कवि र राजनीतिज्ञको दुनियाँ

सीताराम  अग्रहरि

कुखुरी काँ/बासी भात खाँ ।
खोई मेरो बासी भात ? गोदामले खायो ।
खोई गोदाम ? साहूले लुकायो ।
खोई साहू ? राहू कहाँ गयो ।
खोई राहू ? अँध्यारोमा पस्यो ।
खोई अँध्यारो ? कविले देख्यो ।
खोई कवि ? कविता लेख्न बस्यो ।
खोई कविता ? सकियो ।
                             -विमल निभाः आगोनेर उभिएको मानिस)

बासी भात, गोदाम, साहू राहू र अँध्यारोको मर्म कवि, लेखकले नै किन गहनतापूर्वक अनुभव गर्दछन् ? ब्रतोल्त ब्रेख्त पनि भन्दछन्, सत्य यो हो कि म अँध्यारो समयमा बाँच्दछु ।" हो यही फरक छ कवि र राजनीतिज्ञमा । राजनीतिज्ञले अँध्यारोलाई उज्यालो देख्दछ विशेषगरी डाडु पन्यु उसको हातमा हुन्छ, जब ऊ सत्तामा हुन्छ । हुन त चारण कवि, लेखकहरू पनि कम हुँदैनन् । तर सच्चा कवि, लेखक साहसी, संवेदनशील तथा समाज र समयका सारथि हुन्छन् । निर्भिकता तथा इमानदारीका कारण उसले सत्य लेख्न, बोल्न साहस गर्दछ । यस्तो छ काल जहाँ सबथोक छ भग्न/या फेरि साराका सारा छन् नग्न -उदय प्रकाशः कूट) प्रख्यात लेखक यशपाले कति सही भनेका छन् कि प्रेमचन्द्रले आˆनो अमरकथा 'कफन' -कात्रो) मा जुन माधव र घीसूको चित्रण गरेका छन् । गान्धीले त्यसको कल्पनासम्म गर्न सक्तैनथे ।

चर्चित जनकवि फेडरिको गार्सिया लोर्काले मृत्युको बारेमा सटीक टिप्पणी गरेका छन्,

"मृत्यु Û त्यो हरेक चिजमा पस्दछ । स्थितिप्रज्ञता, मौन र निर्भरता उसको पूर्वाम्यास हो । त्यो एक महान् बिजेता हो । मृत्यु त्यसबेला आरम्भ हुन्छ जब हामी सुस्ताइरहेका हुन्छौ ।" मानिसभित्र विद्यमान मृत्युलाई जति तीव्रतापूर्वका साहित्यकारले अनुभव गर्छ त्यति राजनीतिज्ञले गर्दा हो भने समाज जेटको युगमा गोरुगाडाको गतिमा पक्कै बढ्दैनथ्यो । लोर्का 'डीप सङ्ग एण्ड अदर प्रोज' मा लेख्छन्, "मेरा मित्र म निर आएर भन्थे, म प्रसिद्ध हुन थालेको छु तर मलाई यी सबै राम्रो लाग्दैनथ्यो । मेरो नाम हरेक सडक र चौबाटोमा -पोस्टरमा) थियो । .........मलाई लाग्थ्यो कि म भीड सामुन्ने नाङ्गो छु ।"

तर विशेष गरी राजनीतिमा यही नाङ्गोपन प्रतिष्ठासूचक बन्न जान्छ । जो जति नाङ्गो हुनसक्छ त्यति नै प्रतिष्ठित । जो जति संवेदनशून्य हुनसक्छ उति नै सफल । प्रतिष्ठाको मापदण्ड खोक्रो शान एवम् सम्पन्नताको मापदण्ड खोक्रो उपलब्धि, बाहृय चमकदमक, आडम्बर, झूठा आत्मतुष्टि बढ्दै गएको समाजमा एउटा सच्चा कविको दर्द सुन्ने फुर्सद कसलाई हुन्छ ? हुन त कविहरू पनि कुनै अर्को ग्रहका प्राणी होइनन् । राजनीतिक विकृतिविरुद्ध तीखा व्यङ्ग्यवाण बर्साउने साधक स्वयम पथभ्रष्ट राजनीतिज्ञका सामु प्राज्ञ पद कृपा पाउन जब सास्टाङ्ग दण्डवत् मात्र होइन ढोका ढोका चहार्न थाल्छन् अनि विचराहरू माथि दया बाहेक के लाग्छ ? अँध्यारो देखेर पनि अँध्यारोसँग नतमस्तक हुनु कवि विवशता हो वा मात्र एक मानवीय दुर्वलता ? तथापि आˆनो प्रसिद्धिमा समेत प्रसन्नताको अनुभूति नगर्ने र कविकुल तथा झूटा शान, व्याख्यान सहज भ्रम, भ्रमणहरूलाई पनि 'ठोस' एवम् महान् उपलब्धि बताउने राजनीतिज्ञकुलमा तात्विक अन्तर त छ नै । त्यो अन्तर संवेदनहीनता र इमान्दार अनुभूतिबीचको हो । रोम निरोको पालामा मात्र जलेको छैन । हरेक समाजका रोम आ-आˆना निरोहरूका बेइमानी र स्वार्थका कारण जल्ने गरेको छ, जलिरहेछ । नेपाली समाज पनि यो कटुयथार्थबाट मुक्त छैन । फरक यति मात्र छ कविकुल आत्माले बोल्दछ राजनीतिकर्मी कूट, झूट र कृत्रिमतामा खेल्दछ ।

सचिन तेन्डुलकरले हालै आˆनो खेल जीवनको तपस्वी २० वर्ष पूरा गरे । केही चोट, केही व्यवधान, केही विफलता, केही कटुता समेत आयो उनको सफलताको मार्गमा । उनी महान् खेलाडी हुन शङ्का छैन । त्यो भन्दा पनि उनी महान् व्यक्ति हुन् । उनले चाहेको भए जीवनभरि कप्तान बनिरहन्थे अथवा धेरै वर्षसम्म नेतृत्व गरिरहन्थे । तर उनले त्यो गरेनन् । उनको कप्तानीले गर्दा भारतको प्रदर्शन र स्वयम् उनकै साखमा असर पुग्न थाल्यो । स्वेच्छाले कप्तानी परित्याग गरे । पुनः कप्तान हुनसक्ने अवसर आउँदा पनि लोभ गरेनन् । जुनियरको मातहतमा पनि खेलिरहे । उनको लागि कप्तानी अथवा नेतृत्व सोख नभई आˆनो साख र मुलुकको प्रतिष्ठा ठूलो कुरा थियो । यहाँ भने उल्टो छ । कप्तानीबिना कोही बाँच्न नसक्ने राजनीति यस्तै दिशामा गइरहेको छ । राजनीतिक कप्तानले बढी दावी गर्नुपर्नर्े बढी बकबक गर्नुपर्ने जबकि जनतालाई बढी परिणाम चाहिन्छ । हो दबाब छ, जसले नेतृत्व गर्छ त्यसमाथि दबाब हुन्छ नै । तर कप्तानीबिना बाँच्नै नसकिने यो कस्तो मनोविज्ञान विकसित भइरहेको

छ ? गाँन्धी कुनै मन्त्री, प्रधान, राष्ट्रपति नभइकनै राष्ट्रपिता हुन पुगें । जयप्रकाश नारायण, विनोवा भावे विना सत्ताका लोकनायक र सन्त भए । इतिहासका पानामा अमिट छाप छोड्न मार्टिन लुथर किङ्गले कुनै हिंसक अभियान छेड्न परेन । सत्ता स्वीकारे पनि सत्तामोह अस्वीकार गरेकै कारण नेल्सन मन्डेला विश्वभरि श्रद्धाका पात्र भए । नेपालमा समेत रामराजाप्रसाद सिंहले 'आई एम नट अन सेल' -म बिक्रीमा छैन ) भनी राजा महेन्द्रद्वारा प्रस्तावित प्रधानमन्त्री पद अस्वीकार गरेकै हुन् । लौहपुरुष गणेशमान सिंहले पनि राजा वीरेन्द्रद्वारा प्रस्तावित प्रधानमन्त्री पद नखाएकै हुन् । राजनीतिमा पनि केही अपवाद छन्, सत्ता सबथोक होइन ।

गिरिजाबाबुलाई सरकारले अहिले नोवेल पुरस्कारको लागि सिफारिस गर्योन । प्रश्न छ, यति ढिलो किन ? सिङ्गापुरमा भर्ना हुँदा, आˆना पार्टीबाट एक्लिँदा समेत खेल खेलिदिने उहाँको क्षमताको मूल्याङ्कनस्वरूप कतै यो निर्णय आएको त होइन ? अर्को पाटो के छ भने गिरिजाबाबु चुक्नुभयो । शाही सत्ताविरुद्ध आन्दोलनका साहसी महानायकले सत्ताको मोह, महìवाकाङ्क्षालाई ठक्कर हान्ने साहस जुटाउन सक्नुभएन । अग्रगमनका अगुवा, समग्र मुलुककै अभिभावक बन्न सक्नु भएन ।

हुन त एउटा व्यक्तिलाई सबै दोष दिएर हुँदैन , राजनीतिका प्रायः सबै खेलाडी चुकेका छन् । अझ कटुता बढी नै रहेको छ । दिशाहीनता झांगिदै, जटिलता बढ्दै गइरहेको छ जब कि समस्या त्यति गम्भीर छैन । समस्या पदलोलुपता र महìवाकाङ्क्षा हो । राज्यको पुनसंरचना, सङ्घीयताको प्रश्नले अवश्य गम्भीर र इमान्दार बहस खोजेको छ । तर डा. चैतन्य मिश्रले जातीय सङ्घीयता नेपालको हितमा छैन भन्नु र सुजाता कोइरालाले पञ्चायती संरचना अनुकूल हुने खालका टिप्पणी गर्नुमा फरक छ । आजको नेपालमा समस्याहरू ललिपप वा लहडमा समाधान हुनसक्दैन । नयाँ नेपाल पुराना विचारले चल्न सक्दैन । अफशोच नेताहरू अझ कोठे खेलमै व्यस्त छन् । तिनलाई चिन्तक, साधक, श्रष्टाहरूको सिर्जनात्मक सुझाव सुन्ने, सोच्नेसम्म फुर्सद छैन । सप्तरीमा शीतलहरीबाट एक दर्जन मानिस मर्छन, ती को हुन् ? दलित, महादलित, महागरिब Û जोसँग जाडो छल्नेसम्म सामथ्र्य साधन छैन । देशका नेता 'म्युजिकल चेयर रेस ' मा निमग्न छन् । तराईका नेता गाडीमाथि गाडी सुविधा थप्दै राजधानीमा रमाइरहेका छन् । र तिनका जनता, सच्चागण जाडो थेग्न नसकी मृत्युवरण गर्न विवश छन् । साँच्चिकै गणतन्त्र, जनतन्त्र आइसकेकै हो ? एक कविले यस्तो सोच्यो भने 'गणपति' ले सुन्लान् ?

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell