउँछन् । धर्ममा आस्था राख्नु राम्रो हो, भगवान्को पूजा गर्नुपर्छ । तर घामपानीले मक्किइसकेका ती झुत्रा तुल महिनौंसम्म झुन्डिइरहँदा पवित्र तीर्थस्थलको सम्पूर्ण वातावरणलाई प्रदूषित बनाइदिन्छ । के त्यो झण्डा राखेपछि निकाल्नु पर्दैन ? धर्म गर्नेले कर्म गर्नु पर्दैन ?
नेपालका मस्जिदहरूमा 'लाउड स्पीकर' लगाएर ठूलठूलो स्वरले 'अल्लाह अक्बर' भनेर प्रार्थना गर्दा सायद मुस्लिम समुदायलाई मनपर्न सक्ला, तर मस्जिदबाहिर बस्ने हिन्दू, बुद्धिस्ट र क्रिश्चियनहरूलाई पनि त्योे प्रार्थना मनपर्नुपर्ने आवश्यकता छ र ? ढ्वाङ फुकेर धर्म प्रचार गर्नु यो मुस्लिम समुदाय मात्रले जन्माएको समस्या होइन । हाम्रो देशको अधिकांश धर्मस्थलहरूमा बेढंगे धार्मिक क्रियाकलाप बेरोकटोक मनाउने गर्छन् । यसपाली शान्तिको प्रतीक लुम्बिनीको मायादेवी मन्दिर परिसरभित्र पनि भजनमण्डलीले लाउड स्पीकर लगाएर भजन गर्न थालेका छन् । आफ्नो संस्कार, धर्म र जातीय कर्मकाण्डलाई मात्र महत्त्व दिएर अरूहरूको संस्कृतिलाई हेपाहा दृष्टिकोणले हेर्ने यो हाम्रो इथिनोसेन्टि्रजम मनोवृत्तिलाई हामीले परित्याग गर्नैपर्छ । अब त हुँदाहुँदा राजधानीको केन्द्रविन्दु नारायणचौरमा समेत पाल हालेर चारैदिशामा लाउड स्पीकर लगाई पूजापाठ गर्न लागिसके । के यो कार्यक्रमलाई टोलमा बस्ने सबै मानिसले मनपराएका होलान् त ? स्कुलमा जाने बच्चाहरू छन्, होमवर्क गर्नुपर्छ, त्यो वातावरणमा बच्चाले कसरी पढ्न सक्लान् ? तराई क्षेत्रको त कुरै छोडौं, साना-साना चियापसलेले पनि आफ्नो ग्राहक तान्न जताततै ढ्वाङ राखेर बेसुरे फिल्मी गीत बजाउने गर्छन् । विवाह, व्रतवन्धको बेलामा त कुरै छैन, बस् सारा संसार नै उनीहरूको भयो ।
हामी आवेशमा आएर खुसियाली मनाउन पायौं भने आँखै देख्दैनौं । ऋण लिएर भए पनि भोजभतेर गरिहाल्नुपर्ने । तर तडक-भडक सकिसकेपछि हामी सबै बिर्सन्छौं । प्रकृतिको काखमा हामी वनभोज गर्न जान्छौं, तर फोहोरमैला त्यहीं फ्याँकेर आउँछौं । आलु खाएर पेडाको धाक गरी मोटरसाइकल र मोटरहरू सडकमा गुडाउन मरिहत्ते गर्छाैं, अनि जहाँ पायो त्यहीं विवेकहीन तरिकाले पार्किङ गरी टा्रफिक जाम गराइदिन्छौं । कस्ता स्वार्थी हामी ? आफूलाई असजिलो र मर्का पर्योे भने तुरुन्तै रिस उठ्ने तर आफ्नो भूलबाट अरूलाई कति मर्का पर्छ सोच्दै नसोच्ने ? स्वार्थमा गुम्सिएर हामी यति अन्धो भयौं कि अरूको समस्यालाई ध्यानै दिन सकेनौं । असन, इन्द्रचोक, ठमेलको कुनै पनि सडक, गल्लीमा बिहान हिँड्दा हरेक पसलेले आ-आफ्नो पसल सफा गरेर धूलो जम्मै सडकमा फ्याँक्छन् । यतिमात्र होइन, आ-आफ्नो पसलको 'डोरम्याट' सडकको बीचमा उल्टाएर राख्छन् । यो किन गरेको हो, अहिलेसम्म बुझेको छैन । डोरम्याटमाथि गाडी गुड्यो भने धूलो झर्ला भनेर हो कि ? के आफ्नो पसलमात्र सफा भए पुग्यो त ? ती फोहोर र घिनलाग्दा डोरम्याट राखेर सडकलाई बेइज्जत गर्न यसरी पाइन्छ ?
यो भएन, त्यो भएन भनेर सरकारलाई मात्र गाली गर्ने पक्षमा म छैन । हरेक विकृतिलाई सरकारी नियमले मात्र बाँध्न सक्दैन । हामीले आफैंलाई विवेकको नियमले बाँध्नुपर्छ । म एक सकारात्मक सोच राख्ने व्यक्ति हुँ । तर पाठक भन्ठान्लान्, यो कस्तो ढोँगी, हरेक क्रियाकलापको नराम्रो पक्षलाई मात्र हेर्छ । वास्तवमा सकारात्मक सोचको उत्पत्ति समालोचनात्मक दृष्टिकोणबाट नै आउँछ । सबै थोक ठीक छ, राम्रो छ, मात्र भनेर समस्या सुल्भिmँदैन । समाजका कुरीति र विकृतिलाई आँखा चिम्लेर स्वीकार्नु सरासर हरुवा प्रवृत्ति हो । साथै व्यावहारिक जीवनको धरातललाई बिर्सिएर सबै राम्रै हुनेछ भनी आशा राख्नुु पनि सकारात्मक सोच होइन, मात्र सपना वा विसफुल थिङकिङ हो । तसर्थ सकारात्मक सोचलाई मूर्तरूप दिने हो भने समाजका अँध्यारो पक्षलाई पनि नियालेर हेर्नैपर्छ । त्यस्ाका कमी-कमजोरीलाई व्यावहारिक प्रक्रियाबाट निराकरण र शुद्धीकरण गर्न खोज्नु नै सकारात्मक प्रयास हो ।
देशका कुनाकाप्चामा अनेक आर्थिक, सामाजिक र राजनीतिक विकृति छन् । यद्यपि ती सम्पूर्ण समस्याको समाधान पैसाको बलबाट मात्र हुँदैन । न सरकारी प्रयासबाट हुन्छ न त आमूल राजनीतिक परिवर्तन बाट नै सम्भव हुन्छ । तीे समस्या हामी आफैंले नै जन्माएका हौं । समस्या हाम्रै हो र समाधानको उपाय पनि हामीभित्र नै छ । समस्या समाधानको साँचो अधिकार होइन, चिन्तन हो, कर्तव्य हो । अधिकार खोज्नु नराम्रो होइन । तर कर्तव्य विनाको अधिकार परजीवीपन हो । अधिकार हाम्रो मर्म हो भने कर्तव्य हाम्रो कर्म हो ।
चन्दा दिएर, श्रमदान गरेरमात्र समाजसेवा गर्नुपर्छ भन्ने छैन । आफूले गर्नुपर्ने सानोे काममात्र गरिदिए पनि धेरै सुधार हुन्छ । कथंकदाचित् सुधार्न सकेन भने कमसेकम बिगार्ने काम त नगरौं । हाम्रो समाजमा एउटा हलुवाइले शुद्ध रोटीमात्र बेचिदियो भने, एउटा ट्याक्सी ड्राइभरले ग्राहकलाई मात्र नठगिदिए पनि वा एउटा तरकारी पसलेले फुटपाथ अतिक्रमण नगरी आफ्नै पसलभित्र मात्र तरकारी बेच्यो भने वा एउटा छिमेकीले अर्काे छिमेकीको मर्कामात्र बुझिदियो भने वा एउटी गृहिणीले घरको फोहोर फ्याँक्ने ठाउँमा मात्र फाल्दिइन् भने वा एउटा कुचीकारले आफ्नो समयमा सडकमात्रै राम्ररी सफा गरे वा एउटा पाइलटले समयमा प्लेन उडाइदिए धेरै समस्या सुल्झिन्छ । त्यस्तै एउटा विद्यार्थीले आफ्नो पाठमात्र पढिदिए पनि वा एउटा शिक्षकले शिक्षामात्र दिए वा एउटा चुनावमा उत्रेका उम्मेदवारले चुनावपश्चात् भित्तामा आफैंले टाँसेका पोस्टरमात्र निकालिदिए वा एउटा सरकारी कर्मचारीले आफ्नो फाइलमात्र टुङ्गयाइदिए वा एउटा पत्रकारले आफ्नो अन्तरआत्माले देखेको कुरालाई मात्र लेखिदियो भने वा एउटा कमिसन एजेन्टले सरकारी कर्मचारीलाई लोभमा मात्र नफँसाए वा एउटा मन्त्रीले आफ्नो कार्यालयमा राजनीतिक कार्यकर्तालाई नभेटी नियमपूर्वक गर्नुपर्ने निर्णयमात्र गरिदिए वा जसको जिम्मेवारी जे छ, त्यतिमात्र इमानदारीपूर्वक गरिदियो भने पनि नेपालका ९० प्रतिशत समस्या समाधान हुन्छन् । पैसा नभएर मानिस गरिब हुँदैन । विवेक नभएपछि

प्रेम बाँडे बढ्छ


डा अरुण बुढा

सानो छँदा बुबाले मलाई बोकेर गाउँ डुलाउने गर्नुहुन्थ्यो । बुुबाका हातका केही औंला थिएनन् । बुबाको मात्रै होइन, हामी बसेको टोलमा धेरैको समस्या यस्तै थियो । कसैको त हातै हुँदैनथ्यो । मुख बिगि्रएका र शरीरमा दागैदाग भएकाहरू पनि थुप्रै थिए । तर गाउँकै अर्काे बस्तीका मान्छे भने हामीभन्दा भिन्न थिए । उनीहरूको शरीरमा यस्तो केही थिएन । पछि बुबाले भन्नुहुन्थ्यो । कुष्ठरोगले यस्तो भएको हो । गाउँमा पापीलाई लाग्ने रोग लागेको भनेर घृणा हुनथालेपछि उपचारका लागि कालिकोट छाडेर बुबा डडेलधुरा आउनुभएछ । रोग र गाउँले बीचको सम्बन्ध बुझ्दै गएपछि मलाई गाउँका मानिसहरूसँग कुरा गर्न र उनीहरूको घर जान पनि डर लाग्न थाल्यो । के भन्ने हुन् ? कतै कुष्ठरोगीको छोरो भनेर गिज्याउने पो हुन् कि भन्ने डर सधैं लागिरहन्थ्यो ।
बुबा डडेलधुराको टिम अस्पतालमा पिएन काम गर्नुहुन्थ्यो । त्यो अस्पतालमा कालिकोटमा बुबालाई पापी भनेर हेला गर्नेदेखि मलाई कुष्ठरोगीको छोरो भनेर हियाउनेहरू पनि आउँथे । मलाई ती मानिस देख्दा रिस उठ्थ्यो । तर बुबा भने उनीहरूलाई झन् सहयोग गर्नुहुन्थ्यो । म अचम्ममा पर्थें । आफूलाई हेला गर्ने, घृणा गर्ने मान्छेलाई पनि किन राम्रो गर्नु ? सोध्दा बुबा भन्नुहुन्थ्यो, माया बाँडेमात्रै बढ्छ । मैले बुबाको यो वाक्यको अर्थ क्याम्पस सकुन्जेल पनि बुझिन ।
साठी सालतिरको कुरा हो । चाइनाबाट एमबीबीएस पास गरेर फर्किएपछि काठमाडौंका राम्रा अस्पतालमा काम गर्ने मेरो इच्छा थियो । त्यहीबेला मलाई सिनियर डाक्टर विजय पाण्डेले पर्साको बाँदरझुला भन्ने गाउँमा शिविरमा बोलाउनुभयो । इच्छा नहुँदा-नहुँदै पनि चिनेको दाइ भएकाले मैले नकार्न सकिन । पर्साको दुर्गम गाउँ, झिँगटीले छाएको बस्तीमा सानो प्राथमिक विद्यालयमा शिविर चलाइएको थियो । अस्पताल जान नसक्ने बाँदरझुलावासीको साधारण स्वास्थ्य जाँच गर्ने र घाउ सफा गर्ने काम मैले गरेँ । तर त्यहाँका बिरामी मसँग अत्यन्तै खुसी भएको पाएँ । उनीहरूले ईश्वर नै पाएजस्तो गरे । उनीहरूको मायाले म भावविह्वल भएँ ।
बाँदरझुलामा गरेको त्यो छोटो सेवाले मलाई बुबाको भनाइको सही अर्थ खुलस्त पारिदियो । माया बाँडेपछि साँच्चै बढ्दोरहेछ । टोलैपिच्छे अस्पताल भएको काठमाडौंमा म माया धेरै बाँड्न सक्दिनथेँ । त्यसैले अठोट गरेँ, माया बाँड्न म गाउँमै जानुपर्छ, जहाँ धेरैभन्दा धेरै मान्छेलाई त्यसको खाँचो छ ।
म डडेलधुरामा बसेर बिरामीको सेवा चार वर्षदेखि गरिरहेको छु । यहाँ म आफ्नै इच्छाले बसेको हुँ । यहाँ दिनहुँ सयौं मान्छे उपचारका लागि आउँछन् । बेला-बेलामा छाला ताछिएको टाउको, हाँगा रोपिएको गर्धन लिएर पनि मान्छे आइपुग्छन् । प्रसव वेदनाले छट्पटाउँदै गरेका महिलाहरू आउँछन् । अछाम, डोटी, दार्चुलाबाट दुई दिनसम्मको बाटो हिँडेर बिरामी यहाँ आइपुग्छन् । डाक्टरको नाताले उनीहरूको उपचार गर्ने जिम्मा मेरो हुन्छ । यति अमूल्य माया डडेलधुरा नबसेको भए मैले कहाँ बाँड्न पाउँथे र ?
शुद्ध नेपाली नबुझ्ने बिरामीहरू मैले डोटेली भाषामा बोल्दा अचम्म मान्छन् र आफ्ना कुराहरू निर्धक्क राख्छन् । बिरामीको अवस्था बुझेर डोटेली नबुझ्ने चिकित्सकलाई बुझाउन पाउँदा मलाई थप गर्व लाग्छ ।
डाक्टरी काम आफैंमा ठूलो होइन । ठूलो कुरा त माया, स्नेह हो । जुन मैले सुदूर पश्चिमका धेरै बिरामीहरूसँग बाँड्न पाएको छु । प्रेम, माया वा स्नेह जति बाँडयो, त्यति बढ्दै जान्छ भन्ने मेरो विश्वास हो । जहाँ प्रेम बाँडिन्छ, त्यहाँ घृणा कुनै ठाउँमा हुँदैन । त्यसैले प्रेम बाँड्नु नै मेरो लक्ष्य हो । त्यही नै मेरो विश्वास पनि ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।

नानीदेखिको बानी


विजयकुमार रौनियार
बिनाभी ।" साँगुरा गल्लीमा मान्छेको हूल र ठोकिनै आउने साँढेलाई छिचोल्दै गरेको बटुवा टाउको उठाएर माथि हेर्न नपाउँदै कसिङ्गर र अन्य फोहोरमैला उसको जीउमा परिसकेको हुन्छ । अलिक पर बलेंसीबाट पानीको मुस्लो झरेर बाटो हिलाम्मे बनाइरहेको हुन्छ । कुनै कुनामा खुला ढल, मंगाल अथवा मलमूत्रको बगर उसको स्वागत गर्न तम्तयार हुन्छ । केही व्यस्त बजार, गल्ली वा चोकमा फोहोरको डङ्गुर, धरानको कालो सुङ्गुर, ताजा भनिने बङ्गुर र राँगा पसलमा झिँगा भन्किरहेको देखिनु नियमित संस्कृति भइसकेको छ । यी सबैलाई सुव्यवस्थित गर्ने न कुनै निकाय छ, न कसैको मनसाय । ल्याम्हपुचः क्लबहरूसमेत खेलकुद, सांस्कृतिक सम्पदाको संरक्षण तथा जीर्णोद्धार एवं गैरकानुनी ढंगले सःशुल्क पार्किङ व्यवसायमा संलग्न देखिन्छन् । कतिपय विदेशी पर्यटकसँगै रैथाने मःमः, छोयला, कचिलाको पसलमा छ्याङमा डुबिरहेका भेटिन्छन् ।
केही हुनेखाने तर दाउरे जीउ भएका सुकुलगुन्डाहरू आपmना सुकेका जीउमा लुकेको न्वारानको बल झिक्दै टोलटोलमा झगडा गरिरहेका देखिन्छन् । एक्काइसौं शताब्दीको लहरले ढपक्क छोपेको काठमाडांै सहर र राजधानीका आदिमवासीहरूले पुरातन संस्कृति जोगाएको कुरा निर्विवाद छ । तर माथि उल्लेख गरिएजस्ता घटनाहरूले तिनको छवि धूमिल बनाइरहेको देखिन्छ ।
हापुरेका राता मकै
यस्तैमा रङमँगिन थालेका छन् उपत्यका भाँसिएका अन्य सम्भ्रान्त भनाउँदाहरू । आपmनै चाला सपार्न नसकेका काठमाडांैवासी -यमीहरू) नवागन्तुकहरूको थपनाबाट कति दिगमिग भएका छन् कुन्नि तर आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक पाहुनाहरू पक्कै पनि कायल र वाक्कदिक्क भएका हुन्छन् । उनीहरू काठमाडांैको अछूतो संस्कृतिबाट जति प्रभावित हुन्छन् त्यत्तिकै दिग्दार दैनिक असंस्कृत र असभ्य व्यवहारबाट हुन्छन् ।
राजनीतिक रूपमा पनि काठमाडांैका बासिन्दा निर्लिप्त र विमुख हुन्छन् । आन्दोलनको आँधीबेहरीलाई बेवास्ता गरी चादरमा गर्लम्म ढलेका हुन्छन् । वाग्मती, विष्णुमती, पवित्र नदी र खोलानालामा जतिसुकै पानी बगे पनि, ढल मिसिए पनि, तिनबाट जस्तै नाथ्री फुट्ने र पिनास लाग्ने दुर्गन्ध आए पनि नाक र दिमाग थुनेर बस्छन् । तिनबाट बालुवा निकाली करोडौं कुम्ल्याएको हेरिबस्छन् । रक्तचन्दनको सुवासबाट बेखबर रहन्छन् र नजिककै बारुद कारखानाको गन्धसम्म पुग्दै पुग्दैनन् । सरकार, महानगरपालिका र अन्य राजनीतिक कार्यकर्ताले गरिहाल्छन् नि ! हाम्लाई छु मतलब ?
हुनेखानेलाई नै चैन । तर परापूर्वकालको व्यवसायबाट विस्थापित भई हातमुख जोड्न धौधौ पर्नेले के गर्ने ? वर्षौंदेखि झिसमिसेमै खर्पन बोकी बसिबियाँलो गर्ने, कुची लगाई सडक टिलिक्याउने, घामपानी ठिही थेगी बालीनाली गर्ने, निर्जीव काठ कुँदी जीवन्त बनाउने तर आफू निष्प्राण बस्ने, धातुकला, हस्तकला, वास्तुकलाजस्ता शिल्पद्वारा दुनियाँ चिनाउने तर आफू सधैँ चुक घोप्टेको अँध्यारामा टुक्रुुक्क बस्ने, सुत्ने, वर्षैभरि यन्त्रवत् जात्रा चलाउने, रथ तान्ने, बाजा बजाउनेको जीवनमा कसरी, कसले फुक्ने ज्यान ?
परिणामस्वरूप, उनीहरू नेवा मुक्ति मोर्चा, जनजाति संघजस्ता जातीय, प्रान्तीय संगठनहरूका कार्यक्रमका कि त कठपुतली भएर जे भन्यो त्यही गर्‍यो अथवा जसो भन्यो त्यसो नाच्यो, कि त मूकरमिते भएर बस्यो । अनि हापुरेका राता मकै र्‍याडिसनमा भतेर गरुन् कि, शाश्वत भ्रातृत्व बिर्साउने गरी कुनै भ्रातृ संगठनका भतुवा कार्यकर्ता र अन्य भ्यागुते आन्दोलनकारीहरूले फोहोरमैला थन्क्याउन्, तह लगाउन्, घर भत्काउन्, बाटो विस्तार गराउन्, रुखविरुवा रोपुन्, व्यापारी/उद्यमीलाई कालोमोसो लगाई ध्वाँसे पारुन्, पानीको मुहान थुनुन्, यातायात, कलकारखाना, शिक्षण संस्था, परीक्षा आदि बन्द गरुन्, प्राचीन सालिक ढालुन् र नयाँ ठड्याउन्, ती कानमा तोरीको तेल हालेर बसिरहन्छन् । तिनले छानेका महानगर प्रतिनिधिले के काम गरे अथवा गरेनन् तिनको मूल्याङ्कन गर्ने भिं“mजो झन्झटमा ती पर्न चाहँदैनन् । आ, जसले जे गरुन् ।
हिस्स बूढी खिस्स
क्या बेमान ! आपmनो जन्मस्थल, आपmनो क्षेत्र र छरछिमेक, आपmनो वातावरण खल्बलिएपछि त भुसुनादेखि अर्ना भैंसीसम्म, वनमानुषदेखि हिममानवधरी छटपटिन्छन् । भन्देखि, संवेदनशील प्राणीका रूपमा चिनिने, अझ राष्ट्रको मुटु कहलिने काष्ठमण्डप, भानुभक्तका स्वर्गरूपी सुन्दर अमरावतीका चेतनशील मनुवाहरू कसरी बिथोलिएर पनि निस्पृह रहन सक्छन् ? भित्तैमा जोतेर ल्याउँदासमेत चुइँक्क नबोली बसिरहन सक्छन् त ?
त्यसो भए गोर्खेहरूले उपत्यका आक्रमण गर्दासरि नै लटि्ठई समर्पण गरी बसिराख्ने त ? राणाहरूको सामन्तवादमुनिभै+m अज्ञानता, अकर्मण्यता र निस्सहायताको चकमन्नमा टोलाइराख्ने त ? पञ्चायतको एकतन्त्री कालरात्रिमा जस्तै बलिदान भएर, रेटिएर बसिरहने र ? बहुदलेहरूको शक्ति भागबन्डा र माओवादीहरू जनयुद्धपछि विभिन्न जातजातिको गृहयुद्धको चपेटा समान झुल्सिइरहने कि ? शरणार्थी र नानाथरी पीडितहरूको अखडामा मल्लयुद्ध हेर्दै रमाइरहने पो हो कि ?
होइन, अहिले पनि वसन्तपुरका डबलीमा, टुँडिखेलको चौरमा, माइतीघरको मण्डलामा अनि सिंहदरबारको चोकमा नेताहरूको तालबेतालको प्रदर्शन र भाषण हेर्दै सुन्दै जिन्दगी बिताउने त ? रत्नपार्कलाई अनशन पार्क बनाइँदा, रानीपोखरीको पानी सुक्दा, त्यहाँका पोटिला माछा ठेकेदार र अन्य उच्च ओहदावालहरूकहाँ पुर्‍याइँदा किंकर्तव्यविमूढ भई बसिरहने हो र ? टायर र टुकटुकको धूवाँ, तथानाम सवारीको घुइँचो, हर्नहरूको कानै खाने पेँपेँ, वरको पर जान सास्ती, घर पुगिएला कि नपुगिएला, बाटामै गोली लागी ढलिएला, गाडीले किचिएला भन्ने पिरलो आदि-इत्यादि के यी नै हुन् काठमाडांै र काठमाडांैवासीको चिनारी, साँस्कृतिक सम्पदा ? के यही हो तिनको नियमित आकस्मिकता ?
इतिहास साक्षी छ, जनता जागरुक भए ठूलो उथलपुथल हुन्छ । विश्वका कुनै पनि राजधानीका नागरिकले अग्रणी, उदाहरणीय भूमिका खेलेका हुन्छन् । काठमाडांैका यमीहरू पनि तात्ने बेला आइसक्यो । जागौं र यस सहरलाई एक अनुपम, अनुकरणीय महानगरका रूपमा विश्वसामु उभ्याऔं । सबैभन्दा महत्त्वपूर्ण कुरो, यसलाई एक जीवन्त राजधानी बनाऔं । सबैथरी नेपाली र नेपालप्रेमीहरू बस्ने साझा चौतारी बनाऔं ।

राष्ट्रिय स्वतन्त्रता र सम्मान



एपीजे अब्दुल कलाम
भारतको बारेमा मेरा तीन अवधारणा छन् । तीन हजार वर्षको इतिहासमा संसारका विभिन्न भागबाट हामीमाथि आक्रमण भए । हाम्रो जमिनमा कब्जा जमाइयो । हाम्रा विचार नियन्त्रित गरिए । सुरुमा एलेक्जेन्डर, त्यसपछि गि्रक, टर्की, मुगल, पोर्चुगिज, बि्रटिस, पmेन्च, डच- सबैले पालैपालो हामीलाई लुटे, हाम्रा सामानहरू चोरे । हामीले भने अरू देशमा कहिल्यै त्यसो गरेनौं । अरूलाई आफ्नो अधीनमा राखेर विजयको खुसी मनाउने काम हामीबाट भएन । अर्काको जमिन, उनीहरूको संस्कृति र इतिहासमा कब्जा जमाएर आफ्नो जीवनशैली थोपर्ने कामलाई हामीले सधैं अस्वीकार गर्‍यौं । किन ? किनकि हामी अरूको स्वतन्त्रतालाई सम्मान गर्छौं । त्यसैले मेरो पहिलो अवधारणा भनेको 'स्वतन्त्रता' हो । भारतले आफ्नो यो पहिलो अवधारणा सन् १८५७ मा लिएको हो भन्ने मेरो विश्वास छ । त्यतिखेर हामीले स्वतन्त्रताका लागि युद्ध सुरु गरेका थियौं । त्यस्तो स्वतन्त्रता, जहाँ हामी सुरक्ष्ाित रूपमा बाँच्न, हुर्कन र बढ्न सक्छौं । जबसम्म हामी स्वतन्त्र हुँदैनौं, हामी सम्मानित हुन सक्दैनौं ।
मेरो दोस्राे अवधारणा हो 'विकास' । ५० वर्षदेखि हामी विकासोन्मुख मुलुकका रूपमा चिनिँदै आएका छौं । अब हामीले आफूलाई विकसित राष्ट्रको रूपमा चिनाउनुपर्छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा हामी विश्वका उत्कृष्ट ५ राष्ट्रको सूचीमा पछौर्ं । हाम्रो देशको अधिकांश क्षेत्रमा १० प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ । हाम्रो गरिबी दर क्रमशः घट्दैछ । आज हामी आफ्नो उपलब्धिलाई विश्वव्यापी रूपमा चिनाउन सफल भएका छौं । तैपनि हामीमा आफूलाई विकसित देशका नागरिक हौं भन्ने आत्मविश्वास र आत्मनिश्चयको कमी छ । के यो गलत होइन ?
भारत विश्वको शक्तिराष्ट्र बन्नुपर्छ- यो मेरो तेस्राे अवधारणा हो । किनकि जबसम्म भारत विश्व शक्तिराष्ट्रका रूपमा उदाउँदैन, हामीलाई कसैले सम्मान गर्दैन । शक्तिले मात्र शक्तिको सम्मान गर्छ । यसको अर्थ हामी सैनिक शक्तिमा मात्र शक्तिशाली हुने होइन, आर्थिक रूपमा पनि हामीले आफूलाई शक्तिशाली बनाउनुपर्छ । यी दुवै कुरा सँगसँगै जानुपर्छ । मैले तीन महान व्यक्तिसँग काम गर्ने अवसर पाएको थिएँ, यो मेरो ठूलो भाग्य हो- डिपार्टमेन्ट अफ स्पेसका डा विक्रम साराभाइ, प्राध्यापक सतीश धावन र न्युक्लियरका पिता डा ब्राहम प्रकाश । यी तीन व्यक्तित्वसँग निकट रहेर काम गर्ने अवसर पाउनु मेरो जीवनको ठूलो भाग्य थियो ।
म आफ्नो जीवनमा चारवटा कासेढुङ्गा देख्छु ः
मैले आफ्नो २० वर्ष 'आईएसआरओ'मा बिताएँ । भारतले अन्तरिक्षमा गरेको पहिलो उडान 'एसएलभी ३' मा मलाई आयोजना निर्देशकका रूपमा काम गर्ने अवसर दिइएको थियो । त्यतिखेर उडान गरिएको एक अन्तरिक्ष यानको नाम 'रोहिणी' थियो । त्यतिखेरको अनुभवले मेरो वैज्ञानिक जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ । 'आईएसआरओ'पछि म 'डीआरडीओ'मा संलग्न भएँ र भारतको मिसाइल कार्यक्रममा आबद्ध हुने अवसर पाएँ । त्यहाँ रहँदा सन् १९९४ मा जब 'अग्नि'ले लक्ष्य पूरा गर्‍यो, त्यो मेरो दोस्रो खुसीको क्षण थियो । हालै मे ११ र १३ मा भएको आणविक परीक्षणमा आणविक ऊर्जा विभाग र 'डीआरडीओ'को ठूलो सहकार्य रहेको छ । यो तेस्रो खुसीको क्षण हो । यी आणविक परीक्षणहरूमा आफ्नो समूहसँग सामेल हुनपाएकोमा र संसारलाई भारत अब विकासोन्मुख देश होइन भनी देखाउन पाएकोमा मलाई खुसी लागेको छ । एक भारतीय नागरिकका रूपमा यसले मेरो शिर उँचो भएको छ । हामीले अब 'अग्नि'का लागि नयाँ संरचना तयार पारेका छौं, नयाँ तत्त्व विकास गरेका छौं, जसलाई कार्बन-कार्बन भनिन्छ । यो अत्यन्तै हल्का हुन्छ । एकदिन निजाम इन्स्िटच्युट अफ मेडिकल साइन्सका हाडजोर्नी शल्यचिकित्सक मेरो प्रयोगशालामा आए । उनले एउटा चिज छोडेका थिए, जुन धेरै हल्का थियो । उनले मलाई अस्पताल लगेर आफूले उपचार गरेको बिरामी देखाए ।
त्यहाँ ती साना केटाकेटी थिए, जो तीन किलोभन्दा गह्राैं धातुको सहायताले हिँड्डुल गरिरहेका थिए । उनले मसँग भने- कृपया मेरो बिरामीलाई यो पीडाबाट मुक्त गरिदेऊ । तीन साताभित्र हामीले तीन सय ग्राम तौलको अर्थोसिस क्यालिपर तयार पार्‍यौं र अस्पतालको हाडजोर्नी केन्द्रमा लग्यौं । सुरुमा त उनीहरूले विश्वासै गरेनन् । आफ्नो खुट्टामा तीन केजीको भार झुन्ड्याएर हिँड्डुल गरिरहेका ती केटाकेटीका आँखा खुसीको आँसुले भिजेका थिए । त्यो मेरो चौथो खुसीको पल थियो । हामीकहाँ सञ्चारमाध्यम किन यति धेरै नकारात्मक छन् ? किन हामी भारतीय आफ्नो सामथ्र्य, आफ्नो उपलब्धिलाई स्वीकार गर्न लाज मान्छौं ? हाम्राे देश यति महान छ । हामीसँग यति धेरै सफलताका कथा छन्, तैपनि हामी त्यसलाई स्वीकार गर्न चाहँदैनौं ।
किन ?
हामी दुग्ध उत्पादन गर्ने पहिलो हौं ।
हामीले पहिलोचोटि रिमोट नियन्त्रित अन्तरिक्ष यानको प्रक्ष्ाेपण गरेका हौं ।
हामी दोस्रो ठूलो गहुँ उत्पादक हौं ।
हामी दोस्रो ठूलो धान उत्पादक हांै ।
डा सुदर्शनलाई हेरौं, उनले परम्परागत गाउँलाई आफै बाँच्न र आफैं अघि बढ्न सक्षम बनाइदिए । यहाँ यस्ता उपलब्धि लाखौं छन्, तर हाम्रा सञ्चारमाध्यम असफलता, ध्वंस र नकारात्मक समाचारमात्र खोजिरहेका छन् ।
एकपटक म तेल अभिभमा इजरायली पत्रिका पढिरहेको थिएँ । ती दिन त्यहाँ असंख्य आक्रमण, बमबारी र मृत्यु भइरहेका थिए । हमासले आक्रमण गरेको थियो । पत्रिकाका मुख्य पृष्ठमा एक यहुदी व्यक्तिको तस्बिर छापिएको थियो, जसले पाँच वर्षमा आफ्नो मरुभूमि जमिनलाई हराभरा बगैंचामा परिणत गरेका थिए । त्यो यस्तो उत्साहित बनाउने तस्बिर थियो, जसले सबैलाई झकझक्याउँथ्यो । हत्या, बमबारी र मृत्युका खबर अरू समाचारसँगै भित्री पृष्ठमा छापिएका थिए । भारतमा भने हामी मृत्यु, बिरामी, आतंक र अपराधका समाचारमात्र पढ्छौं । किन हामी यति धेरै नकारात्मक छौं ?
अर्को प्रश्न ः किन हाम्रो देशमा विदेशी सामानको चाहना तीव्र छ ?
हामी विदेशी टेलिभिजन चाहन्छौं । विदेशी सर्ट चाहन्छौं । विदेशी प्रविधि रुचाउँछौं । किन हामी विदेशी सामानको तीव्र मोहमा लागेर सबै चिज आयात गरिरहेका छौं ? के आत्मनिर्भरताबाटै आत्मसम्मान हासिल हुन्छ भन्ने हामीलाई थाहा छैन ?
म हैदरावादमा यही कुरा पढाउँदै थिएँ । एउटी १४ वर्षकी केटीले मसँग अटोग्राफ मागिन् । मैले उनको जीवनको उद्देश्य सोधेँ । उनले भनिन्- 'म विकसित भारतमा बस्न चाहन्छु ।' हो, उनको लागि तपाईं-हामीले हाम्राे भारतलाई विकसित देश बनाउनुपर्छ । तपाईंले अब देखाउनैपर्छ, भारत अतिकम विकसित मुलुक होइन, अतिविकसित मुलुक हो । तपाईं आफ्नो देशको लागि १० मिनेट समय दिन सक्नुहुन्छ ? सक्नुहुन्छ भने तल पढ्नुहोस्, सक्नुहुन्न भने नपढे पनि हुन्छ ।
तपाईं भन्नुहुन्छ, हाम्राे सरकार कुशल छैन ।
तपाईं भन्नुहुन्छ, हाम्रा कानुन धेरै पुराना छन् ।
तपाईं नगरपालिकाले फोहोर उठाउँदैन भन्नुहुन्छ ।
तपाईं भन्नुहुन्छ, फोनले काम गर्दैन, रेल्वेलाई जोकको रूपमा उडाउनुहुन्छ, हाम्राे विमानसेवा संसारकै सबभन्दा खत्तम छ भन्नुहुन्छ, चिठी कहिल्यै पठाएको ठाउँमा पुग्दैन भन्ने गुनासो गर्नुहुन्छ ।
तपाईं भन्नुहुन्छ, हाम्रो देशले कुकुरलाई खुवाइरहेको छ, यो बित्थाको खर्च हो ।
तपाईं गुनासो गर्नुहुन्छ, मात्र गुनासो गर्नुहुन्छ ।
तर तपाईंले यी समस्या सुल्झाउन के गर्नुभयो ? सिंगापुर गइरहेका एक व्यक्तिको उदाहरण लिउँ । तपाईं उसलाई आफ्नो नाम दिनुहोस्, उसमा आफ्नो प्रतिबिम्ब स्थापना गर्नुहोस् । तपाईं विमानस्थलबाट बाहिरिनुहुन्छ, त्यहाँ तपाईंको व्यवहारमा अन्तर्राष्ट्रिय स्तर झल्किन्छ । सिंगापुरमा तपाईं चुरोटका ठुटा सडकमा मिल्काउनुहुन्न, पसलमा उभिएर खानुहुन्न । तपाईं उनीहरूको भूमिगत सडकप्रति गर्व गर्नुहुन्छ । साँझ ५ देखि ८ बजेसम्म अर्काड मार्गमा यात्रा गर्न ५ डलर -करिब १२५ भारु) तिर्नुहुन्छ ।
तपाईंको पहिचान र हैसियत जस्तोसुकै भए पनि रेष्टुराँ वा सपिङ परिसरमा तोकिएभन्दा बढी समय गाडी पार्क गर्नुपरे बाहिर आएर आफ्नो पार्किङ टिकटमा समय थप्नुहुन्छ । आफ्नो काम बीचमै छोडेर बाहिर आउनुपरे पनि तपाईं त्यसविरुद्ध केही बोल्नुहुन्न ।
बोल्नुहुन्छ र ?
तपाईं दुबईमा रमदानको बेला सार्वजनिक ठाउँमा खाने आँट गर्नुहुन्न ।
तपाईं जेदाहमा आफ्नो शिर नछोपी बाहिर निस्कने हिम्मत गर्नुहुन्न ।
तपाईं लन्डनमा टेलिफोन एक्सचेञ्जका कर्मचारीलाई १० पाउन्ड -६५० भारु) घूस ख्वाएर आफूले तिर्नुपर्ने 'एसटीडी' र 'आईएसटीडी'को बिल अरूको नाममा सार्न आग्रह गर्ने आँट गर्नुहुन्न ।
तपाईं वासिङटनमा प्रतिघन्टा ८८ किलोमिटरभन्दा तीव्र गतिमा गाडी कुदाएर ट्राफिक प्रहरीका सामुन्ने 'म
फलानोको छोरा हुँ' भन्दै फुर्ती लगाउने र २ डलर घूस दिने साहस गर्नुहुन्न ।
तपाईं अष्ट्रेलिया र न्युजिल्यान्डको समुद्री तटमा टहलिन निस्कँदा फोहोर फाल्न तोकिएका ठाउँमा बाहेक रित्तो नरिवलको जटा जथाभावी मिल्काउन सक्नुहुन्न ।
टोकियोका सडकमा किन तपाईं पान थुक्नुहुन्न ?
बोस्टनमा तपाईं किन आफ्नो परीक्षा अरूलाई दिन लगाउनुहुन्न वा नक्कली सर्टिफिकेट किन्नुहुन्न ?
हामी अझै तपाईंजस्तै मान्छेको बारेमा कुरा गरिरहेका छौं ।
तपाईं विदेश गएर उनीहरूकहाँ प्रचलित सम्पूर्ण नियम कानुनको सम्मान गर्नुहुन्छ र पालना गर्नुहुन्छ, तर आफ्नो देशमा गर्नुहुन्न । तपाईं भारतीय भूमिमा पाइला टेकेदेखि सडकमा कागज र चुरोटका ठुटा मिल्काउनुहुन्छ । तपाईं विदेशमा सम्मानित नागरिक बन्न सक्नुहुन्छ भने किन आफ्नै देशमा सक्नुहुन्न ?
मुम्बईका प्रख्यात पूर्वनगर कमिस्नर टी नाइकरले एकचोटी अन्तर्वार्तामा भनेका थिए- 'धनी व्यक्तिका कुकुर सडकमा जथाभावी फोहोर गर्छन् । पछि तिनै व्यक्ति सडक फोहोर हुनुमा सम्बद्ध अधिकारीको क्षमतामाथि प्रश्न उठाउँदै आलोचना गर्छन् । ती व्यक्ति सम्बन्धित अधिकारीले के गरुन् भन्ने चाहन्छन् ? कुकुरले फोहोर गरेपिच्छे प्रत्येकचोटी कुचो लगाएर सडक सफा गरुन् भन्ने चाहन्छन् ?'
'अमेरिकामा यसरी कुकुरले फोहोर गर्दा मालिकले आएर सफा गर्नुपर्छ । जापानमा पनि त्यस्तै नियम छ । के भारतीय नागरिक त्यसो गर्छन् ?' उनले सही कुरा उठाएका छन् । हामी सरकार छान्न मतदान केन्द्र जान्छौं, तर त्यसपछि आफ्नो सम्पूर्ण उत्तरदायित्व बिर्सन्छौं । हामी सरकारले सबै काम गरोस् भन्ने चाहन्छौं र चुप लागेर बस्छौं । हामी आफ्नोतर्फबाट कुनै योगदान गर्दैनौं । हामी सरकारले सडक सफा गरोस् भन्ने चाहन्छौं, तर आफूचाहिँ न जथाभावी फोहोर फाल्न छोड्छौं, न बाहिर फालिएका कागजका टुक्रा सोहोरेर भाँडोमा खसाल्छौं । हामी रेल्वेले राम्रो बाथरुमको व्यवस्था गरोस् भन्ने आशा गर्छौं, तर आफूचाहिँ बाथरुमको सही प्रयोग गर्न सिक्दैनौं ।
हामी इन्डियन एयरलायन्स र एयर इन्डियाले राम्रो खाना र सफा शौचालयको व्यवस्था गरोस् भन्ने चाहन्छौं, आफूचाहिँ मौका पायो कि नियम मिच्न चुक्दैनौं । यो कुरा जनतालाई राम्राे सेवा दिन नसक्ने भनी चिनिएका कर्मचारीलाई समेत लागू हुन्छ । जब महिला अधिकारको कुरा आउँछ, दाइजो, बालिका तथा अन्य ज्वलन्त सामाजिक विषय उठ्छ, हामी ठूलो स्वरले विरोध गर्छौं, तर आफ्नै घरमा त्यसको अनुसरण गर्दैनौं । 'यो प्रथा हामीले पूर्णरूपमा परिवर्तन गर्नुपर्छ । मेरो छोराले मात्र दाइजो नलिएर केही
फरक पर्दैन', हामी यही भन्दै आफूलाई सही सावित गर्न खोज्छौं । त्यसो हो भने यस्ता कुरीति परिवर्तन गर्न को अग्रसर हुने ?
हाम्राे लागि यो 'प्रणाली'भित्र को-को पर्छन् ? हाम्रा छिमेकी, अरू परिवार, अन्य सहर, अन्य समुदाय र सरकार- हामी सजिलै भनिदिन्छौं । निश्चय नै तपाईं र म पर्दैनौं । जब यो प्रणालीमा सकारात्मक योगदान पुर्‍याउने समय आउँछ, हामी आफ्नो परिवारसँग सुरक्षित ठाउँमा गएर बस्छौं र कुनै अर्कै ठाउँको अर्कै व्यक्ति आएर चमत्कार गरिदेओस् भन्ने चाहन्छौं । वा हामी यो देश छोडेर भाग्छौं । आफ्नो समस्यादेखि डराएर, लाछी र अल्छी बनेर हामी अमेरिकाको समृद्धि र त्यहाँको प्रणालीको प्रशंसा गर्दै त्यतातिर लाग्छौं । जब न्युयोर्क असुरक्षित हुन्छ, हामी बेलायत भाग्छौं । जब बेलायतमा रोजगारी पाइँदैन, हामी अर्को उडानमा खाडी देशतिर लाग्छौं । जब खाडीमा युद्ध हुन्छ, हामी सुरक्षित उद्धारको माग गर्छौं, अनि भारत सरकारले हामीलाई आफ्नै देशमा फिर्ता ल्याउँछ । हामी सबै आफ्नो देशलाई गाली गर्छौं । कोही पनि यहाँको प्रणाली खराब छ भन्ने बुझेर यसलाई स्याहारसम्भार गर्ने कुरा सोच्दैन । हामीले आफ्नो चेतनालाई पैसाको बन्धक बनाएका छौं ।
-भारतीय राष्ट्रपति कलामले हालै हैदरावादमा दिएको प्रवचनको अनुवाद । उनको पाँच वर्षे पदावधि सकिएको छ ।)

एकादेशमा खोसिएका खुसी


अपराजिता आचार्य

लियो टलस्टोइको एउटा कथामा एक व्यक्तिलाई कति जमिन आवश्यक पर्छ भनेर विचार गर्दा, कफिनमा राखेर गाड्दा लाग्ने लगभग ६ फिटभन्दा बढी जरुरी नपर्ने निष्कर्ष निस्क्यो । हामीले कथा त पढ्यौं तर कसलाई सोच्ने फुर्सद छ र ? मरेपछिको सोच्ने भए, बाचुन्जेल किन मानिसको असीमित चाहना हुन्थ्यो ? सबै चाहिन्छ हामीलाई- आफूले टेकेको जमिन, आँखाले देखेसम्मको आकाश । कञ्चनपुरमा बसेर दार्चुलामा काम गर्ने क्रममा, पटक-पटक भारतको भूमि, धार्चुला हुँदै दार्चुला पुग्नुपर्ने हुन्छ । मेरा सहकर्मी सबैलाई नराम्रो लाग्छ रे, आफ्नै देशको एउटा ठाउँ पुग्न भारत छुँदै जानुपर्दा । पश्चिममा महाकाली बाँधको लगभग सबै पानी भारतलाई दिएर सानो भागमात्र नेपाललाई राख्दा लाग्ने खल्लोपना अर्कै छ फेरि ।
विडम्बना हो सायद, जुन जमिनका लागि मारकाट गर्छौं, रिस फेर्छौं, कैयौं कागजमा हस्ताक्षर गर्छौं र कहिले एउटाको कहिले अर्काको नाममा नामसारी गर्छौं, त्यो जमिन त यथावत नै रहन्छ । अनविज्ञ नै रहन्छ, । हामी बाचुन्जेल र मृत्युपश्चात् पनि ।
आखिर के अर्थ रहन्छ र यो सबै क्रियाकलापको ? बहु-नागरिकताकोे प्रावधानको आवश्यकतालाई लिएर अनेकौं मुद्दा उठेका छन् । बहु-राष्ट्रिय कम्पनीहरूको प्रभुत्व बढ्दो रहेको बेला, धेरै व्यापारी र व्यवसायी अत्यधिक मात्रामा यात्रा गर्दा हरेकपटक भिसाको झमेलामा परिराख्न व्यवहारिक ठान्दैनन् ।
भर्खरै काठमाडौंमा पनि गैर आवासीय नेपालीले गैरआवासीय नेपाली दिवस मनाए । यस क्रममा दोहोरो नागरिकताको आवश्यकता औंल्याइयो । गैरआवासीय नेपालीका परिवारलाई नेपाल फर्किने बाटो खुला राख्न र आफ्नो मातृभूमिमा लगानी गर्ने हिसाबले लगानीकोष स्थापना गर्न प्रोत्साहनस्वरूप पनि उनीहरूलाई दोहोरो नागरिकताकाको आवश्यक देखाइयो । गैरआवासीय नेपालीको संघ, नेपालमा दर्ता हुने क्रममा नै छ अझसम्म ।
एकातर्फ राष्ट्र-राष्ट्रबीचको कडा विभाजनलाई केही हदसम्म खुकुलो बनाउनु पर्ने आवश्यकता औंल्याइएको छ भने अर्कोतर्फ राष्ट्र-राष्ट्रबीचको बढ्दो असमझदारी र अन्योलले निम्त्याएको युद्ध जारी छ । लेबनान र इजरायलका बीच भएको युद्धले जन्माएको अपि्रयताको भाव र त्यसमा अमेरिकाको नखोजिएको संलग्नता हाम्रो स्मरणबाट हराएको छैन । उत्तर कोरियाले आणविक परीक्षण गर्दा संयुक्त राष्ट्रसंघको कडा आलोचना, अमेरिकाको निरन्तर दिइने चेतावनी र युद्धको अर्को संभावना । सम्पन्न राष्ट्रबीचको शक्तिको खेल र त्यसमा पनि संयुक्त राज्य अमेरिकाको प्रभुत्व । कसरी बुझ्ने यी सबैलाई ?
अर्को जल्दोबल्दो विषय रहेको छ भुटानी शरणार्थीको । भुटानले अझै आफ्नो देशमा ठाउँ नदिइसकेको बेला अमेरिकाले स्थान र मौका उपलब्ध गराउने प्रस्ताव शरणार्थीलाई अनुचित लागेको छ । अनेकौं अड्कल छ यो प्रस्ताव किन आयो भन्ने बारेमा । यसलाई मात्र एउटा अवसरका रूपमा हेर्दा पनि हामीले यहाँ समाधानको सट्टा समस्या नै बढी आइरहेको देख्छौं । देशप्रेम भनेको कहाँबाट आउने भावना होला ? कहिलेकाहीँ सोच्छु, आखिर जहाँ बसे पनि, संसारको जुन कुनामा भए पनि के नै फरक पर्ला र ? आफूलाई सजिलो भए र आफू खुसी भए पुगिहाल्यो नि । आखिर जग्गा बटुलेर वा त्यसप्रतिको मोह पालेरमात्र के नै होला र ? तर जताबाट विश्लेषण गरे पनि आफ्नो ठाउँ प्यारो लागिहाल्छ ।
जर्ज बर्नार्ड शले भनेका छन्- ‘श्ाान्त संसार तिमीले कहिल्यै पाउने छैनौ, जबसम्म सम्पूर्ण मानव जातिबाट देशभक्तिको भावनालाई हटाउँदैनौँ’ । यो भनाइ निक्कै निर्मम लाग्न सक्छ । यसले समेटेको व्यङ्गय र सत्यको समिश्रण बुझ्न सक्छौं ।
कल्पना गर्न मन लाग्छ देश, संस्कृति, धर्म र प्रथामा नबाँडिएको एउटा सिंगो संसार । तर फेरि विविधतामा रहेको सौन्दर्यतर्फको आकर्षण अर्कै हुन्छ । र कुनै परिवेश नतोकेमा कसरी चल्ला संसार ? कसरी चल्छ प्रशासन ? कसरी चल्ला व्यवहार ? अनि कसरी व्यवस्थित होला कानुन र न्याय ? आत्मा सबैको सफा हुन्छ रे । तर मनमा आउने शंका, डाहले खै के बनाइदिन्छ मान्छेलाई कहिलेकाहीँ । कुन्नि कुन मोडमा पुगेर मान्छे बाठो हुन थाल्छ वा बाठो हुनुपर्ने आवश्यकता महसुस गर्न थाल्छ । अनि जरुरी हुन जान्छ नियन्त्रण पनि । पुलिस, आर्मी, राष्ट्र र सबै राष्ट्रका आ-आफ्ना नीति र संविधान । बढ्दो विश्वव्यापीकरणलाई ध्यानमा राख्दा बहु-राष्ट्रिय संगठनहरूको पनि बढ्दो महत्त्व रहेको छ । संयुक्त राष्ट्रसंघ होस् वा युरोपियन युनियन, सबै प्रणाली कार्यरत छन् देशभित्र गर्न नसकिने निर्णयको व्यवस्था मिलाउन ।
संसार बदल्ने कार्यसूची एकै जनाले लिएर हिंड्न सक्ने भए त नियन्त्रणका यति धेरै संयन्त्र किन आवश्यक पर्थे होलान् र ? हामी त मात्र आफ्नो ठाउँबाट स्वच्छ भावनाले आ-आफ्नो क्षेत्रमा लगनशील योगदान दिन सक्छौं । संसारै आफ्नो लागे यो त घेरै राम्रो तर जति जहाँ रमाएर आए पनि सबैका लागि घर र्फकँदाको खुसी अर्कै हुन्छ । प्रविधि, व्यवस्थापन र राजनीतिबाट पन्छिएर सोच्दा, यो खुसी सायद आफ्नोपनको एउटा अनुभूति, आश्वासन र पहिचान हो ।
देशमा रहँदा यस्ता सबै प्राप्तिलाई हामी सामान्य ठान्छौं । अझ कहिले डीभी पर्ला वा भिसा लाग्ला भनेर पर्खौंला आतुर भएर वा विदेशमै रहँदा पनि महसुस नहोला सबैलाई । तर छुट्टीमा वा स्थायी रूपमा घर र्फकँदा अनुभव हुन्छ- देशको सिमाना छुँदा वा विमानस्थलमा प्लेनको पाङ्ग्राले जमिन टेकेको झट्का अनुभूत हुँदा त्यो अव्याख्येय खुसीको अनुभूति हो- आफ्नोपनाको र आफ्नो देशको ।
अनेक कोणबाट चिरफार गरेमा त्यो खुसी त्यति ठूलो नलाग्ला तर कता-कता विवेचनाभन्दा भावना माथि आउँदो रहेछ । मूर्खता नै सही, बर्नार्ड शले भने जस्तै सिंगो मानवताबाट अलग्गिन चाहने प्रयास मान्ने हो भने । बुझ्न गार्‍हो पर्ने छैन, एउटा भावनाको संगालो मान्ने हो भने । र, यही एउटै संवेदना पर्याप्त हुन्छ सायद- एउटै भावनाको समष्टि हो सम्भवतः देशप्रेम भनेको ।
केही वर्षदेखि नेपालभित्र चर्किएको द्वन्द्व, उब्जिएको मतभेद र बढेको अन्योलले कुनचाहिँ नेपालीलाई खल्लो लाग्दैन होला ? जब गुम्सिएका असन्तुष्टि असह्य भएर व्यक्त हुन्छन्, त्यस बखत कतिसम्मको भयानक र अपि्रय परिस्थिति सिर्जना हुन्छ भनेर हामीले देखिसक्यौं । तै पनि सुल्भिmएको छैन वार्ता, समेटिएका छैनन् दृष्टिकोण ।
शान्ति स्थापना हुने झिनो आशामा अडिएको छ नेपाली सपना । यत्ति धेरै नेपालीको भविष्यको दाउ लागेको वार्ताको टेबलमा बस्नेहरूलाई पनि यसपालिको वार्ताको गाम्भीर्यको आभास पक्कै पनि छ होला । यही आभासको बलमा पनि वार्ता, वैयक्तिक अभिरुचि वा अहम्को बहस नबनोस् ।
मुलुक झन्डै झन्डै डुबेको आभास त प्रत्येक नेपालीले गरेका छौं । अब केबल प्रार्थना गर्न सक्छौं एउटा यस्तो वातावरणको जहाँ हरेक नेपालीले हलुका मनले राष्ट्रको विकास, निर्माण र सुव्यवस्थामा आफ्नो योगदान दिन सकौं । अब जे जति संगालेका छौं, शान्ति कायम भएमा त्यहीँबाट एउटा नयाँ सुरुवात हुनेछ ।
यसो सोच्दा, लियो टलस्टोइको कथाले निष्कर्षमा निकालेको ६ फिट जमिन पनि चाहिँदैन मृत शरीरको दाहसंस्कारमा विश्वास राख्ने अधिकांश नेपालीलाई ।
बाचुन्जेल एउटा राष्ट्र रहोस् देश विदेश जताततै छरिएका नेपालीको निमित्त- जसको स्मरणसम्ममा पनि शान्तिको अनुभूति र आफ्नोपनको आश्वासन पाइयोस् ।

नेपाल र नेपाली (टंक सुब्बा)

Source:Kantipur Daily

मानवशास्त्रको एक विनम्र साधक साथै एक भारतीय नेपालीको चिनारी बोक्ने अथवा बोक्न चाहने व्यक्तिको हैसियतले आज यहा“हरूसमक्ष केही कुरा राख्न चाहन्छु ।
आजको नेपाललाई नेपालबाहिरबाट हर्ेदा कस्तो देखिन्छ, त्यसबारे केही भन्ने सोचेको छु । मेरो व्यक्तिगत हेराइमा आजको नेपाल सम्पर्ूण्ा रूपले अनिश्चितताले घेरिएकेा देश देखिन्छ । हुन त अनिश्चितता बोक्ने देश नेपालमात्र होइन । धेर-थोर समयको निम्ति प्रायः सबै देश अनिश्चित रहेको सबैलाई याद छ । अनिश्चितताबारे बुद्धिजीवीका धारणा पनि समान नभएको धेरैलाई थाहा होला । कति बुद्धिजीवी त अनिश्चिततालाई पुज्ने पनि हुन्छन् । नपुजून् पनि किन - अनिश्चततामा जुन रोचकता हुन्छ, ताकत हुन्छ, कल्पना हुन्छ र नया“ कुरा सुरु हुने सम्भावना हुन्छ, त्यो निश्चिततामा हु“दैन ।
एक आधुनिक राष्ट्रको नाता अनिश्चततासित धेरै लामो हुन सक्दैन । केही महिना वा वर्षो अनिश्चितताले त्यति ठूलो नोक्सान गर्दैन तर अनिश्चितता राष्ट्रको मूलधारा बन्न गए त्यो चिन्ता र चिन्तन दुवैको विषय बन्न जान्छ, किनकि लामो अनिश्चितताले धेरै प्रकारका अनिश्चितता सिर्जना गर्छ र बिस्तारै-बिस्तारै ती सबै प्रकारका अनिश्चिततामा एकप्रकारको अन्तर-निर्भरता तयार हुन थाल्छ, जसलाई तोड्न सबै राष्ट्र सक्षम हु“दैनन् । सक्षम नभए यस्तो राष्ट्र विकासोन्मुख नभएर विनाशोन्मुख हुन जान्छ जो अनिश्चितता ल्याउने तत्त्व निम्ति पनि लाभदायक हु“दैन ।
यसरी अनिश्चितताले लामो घर्ेदा त्याग्न चाहेका-लागेका कतिपय व्यवस्थाले फेरि शिर उठाउने मौका पाउ“छन् किनकि प्रत्येक व्यवस्थाले कसैलाई फाइदा त कसैलाई नोक्सान पुर्‍याएको हुन्छ । नेपालमा आज त्यस्तो प्रकरण सुरु भइसकेको छ र त्यस्तो प्रकरण जीवित राख्न चाहने तत्त्व सदैव जीवित र जीवन्त हुन्छन् । अतः आज नेपालअघि कुनै पनि आवश्यक कार्य छ भने त्यो हो आजको अनिश्चिततादेखि बाहिरिनु । त्यो हुन नसके 'देशवासीनिम्ति वा वासी देश निम्ति' हो भन्ने प्रश्न उठ्न सक्छ । वासी नै नरहे देश रहन्न, तर विनादेशको वासी हुन्छ, यद्यपि विनादेशको नागरिक भने हु“दैन ।
यस अनिश्चिततादेखि बाहिरिने धेरै उपाय छन् तर ती उपाय खोज्न अनि अपनाउन आजका नेता औ बुद्धिजीवीले जति कोसिस गरेका छन् त्यति पर्याप्त भए जस्तो लाग्दैन । अझै पनि उनीहरूले यथेष्ठ मात्रामा आफ्ना विभिन्न प्रकारका स्वार्थ त्याग्न सकेका छैनन् जस्तो लाग्छ । राष्ट्रहित अझै पनि अन्य हितभन्दा माथि, अलग्गै उभिएर आएको देखि“दैन तर त्यो हुनु जरुरी छ आजको नेपालमा ।
नेपाली जाति भनेको आफैंमा मग्न हुने जाति हो, मर्ूखलाई बुद्धिमान् नाम दिने जाति, अनि गरिबलाई धनवीर नाम दिएर ढुक्क हुने जाति । दोहोरो हामी कम सोच्छौं । भविष्यवाणी हामी गर्र्छौं, भविष्यबारे भने कमै सोच्छौं । हाम्रो समालोचना कसैले गरे त्यसलाई शत्रु ठानिहाल्छौं । यस्तै जाति भए पनि आजको नेपालको हल यही जातिबाट निस्कनेछ । त्यो हल आकाशबाट टप्कने होइन, न त्यो उत्तर वा दक्ष्ँिणबाट आउने हावास“ग उडेर आउने हो । हल यहा“कै माटोबाट पैदा हुनर्ुपर्छ, यहा“कै हावापानी सुहाउ“दो । आज नभए भोलि त्यो हुन कर लाग्नेछ ।
आजको अनिश्चिततादेखि बाहिरिन र्सवप्रथम आफ्ना जाति र देशप्रतिका धेरै धारणा जति सजिलै त्याग्न सक्यो त्यही फाइदामन्द हुन्छ । नेपालीलाई 'वीर-गोर्खा' भनेर अंग्रेजले र्सकाउनसम्मै र्सकाएर पुस्तक, लेख नलेखेका होइनन् । त्यो पढेर अनि त्यसलाई ध्रुव-सत्य मानेर गजक्क हुन आजको नेपाली जातिलाई सुहाउ“दैन । त्यसरी नेपाललाई कुनै विदेशी शक्तिले कहिल्यै अधीनमा ल्याउन सकेन भनेर गर्व नगरेर यस्ता शक्तिले देश खोक्रो पारिसकेको देख्न सक्नर्ुपर्छ । आजको नेपालीले उपनिवेशवादले लिएका नया“ अनि अदृश्य रूप देख्न सक्नर्ुपर्छ । पहाड-मधेसको दूरत्व, स्त्री-पुरुष उ“चनीच र जात-पात भेदभाव हटाउन नसके पनि कोसिस गर्नुपर्छ । तब नेपाल गर्व गर्न लायक हुन्छ ।
आजसम्म नेपालबाहिरका नेपाली निम्ति नेपाल एक गरिब, पछौटे देशका रूपमा खडा छ । यसैले मैलो, फाटेको झुम्रो लाएकी आमालाई नचिन्ने छोराछोरीझैं नेपालबाहिरका धेरै नेपाली नेपालस“गको ऐतिहासिक, भाषिक, सांस्कृतिक नाता नकार्ने गर्छन् । यसमा नेपालका नेपालीले दुःख मान्ने कारण देख्दिन“ किनकि हार्नेस“ग केवल सहानुभूतिको सम्बन्ध हुन्छ चाहे तिनीहरू आफ्नै हुन् वा होइनन् । गर्व त जितस“गै जोडिएको हुन्छ ।
यसकारण नेपालले सम्पर्ूण्ा नेपाली जातिको गर्व हासिल गर्न चाहेको खण्डमा अहिलेको आर्थिक, सामाजिक, शैक्षिक इत्यादिको पछौपटेपनमाथि विजय प्राप्त गर्नुपर्‍यो । आफ्नो खुट्टामा उभिन सक्नुपर्‍यो न कि अन्तर्रर्ााट्रय अनुदान नामक बैसाखी लिएर । खेल, साहित्य, संगीत, कला, विज्ञान वा ज्ञानको क्ष्ँेत्रमा अन्तर्रर्ााट्रय ख्याति प्राप्त गर्नुपर्‍यो । बुद्ध भगवान् जन्मेको देश भनेर मख्ख नपरेर शान्ति वहाल गर्न सक्नुपर्‍यो । संसारको सबैभन्दा उचो माउन्ट एभरेस्ट भएको देश भनेर खुसी भएर होइन, जात-पात, भेक-भेष, भाषा-भाषीको उचाइमाथि उभिएर देखिन सक्नुपर्‍यो ।
यति लामो इच्छा-सूची देखेर नेपालका बुद्धिजीवी नअत्तालिए हुन्छ किनकि यी चाह“दैमा भइहाल्दैन भनेर सबैलाई थाहा छ । समय चाहिन्छ, धर्ैय चाहिन्छ, सबैभन्दा पहिलो यस्तो नेपालको कल्पना चाहिन्छ । कल्पना गर्न सके आधारशिला राख्न समय लाग्दैन । आधारशिला स्थापना भइसकेपछि भवन निर्माण ढिलो वा छिटो हुने नै हो । त्यसकारण उज्ज्वल भविष्यको सपना होइन, कल्पना गर्न थाल्नुपर्‍यो ।
-डा. सुब्बा भारतको पूर्वोत्तर राज्य मेघालयको शिलङस्थित र्ँनर्थ-इर्स्र्टन हिल युनिभर्सिटी’ मा सामाजिक मानवशास्त्रका प्रँध्यापक हुन् । शनिबार ललितपुरमा जगदम्बा श्री तथा मदन पुरस्कार वितरण समारोहमा मुख्य वक्ताका रूपमा उनले दिएको मन्तव्यको यो मुख्य अंश हो ।)े

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell