Evidence


BY CHANKY SHRESTHA

source:satyakura.wordpress.

Right then
the truth is slain
When evidences are gathered

In my name
Some one else slaughters my love and my dream
Some one cuts my heart out of my
And throws it away
On my death warrant
Some one forges my signature
But when evidences are gathered
These crimes aren’t crimes at all

After evidences are arranged
The form of object can easily be changed
As a sheet of white paper can be painted
by any colours you like

A poet can’t own his poetry
And an artist his art
Nither a peasant can have a piece of land
Nor a patriot his country
The possession of the things of our own
shifts to the feet of the fake master
As cuckoos migrate in the spring

Poets, Artists
Tenants, Patriots
Policemen, Journalists
Doctors, Lawyers, Justices
All await the truth
attending its funeral at the cremation spot.

Translated from Nepali by Binod Bikram KC

नया नेपालका 'राष्ट्रकवि’ !


By : प्रकाश सिलवाल2007-12-29,Saturday,
source: Nayapatrika Daily
एकप्रकारले का“चुलीपलट भएको छ । 'महान् क्रान्ति'ले जनतालाई सत्तारोहण गरायो, नेपाली जनता वास्तविक सत्ताका मालिक बने, नेपालको राजनीतिमा ऐतिहासिक परिवर्तनको शिखर चढ्ने पनि धेरै छन् । मानौ“, मुलुकमा यस्तो परिर्वतन अकल्पनीय थियो । उनीहरू भन्छन्, 'अब नया“ नेपाल बन्ने भयो- लोकतान्त्रिक संघीय गणतन्त्रमय मुलुक ।' तर नया“ नेपालमा शाही सत्ताद्वारा घोािषत पुरानो 'राष्ट्रकवि' सम्मान र सुविधा लिएर ढसमस्स बसिरहेको छ । राजनीतिक दलबीचको कठिन सहयात्राबाट संसद्मा लगिएको संशोधित संविधानमा 'लोकतान्त्रिक गणतन्त्र' लेखिने भएपछि मात्र होइन, यसअघि नै नया“ नेपालमा पुगेको अनुभूतिमा हामी विभोर थियौ“ । जनउभारसहितको लोकतान्त्रिक आन्दोलनपछि राज्यमा केही हुन्छ, छिटो हुन्छ र नया“ नेपाल बन्छ भन्ने निश्चित थियो । अब त्यस कार्य ढिलो मात्र हु“दै छैन, त्यसको आशामा रहेकालाई निस्त्रिmय र प्राणहीन बनाउने प्रयास पनि यसबीचमा भए, भइरहेछन् । त्यति मात्र होइन, परिर्वतन र रूपान्तरणलाई मानिसका मन-मष्तिस्कमा जमाउने काममा खासै उल्लेख्य काम हुन नसकेको स्वीकार्नर्ुपर्छ । सा“स्कृतिक रूपान्तारणबिनाको रूपान्तारण कस्तो होला - त्यसले कसरीे परिवर्तनलाई दिगो बनाउन सघाउला - जनतालाई कस्तो सन्देश देला ? निश्चय नै देशमा केही भएको छ । परिवर्तनको छनक मिलेको छ । आशा मरिसकेको छैन । संविधानसभामार्फ् नया“ नेपालको आमप्रतीक्षा जारी छ । पुराना क्रम भत्क“दैछन् । नया“ क्रम अघि बढिरहेको छ । ज्ञानेन्द्र शाहले राजकीय सत्ता लिएपछिका तत्कालीन अवस्थाका नियुक्ति लोकतान्त्रिक सरकार बनेपछि स्वतः खारेजीमा परे । राजा-रानीका नाम या मनोकांक्षाले दिइने मानपदविका नाम फेरिए, विभूषणसम्बन्धी नयँ“ विधेयकले नया“ ऐन बनायो । नया“ राष्ट्रगान आयो, संगीत आयो । तर शाही सत्ताको स्तुतिमा रमाएर राजाको निरकुंशतालाई सघाउने, विघठित राजसभाका सदस्यसमेत रहेका माधवप्रसाद घिमिरेको शाहीकालीन पदवि 'राष्ट्रकवि' अझै कायम छ । के यो स्वाभाविक हो ? नेपाली साहित्यमा प्रकृतिपे्रमी, छन्दमाधूय, गीतिमय- खण्डकाव्यलेखनका अग्रणी धरोहरका रूपमा कविवर घिमिरेलाई अन्यथा मान्न सकिन्न । त्यो अलग पाटो र बुढ्यौली उमेरमा उनको अपमान गर्नुले पनि कसैलाई, कुनै आनन्द दिदैन । घिमिरेलाई जनमानसले पहिल्यै 'कविवर' शब्दालंकारले सम्मान दिएकै हो, त्यो ठीकै थियो । त्यतिबेलासम्म उनले सायद खुलेर राजाको दलाली गरेका थिएनन् वा त्यो र्सार्वजनिक भएको थिएन । जब 'कालो दिन' माघ १९ हुदै ज्ञानेन्द्रले जनताका अधिकारमाथि नृशंस प्रहार गरे, त्यसपछि माधवप्रसाद घिमिरेहरू छिचिमिराहरुझै“ सतहमा निस्कन थाले । घिमिरे पनि त्यही बथानमा मिसिए र ज्ञानेन्द्र शाहको तानाशाही कदमको र्समर्थनमा सिलोक हाल्न थाले । जसबाट राजभक्तमा एकप्रकारको आनन्द छायो, साहस बढ्यो, जनता र जनआन्दोलनलाई आहत बनायो । कति आन्दोलनकारीमा केही हदमा भ्रम र्छने कुपात्रका रूपमा माधवप्रसाद घिमिरेहरूका 'छविको किनबेच' चलिरह्यो । घिमिरेलाई फसाएर राजभक्त बनाइएको किन भन्ने- उनी सहर्ष'मौसुफ'का पाउ मल्न सामेल भएइदिएपछि । त्यसबापत उनलाई 'राष्ट्रकवि' को 'श्रीपेच' भिराइयो । ज्ञानेन्द्रको प्रशंसा र उनको कदमको र्समर्थनका वत्तव्यबाजीबापत तथाकथित् राष्ट्रकविको तलबभत्ता र सुविधा तोकियो । कालो धनको आडमा साहित्य र समाजसेवाको ठेक्का लिएका संस्थाहरुले नै माधवप्रसाद घिमिरेलेलाई स्वार्थपर्ूवक त्यो नामको बद्नामपर्ूण्ा उचाइ दिलाए । दरबारका बाहुलीबाट निगाहबक्स 'राष्ट्रकवि'को सनक जनआन्दोलन-२ विरुद्ध खनियो । लोकतान्त्रिक आन्दोलनमा शाही सत्ताको दमनबाट सहिद हुने, यातना पाउनेको संख्या बढ्दा सत्ताकै भजन गाउनेहरू वर्तमानमा पनि कसरी राज्यको उपल्लो उपाधि गुथेर बस्न सक्छन् ? 'कला साहित्यमा र्सवहारा वर्गको जीवनधारा प्रवाहित हुनर्ुपर्छ ।' लेनिनको यो भनाइलाई मान्ने हो भने निरकंुश राजतन्त्रको स्तुति गर्नेहरूलाई अब सम्मानित स्रष्टाको उपमा कसरी दिइराख्ने - कम्तीमा तिनले हिजो आफूले गरेका जनविरोधी कित्ताप्रति खेद व्यक्त गर्न चाहन्छन् भने चाहि“ उनीहरुका निम्ति मैदान खाली छाडिनु उचित होला । तर हाम्रा 'राष्ट्रकवि' तिनै हुन्, जो शाही सत्ताका सल्लाहकारसरहका थिए । र, तिनले आजसम्म आफ्नो विगतप्रति कुनै आत्मालोचना गरेका छैनन् । यसले उनी परिवर्तनलाई स्वीकार नगर्ने प्रतिगामी कित्तामै रहेको स्पष्ट हुन्छ । यस्तो स्थितिमा नया“ नेपालका जनताले उनलाई राष्ट्रकवि मानिरह“दा के यो जनआन्दोलका उपलब्धिकै मानमर्दन होइन त - आम स्रष्टाजगत्ले यो नैतिक प्रश्न उठाउनर्ुपर्छ । यदि 'राष्ट्रकवि' बन्ने र बनाउनेको चेतनाले काम गरेको भए आन्दोलनले सफलता पाएपछि तत्काल उनको राजीनामा आउनर्ुपर्नेथियो, जसले कम्तीमा कविमानसका रूपमा उनीप्रतिको जनसम्मान थप गुम्न पाउने थिएन । यो लोकतान्त्रिक सरकारमाथि समेत उठेको प्रश्न हो । अझै पनि कथित् राष्ट्रकविको उपाधि र सम्मानसुविधा खारेज नगरी शाही कदमको र्समर्थन गरिरहनु लोकतान्त्रिक सरकारको कस्तो भूमिका हो - यावत् शाही नियुक्ति, पदवि खारेज भइसक्दा पनि राष्ट्रकविको तथाकथित् सम्मान खारेज नगरिनु के आम लोकतन्त्रवादी स्रष्टामाथिको अपमान होइन ?

'मैले लेख्न सकिन


“ कविताबुद्धिसागर2007-12-29,Saturday,

source:Nayapatrika Daily
ती ओठ जो लाजमा झुके के बिराए ? हत्केलामा थापें ? ... काठमाडौंमा जाडोको कम्बल अझै मोटो हुदै गइरहेको छ । र्सूय धेरै ढिलो 'अखबार' किन्न बजारमा झुल्किन्छ । अल्छीलाग्दा दिन, सिरकभित्र प्रायः दिनभरि उ“घिरहन्छन् । सिसाका भmयालमा कुहिरोको धमिलो रंग तलातला जमिरहेको छ । भmयालबाहिर रातो फूल, बिहानै, ताजा फक्रिरहेको छ । त्यो फूलले नमस्ते गर्छ । सुकेधारा हाइटमा त्यति गाडी ओहोर दोहोर गरिरहेका छैनन् । हामी पुगेको घरमा कुनै आवाज छैन । त्यो यौटा कविको घर हो । गहु्रगो र भाइब्रेसनयुक्त आवाजले जनआन्दोलन सिक्वेलमा, यौटा गहिरो भूमिकामा डाइलग भर्ने ती कवि अहिले मार्केटमा त्यति देखि“दैनन् । प्रायः ढाकाटोपी मुन्तिर मृदु-मुस्कान बोकेर गोष्ठी, सभासमारोहमा पुगिरहने, अलि-अलि लाज मानेजस्तो लजाइरहने, सधैं बैरागको कान निमोठेर हा“सिरहने एउटा शरीर छ । जसलाई सबैले 'बैरागी काइला' भनेर नमस्ते गर्छन् । ती अहिले सुकेधारा हाइटको दुइ तले घरको कुनै कोठामा छन् । र, अब एकछिनमा बैठक कोठामा आउनेवाला छन् । हामी उनलाई पर्खिएर सोफामा आपmनो काया अड्याइरहेका छौं । के बैरागी काइ“लाले आज 'इन्टरभ्यु' देलान् त - अघिल्लो रात कामज्वरोले, थोत्रो मिनिबसभै+m, उनको वृद्ध कायालाई भित्रैदेखि हल्लाएर गएको रै'छ । जनआन्दोलन सिक्वेलमा के उनलाई सहिद हुने 'मुड' थियो - वैंशमा चिया पिउन गएर पनि यिनले आपmना मनका कुरा भन्न नसकेकी ती युवती को थिइन् - कत्ति ठूलो बैरागको रूख यिनीभित्र झा“गिएको छ - के यिनी असफल 'देवदास' हुन् - 'मातेको मान्छेको भाषण'का पियक्कड नायक के यिनी स्वयं हुन् - मायालाई मफलरझै किलामा टाग्न खोज्नेे यिनी के जमानामा 'प्रेमका खेलाडी' थिए ? हामी यस्ता कैयौं प्रश्नका 'बुके' लिएर स्वागतका लागि सोफाभित्र गुडुल्किएका छौं । उनको अत्तोपत्तो छैन । घरमा चियाका लागि सोधियो, नाइ भन्यौं । अलिबेरमा चिया पिउ“दै गफ लम्ब्याउने योजनामा छौं । टाउकोमा ऊनीको नीलो टोपी र खुट्टामा ऊनीकै नीलो मोजा धारण गरेर, हतारि“दै उनी तल झरे । एकछिन अक्मकिए । अनि हाम्रो नमस्ते पनि ग्रहण गरे । मस“ग त्यहा“ पुगेका कवि ठाकुर बेल्वासेले आइतबार हुने 'एकल कविता वाचन'बारे हतारि“दै जानकारी गराए । यी बेल्वासे संयोजक हुन् त्यसको । एकछिनको मौनता, एकछिनको गफगाफ र फेरि मौनता पछि हाम्रो 'मूल करतुत'बारे उनले थाहा पाए । र, उनले भने, 'इन्टरभ्यु त नगरौं हौ । ज्वरो आइरहेको छ ।' ... लौ पर्‍यो फसाद । अहिले उनी सोफामा छड्के पल्टेर बसेका छन् । दुवै हात दा“यापट्टकिो कन्चटमा अड्याएका छन्, यो उनको मौलिक पोज हो । कहिलेकाही“ चिसो पानी अनुहारमा छम्किएजस्तो, झ्यास्स झ्यास्स, का“पिरहेछन् । ६९ वर्षा यी कवि भर्खरै मृत्युको अ“गालोबाट फुत्किएर सोफामा ढल्किएका छन् । के अब बन्दुक देखाएर इन्टरभ्यु माग्नु ? तैपनि चिप्लेकीराझंै लचिला केही धिमा प्रश्न उनीतिर सोझ्यायौं । उनी हा“से र भने, 'बैरागी काइ“ला, त्यति भव्य मान्छे होइन हौ । अझै थपे, 'म त सामान्य मान्छे हु“ ।' यतिका वर्षम्म बैरागी भएर बा“चिरहनुको पछाडि कत्ति ठूलो बैराग होला - 'एकान्तको अजिंगरले सुस्तसुस्त निलिबस्छ,' लेख्ने यी बैरागी काइ“ला आज-भोलि कस्तो बैराग लिएर बा“चिरहेका छन् - 'मेरो जीवनमा कुनै बैराग छैन', उनले मुस्कुराउ“दै हाम्रो प्रश्नको लुगामा पानी र्छर्किदिए, 'मेरो ठूलो महत्त्वाकांक्षा छैन । ठूलो महत्त्वकांक्षा हुनेलाई पो बैराग हुन्छ ।' यिनको जीवनमा बैरागलाई 'कोठा टु-लेट' छैन । उनी साधारण मध्यमवर्गीय जीवन बा“चिरहेका छन् । सा“झ चा“डै सुत्छन्, बिहान चा“डै उठ्छन् । सुनाउ“छन्, 'मेरो जीवनमा कुनै दर्ुघटना छैन ।' ज्वरोले बेस्मारी न्याकिरहेको छ । सुक्खा खोकीले हैरान पारिरहेको छ । कफ पनि फुटेको छैन । तीन महिनाअघि नाथ्री फुटेर रगत बग्दा उनी सिकिस्त थिए । असोजमा हुने उनको 'कविता वाचन' पुसमा सरेको छ । व्यंग्य गर्छन्, 'मेरो कविता वाचन र संविधानसभा उस्तै भयो, सरेकोसारै ।' ३० वर्षछि उनी केही नया“ कवितासहित मार्केटमा उत्रि“दैछन् । कति भव्य होला उनको आगमन - उनले भने, 'बैरागीले के-के न सुनाउ“ला भनेका होलान् । छक्क पर्छन् ।' हामी मुस्कुरायौं । उनलाई अझै डर छ, ज्वरोले फेरि न्याक्ने त होइन - उनी आज-भोलि घर बाहिर निस्किएका छैनन् । केही दिनअघि धु“स्वा साय्मिको अन्त्येष्टिमा घाट पुगेका, काइ“लालाई लागेछ, 'के नै हो र जीवन ।' त्यो दिन उदासी छाएछ । उनी स्वीकार्छन्, परिवारका लागि, सन्तानका लागि र आफ्नै लागि धेरै गर्न बा“की नै छ । उनी आफ्नो जीवनलाई पछाडि फर्केर हर्ेर्दैनन् । कुनै ठूलो 'इभेन्टस्' छैनन् । क्रान्तिका भाषण गर्ने र कविता लेख्ने यी कवि वैंशमा कस्ता थिए - भन्छन्, 'म दुस्साहसी र साहसी दुवै थिइन् ।' उनको 'ओज' र व्यक्तित्वले त कैयांै कायलै छन् । उनलाई चैं कस्तो लाग्या रै'छ - उनी एकछिन सोचमग्न भए । र, व्यंग्य भरिएको मुस्कानसहित यसरी उर्थ्याए, 'असल त अरूले नै देख्ने हो । स्वयंलाई त थाहै हुन्छ म कति हरामी छु ।' फेरि अर्को लाइन गा“से, 'अरूले नै हिसाब गर्ने हो, 'यो' 'ऊ' भन्दा कति असल छ र कति खराब ।' बैरागी काइ“लाले ३० वर्षकविता लेखेनन् । उनी आफ्ना पुराना कवितामा बा“चिरहे । कवितामा यत्रो नाम - के उनलाई यो तीस वर्षरि कविता लेखू“जस्तो लागेन - किन उनले नया“ कविता लेखेनन् - उनले केही सोचेनन् र स्वाट्ट भने, 'मैले लेख्न नआएर नै कविता नलेखेको हु“ ।' उनले प्रयास त गरेका रै'छन्, चित्तबुझ्दा एउटै पनि नभएपछि के गर्नु ? अहिले उनले केही नया“ कविता लेखेका छन् रे † र तिनलाई मार्केटमा पठाउ“दै छन् । ती कस्ता होलान् - के ती कविताले कुनै नया“ 'इभेन्टस्' बनाउलान् - उनी त्यति उत्साही भएनन्, 'जनआन्दोलनको भाषण र अहिलेका मेरा नया“ कवितामा कुनै अन्तर छैन ।' बैरागी काइ“लाले यस्तो भनेपछि, हामीले के भन्नु ? नलेख्दा कल्पना शक्तिमा ह्रास आउ“दो रै'छ । उनको कविता लेखनमा पनि 'उचाले' परेछ । एक साल ब्यायो अनि चार-पा“च सालपछि ब्यायो । त्यै त हो । त्यसो त ३० वर्षउनले लिम्बू लोक साहित्यको अनुवाद र सम्पादनमा बिताएछन् । उनी अचेल पनि आफ्नै कविताबाट सन्तुष्ट छैनन् । जतिपल्ट पढे पनि 'नया“ कविता' उस्तै लाग्छन् रे † निरश । केही कविताको पुनर्लेखन गर्ने भएका छन् । गत कात्तिकमा मालीगाउ“मा मारिएको चितुवाको मृत्युले उनलाई भित्रसम्म हल्लाएछ । 'एघार गोली हानेछन्, नमरेपछि खुकुरीले काटेछन् ।' उनलाई लाग्छ, त्यसलाई नमारेर छोपेको भए पनि त हुन्थ्यो । उनले नया“ कविता लेखेछन्, 'शरणार्थी विचार, मालीगाउ“मा चितुवा ।' ... हेर्नुहोस्... ... यी आ“खामा जो लजाइरहेका तस्बिर थिए मेरो हजुरकै हुन् भनेर... चिन्हाउन आएको थिए“ । उनका कैयांै कवितामा प्रेमिकालाई 'हजुर' भन्दै प्रेमी चिच्चाइरहेको भेटिन्छ । के प्रेमीले प्रेमिकालाई 'फकाउन' भयंकरै आदर गरेको होला र - कि के होला - उनी मजाले मुस्कुराए, 'यो शब्द लिम्बू-लिम्बुनीले सम्बोधन गर्ने शब्द हो,' भन्दै उनले, सायद पुराना दिन सम्झदै 'हजुर'लाई नया अर्थ दिए, 'यो नेपालीमा जस्तो आदरार्थी शब्द होइन ।' उनको शरीरबाट एक निमेष ज्वरो उघ्रिएजस्तो देखियो । उनी तंग्रिए । र अलि ठूलो स्वरमा भने, 'हजुरले खाइबक्स्यो' भन्नु र 'त“ बज्याले खाइस्' भन्नु एउटै हो ।' हामी हा“स्यौं । चिया आइपुग्यो । चिया ब्रेक गफ । उनकी 'हजुर' कैयौं कवितामा, कतै लजाउ“दै, कतै प्रेमीको आ“खाको भाषा नबुझ्ने अबुझ भएर आएकी छिन् । के काइ“लामा प्रेमको भोक थियो - 'देवदास प्रकृतिको मान्छे थिइन“ ।' उनले आफूलाई बिन्दास शैलीको मान्छे प्रुफ गरे । उनले एकपल्ट कतै भनेछन्, 'यो 'हजुर' शब्दमा लिम्बुनीको गन्ध पो आउ“छ, हौ ।' कसैले प्याच्च सोधेछ, 'कसरी थाहा पायौ त -' झङ् झङ् झङ्, बैरागीलाई झोंक चलेछ, भन्देछन्, 'लिम्बुनीको पछाडि हि“ड् न था'हुन्छ ।' तिलविक्रम नेम्वाङ, बैरागी काइ“ला हुनुमा कुनै ठूलो 'घटना' छैन । यो त केटौलीको लहड हो, उनी भन्छन् । घायल, आ“सु, प्यासी भनेजस्तै हो रे † यो नाममा कुनै ठूलो रहस्यको सन्दुक छैन । 'तिलविक्रम' नामसित ठूलो लगाब भएन । फेरि र्सर्ूयविक्रम ज्ञवालीका बुबाको नाम पनि त्यै, तिलविक्रम । 'यो त भएन हौ ।' उनले उमेरमै सोचेछन्, 'नाम त 'भाले' कै हुनर्ुपर्छ ।' केटौलीको समय, कहिलेकाही“ 'ताल न तुल'को बैराग लिएर बा“च्न पनि रमाइलै हुन्छ । र, आफैंले न्वारन गरेछन्, 'बैरागी' । 'काइ“ला' त, घरका पनि काइ“लै । बैरागी काइ“ला जनआन्दोलन सिक्वेलमा बा“झो खेत जोत्ने खेतलाझैं संर्घष्ा गरिरहेका देखिन्थे । के यिनलाई सहिद बन्ने इच्छा थियो - उनले ढा“टेनन्, भने, 'जेलमा एकरात पनि राख्दैनन् भन्ने पर्ूवज्ञान थियो ।' डर लागेन - हा“से- 'नाथे, त्यो त सिनेमामा गा'को जस्तै त हो नि ।' वर्तमान नेपाली राजनीतिमाथि केही क्रस क्योइस्चन गर्ने प्रयास गर्‍यौं । 'तपाईंहरू मलाई गम्भीर ठान्नुहुन्छ,' उनले आपmनो आन्तरिक परिचय दिए, 'म गम्भीर छैन ।' लेखकहरूको आफ्नै लफडाले, काकताली परेर आन्दोलनमा लेखकमाझ उनले ठूलो 'स्पेस' पाएका हुन् रे † उनको बहुचर्चित कविता 'मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित'को रचना गर्भ के होला - के उनी कुनै जमानामा यसै गर्थे - माने, मदिरा पिएर सडकमा भाषण गर्दै हि“ड्थे - उनले 'इजिली' भने, 'मातेको मान्छेले झूटो बोल्दैन भन्ने थाहा त पहिल्यै थियो र माथिल्लो लाइन लेखे“ ।' उनी आप+mै पनि अचम्भित भएका छन् यसरी, 'तर, पछिल्लो लाइन, मध्यरातपछिको सडकसित, कसरी आयो आप+mैलाई थाहा छैन,' मातेको मान्छेको भाषणलिपीबद्ध गर्ने यी कवि, 'यसो मात्न' वर्षा एक-दर्ुइपल्टभन्दा बढी पिउ“दैनन् रे ! बैरागी काइ“ला अहिले रोगको 'गेस्टहाउस' बनेका छन् । सानैमा टिबीले थला परेकाले पनि यिनी भित्र-भित्र हल्लिएका छन् । नाथे, रोग-सोगस“ग त उनी टर्ेर्दैनथे तर यो पल्ट अलि सारै भएछ । गत असोजमा 'व्लिडिङ' भएपछि यिनलाई 'फिल' भएछ, 'निराशा पनि आयो कि क्या हो - सधंै बाहिरबाट छोरीले फोन गर्दा सन्चै भन्थे“ तर यो पल्ट ढा“टिन“ ।' यिनले आफूलाई भएको मृत्युबोध सुनाए । नेपाललाई 'नेपाल'जत्रो दृष्टिले कसैले हेरेनन्, उनी सोच्छन् । अहिले उनको देश प्रेम जागृत भएछ । सुनाए, 'मैले पनि राष्ट्रप्रेमसम्बन्धी केही लेखेको रहेनछु, अब लेख्छु ।' अब उनी केही थाकेजस्ता देखिए । बिरामी मान्छेलाई योभन्दा बढी दुःख दिन मन लागेन । हि“ड्ने बेलामा उनले भने, 'अचेल मलाई सन्चो छैन, इन्टरभ्युपछि गरौला“ हुन्न -' एउटा 'धासु' इन्टरभ्युका लागि निरोगी समयमा अग्रिम बुकिङ गर्दै हामी हि“ड्यौं । गेटबाहिर आएर, मैले अचानक भmयाल बाहिरको रातो फूल सम्भिmए“ । हेन खोज्दा अग्लो पर्खालले छेकियो । देखिएन ।

धूस्वा“को सपना


डा अरुण सायमी

source:Kantipur Daily

तीन महिना अगाडिको कुरा हो, क्लिनिकमा बिरामी हर्ेर्दै थिए“ । बुबा -धूस्वा“ सायमी) ले फोन गरेर भन्नुभयो, मलाई अलि सन्चो छैन, क्लिनिक सकेर सिधै मेरो घरमा आऊ है ।
त्यसदिन क्लिनिक पनि चा“डै सकियो । सात बजेतिर बुबाकोमा पुगे“ । बुबाको हालत देखेर स्तब्ध भए“ । उहा“ बेसुरमा भन्दै हुुनुहुन्थ्यो- जताततै बम पड्कि“दैछ । गृहयुद्ध हु“दैछ । माओवादी र सेना भिड्दैछन् । मैले बुबालाई छोएर हेरे“, उहा“को शरीर चिसो थियो । हत्तपत्त ब्लडप्रेसर हेरे“, प्रेसर भेट्याउनै मुस्किल भयो ।
बुबास“ग कुरा गर्न खोजे“, विस्तारै आ“खा खोलेर भन्नुभयो । कस्तो डरलाग्दो सपना देखेको । प्रचण्ड र बाबुराममाथि आक्रमण भयो । देशमा ठूलो युद्ध भयो । बुबाको हालत देखेर म तर्सिए“ । बुबा सधैं भन्नुहुन्थ्यो, मलाई जे भए पनि उपचार घरमै गर्नु । तिमीहरू जस्ता छोरा, ठूला डाक्टर भएको के काम †
त्यसपछि दाजु डा प्रकाश सायमीलाई बोलाए“ । स“गैको मेरो घरमा गएर शिक्षण अस्पताल फोन गरे“ । बुबालाई भर्ना गर्न ल्याउ“छु भने“ । एकछिनपछि बुबाकोमा फकर्“दा राम्रो होशमा आइसक्नुभएको थियो । उहा“लाई झाडा-वान्ता भएको रहेछ । दाइले प्रशस्त जीवनजल दिएको रहेछ । प्रेसर पनि ८५ माथि पुगेको थियो । अस्पताल जाने कुरा गर्दा बुबाले मलाई ठीक छ, नजाऊ“ भन्नुभयो । छोरी डा मनिता सायमी र भतिजा प्रतीकलाई बुबाकोमा राखेर हामी सुत्न गयौं ।
भोलिपल्ट बिहानसम्म पनि पिसाब नभएकाले बुबालाई सम्झाई-बुझाई शिक्षण अस्पताल लगे“ । त्यसको भोलिपल्ट नै बुबालाई हृदयाघात भयो । त्यसरात पनि बुबाले डरलाग्दो सपना देख्नुभएको रहेछ, आ“खा बन्द गरेपछि बम पडकिएको, देशमा गृहयुद्ध भएको । भोलिपल्ट बुबाले मलाई भन्नुभयो, मलाई घर लग्ा । यहा“ त झन् डरलाग्दो सपना पो देख्न थाले“ । म त सधैं बाबुराम र प्रचण्डलाई आक्रमण गरेको देख्छु । उनीहरूलाई अलि होश गरेर हि“ड्न भन्नु । मैले बुबालाई उनीहरूलाई बढी सुरक्षा दिइएको चर्चा छ भने“ ।
डा बाबुरामस“ग बुबाको सम्बन्ध बाबुछोराको जस्तो थियो । प्रकाश दाइको क्लासमेट र मेरो घनिष्ट मित्र भएकाले बाबुरामको घरमा आउने-जाने थियो । शान्ति सम्झौता भएपछि प्रचण्ड र बाबुराम बुबालाई भेट्न मेरो घरमा आउनुभएको थियो । शिक्षण अस्पतालमा सात दिन राखेर बुबालाई घर लगे“ । मैले एन्जियोग्राफी गर्नुपर्ला भन्दा बुबाले भन्नुभएको थियो, ७७ वर्षपुगिसके“, सय वर्षम्म बा“च्ने इच्छा छैन । भैगो अब केही पनि नगर्ने ।
धूस्वा बा“चेसम्म लेखिरहन्छ, जब लेख्न बन्द गर्छ, धूस्वा“ मर्छ † बारम्बार यसो भनिरहने बुबाले नभन्दै जीवनको अन्तिम घडीसम्म पनि कविता लेखिरहनुभयो ।
हामी बाबुछोराको बिहान सधैं भेट हुन्थ्यो । देशको राजनीतिक परिस्थितिबारे कुरा हुन्थ्यो । जीवनको अन्तिम क्षणमा देशका नेता देखेर बुबा निराश हुनुभएको थियो । जनताले यति ठूलो बलिदान गरे तर यी नेता आ-आफूमा झगडा गरेर जनतालाई झन् बढी दुःख दिइराखेका छन् । खै त्रि्रा साथीहरू बाबुराम र प्रचण्डले केही गर्लान् भन्ने ठानेको थिए“, उनीहरूले पनि केही गर्न सकेनन् ।
बिरामी परेको दर्ुइ महिनापछि बुबाको जंकु -७७ वर्ष७ महिना ७ दिनको अवसरमा परेर गरिने संस्कार) गर्ने दिन आयो । दर्ुभाग्यवश त्यही दिन मलाई एसिया प्रशान्तीय कार्डियाक सोसाइटीको सम्मेलनमा ताइवान जानुपर्‍यो । त्यस संस्थाको उपाध्यक्ष भएकाले म जानु अनिवार्य थियो । आमा जीवित हु“दा स्थापना गर्न ल्याएको बुद्धको प्रतिमा स्थापना नभएर बुबाको कोठामा त्यसै रहिरहेकोमा पनि बुबाको ठूलो गुनासो थियो । जंकुको साइतमा बुद्धको मर्ूर्ति स्थापना गरेर बौद्ध भिक्षुद्वारा परित्राण गराएर जंकु सकियो । त्यस लगत्तै म ताइवानतिर लागे“ । जानु अघि बुबाले सोध्नुभएको थियो, कहिले फर्किने - मैले मंगलबार भनेर जवाफ दिए“ ।
बुबा केही बोल्नुभएन । अन्तिम मुस्कानमात्र दिनुभयो ।
पुस २ गते नेपाली समयअनुसार करिब ९ बजे म ताइवान एयरपोर्ट पुगे“, एयरपोर्टमा हि“ड्दा छालाको जुत्ताले मलाई बेस्करी पोल्यो । मलाई हि“ड्न अप्ठ्यारो भयो । जुत्ता छाडेर हिडौं जस्तो लाग्यो । तीन घन्टाको उडानमा पनि मैले जुत्ता लगाइन । एयरपोर्टको डिउटी पmी पसलमा गएर कपडाको जुत्ता लगाए“, छालाको जुत्ता फयालिदिए“ । त्यसलगत्तै घरमा फोन गरेर
म भोलि बिहान थाई एयरको फ्लाइटबाट आउ“दैछु भने“ ।
त्यति नै बेला बुबालाई सिरियस भएर अस्पताल लगेको छ भन्ने थाहा भयो, सोधे“- भेन्टिलेटरमा हो - घरबाट भनियो-सक्नुहुन्छ भने आजै आउनुहोस् । मैले भने“- आज त कुनै उडान छैन ।
मनमा ठूलो आ“धीबेहरी आयो । अस्पतालको सीसीयुमा फोन गर्न खोजे“ । तर आफैंले आफ्ना हातका औंलालाई रोके“ । मलाई थाहा थियो, ९९ प्रतिशत बुबा जीवित हुनुहुन्न भनेर । मैले १५ घन्टा बैंकक विमानस्थलमा बस्नु थियो । किन एक प्रतिशत भए पनि आश बा“की नराख्ने । मैले कसैलाई फोन गरिन, १५ घन्टासम्म दुःखद समाचार सामना गर्न आफूलाई तयार पारे“ । फेरि आफ्नै पुरानो मन्त्र "होप फर बेस्ट, प्रिपियर फर वर्स" सम्झे“ ।
काठमाडौं एयरपोर्टमा पुग्नासाथ बुबाको दुःखद खबर थाहा पाए“ । बुबालाई प्रज्ञा-प्रतिष्ठानमा राखेको रहेछ । एयरपोर्टबाट प्रज्ञा-प्रतिष्ठान गए“ । त्यतिबेला लागिरहेको थियो, जिन्दगीको सबैभन्दा ठूलो परीक्षा दिइरहेछु ।
बुबा र मेरो सम्बन्ध बाबुछोराको मात्र थिएन, दर्ुइजना लेखकबीचको पनि थियो । तिथि अनुसार मेरो र बुबाको जन्मदिन पनि एउटै थियो । कसैले बुबालाई स्वास्थ्यबारे सोधे- अरुण भएसम्म मलाई केही हु“दैन भन्नुहुन्थ्यो । सधैं म बाहिर जा“दा बुबा आत्तिनुहुन्थ्यो । एयरपोर्टबाट प्रज्ञा-प्रतिष्ठानसम्म पुग्दा मैले बाटाभरि आफूले आफैंलाई भने“- वीर बाबुको छोराले वीरतासाथ बाबुलाई विदा गर्छर्ुुएकथोपा पनि आ“सु चुहाउ“दिन ।
प्रज्ञा-प्रतिष्ठानमा बुबा मलाई पर्खिएर बस्नुभएको थियो । सबै साहित्यकार, परिवारजन, इष्टमित्र थिए । बुबालाई फूल चढाए“, खुट्टामा ढोगे“ । त्यसपछि बुबाको शवयात्रा आर्यघाटतर्फभयो । मेरो अनुपस्थितिमा बुबालाई प्रज्ञा-प्रतिष्ठान पुर्‍याएर शवयात्राको व्यवस्था मिलाउने निर्देशक तथा साहित्यकार प्रकाश सायमी पनि हामी चार छोराहरूस“गै पा“चौं छोराको रूपमा शवयात्राको गाडीमा थिए ।
पशुपतिमा बुबाको दाहसंस्कार भयो । उहा“को शरीर धूवा“ भएर उडिरहेको थियो । मृत्यु थाहा नभएकी सानी छोरी अरुणाले सोधिन्- अब बुबा कहिल्यै फर्किंदैन - छोरीको कुरा सुनेर मेरा आ“खा रसाउन थाले । मैले आ“सु पुछ्दै भने“, बुबा सधैं हाम्रैसाथ रहनुहुन्छ । राम्रो काम गर्नेहरू कहिल्यै मर्दैनन् । शरीर जलेर गए पनि बुबाको नाम अमर हुन्छ ।
बुबालाई श्रद्धाञ्जली चढाउन आउनेहरूको घरमा घुइ“चो लाग्यो । शोक पुस्तिकामा बुबाका एकजना मित्रले लेखेका कुरामा आ“खा पर्‍यो । धूस्वा“ तिमी धू -धूलो) मा मिलेर गए पनि भोलि अझ सुगन्धित स्वा“ -फूल) भई फुलेर आउनेछौ ।

कवि युद्धप्रसादको शताब्दी वर्ष


मोदनाथ प्रश्रति

source:Kantipur Daily

म योद्धा
म झुक्न नजानेको कंकाल
म देशवासीको प्रतीक
म आगो बाल्ने मन्त्र
म स्वतन्त्र
भोगिसकेको सुख-दुःख
म सुकेको रूख ।
जीवनको उत्तर्रार्द्धमा सुकेको रूखलाई प्रतीक बनाएर आफ्ना जीवनको ध्येय प्रस्तुत गर्ने कविवर युद्धप्रसाद मिश्रका शब्द हुन् यी । युद्धप्रसाद अर्थात् सामन्तवाद र निरंकुश राजतन्त्रविरुद्ध सबभन्दा सशक्त कलम चलाउने बूढो पुस्ताका कवि । कठिन जेलयात्रा र लामो निर्वासनको हन्डर खा“दै लोकतन्त्र, गणतन्त्र र समाजवादका पक्षमा निरन्तर आवाज घन्काउने स्रस्टा । जनताको विजयप्रति अटल र अपराजेय भावनाका उद्घोषक युगद्रष्टा । राणाकालदेखि ०४६ को आन्दोलनमा अथक संर्घष्ा गर्ने उनका टक्करको अर्को साहित्यकार को छ र -
विसं १९६४ मा जन्मी ८३ वर्षो संर्घष्ामय जीवनका योद्धा मिश्रको शताब्दी वर्षहो यो । अहिले गणतन्त्रका नारा घन्काउने युवा र अधवैंसेहरू जुनबेला जन्मेकै थिएनन् या भर्खर गुच्चा खेल्दै थिए, उनले लेखे-
वितण्ड ढोल वेसुरा फुटाउने म दण्ड हू“
विनाशको जरो उखाड्ने महा प्रचण्ड हू“
बनेर अग्नि युद्धको ढलाइदिन्छु विक्रम
मिशाल हू“ म पक्रने बिना लगामको हय ।
-भावी सहिद, २०२२)
आकांक्षाले नृपतिहरूका लाउने मुण्डमाला
ऐलेलाई बुझ अभयको हू“ म यौटा दिवाला
देख्ने यौटा विपरीत दिशा आजको नेत्र ताजा
तोड्ने ताला महलहरूका झोपडीको म राजा ।
-आए“, २०२८)
यसखाले कविता उनले त्यसबेला लेखे, जहिले उनको सिंगो परिवार भारत निर्वासनमा थियो । दर्ुइ छाक गुजाराको साधन नहु“दा छोरा अरुणप्रकाश र भाइबहिनी मिली वनारसका सडक र चोकमा चटक देखाई आफूले बनाएका दन्तमन्जन र घरेलु औषधि बेचेर वर्षौंसम्म संकट टारे । क्रान्तिकारी पिताको स्वाभिमान र ध्येय निम्ति त्यस्तो हिम्मत गर्ने सन्तति धन्य हुन् । अरुणप्रकाश पनि बाबुजस्तै स्पष्ट दृष्टिकोणका साहित्यकार हुन् । उनका दर्ुइ पुस्तक प्रकाशित छन् ।
युद्धप्रसादले कुनै स्थापित विद्यालयमा उच्चशिक्ष्ँाको अवसर पाएका थिएनन् । उनले आमाबाट अक्ष्ँर चिनी मावली हजुरबा र घरमै आउने शिक्षकबाट संस्कृत पढे । संस्कृतका उत्कृष्ट काव्य नाटक अध्ययनले उनको भाषा सुसंस्कृत हु“दै गयो । डेढ वर्ष उमेरमै बाबु गुमाएका मिश्र, बाइस वर्षा आमा गुमाउ“दा ठूलो पीडा र संवेदनाको भु“मरीमा परे । पारिवारिक जीवन अस्तव्यस्त भयो । यी सबैले उनको चिन्तन र प्रवृत्ति साहित्य सिर्जनातिर अघि बढ्यो ।
आर्थिक संकटले उनले नँैसिन्दाको जागिर खाए । भीमशमशेरको दरबारमा बहिदार बने । त्यसले कुनै भरथेग नभएपछि घरकै सम्पत्ति सञ्चालनबाट काम चलाउन थाले । राणाशाही व्यवस्थाको हिंसात्मक चरित्र र समाजका पण्डितहरूको पशुबलि- प्रवृत्ति देखेर बाइसको उमेरमा मिश्रले 'अहिंसा पर््रार्थना' खण्डकाव्य रचे । हिंसाविरोधी विचारलाई खतरा ठान्ने राणाशाहीले काव्यको मूल प्रति खोसेर जलाइदियो । आफ्नो पहिलो कृति त्यसरी सहिद हु“दा उनले केही समय कलमै बिसाए ।
१९८७ को पुस्तकालय काण्डमा लक्ष्मीप्रसाद देवकोटालगायतका युवा दण्डित भएको र ८८ मा प्रचण्ड गोर्खाको दमनपछि जागरुक व्यक्तिमा नया“ तरंग देखापर्न थाल्यो । युद्धप्रसादको कलम पनि सल्बलायो । गोरखापत्रमा 'विद्यार्थी शिक्षा' शर्ीष्ाक उनको कविता पहिलोपालि छापियो । जागरणको नया“ परिवेशमा केही कवि लेखक परम्परागत आदर्शवादी सोचबाट मुक्त भई स्वतन्त्र चिन्तन र कल्पनाप्रधान स्वच्छन्दतावादतिर मोडिन थाले । देवकोटा र सिद्धिचरण आदि समाहित त्यसै धारामा युद्धप्रसाद पनि सामेल भए । त्यस चरणमै उनका 'चरखण्डीको खोंच', 'जावीको चरा', 'कवि', 'र्सर्ूयघाटमा' जस्ता कविता चर्चित हु“दै गए । 'नौ बज्यो' कवितामा उनको त्यो नया“ शैली यसरी व्यक्त भयो-
जगत सुन्दर यो दरबार छ
हृदय सुन्दरले भरमार छ
विभवको कटुता तरबार छ
म कविको कविता सरकार छ ।
१९९७ को सहिद काण्डले कवि, कलाकार, बुद्धिजीवीको चिन्तन र चेतनालाई ठूलो झट्का दियो । कल्पनावादी स्वच्छन्दतावादबाट उनीहरू यथार्थवादी कटु संसारतिर उत्रन थाले । मिश्रको कलमले पनि नया“ बाटो समाउ“दै लेख्यो- 'खोजी गर्दछ एक विश्व अरू नै पागल बनेको कवि ।' त्यसपछि लेखिएको 'पुनर्मिलन', 'शुक्रराजको फा“सी' जस्ता कथामा सामाजिक यथार्थवाद र व्रि्रोह भावना व्यक्त भएका छन् ।
कथा-कविताले कविको भावनात्मक भोक त मेटिन्थ्यो तर परिवारको भोक मेटि“दैनथ्यो । वाध्यतावश कवि फेरि २००० सालमा वीरगन्ज र्सकल अफिसमा सुवेदारको जागिरमा पुगे । उनको भावना लोकतान्त्रिक आन्दोलनतिर गा“सिंदै गएको थियो । फलस्वरूप २००४ देखि उनी दर्ुइ वर्षकठोर कारागारमा राखिए । २००८ पछि उनले खरदार र सुब्बा पदमा जागिर खाए । तर २०१७ को काण्डपछि उनले नोकरीमात्र छोडेनन्, निरंकुश व्यवस्थाविरुद्ध ०१८ मा सपरिवार वनारस गई निर्वासित जीवन बिताउन थाले । त्यसपछि उनको कलम निर्भीक भएर ढोंगी पञ्चायती व्यवस्थाविरुद्ध मात्र होइन निरंकुश राजतन्त्रविरुद्ध खनि“दै गयो । सुरुमा उनी त्यहा“ नेपाली कांग्रेसका निकटवर्ती थिए । तर नेताहरूमा राजास“ग सम्झौताका प्रवृत्ति बढ्दै गएको देखेपछि उनी स्वतन्त्र लेखकका रूपमा कमल चलाउन थाले । अध्ययन र व्यवहारको क्रममा उनको वाम झुकाउ बढ्दै गयो र ०२८ मा उनी पुष्पलाल समूहको सांस्कृतिक मोर्चा 'नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघ' का अध्यक्ष निर्वाचित हुन पुगे ।
त्यस समयतिर उनले 'मुक्तिरामायण, अरण्य काण्ड' र 'मुक्ति सुदामा' दर्ुइ खण्डकाव्य लेखे । राम वनवासलाई प्रतीक बनाएर लेखिएको मुक्तिरामायण निरंकुश व्यवस्थाद्वारा निर्वासित क्रान्तिकारीहरूको भावनात्मक प्रतिबिम्ब थियो । पौराणिक सुदामा कृष्णले दिएको महलमा बसेका थिए तर मिश्रका सुदामा पत्नीले कति आग्रह गर्दा पनि त्यस महलमा जान मान्दैनन् । युद्धप्रसादजस्ता हस्तीलाई पनि फकाउने दुस्साहस गर्दै राजाका दूतहरू वनारस पुगेर ठूलो सम्मान र प्रज्ञाप्रतिष्ठान देखाउ“दै मिश्रलाई लोभ्याउन चाहन्थे । तिनैलाई लोप्पा ख्वाउन रचिएको थियो 'मुक्त सुदामा' । मिश्रले कडा जवाफ दि“दै भने- 'म राजाका तबेलामा बा“धिएर घा“स खाने घोडा हैन ।' त्यसपछिका युद्धप्रसाद आफ्नो समकालीन पुस्ताका कुनै पनि साहित्यकारले सोच्नसम्म नसक्ने गरी सामन्ती राजतन्त्र र साम्राज्यवादविरुद्ध खुलस्त रूपले कलम चलाउन र बोल्न थाले । उनको जोस पौराणिक रणचण्डी महाकालीको जस्तो स्वरमा गर्जन थाल्यो- 'आकांक्षाले नृपतिहरूका लाउने मुण्डमाला...' आदि ।
उनले दार्शनिक रूपमा मार्क्सवादी भाषा बोल्न थाले-
'निकै पुरानो इतिहासमा समाजमा वर्गहरूको उदय भएपछि जनशोषण गरेर मालिक वर्गको स्वार्थ पूरा गर्ने प्रक्रिया चालू राख्नकै निम्ति धर्मका नियम बा“धिएका हुन् र मानवको सृष्टिप्रतिको अज्ञान र सपनाका कल्पनालर्ेर् इश्वरलाई जन्माएको हो ।' 'अचेल आधुनिकताको नाममा 'उद्देश्यहीन' साहित्यको बाढी आएको छ । तर त्यस्ता साहित्यको उद्देश्य जनतालाई अन्योलमा पार्नु हो । आजको युगमा निम्नवर्गका जनतालाई राजनीतिक र आर्थिक पीडाको दलदलबाट मुक्त गराउने भूमिकामा भाग लिनु जनपक्ष साहित्यको उद्देश्य हो ।'
समाजवादी ध्येयलाई लक्ष्य बनाएर कवि यसरी बोल्न थाले-
'म भन्दछु समाजको गगन् पवन् बसुन्धरा
करोडको भलाइमा म तोड्दछु परम्परा ।'
बाइस वर्षो निर्वासनपछि ०४० मा मिश्र नेपाल फर्के । बूढा कविको युवा साहित्यकार कलाकार र बुद्धिजीवीहरूको उत्साह बढ्दै गयो । उनले नेताहरूलाई फुटबाट मुक्त भई एकताबद्ध भएर निरंकुशतन्त्रविरुद्ध संर्घष्ा गर्न आग्रह गर्न थाले । उनलाई भेटेपछि समकालीन कवि, लेखक पनि जम्जमाउन थाले । प्रगतिशील लेखक संघले उनको भव्य अभिनन्दन गर्‍यो । 'शृङ्खला' 'गरिमा' लगायतका पत्रपत्रिकाले उनको विशेषांक निकाले । मिश्र सबैतिर लोकप्रियता र आदरको शिखरमा पुगे ।
०४६ चैत ३ मा मुखमा कालोपट्टी बा“धेर लेखकहरू धर्ना बस्दा उनी अग्रिम पंक्तिमा थिए । बयासी वर्षा ती जोदाहा लेखकलाई लतार्दै ट्रकमा हालेर थुना लगेको दृश्यले जनतामा ज्वारको सृष्टि भयो । ०४६ को संयुक्त जनआन्दोलनलाई विजयसम्म पुर्‍याउन सघाएर सांस्कृतिक साहित्यिक क्रान्तिका ती महान् अगुवा ०४७ फागुन ६ मा पञ्चतत्वमा विलीन भए । शवयात्राले लाखौं नेपालीलाई उनको अनुसरण गर्न प्रेरित गर्‍यो ।
०५२ मा सरकारले उनको सम्मानमा रु. ३ को हुलाक टिकट प्रकाशित गर्‍यो । उनको जन्मस्थल सिरुटारमा साहित्यकारले मिश्र स्मृति भवन र सालिक बनाएर क्रान्तिकारी प्रेरणाको अजस्र स्रोत स्थापित गरेका छन् ।


औँलाहरु चुमेर



वैरागीकाइँला

औँलाहरु चुमेर औँलाभरी सलाम

मेरो हजुरलाई आँखाभरि सलाम।


के बिराएँ - नजरले चुमेँ

ती फूल जो ओठमा फुले

के बिराएँ - हत्केलामा थापेँ

ती केश जो लाजमा झुके

मानेँ, कि मेरो हजुरलाई

बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।


औँलाहरु चुमेर औँलाभरी

हजुरलाई आँखाभरि सलाम।


के बिराएँ - सपनामा आएँ

सपना र विपना पगालेँ

के बिराएँ - फूलमा गालेँ

सीमाना र साँध नै पगालेँ

मानेँ कि मेरो हजुरलाई सपनामा

रातभरि नीद लागेन रे ।

Abou Ben Adhem

James leigh Hunt

Abou Ben Adhem (may his tribe increase!)
Awoke one night from a deep dream of peace,
And saw, within the moonlight in his room,
Making it rich, and like a lily in bloom,
An Angel writing in a book of gold:
Exceeding peace had made Ben Adhem bold,
And to the Presence in the room he said,
"What writest thou?" The Vision raised its head,
And with a look made of all sweet accord
Answered, "The names of those who love the Lord."
"And is mine one?" said Abou. "Nay, not so,"
Replied the Angel. Abou spoke more low,
But cheerily still; and said, "I pray thee, then,
Write me as one who loves his fellow men."
The Angel wrote, and vanished. The next night
It came again with a great wakening light,
And showed the names whom love of God had blessed,
And, lo! Ben Adhem's name led all the rest!

Stopping By Woods On A Snowy Evening


Robert Frost

Whose woods these are I think I know.
His house is in the village though;
He will not see me stopping here
To watch his woods fill up with snow.
My little horse must think it queer
To stop without a farmhouse near
Between the woods and frozen lake
The darkest evening of the year.
He gives his harness bells a shake
To ask if there is some mistake.
The only other sound's the sweep
Of easy wind and downy flake.
The woods are lovely, dark and deep.
But I have promises to keep,
And miles to go before I sleep,
And miles to go before I sleep.

नानीदेखिको बानी


विजयकुमार रौनियार
बिनाभी ।" साँगुरा गल्लीमा मान्छेको हूल र ठोकिनै आउने साँढेलाई छिचोल्दै गरेको बटुवा टाउको उठाएर माथि हेर्न नपाउँदै कसिङ्गर र अन्य फोहोरमैला उसको जीउमा परिसकेको हुन्छ । अलिक पर बलेंसीबाट पानीको मुस्लो झरेर बाटो हिलाम्मे बनाइरहेको हुन्छ । कुनै कुनामा खुला ढल, मंगाल अथवा मलमूत्रको बगर उसको स्वागत गर्न तम्तयार हुन्छ । केही व्यस्त बजार, गल्ली वा चोकमा फोहोरको डङ्गुर, धरानको कालो सुङ्गुर, ताजा भनिने बङ्गुर र राँगा पसलमा झिँगा भन्किरहेको देखिनु नियमित संस्कृति भइसकेको छ । यी सबैलाई सुव्यवस्थित गर्ने न कुनै निकाय छ, न कसैको मनसाय । ल्याम्हपुचः क्लबहरूसमेत खेलकुद, सांस्कृतिक सम्पदाको संरक्षण तथा जीर्णोद्धार एवं गैरकानुनी ढंगले सःशुल्क पार्किङ व्यवसायमा संलग्न देखिन्छन् । कतिपय विदेशी पर्यटकसँगै रैथाने मःमः, छोयला, कचिलाको पसलमा छ्याङमा डुबिरहेका भेटिन्छन् ।
केही हुनेखाने तर दाउरे जीउ भएका सुकुलगुन्डाहरू आपmना सुकेका जीउमा लुकेको न्वारानको बल झिक्दै टोलटोलमा झगडा गरिरहेका देखिन्छन् । एक्काइसौं शताब्दीको लहरले ढपक्क छोपेको काठमाडांै सहर र राजधानीका आदिमवासीहरूले पुरातन संस्कृति जोगाएको कुरा निर्विवाद छ । तर माथि उल्लेख गरिएजस्ता घटनाहरूले तिनको छवि धूमिल बनाइरहेको देखिन्छ ।
हापुरेका राता मकै
यस्तैमा रङमँगिन थालेका छन् उपत्यका भाँसिएका अन्य सम्भ्रान्त भनाउँदाहरू । आपmनै चाला सपार्न नसकेका काठमाडांैवासी -यमीहरू) नवागन्तुकहरूको थपनाबाट कति दिगमिग भएका छन् कुन्नि तर आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक पाहुनाहरू पक्कै पनि कायल र वाक्कदिक्क भएका हुन्छन् । उनीहरू काठमाडांैको अछूतो संस्कृतिबाट जति प्रभावित हुन्छन् त्यत्तिकै दिग्दार दैनिक असंस्कृत र असभ्य व्यवहारबाट हुन्छन् ।
राजनीतिक रूपमा पनि काठमाडांैका बासिन्दा निर्लिप्त र विमुख हुन्छन् । आन्दोलनको आँधीबेहरीलाई बेवास्ता गरी चादरमा गर्लम्म ढलेका हुन्छन् । वाग्मती, विष्णुमती, पवित्र नदी र खोलानालामा जतिसुकै पानी बगे पनि, ढल मिसिए पनि, तिनबाट जस्तै नाथ्री फुट्ने र पिनास लाग्ने दुर्गन्ध आए पनि नाक र दिमाग थुनेर बस्छन् । तिनबाट बालुवा निकाली करोडौं कुम्ल्याएको हेरिबस्छन् । रक्तचन्दनको सुवासबाट बेखबर रहन्छन् र नजिककै बारुद कारखानाको गन्धसम्म पुग्दै पुग्दैनन् । सरकार, महानगरपालिका र अन्य राजनीतिक कार्यकर्ताले गरिहाल्छन् नि ! हाम्लाई छु मतलब ?
हुनेखानेलाई नै चैन । तर परापूर्वकालको व्यवसायबाट विस्थापित भई हातमुख जोड्न धौधौ पर्नेले के गर्ने ? वर्षौंदेखि झिसमिसेमै खर्पन बोकी बसिबियाँलो गर्ने, कुची लगाई सडक टिलिक्याउने, घामपानी ठिही थेगी बालीनाली गर्ने, निर्जीव काठ कुँदी जीवन्त बनाउने तर आफू निष्प्राण बस्ने, धातुकला, हस्तकला, वास्तुकलाजस्ता शिल्पद्वारा दुनियाँ चिनाउने तर आफू सधैँ चुक घोप्टेको अँध्यारामा टुक्रुुक्क बस्ने, सुत्ने, वर्षैभरि यन्त्रवत् जात्रा चलाउने, रथ तान्ने, बाजा बजाउनेको जीवनमा कसरी, कसले फुक्ने ज्यान ?
परिणामस्वरूप, उनीहरू नेवा मुक्ति मोर्चा, जनजाति संघजस्ता जातीय, प्रान्तीय संगठनहरूका कार्यक्रमका कि त कठपुतली भएर जे भन्यो त्यही गर्‍यो अथवा जसो भन्यो त्यसो नाच्यो, कि त मूकरमिते भएर बस्यो । अनि हापुरेका राता मकै र्‍याडिसनमा भतेर गरुन् कि, शाश्वत भ्रातृत्व बिर्साउने गरी कुनै भ्रातृ संगठनका भतुवा कार्यकर्ता र अन्य भ्यागुते आन्दोलनकारीहरूले फोहोरमैला थन्क्याउन्, तह लगाउन्, घर भत्काउन्, बाटो विस्तार गराउन्, रुखविरुवा रोपुन्, व्यापारी/उद्यमीलाई कालोमोसो लगाई ध्वाँसे पारुन्, पानीको मुहान थुनुन्, यातायात, कलकारखाना, शिक्षण संस्था, परीक्षा आदि बन्द गरुन्, प्राचीन सालिक ढालुन् र नयाँ ठड्याउन्, ती कानमा तोरीको तेल हालेर बसिरहन्छन् । तिनले छानेका महानगर प्रतिनिधिले के काम गरे अथवा गरेनन् तिनको मूल्याङ्कन गर्ने भिं“mजो झन्झटमा ती पर्न चाहँदैनन् । आ, जसले जे गरुन् ।
हिस्स बूढी खिस्स
क्या बेमान ! आपmनो जन्मस्थल, आपmनो क्षेत्र र छरछिमेक, आपmनो वातावरण खल्बलिएपछि त भुसुनादेखि अर्ना भैंसीसम्म, वनमानुषदेखि हिममानवधरी छटपटिन्छन् । भन्देखि, संवेदनशील प्राणीका रूपमा चिनिने, अझ राष्ट्रको मुटु कहलिने काष्ठमण्डप, भानुभक्तका स्वर्गरूपी सुन्दर अमरावतीका चेतनशील मनुवाहरू कसरी बिथोलिएर पनि निस्पृह रहन सक्छन् ? भित्तैमा जोतेर ल्याउँदासमेत चुइँक्क नबोली बसिरहन सक्छन् त ?
त्यसो भए गोर्खेहरूले उपत्यका आक्रमण गर्दासरि नै लटि्ठई समर्पण गरी बसिराख्ने त ? राणाहरूको सामन्तवादमुनिभै+m अज्ञानता, अकर्मण्यता र निस्सहायताको चकमन्नमा टोलाइराख्ने त ? पञ्चायतको एकतन्त्री कालरात्रिमा जस्तै बलिदान भएर, रेटिएर बसिरहने र ? बहुदलेहरूको शक्ति भागबन्डा र माओवादीहरू जनयुद्धपछि विभिन्न जातजातिको गृहयुद्धको चपेटा समान झुल्सिइरहने कि ? शरणार्थी र नानाथरी पीडितहरूको अखडामा मल्लयुद्ध हेर्दै रमाइरहने पो हो कि ?
होइन, अहिले पनि वसन्तपुरका डबलीमा, टुँडिखेलको चौरमा, माइतीघरको मण्डलामा अनि सिंहदरबारको चोकमा नेताहरूको तालबेतालको प्रदर्शन र भाषण हेर्दै सुन्दै जिन्दगी बिताउने त ? रत्नपार्कलाई अनशन पार्क बनाइँदा, रानीपोखरीको पानी सुक्दा, त्यहाँका पोटिला माछा ठेकेदार र अन्य उच्च ओहदावालहरूकहाँ पुर्‍याइँदा किंकर्तव्यविमूढ भई बसिरहने हो र ? टायर र टुकटुकको धूवाँ, तथानाम सवारीको घुइँचो, हर्नहरूको कानै खाने पेँपेँ, वरको पर जान सास्ती, घर पुगिएला कि नपुगिएला, बाटामै गोली लागी ढलिएला, गाडीले किचिएला भन्ने पिरलो आदि-इत्यादि के यी नै हुन् काठमाडांै र काठमाडांैवासीको चिनारी, साँस्कृतिक सम्पदा ? के यही हो तिनको नियमित आकस्मिकता ?
इतिहास साक्षी छ, जनता जागरुक भए ठूलो उथलपुथल हुन्छ । विश्वका कुनै पनि राजधानीका नागरिकले अग्रणी, उदाहरणीय भूमिका खेलेका हुन्छन् । काठमाडांैका यमीहरू पनि तात्ने बेला आइसक्यो । जागौं र यस सहरलाई एक अनुपम, अनुकरणीय महानगरका रूपमा विश्वसामु उभ्याऔं । सबैभन्दा महत्त्वपूर्ण कुरो, यसलाई एक जीवन्त राजधानी बनाऔं । सबैथरी नेपाली र नेपालप्रेमीहरू बस्ने साझा चौतारी बनाऔं ।

राष्ट्रिय स्वतन्त्रता र सम्मान



एपीजे अब्दुल कलाम
भारतको बारेमा मेरा तीन अवधारणा छन् । तीन हजार वर्षको इतिहासमा संसारका विभिन्न भागबाट हामीमाथि आक्रमण भए । हाम्रो जमिनमा कब्जा जमाइयो । हाम्रा विचार नियन्त्रित गरिए । सुरुमा एलेक्जेन्डर, त्यसपछि गि्रक, टर्की, मुगल, पोर्चुगिज, बि्रटिस, पmेन्च, डच- सबैले पालैपालो हामीलाई लुटे, हाम्रा सामानहरू चोरे । हामीले भने अरू देशमा कहिल्यै त्यसो गरेनौं । अरूलाई आफ्नो अधीनमा राखेर विजयको खुसी मनाउने काम हामीबाट भएन । अर्काको जमिन, उनीहरूको संस्कृति र इतिहासमा कब्जा जमाएर आफ्नो जीवनशैली थोपर्ने कामलाई हामीले सधैं अस्वीकार गर्‍यौं । किन ? किनकि हामी अरूको स्वतन्त्रतालाई सम्मान गर्छौं । त्यसैले मेरो पहिलो अवधारणा भनेको 'स्वतन्त्रता' हो । भारतले आफ्नो यो पहिलो अवधारणा सन् १८५७ मा लिएको हो भन्ने मेरो विश्वास छ । त्यतिखेर हामीले स्वतन्त्रताका लागि युद्ध सुरु गरेका थियौं । त्यस्तो स्वतन्त्रता, जहाँ हामी सुरक्ष्ाित रूपमा बाँच्न, हुर्कन र बढ्न सक्छौं । जबसम्म हामी स्वतन्त्र हुँदैनौं, हामी सम्मानित हुन सक्दैनौं ।
मेरो दोस्राे अवधारणा हो 'विकास' । ५० वर्षदेखि हामी विकासोन्मुख मुलुकका रूपमा चिनिँदै आएका छौं । अब हामीले आफूलाई विकसित राष्ट्रको रूपमा चिनाउनुपर्छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा हामी विश्वका उत्कृष्ट ५ राष्ट्रको सूचीमा पछौर्ं । हाम्रो देशको अधिकांश क्षेत्रमा १० प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ । हाम्रो गरिबी दर क्रमशः घट्दैछ । आज हामी आफ्नो उपलब्धिलाई विश्वव्यापी रूपमा चिनाउन सफल भएका छौं । तैपनि हामीमा आफूलाई विकसित देशका नागरिक हौं भन्ने आत्मविश्वास र आत्मनिश्चयको कमी छ । के यो गलत होइन ?
भारत विश्वको शक्तिराष्ट्र बन्नुपर्छ- यो मेरो तेस्राे अवधारणा हो । किनकि जबसम्म भारत विश्व शक्तिराष्ट्रका रूपमा उदाउँदैन, हामीलाई कसैले सम्मान गर्दैन । शक्तिले मात्र शक्तिको सम्मान गर्छ । यसको अर्थ हामी सैनिक शक्तिमा मात्र शक्तिशाली हुने होइन, आर्थिक रूपमा पनि हामीले आफूलाई शक्तिशाली बनाउनुपर्छ । यी दुवै कुरा सँगसँगै जानुपर्छ । मैले तीन महान व्यक्तिसँग काम गर्ने अवसर पाएको थिएँ, यो मेरो ठूलो भाग्य हो- डिपार्टमेन्ट अफ स्पेसका डा विक्रम साराभाइ, प्राध्यापक सतीश धावन र न्युक्लियरका पिता डा ब्राहम प्रकाश । यी तीन व्यक्तित्वसँग निकट रहेर काम गर्ने अवसर पाउनु मेरो जीवनको ठूलो भाग्य थियो ।
म आफ्नो जीवनमा चारवटा कासेढुङ्गा देख्छु ः
मैले आफ्नो २० वर्ष 'आईएसआरओ'मा बिताएँ । भारतले अन्तरिक्षमा गरेको पहिलो उडान 'एसएलभी ३' मा मलाई आयोजना निर्देशकका रूपमा काम गर्ने अवसर दिइएको थियो । त्यतिखेर उडान गरिएको एक अन्तरिक्ष यानको नाम 'रोहिणी' थियो । त्यतिखेरको अनुभवले मेरो वैज्ञानिक जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ । 'आईएसआरओ'पछि म 'डीआरडीओ'मा संलग्न भएँ र भारतको मिसाइल कार्यक्रममा आबद्ध हुने अवसर पाएँ । त्यहाँ रहँदा सन् १९९४ मा जब 'अग्नि'ले लक्ष्य पूरा गर्‍यो, त्यो मेरो दोस्रो खुसीको क्षण थियो । हालै मे ११ र १३ मा भएको आणविक परीक्षणमा आणविक ऊर्जा विभाग र 'डीआरडीओ'को ठूलो सहकार्य रहेको छ । यो तेस्रो खुसीको क्षण हो । यी आणविक परीक्षणहरूमा आफ्नो समूहसँग सामेल हुनपाएकोमा र संसारलाई भारत अब विकासोन्मुख देश होइन भनी देखाउन पाएकोमा मलाई खुसी लागेको छ । एक भारतीय नागरिकका रूपमा यसले मेरो शिर उँचो भएको छ । हामीले अब 'अग्नि'का लागि नयाँ संरचना तयार पारेका छौं, नयाँ तत्त्व विकास गरेका छौं, जसलाई कार्बन-कार्बन भनिन्छ । यो अत्यन्तै हल्का हुन्छ । एकदिन निजाम इन्स्िटच्युट अफ मेडिकल साइन्सका हाडजोर्नी शल्यचिकित्सक मेरो प्रयोगशालामा आए । उनले एउटा चिज छोडेका थिए, जुन धेरै हल्का थियो । उनले मलाई अस्पताल लगेर आफूले उपचार गरेको बिरामी देखाए ।
त्यहाँ ती साना केटाकेटी थिए, जो तीन किलोभन्दा गह्राैं धातुको सहायताले हिँड्डुल गरिरहेका थिए । उनले मसँग भने- कृपया मेरो बिरामीलाई यो पीडाबाट मुक्त गरिदेऊ । तीन साताभित्र हामीले तीन सय ग्राम तौलको अर्थोसिस क्यालिपर तयार पार्‍यौं र अस्पतालको हाडजोर्नी केन्द्रमा लग्यौं । सुरुमा त उनीहरूले विश्वासै गरेनन् । आफ्नो खुट्टामा तीन केजीको भार झुन्ड्याएर हिँड्डुल गरिरहेका ती केटाकेटीका आँखा खुसीको आँसुले भिजेका थिए । त्यो मेरो चौथो खुसीको पल थियो । हामीकहाँ सञ्चारमाध्यम किन यति धेरै नकारात्मक छन् ? किन हामी भारतीय आफ्नो सामथ्र्य, आफ्नो उपलब्धिलाई स्वीकार गर्न लाज मान्छौं ? हाम्राे देश यति महान छ । हामीसँग यति धेरै सफलताका कथा छन्, तैपनि हामी त्यसलाई स्वीकार गर्न चाहँदैनौं ।
किन ?
हामी दुग्ध उत्पादन गर्ने पहिलो हौं ।
हामीले पहिलोचोटि रिमोट नियन्त्रित अन्तरिक्ष यानको प्रक्ष्ाेपण गरेका हौं ।
हामी दोस्रो ठूलो गहुँ उत्पादक हौं ।
हामी दोस्रो ठूलो धान उत्पादक हांै ।
डा सुदर्शनलाई हेरौं, उनले परम्परागत गाउँलाई आफै बाँच्न र आफैं अघि बढ्न सक्षम बनाइदिए । यहाँ यस्ता उपलब्धि लाखौं छन्, तर हाम्रा सञ्चारमाध्यम असफलता, ध्वंस र नकारात्मक समाचारमात्र खोजिरहेका छन् ।
एकपटक म तेल अभिभमा इजरायली पत्रिका पढिरहेको थिएँ । ती दिन त्यहाँ असंख्य आक्रमण, बमबारी र मृत्यु भइरहेका थिए । हमासले आक्रमण गरेको थियो । पत्रिकाका मुख्य पृष्ठमा एक यहुदी व्यक्तिको तस्बिर छापिएको थियो, जसले पाँच वर्षमा आफ्नो मरुभूमि जमिनलाई हराभरा बगैंचामा परिणत गरेका थिए । त्यो यस्तो उत्साहित बनाउने तस्बिर थियो, जसले सबैलाई झकझक्याउँथ्यो । हत्या, बमबारी र मृत्युका खबर अरू समाचारसँगै भित्री पृष्ठमा छापिएका थिए । भारतमा भने हामी मृत्यु, बिरामी, आतंक र अपराधका समाचारमात्र पढ्छौं । किन हामी यति धेरै नकारात्मक छौं ?
अर्को प्रश्न ः किन हाम्रो देशमा विदेशी सामानको चाहना तीव्र छ ?
हामी विदेशी टेलिभिजन चाहन्छौं । विदेशी सर्ट चाहन्छौं । विदेशी प्रविधि रुचाउँछौं । किन हामी विदेशी सामानको तीव्र मोहमा लागेर सबै चिज आयात गरिरहेका छौं ? के आत्मनिर्भरताबाटै आत्मसम्मान हासिल हुन्छ भन्ने हामीलाई थाहा छैन ?
म हैदरावादमा यही कुरा पढाउँदै थिएँ । एउटी १४ वर्षकी केटीले मसँग अटोग्राफ मागिन् । मैले उनको जीवनको उद्देश्य सोधेँ । उनले भनिन्- 'म विकसित भारतमा बस्न चाहन्छु ।' हो, उनको लागि तपाईं-हामीले हाम्राे भारतलाई विकसित देश बनाउनुपर्छ । तपाईंले अब देखाउनैपर्छ, भारत अतिकम विकसित मुलुक होइन, अतिविकसित मुलुक हो । तपाईं आफ्नो देशको लागि १० मिनेट समय दिन सक्नुहुन्छ ? सक्नुहुन्छ भने तल पढ्नुहोस्, सक्नुहुन्न भने नपढे पनि हुन्छ ।
तपाईं भन्नुहुन्छ, हाम्राे सरकार कुशल छैन ।
तपाईं भन्नुहुन्छ, हाम्रा कानुन धेरै पुराना छन् ।
तपाईं नगरपालिकाले फोहोर उठाउँदैन भन्नुहुन्छ ।
तपाईं भन्नुहुन्छ, फोनले काम गर्दैन, रेल्वेलाई जोकको रूपमा उडाउनुहुन्छ, हाम्राे विमानसेवा संसारकै सबभन्दा खत्तम छ भन्नुहुन्छ, चिठी कहिल्यै पठाएको ठाउँमा पुग्दैन भन्ने गुनासो गर्नुहुन्छ ।
तपाईं भन्नुहुन्छ, हाम्रो देशले कुकुरलाई खुवाइरहेको छ, यो बित्थाको खर्च हो ।
तपाईं गुनासो गर्नुहुन्छ, मात्र गुनासो गर्नुहुन्छ ।
तर तपाईंले यी समस्या सुल्झाउन के गर्नुभयो ? सिंगापुर गइरहेका एक व्यक्तिको उदाहरण लिउँ । तपाईं उसलाई आफ्नो नाम दिनुहोस्, उसमा आफ्नो प्रतिबिम्ब स्थापना गर्नुहोस् । तपाईं विमानस्थलबाट बाहिरिनुहुन्छ, त्यहाँ तपाईंको व्यवहारमा अन्तर्राष्ट्रिय स्तर झल्किन्छ । सिंगापुरमा तपाईं चुरोटका ठुटा सडकमा मिल्काउनुहुन्न, पसलमा उभिएर खानुहुन्न । तपाईं उनीहरूको भूमिगत सडकप्रति गर्व गर्नुहुन्छ । साँझ ५ देखि ८ बजेसम्म अर्काड मार्गमा यात्रा गर्न ५ डलर -करिब १२५ भारु) तिर्नुहुन्छ ।
तपाईंको पहिचान र हैसियत जस्तोसुकै भए पनि रेष्टुराँ वा सपिङ परिसरमा तोकिएभन्दा बढी समय गाडी पार्क गर्नुपरे बाहिर आएर आफ्नो पार्किङ टिकटमा समय थप्नुहुन्छ । आफ्नो काम बीचमै छोडेर बाहिर आउनुपरे पनि तपाईं त्यसविरुद्ध केही बोल्नुहुन्न ।
बोल्नुहुन्छ र ?
तपाईं दुबईमा रमदानको बेला सार्वजनिक ठाउँमा खाने आँट गर्नुहुन्न ।
तपाईं जेदाहमा आफ्नो शिर नछोपी बाहिर निस्कने हिम्मत गर्नुहुन्न ।
तपाईं लन्डनमा टेलिफोन एक्सचेञ्जका कर्मचारीलाई १० पाउन्ड -६५० भारु) घूस ख्वाएर आफूले तिर्नुपर्ने 'एसटीडी' र 'आईएसटीडी'को बिल अरूको नाममा सार्न आग्रह गर्ने आँट गर्नुहुन्न ।
तपाईं वासिङटनमा प्रतिघन्टा ८८ किलोमिटरभन्दा तीव्र गतिमा गाडी कुदाएर ट्राफिक प्रहरीका सामुन्ने 'म
फलानोको छोरा हुँ' भन्दै फुर्ती लगाउने र २ डलर घूस दिने साहस गर्नुहुन्न ।
तपाईं अष्ट्रेलिया र न्युजिल्यान्डको समुद्री तटमा टहलिन निस्कँदा फोहोर फाल्न तोकिएका ठाउँमा बाहेक रित्तो नरिवलको जटा जथाभावी मिल्काउन सक्नुहुन्न ।
टोकियोका सडकमा किन तपाईं पान थुक्नुहुन्न ?
बोस्टनमा तपाईं किन आफ्नो परीक्षा अरूलाई दिन लगाउनुहुन्न वा नक्कली सर्टिफिकेट किन्नुहुन्न ?
हामी अझै तपाईंजस्तै मान्छेको बारेमा कुरा गरिरहेका छौं ।
तपाईं विदेश गएर उनीहरूकहाँ प्रचलित सम्पूर्ण नियम कानुनको सम्मान गर्नुहुन्छ र पालना गर्नुहुन्छ, तर आफ्नो देशमा गर्नुहुन्न । तपाईं भारतीय भूमिमा पाइला टेकेदेखि सडकमा कागज र चुरोटका ठुटा मिल्काउनुहुन्छ । तपाईं विदेशमा सम्मानित नागरिक बन्न सक्नुहुन्छ भने किन आफ्नै देशमा सक्नुहुन्न ?
मुम्बईका प्रख्यात पूर्वनगर कमिस्नर टी नाइकरले एकचोटी अन्तर्वार्तामा भनेका थिए- 'धनी व्यक्तिका कुकुर सडकमा जथाभावी फोहोर गर्छन् । पछि तिनै व्यक्ति सडक फोहोर हुनुमा सम्बद्ध अधिकारीको क्षमतामाथि प्रश्न उठाउँदै आलोचना गर्छन् । ती व्यक्ति सम्बन्धित अधिकारीले के गरुन् भन्ने चाहन्छन् ? कुकुरले फोहोर गरेपिच्छे प्रत्येकचोटी कुचो लगाएर सडक सफा गरुन् भन्ने चाहन्छन् ?'
'अमेरिकामा यसरी कुकुरले फोहोर गर्दा मालिकले आएर सफा गर्नुपर्छ । जापानमा पनि त्यस्तै नियम छ । के भारतीय नागरिक त्यसो गर्छन् ?' उनले सही कुरा उठाएका छन् । हामी सरकार छान्न मतदान केन्द्र जान्छौं, तर त्यसपछि आफ्नो सम्पूर्ण उत्तरदायित्व बिर्सन्छौं । हामी सरकारले सबै काम गरोस् भन्ने चाहन्छौं र चुप लागेर बस्छौं । हामी आफ्नोतर्फबाट कुनै योगदान गर्दैनौं । हामी सरकारले सडक सफा गरोस् भन्ने चाहन्छौं, तर आफूचाहिँ न जथाभावी फोहोर फाल्न छोड्छौं, न बाहिर फालिएका कागजका टुक्रा सोहोरेर भाँडोमा खसाल्छौं । हामी रेल्वेले राम्रो बाथरुमको व्यवस्था गरोस् भन्ने आशा गर्छौं, तर आफूचाहिँ बाथरुमको सही प्रयोग गर्न सिक्दैनौं ।
हामी इन्डियन एयरलायन्स र एयर इन्डियाले राम्रो खाना र सफा शौचालयको व्यवस्था गरोस् भन्ने चाहन्छौं, आफूचाहिँ मौका पायो कि नियम मिच्न चुक्दैनौं । यो कुरा जनतालाई राम्राे सेवा दिन नसक्ने भनी चिनिएका कर्मचारीलाई समेत लागू हुन्छ । जब महिला अधिकारको कुरा आउँछ, दाइजो, बालिका तथा अन्य ज्वलन्त सामाजिक विषय उठ्छ, हामी ठूलो स्वरले विरोध गर्छौं, तर आफ्नै घरमा त्यसको अनुसरण गर्दैनौं । 'यो प्रथा हामीले पूर्णरूपमा परिवर्तन गर्नुपर्छ । मेरो छोराले मात्र दाइजो नलिएर केही
फरक पर्दैन', हामी यही भन्दै आफूलाई सही सावित गर्न खोज्छौं । त्यसो हो भने यस्ता कुरीति परिवर्तन गर्न को अग्रसर हुने ?
हाम्राे लागि यो 'प्रणाली'भित्र को-को पर्छन् ? हाम्रा छिमेकी, अरू परिवार, अन्य सहर, अन्य समुदाय र सरकार- हामी सजिलै भनिदिन्छौं । निश्चय नै तपाईं र म पर्दैनौं । जब यो प्रणालीमा सकारात्मक योगदान पुर्‍याउने समय आउँछ, हामी आफ्नो परिवारसँग सुरक्षित ठाउँमा गएर बस्छौं र कुनै अर्कै ठाउँको अर्कै व्यक्ति आएर चमत्कार गरिदेओस् भन्ने चाहन्छौं । वा हामी यो देश छोडेर भाग्छौं । आफ्नो समस्यादेखि डराएर, लाछी र अल्छी बनेर हामी अमेरिकाको समृद्धि र त्यहाँको प्रणालीको प्रशंसा गर्दै त्यतातिर लाग्छौं । जब न्युयोर्क असुरक्षित हुन्छ, हामी बेलायत भाग्छौं । जब बेलायतमा रोजगारी पाइँदैन, हामी अर्को उडानमा खाडी देशतिर लाग्छौं । जब खाडीमा युद्ध हुन्छ, हामी सुरक्षित उद्धारको माग गर्छौं, अनि भारत सरकारले हामीलाई आफ्नै देशमा फिर्ता ल्याउँछ । हामी सबै आफ्नो देशलाई गाली गर्छौं । कोही पनि यहाँको प्रणाली खराब छ भन्ने बुझेर यसलाई स्याहारसम्भार गर्ने कुरा सोच्दैन । हामीले आफ्नो चेतनालाई पैसाको बन्धक बनाएका छौं ।
-भारतीय राष्ट्रपति कलामले हालै हैदरावादमा दिएको प्रवचनको अनुवाद । उनको पाँच वर्षे पदावधि सकिएको छ ।)

भूपीको सम्झना

श्यामप्रसाद अधिकारी
source: Kantipur Daily
"सबै बाटा रोमतर्फ लाग्छन्" भन्ने अंग्रेजीे उखानजस्तै शिक्षाका लागि त्यस बखत नेपालका सबै बाटा वनारसतर्फ लाग्दथे । तिनैमध्ये एउटा बाटो थाक खोला, पोखरा, बुटवल, भैरहवा र सुनौली हुँदै वनारसतर्फ लागेको थियो । त्यही बाटोले एउटा हृष्टपुष्ट थकाली केटोलाई वनारसतर्फ डोर्‍यायो । उसको नाउँ भुपेन्द्रमान शेरचन थियो । उसमा साहित्यिक प्रतिभाहरू जतिजति प्रस्फुटित हुँदै गए उसका नाउँ पनि परिमार्जन हुँदै गए । उसले नाटक लेख्यो "परिवर्तन" र आफ्नो विचारधारामा प्रगतिशीलता ल्याएअनुरूप नाउँ पनि परिमार्जन गर्‍यो, भुपेन्द्रमान शेरचन "सर्वहारा"। भूपी शेरचन भन्ने नाम त पछि मात्र रहन गएको हो ।
"सर्वहारा" र डेरा
भूपीका पिता हितमान शेरचन थाकखोलाका नामुद धनी व्यापारी मानिन्थे । उनको व्यापार थाकखोलाबाट पोखरा, बुटवल, भैरहवादेखि नौतनवासम्म फैलिएको थियो । वनासर पढ्न आउँदा भूपी आफ्ना जेठा दाइ योगेन्द्रमान शेरचन र भतिजी उर्मिलाका साथ अस्सी भन्ने ठाउँमा सिङ्गै घर बहालमा लिई बसेका थिए । धनी व्यापारीका छोरा भएकाले उनीहरूको सेवाका लागि भान्से, नोकर-चाकरसमेत नेपालबाटै लगिएका थिए । दाजु नेपाली कांग्रेस विचारधाराका थिए र उनी वनारस विश्वविद्यालयमा एमए पढ्दै थिए । वनारसका विद्यार्थी राजनीतिकरूपले दुइटा खेमामा विभाजित थिए- नेपाली कांग्रेस र कम्युनिस्ट । भूपीको प्रगतिशील विचारधारातर्फ झुकाव थियो । उनले नाटक "जनवाद" प्रकाशित गर्दा नामको पछाडि "सर्वहारा" टाइटल राखे । यो नाटक वनारस विश्वविद्यालयको सभाकक्षमा नेपाली छात्र संघले मञ्चन पनि गर्‍यो । जसमा एउटा झ्याउरे गीत थियो "धनवाद तिम्रो जनवाद हाम्रो ।" यो उनले आफ्नै स्वरमा गाएका थिए ।
नाम चलेका व्यापारी हितमान शेरचनको छोरा, कांग्रेसका कट्टर नेता योगेन्द्रमान शेरचनका भाइ "सर्वहारा" लेखी एक्कासि कम्युनिस्ट कसरी भयो ? सबै आश्चर्य चकित भए । यसबाट स्वयं कांग्रेसी दाइ पनि रुष्ट भए । दाजु- भाइबीच सैद्धान्तिक विवाद भयो र भूपीले आफ्नो डेरा सर्नु पर्‍यो । त्यसपछि अस्सीघाटको बंगाली टोलको एउटै घरमा कोठा लिएर हामी बस्न थाल्यौं ।
वनारसी पानमा "कोभन्दा को अग्लो ?"
एउटै घरमा डेरा लिई बस्दाका भूपीसँगका रमाइला सम्झना लेखी साध्य छैन । हामी खाना अस्सीको हीराबाबुको होटलमा खाने गथ्र्याैं । होटल डेराबाट पाँच मिनेट पर पथ्र्याे । फर्किने बाटैमा पान खान हामी सधैं अडिन्थ्यौं । पसलको ऐना सामुन्ने हामी दुवै उभिई कोभन्दा को अग्लो भनी नाप्दै लड्ने गथ्र्याैं । अन्तिम निर्णय दिने जज भने पान पसले हुन्थ्यो । ऊ बाठो थियो, कहिले मलाई त कहिले भूपीलाई अग्लो भनी दुवैलाई खुसी तुल्याई राख्थ्यो । साक्षी हुन्थे महेशकुमार उपाध्याय, द्रोणराज शर्मा र माधव गौतम ।
प्रथम श्रेणीको यात्रामा "केला खाओ भकाभक"
दाजुसँग सुखमय रहनसहन त्यागेर साधारण विद्यार्थीसरह भूपी बस्थे । उनको एउटा दुर्गुण थियो, पैसा भए कन्जुसी नगर्ने, नभए दुःख गर्न सक्ने । एकपटक दाइले सायद रोकाएर होला उनले मलाई भने- "श्याम भाइ, म नौतनवा गई आढ्तको मुन्सीको टाउको फोर्छु, पच्चीस रुपैयाँ पैंचो देऊ त ।" मैले भने- पैसाको चिन्ता नगर, म दिइहाल्छु नि ।" पछि मलाई पनि साथै हिंड्ने आग्रह गरे र हामी वनारसबाट "गान्धी क्लास" डब्बामा नौतनवा पुग्यौं । तर मुन्सीले पैसा पठाइसकेको रहेछ । उनको रिस मत्थर भइसकेको थियो तर उनले एक हजार भारु पुनः मुन्सीबाट लिए । फर्किँदा उनले रेलको फस्ट क्लास टिकट किनिछाडे । चुरोट पनि क्याप्स्टेनकै डब्बा किनिसकेका रहेछन् । बुकस्टलबाट महँगा पत्रपत्रिका पनि एक डङ्गुर डब्बामा भित्र्याइसकेका थिए । हामी दुवैको खाना रेल्वे क्याटरिक सर्भिस -केनलर) लाई अर्डर गरी झिकाए । यत्तिमै रेल गोरखपुर आएर अडियो र म चाहिँ एकछिन प्लेटर्फममा चहारेर आउँछु भनी निस्केँ । भूपीचाहिँ पत्रपत्रिकामा डुबेर डब्बैमा बसिरहे ।
नेपालीहरूको बढ्ता आवत-जावत हुने रेल्वे स्टेसनमा मङ्गोल कटका नेपालीहरूलाई फलफूल बेच्नेहरू हेय दृष्टिले "ए बहादुर वा ए साथी" भन्ने गर्थे । त्यस्तै एउटा केरा बेच्नेले भूपी बसेको डब्बाको झ्यालमा गई पटक-पटक "ए साथी, केला खाओ भकाभक, केला खायो भकाभक" भनी जिस्काएको भूपीलाई असह्य भएछ । उनी डब्बाबाट ओर्ली जिस्क्याउने केरावालको कठालो समाती अवधी भाषाको विशेषयुक्त गाली गर्दै मुड्की चिउरा खुवाई दिएछन् । त्यसबापत सबै पसले मिली भूपीमाथि हातपात गर्न लागेका रहेछन् । मैले देखिहाले र पुलिस बोलाई हालेँ । त्यत्तिकैमा रेल चलायमान भइहाल्यो । पछि भूपीले भने- "श्याम भाइ नभएको भए के हुन्थ्यो होला ?"
"पानी पानी खेल्न पाइएन हिरोइन नानी"
नेपाली छात्र संघको एउटा समारोहमा भूपीले लेखेको नाटकको मञ्चन गर्नुपर्ने थियो । निर्देशक र हीरोको रोलमा भूपी आफैं र हिरोइनमा स्कुल पढ्ने कन्याको पनि निधो भयो तर अन्तिम अवस्थामा ती कन्या नखेल्ने भइन् । विश्वविद्यालयमा पढ्ने कुनै पनि नेपाली केटीले हिरोइन बन्न मानेनन् । भूपी चिट्चिट पसिना काड्न थाल्ो । उनले भने "श्याम भाइ, केटीहरूलाई च्यालेन्ज गरौंन केटी बनेर ।" अन्तिममा मैले केटीको भूमिका गरिदिने निधो भयो र मलाई तुला राणाले साडी र शृङ्गार गरिदिइन् । नाटकको अन्तमा निर्देशकको हैसियतले दिने मन्तव्यमा उनको मुखबाट एउटा अंग्रेज कविको प्यारोडीको रूपमा एक्कासि निस्केको थियो- "पानी-पानी चारैतिर पानी, नाटक खेल्न तयार भएनन् कोई पनि हिरोइन नानी । यो अभिव्यक्ति केटीहरूका लागि व्यङ्ग र दर्शकहरूका लागि मधुर मनोरन्जन भएको थियो ।
"आ रहा है रङ्गीला स्टुडेन्ट…"
एकपटक भूपीलाई वनारस विश्वविद्यालयमा आयोजित भारतीय विद्यार्थीको गोष्ठीमा कविता पाठका लागि आमन्त्रण गरिएको थियो । भूपीले मलाई पनि लगे । मैले भनेँ हिन्दी कवि गोष्ठीमा नेपाली कविता कसले बुझ्छ र भाग लिन जाँदैछौं ? उनले भने- तिमी हिंडन हिन्दुस्थानी पनि सुनाइदिन्छु । नामुद कविहरू, निराला बेढव वनारसी, बेधडक वनारसी आदि-आदि कविले आफ्ना कविता सुनाए । भूपीको पालो आयो । उनले आफ्नो हिन्दी कविताको छोटा परिचय दिँदै भने- "यो कविता आजका स्टुडेन्टको बारे लेखिएको हो र उनैलाई म यो समर्पित गर्छु-
"वह देखो आरहा है रंगीला स्टुडेन्ट
पहन कर जर्किन और फुलपैन्ट
झाड चला है बदनपर सेन्ट,
करता सायकल सडकपर एक्सिडेन्ट,
वह देखो आरहा है रंगीला स्टुडेन्ट
होटल जाता है, आमलेट उडाता है,
और गर पडगया कभी गोल्डेन चान्स
और पडगया कोई पाला,
मिनिस्टरका दामाद बताता और
गभरनको बताता अपना साला,
वह देखो आरहा है रंगीला स्टुडेन्ट
खत लिखते बापत जानको पढ्ने मे मसगुल हुँ,
इधर लिखते मासुके जानको तेरो चरणोंका धुल हुँ ।
वह देखो आरहा है रंगीला स्टुडेन्ट……..
पिकनिक जातेहैं भांग और बियर उडाते हैं
होस्टल पहुँचते बाह्र बजे रात,
पार्टनर सुनाता दो चार बात,
भाडकर वाहंे अदा के साथ ले के आहें,
वह कहता, "अमा यार मुहब्बत बढी बुरी चिज होती है,"
ससुरी रात रातभर मुझे जगाकर खुद होस्टलमे सोती है,"
वह देखो आरहा है रंगीला स्टुडेन्ट…..
वनारस विश्वविद्यालयको त्यो खचाखच भरिएको हल तालिको गडगडाहटले गुन्जियो । चारैतर्फबाट, "ओन्स मोर, ओन्स मोरको आग्रह सुन्दा सार्‍है गौरबान्वित भइयो । त्यसपछि त भूपी विश्वविद्यालयका छात्र-छात्रामाझ "हीरो" नै भए । जसले पनि उनलाई विश्वविद्यालय प्राङ्गण होस् वा बाटोघाटोमा देख्दा भन्न थाले, "वह देखो आरहा हैं रंगीला स्टुडेन्ट….।"
विषय साम्यवादको तर बोलाइ अंग्रेजीबाजको
प्रगतिशील मानिने अखिल वनारस छात्र संघको अध्ययन मण्डल थियो । त्यसको सम्पादक मण्डलमा आजका प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मा, बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चूडामणि रेग्मी, शान्तनु पन्त, भूपी शेरचन, बल्लभमणि दाहाल र म पनि थिएँ । अध्ययन मण्डलको काम कर्तव्यबारे छलफल गर्नु थियो । एकपटकको विषय थियो- "के साम्यवाद सबै सामाजिक आर्थिक र राजनीतिक समस्याको रामवाण हो ?" सहमतिमा कसैले र विमतीमा अर्कोले बोल्नुपर्ने थियो । तर अंग्रेजीमा बोल्नुपर्ने थियो । बोल्नेहरू जहाँसम्म मैले सम्झेको छु- चूडाबहादुर हमाल -पूर्व राजदूत) यज्ञ आचार्य, दिवाकार राणा, महेशकुमार उपाध्याय -पूर्व उपकुलपति), भूपी शेरचन, महाप्रसाद रिजाल, श्यामप्रसाद अधिकारी थिए । अंग्रेजी भाषाको यस कार्यक्रमलाई संस्कृत पढ्ने विद्यार्थीले खुवै आलोचना गरेका थिए । यसलाई "अंग्रेजबाजहरूको" कार्यक्रम भनी केहीले बहिष्कार पनि गरे ।
वनारस जीवनमा भूपीसँग भएका गतिविधिहरू र रमाइला सम्झनाहरू कति छन् कति । भूपी रोग शय्यामा रहेका बेला भेट्न उनी सार्‍है प्रसन्न भए । त्यस अवस्थामा पनि पुरानो कुरा, "को अग्लो" भन्ने पानवालाको कुरा सम्झी हामी हाँसेका थियौं । त्यसबेला "को अग्लो" भनाइ ख्याल-ख्याल हुने गथ्र्यो । अहिले मलाई गर्व छ, भूपी हमेसा साहित्याकाशमा कसैले पनि भेट्न नसक्ने अग्ला बने ।

पुस्तक, थोरो र हामी

कविता पराजुली
प्रत्येक वर्षवसन्त पञ्चमीका दिन राष्ट्रिय पठनपाठन दिवस मनाइने चलन छ, विश्व पुस्तक दिवस २३ अप्रिलका दिन पर्दछ । तर पुस्तकप्रति आम समुदायको रुचि भने खासै बढेको पाइ“दैन । बरु पुस्तक पढ्नेहरूको संख्या दिन प्रतिदिन घट्दो छ । पुस्तक भन्ने चीज नै औपचारिक शैक्षिक प्रयोजनका लागि मात्र थोपरिएको हो भन्नेहरूको संख्या ठूलो मात्रामा छ । अध्ययनलाई समय काट्ने माध्यम हो भन्ने पनि धेरै छन् । ‘पुरानो कोट लगाऊ र नया“ पुस्तक किन’ भन्ने थोरोको भनाइ हामीबीच गलत सावित हु“दै गइरहेको छ ।
पुस्तकप्रतिको यस्तो धारणा नेपालजस्ता अविकसित, गरिब र साक्षरता न्यून भएका राष्ट्रमा अझ बढिरहेको पाइन्छ । बन्दुक पर््रदर्शनी हु“दा दिनभरि नै लाइनमा बसेरै भए पनि हर्ेर्ने तर प्रज्ञा प्रतिष्ठान वा साझा प्रकाशनले पुस्तक पर््रदर्शनी आयोजना गरेको भने थाहै नहुने अथवा थाहा पाए पनि आ“खा नै नतेर्स्याउने चलनले पनि पुस्तकप्रतिको मानिसको भावनालाई प्रतिविम्बित गरेको छ ।
वास्तवमा पुस्तकप्रति घट्दै गएको रुचिलाई नरोक्ने हो भने अब चा“डै
नै पुस्तकालय संग्रहालय नबन्ला
भन्न सकि“दैन ।
विज्ञान र प्रविधिको अत्यधिक विकासले समाजमा ज्ञान र मनोरञ्जनका नया“नया“ साधन उपलब्ध छन् । हिजो ज्ञानको स्रोतका रूपमा पुस्तकको एकाधिकार थियो भने आज रेडियो, टेलिभिजन, कम्प्युटरजस्ता प्रविधि रहेका छन् । नया“ भएकाले पनि हुन सक्छ यी साधनप्रति मानिसको झुकाव दिन प्रतिदिन बढ्दो छ । तर यसलाई अशुभ संकेत भने मान्न मिल्दैन ।
यद्यपि हामीले के पनि भुल्नुहु“दैन भने एउटा पर्ूण्ा मानव बन्नका लागि रेडियो, टेलिभिजन र कम्प्युटरभन्दा पुस्तक धेरै आवश्यक र सहयोगी हुन्छ । पुस्तक यस्तो वस्तु हो, जसले आफूस“ग भएको ज्ञान हामीलाई त दिन्छ नै साथसाथै व्यक्तिमा विभिन्न विचार, तर्कहरू प्रस्फुटनसमेत गराउ“छ । तर अपसोच नै मान्नर्ुपर्छ, हाम्रो पुस्तकप्रतिको धारणा अत्यन्त कमजोर छ ।
अझ युवा पुस्ता पुस्तक भनेपछि आपmनो विद्यालय वा क्याम्पसमा पढ्ने पाठ्यपुस्तक मात्र सम्झन्छन् । उनीहरूमा नया“नया“ पुस्तक किनेर पढ्ने संस्कृतिको अभाव रहेको देखिन्छ । यसरी पुस्तकप्रति नै सही दृष्टिकोण बन्न नसकिरहेको अवस्थामा पुस्तकको संग्रह गरिने ठाउ“ पुस्तकालयको अवस्था झन् कस्तो होला, सजिलै अनुमान गर्न सकिन्छ । कतिपय पुस्तकालय त मुसाहरूको रमणीय स्थल पनि बनिरहेका छन् ।
त्यसो त एकातिर भएका पुस्तक उपयोगकर्ताको प्रतीक्षामा बसिरहेको अवस्था र कतिपय ठाउ“मा चाहि“ पढ्न चाहनेहरू पुस्तकालयको अभावमा पढ्न नपाइरहेको बिडम्बनासमेत रहेको छ । आधुनिक पुस्तामा मौलाएको रेस्टुरेन्ट, सिनेमा हल र डेटिङका लागि समय उपलब्ध भए पनि पुस्तकालय पस्न भने धेरैलाई समयको अभाव देखिन्छ । २००७ सालको आसपासतिर जम्मा एक हजारप्रति पुस्तक छापिने गर्थे । अचेल पनि सरदर एक हजार प्रतिमात्र छापिने गर्छन्, त्यो पनि बिक्री नभएर साझाका भण्डारमा थुप्रिने गरेको देखिन्छ । फुटपाथमा बिक्रीका लागि राखिने यौनसम्बन्धी उपन्यासहरूले चाहि“ पाठक पाउने तर स्तरीय साहित्यिक पुस्तक चाहि“ धमिराको आहारा बन्नुपर्ने बिडम्बना अझ बढ्दो क्रममा छ ।
साक्षर जनसंख्या कम भएकाले पुस्तक बिक्री पनि कम हुनु बुझ्न सकिने कुरा हो । तर यहा“ प्रकाशित हुने पुस्तक पाठक आकषिर्त गर्न अक्षम भएकाले पुस्तक बिक्री कम भएको भन्ने तर्क आपmनो ठाउ“मा बारम्बार उठाइने गरेको देखिन्छ, जसलाई पल्पसा क्याफे, सोच र रक्तकुण्डको बिक्रीले समेत पुष्टि गरिदिएको छ । नेपालीको क्रयशक्ति राम्रो नहुनाले पनि पुस्तक उपेक्षित भएका हुन् भन्ने तर्क पनि उचित हो । वितरण प्रणालीको कमजोरी पनि पुस्तक बिक्री नहुनाको एक प्रमुख कारण हो । किनकि प्रचारप्रसार गरिएका पुस्तक पर््रदर्शनीबाट उल्लेख्य संख्यामा बिक्री भएका उदाहरण पनि नभएका होइनन् । तथापि प्रमुख कुरा पुस्तक पढ्ने संस्कृति छ कि छैन भन्ने नै हो ।
पुस्तक पढ्ने संस्कृतिको विकास भएको छ भने अनेक प्रतिकूलता चिरेर पनि मान्छेले पुस्तक पढेरै छाड्छ । उसका लागि थोरोले भने झैं नया“ कोट लगाउनुभन्दा नया“ पुस्तक पढ्नु गौरवको कुरा हुन्छ ।
भारतको र्सवाधिक शिक्षित राज्य केरलामा क्रिकेट हर्ेर्ने भन्दा पुस्तक पढ्नेको संख्या बढी छ । यो अध्ययन गर्ने संस्कृतिको विकासका कारणले गर्दा नै सम्भव भएको हो । विवाह वा यस्तै उत्सवमा अन्य उपहारका साधन दिनुको साटो राम्रा पुस्तक दिने गरिएमा पुस्तक पढ्ने संस्कृति विकासमा उल्लेख्य योगदान हुनेछ ।
-लेखिका काठमाडौं शिक्षा क्याम्पसमा अध्ययनरत छन् ।)

एकादेशमा खोसिएका खुसी


अपराजिता आचार्य

लियो टलस्टोइको एउटा कथामा एक व्यक्तिलाई कति जमिन आवश्यक पर्छ भनेर विचार गर्दा, कफिनमा राखेर गाड्दा लाग्ने लगभग ६ फिटभन्दा बढी जरुरी नपर्ने निष्कर्ष निस्क्यो । हामीले कथा त पढ्यौं तर कसलाई सोच्ने फुर्सद छ र ? मरेपछिको सोच्ने भए, बाचुन्जेल किन मानिसको असीमित चाहना हुन्थ्यो ? सबै चाहिन्छ हामीलाई- आफूले टेकेको जमिन, आँखाले देखेसम्मको आकाश । कञ्चनपुरमा बसेर दार्चुलामा काम गर्ने क्रममा, पटक-पटक भारतको भूमि, धार्चुला हुँदै दार्चुला पुग्नुपर्ने हुन्छ । मेरा सहकर्मी सबैलाई नराम्रो लाग्छ रे, आफ्नै देशको एउटा ठाउँ पुग्न भारत छुँदै जानुपर्दा । पश्चिममा महाकाली बाँधको लगभग सबै पानी भारतलाई दिएर सानो भागमात्र नेपाललाई राख्दा लाग्ने खल्लोपना अर्कै छ फेरि ।
विडम्बना हो सायद, जुन जमिनका लागि मारकाट गर्छौं, रिस फेर्छौं, कैयौं कागजमा हस्ताक्षर गर्छौं र कहिले एउटाको कहिले अर्काको नाममा नामसारी गर्छौं, त्यो जमिन त यथावत नै रहन्छ । अनविज्ञ नै रहन्छ, । हामी बाचुन्जेल र मृत्युपश्चात् पनि ।
आखिर के अर्थ रहन्छ र यो सबै क्रियाकलापको ? बहु-नागरिकताकोे प्रावधानको आवश्यकतालाई लिएर अनेकौं मुद्दा उठेका छन् । बहु-राष्ट्रिय कम्पनीहरूको प्रभुत्व बढ्दो रहेको बेला, धेरै व्यापारी र व्यवसायी अत्यधिक मात्रामा यात्रा गर्दा हरेकपटक भिसाको झमेलामा परिराख्न व्यवहारिक ठान्दैनन् ।
भर्खरै काठमाडौंमा पनि गैर आवासीय नेपालीले गैरआवासीय नेपाली दिवस मनाए । यस क्रममा दोहोरो नागरिकताको आवश्यकता औंल्याइयो । गैरआवासीय नेपालीका परिवारलाई नेपाल फर्किने बाटो खुला राख्न र आफ्नो मातृभूमिमा लगानी गर्ने हिसाबले लगानीकोष स्थापना गर्न प्रोत्साहनस्वरूप पनि उनीहरूलाई दोहोरो नागरिकताकाको आवश्यक देखाइयो । गैरआवासीय नेपालीको संघ, नेपालमा दर्ता हुने क्रममा नै छ अझसम्म ।
एकातर्फ राष्ट्र-राष्ट्रबीचको कडा विभाजनलाई केही हदसम्म खुकुलो बनाउनु पर्ने आवश्यकता औंल्याइएको छ भने अर्कोतर्फ राष्ट्र-राष्ट्रबीचको बढ्दो असमझदारी र अन्योलले निम्त्याएको युद्ध जारी छ । लेबनान र इजरायलका बीच भएको युद्धले जन्माएको अपि्रयताको भाव र त्यसमा अमेरिकाको नखोजिएको संलग्नता हाम्रो स्मरणबाट हराएको छैन । उत्तर कोरियाले आणविक परीक्षण गर्दा संयुक्त राष्ट्रसंघको कडा आलोचना, अमेरिकाको निरन्तर दिइने चेतावनी र युद्धको अर्को संभावना । सम्पन्न राष्ट्रबीचको शक्तिको खेल र त्यसमा पनि संयुक्त राज्य अमेरिकाको प्रभुत्व । कसरी बुझ्ने यी सबैलाई ?
अर्को जल्दोबल्दो विषय रहेको छ भुटानी शरणार्थीको । भुटानले अझै आफ्नो देशमा ठाउँ नदिइसकेको बेला अमेरिकाले स्थान र मौका उपलब्ध गराउने प्रस्ताव शरणार्थीलाई अनुचित लागेको छ । अनेकौं अड्कल छ यो प्रस्ताव किन आयो भन्ने बारेमा । यसलाई मात्र एउटा अवसरका रूपमा हेर्दा पनि हामीले यहाँ समाधानको सट्टा समस्या नै बढी आइरहेको देख्छौं । देशप्रेम भनेको कहाँबाट आउने भावना होला ? कहिलेकाहीँ सोच्छु, आखिर जहाँ बसे पनि, संसारको जुन कुनामा भए पनि के नै फरक पर्ला र ? आफूलाई सजिलो भए र आफू खुसी भए पुगिहाल्यो नि । आखिर जग्गा बटुलेर वा त्यसप्रतिको मोह पालेरमात्र के नै होला र ? तर जताबाट विश्लेषण गरे पनि आफ्नो ठाउँ प्यारो लागिहाल्छ ।
जर्ज बर्नार्ड शले भनेका छन्- ‘श्ाान्त संसार तिमीले कहिल्यै पाउने छैनौ, जबसम्म सम्पूर्ण मानव जातिबाट देशभक्तिको भावनालाई हटाउँदैनौँ’ । यो भनाइ निक्कै निर्मम लाग्न सक्छ । यसले समेटेको व्यङ्गय र सत्यको समिश्रण बुझ्न सक्छौं ।
कल्पना गर्न मन लाग्छ देश, संस्कृति, धर्म र प्रथामा नबाँडिएको एउटा सिंगो संसार । तर फेरि विविधतामा रहेको सौन्दर्यतर्फको आकर्षण अर्कै हुन्छ । र कुनै परिवेश नतोकेमा कसरी चल्ला संसार ? कसरी चल्छ प्रशासन ? कसरी चल्ला व्यवहार ? अनि कसरी व्यवस्थित होला कानुन र न्याय ? आत्मा सबैको सफा हुन्छ रे । तर मनमा आउने शंका, डाहले खै के बनाइदिन्छ मान्छेलाई कहिलेकाहीँ । कुन्नि कुन मोडमा पुगेर मान्छे बाठो हुन थाल्छ वा बाठो हुनुपर्ने आवश्यकता महसुस गर्न थाल्छ । अनि जरुरी हुन जान्छ नियन्त्रण पनि । पुलिस, आर्मी, राष्ट्र र सबै राष्ट्रका आ-आफ्ना नीति र संविधान । बढ्दो विश्वव्यापीकरणलाई ध्यानमा राख्दा बहु-राष्ट्रिय संगठनहरूको पनि बढ्दो महत्त्व रहेको छ । संयुक्त राष्ट्रसंघ होस् वा युरोपियन युनियन, सबै प्रणाली कार्यरत छन् देशभित्र गर्न नसकिने निर्णयको व्यवस्था मिलाउन ।
संसार बदल्ने कार्यसूची एकै जनाले लिएर हिंड्न सक्ने भए त नियन्त्रणका यति धेरै संयन्त्र किन आवश्यक पर्थे होलान् र ? हामी त मात्र आफ्नो ठाउँबाट स्वच्छ भावनाले आ-आफ्नो क्षेत्रमा लगनशील योगदान दिन सक्छौं । संसारै आफ्नो लागे यो त घेरै राम्रो तर जति जहाँ रमाएर आए पनि सबैका लागि घर र्फकँदाको खुसी अर्कै हुन्छ । प्रविधि, व्यवस्थापन र राजनीतिबाट पन्छिएर सोच्दा, यो खुसी सायद आफ्नोपनको एउटा अनुभूति, आश्वासन र पहिचान हो ।
देशमा रहँदा यस्ता सबै प्राप्तिलाई हामी सामान्य ठान्छौं । अझ कहिले डीभी पर्ला वा भिसा लाग्ला भनेर पर्खौंला आतुर भएर वा विदेशमै रहँदा पनि महसुस नहोला सबैलाई । तर छुट्टीमा वा स्थायी रूपमा घर र्फकँदा अनुभव हुन्छ- देशको सिमाना छुँदा वा विमानस्थलमा प्लेनको पाङ्ग्राले जमिन टेकेको झट्का अनुभूत हुँदा त्यो अव्याख्येय खुसीको अनुभूति हो- आफ्नोपनाको र आफ्नो देशको ।
अनेक कोणबाट चिरफार गरेमा त्यो खुसी त्यति ठूलो नलाग्ला तर कता-कता विवेचनाभन्दा भावना माथि आउँदो रहेछ । मूर्खता नै सही, बर्नार्ड शले भने जस्तै सिंगो मानवताबाट अलग्गिन चाहने प्रयास मान्ने हो भने । बुझ्न गार्‍हो पर्ने छैन, एउटा भावनाको संगालो मान्ने हो भने । र, यही एउटै संवेदना पर्याप्त हुन्छ सायद- एउटै भावनाको समष्टि हो सम्भवतः देशप्रेम भनेको ।
केही वर्षदेखि नेपालभित्र चर्किएको द्वन्द्व, उब्जिएको मतभेद र बढेको अन्योलले कुनचाहिँ नेपालीलाई खल्लो लाग्दैन होला ? जब गुम्सिएका असन्तुष्टि असह्य भएर व्यक्त हुन्छन्, त्यस बखत कतिसम्मको भयानक र अपि्रय परिस्थिति सिर्जना हुन्छ भनेर हामीले देखिसक्यौं । तै पनि सुल्भिmएको छैन वार्ता, समेटिएका छैनन् दृष्टिकोण ।
शान्ति स्थापना हुने झिनो आशामा अडिएको छ नेपाली सपना । यत्ति धेरै नेपालीको भविष्यको दाउ लागेको वार्ताको टेबलमा बस्नेहरूलाई पनि यसपालिको वार्ताको गाम्भीर्यको आभास पक्कै पनि छ होला । यही आभासको बलमा पनि वार्ता, वैयक्तिक अभिरुचि वा अहम्को बहस नबनोस् ।
मुलुक झन्डै झन्डै डुबेको आभास त प्रत्येक नेपालीले गरेका छौं । अब केबल प्रार्थना गर्न सक्छौं एउटा यस्तो वातावरणको जहाँ हरेक नेपालीले हलुका मनले राष्ट्रको विकास, निर्माण र सुव्यवस्थामा आफ्नो योगदान दिन सकौं । अब जे जति संगालेका छौं, शान्ति कायम भएमा त्यहीँबाट एउटा नयाँ सुरुवात हुनेछ ।
यसो सोच्दा, लियो टलस्टोइको कथाले निष्कर्षमा निकालेको ६ फिट जमिन पनि चाहिँदैन मृत शरीरको दाहसंस्कारमा विश्वास राख्ने अधिकांश नेपालीलाई ।
बाचुन्जेल एउटा राष्ट्र रहोस् देश विदेश जताततै छरिएका नेपालीको निमित्त- जसको स्मरणसम्ममा पनि शान्तिको अनुभूति र आफ्नोपनको आश्वासन पाइयोस् ।

कविता बुझिएन

कविता बुझिएन भन्दा बेकुफ भइन्छ । बुझ्न नसकिने कवितालाई पनि बुझेको जस्तो गरी चुप लागेर बस्नु पाठकको नियति बनेको छ । साहित्यका अन्य विधाभन्दा कविता ‘बुझिने हुनु’ को अर्थ भिन्न छ । गद्यविधाका आख्यान र निबन्ध रचना, प्रयोगका अतिशय दुरुहताले गाँजिएनन् भने ती बुझ्न सजिला हुन्छन् । तिनलाई बुझ्न सजिलो पार्ने तत्त्वहरू कहीँकतै कविता बुझ्नका लागि सहायक हुन सकिहाले भने तिनैका माध्यमबाट सधैँ कविता बुझ्न सकिँदैन ।
‘बुझ्नु’ भन्ने साधारण अर्थको शब्द कविताका सन्दर्भमा बेग्लै छ । यसको पाठकीय प्रयोगको अर्थ ‘कविता बुझिएन’ भन्दा भिन्न हुन्छ । एउटा प्रसङ्ग यहाँ उल्लेख्य छ । एउटा कवितासङ्ग्रह विमोचनका अवसरमा एक कविले पाब्लो नेरुदाका कविता बुझिन्नन् भन्न सकिन्न वा भन्नु हुन्न भने । सामान्यतः नेरुदाका कविता साधारण पाठकले उपलब्ध गर्न सक्दैनन् । उपलब्ध भइहाले पनि बुझ्न सक्छन् भनेर ठोकुवा गर्न सकिन्न । नेरुदाका कविता बुझ्नेहरूले जसरी बुझेका हुन्छन् त्यो तिनले पाएको पाश्चात्य काव्यलेखनको शिक्षा वा नेरुदासम्बन्धी समालोचनाको पढाइबाट विकसित भएको हुन्छ । नेरुदातिर नगएरै कतिपय नेपाली कविता नबुझिने खालका छन् भन्ने पाठकको गुनासो छ । पाठकले कविता बुझिएन भनेको वास्तवमै तिनको शाब्दिक अर्थ नबुझ्नुलाई भनिरहेको नभई कविताको संरचनागत आवरण छिचोलेर कविताको आशय वा कविताको मर्मभित्र पाठक प्रवेश गर्न नसक्नुलाई भनिएको हुन्छ । यस्तो भनाइमा कविताले पाठक छुन नसकेको पनि सङ्केत गरिरहेको हुन्छ । कविता बुझ्नु भनेको सामान्य अर्थको भनाइ हुँदैन । त्यसलाई गम्भीरतापूर्वक विचार र
विश्लेषण गर्नुपर्छ ।
साहित्यको एउटा सामान्य पाठकका हैसियतले कविता के हो भन्दा ‘पिँजराको सुगा’ वा भानुभक्तको ‘रामायण’ वा तीभन्दा यता विकसित पाठकीय चेतनाका लागि महाकवि देवकोटा, गोपालप्रसाद रिमाल वा भूपिका कविता आदि हुन सक्छन् । यहाँ ध्यान दिनुपर्ने के छ भने ती सबै कविका कविताको सन्दर्भमा पनि शिक्षक वा समालोचकले अर्थविस्तार गरिदिएअनुसार पाठकको समझ विकसित भएको हुन्छ । यस्तो व्याख्या र शिक्षणबाट पाठकको स्वतन्त्र पाठकीय दृष्टिकोण विस्तार हुँदै आएको हुन्छ । त्यसरी विस्तार भएको समझ व्यापक अर्थमा कविताको स्वतन्त्र भावना गर्न सक्ने हुँदासम्म कतिपय पाठक साहित्य वा कविताबाट विच्छेद भएर जीवनका अन्य क्षेत्रतिर संलग्न भइसकेका हुन्छन् । ती साहित्यप्रेमी पाठकमा त्यही स्तर र स्वभावका कविता भावन गर्ने क्षमता र संस्कारले जरो गाडिसकेको हुन्छ । यस स्तरका पाठकले नबुझ्ने कविता एकथरी छ भने यीभन्दा कवितालाई अझ बढी सहज ढङ्गले बुझ्न चाहने एउटा वर्ग छ । साथै कवितालाई बौद्धिक व्यायामको जिमखाना बनाएर त्यसैलाई संसारभरिका मिथ र पूरा कथा जोडेर सयौंं प्रकारले व्याख्या गर्दै तृप्ति लिने एउटा वर्ग पनि छ । कविताको दुर्बोध्यतालाई कविताको गुण र अवगुण मान्ने दूरदृष्टि स्पष्ट रूपमा नेपाली कवितामा छ ।
कविता नबुझिने हुँदै जानु प्रयोगवादको प्रभावले पनि हो । प्रयोगवादको प्रभावलाई सुसङ्गगत र काव्यगत आवश्यकतामा उपयुक्त हुने गरी प्रयोग गर्ने काव्यप्रतिभाले नेपाली काव्यसाहित्यलाई मानक कविता दिएका छन् । प्रयोगवादलाई कविताको अन्तिम बिसौनी मान्नेहरू कतिपय कविले प्रयोगवादी कविता रचनाभन्दा यता कविताको प्रवाह रोकिएको छ भन्ने मान्यताले अभिभूत भएर अत्यन्त दुर्बाेध्य कविता हामीलाई दिएका छन् । यस्ता प्रयोगवादले सिर्जना गरेको दुर्बोध्य क्लिष्टता सायदै गौरवको विषय हुन्छ ।
के कविता, के अन्य साहित्यिक रचना त्यो कुनै समाज, व्यक्ति र समयको भित्री छटपटी, आकांक्षा र जीवनगत अवधारणाको अभिव्यक्ति हुन्छ । कुनै कविता पढ्दै गर्दा व्यक्ति त्यसमा आफ्नो भावनासित तादात्म्य रहने अभिव्यक्ति खोज्छ । आफ्नो सामयिक जीवनको संघर्षका विकटताले घनीभूत पारिदिएको स्नायविक तनावको निकास खोज्छ । त्यसमा आफ्ना अमुखरित भनाइहरूलाई सम्पे्रषण गरिदिने शक्तिशाली शब्द खोज्छ । आफ्ना हर्ष र उमंगका सम्भावना र संकुल समयविरुद्ध प्रतिवाद खोज्छ । ती सबैको अभाव हुनाको साथै कविताले उसलाई अर्को दुर्बोध्य संसारमा हुल्न लाग्यो भने अनि ऊ कविता बुझिएन भन्न बाध्य हुन्छ । यसरी पाठकसित सम्बन्ध विच्छेद हुँदै गएर एउटा भिन्न ग्रहलोकको काव्याभिव्यक्ति बन्ने रहर प्रयोगवादीको एउटा कित्ताका कविताले देखायो र त्यो कविताकै लागि लाभप्रद रहेन । यसो भन्दैमा प्रयोगवादइतरका कविता च्याप्टा र अत्यन्त गद्यात्मक पनि हुन सक्दैनन् । राम्रा कविताका लागि विकल रहेका पाठकका लागि अत्यन्त सजिला, च्याप्टा, संवादस्तरका कविता पनि अभीष्ट छैनन् ।
समकालीन परिदृश्यमा युवा कविको प्रवेशपछि कविताले नयाँ धरातल र संरचनाविधि पाएको छ । यिनीहरूमा न अत्यन्त दुरुह प्रतीक र बिम्बको प्रयोगमोह छ, न कवितालाई अत्यन्त गद्यात्मक स्वभावमा ढालेर च्याप्टा कविता लेख्ने निष्चेष्टता । यी आफू बाँचेको समय र जीवनजगत्का चुनौती आत्मसात् गर्दै गद्यकविताको एक नितान्त सन्तुलित र प्रभावकारी रूपको अन्वेषणमा छन् र कतिपय अर्थमा पुराना गद्य कविभन्दा सफल छन् ।
नयाँ जमातले प्रयोगवादबाट उत्तराधिकारमा पाएको चमत्कारिक भाषिक शैली, रिमालको विद्रोहात्मकता र भूपिको व्यङ्ग्यात्मक विद्रोहको स्पष्ट भनाइहरूलाई काव्यऊर्जाका रूपमा प्रयोग गर्ने गरेका छन् । कविता कविभित्र व्याप्त रहने काव्यिक संरचनागत संस्कारको अभिव्यक्ति पनि हो । समकालीन कवि बिम्ब र प्रतीकलाई लोकजीवनबाटै लिने गर्छन् र तिनको प्रयोग लोकजीवनकै संकट, संघर्ष र अस्तित्वका प्रश्नलाई सामान्य लाग्ने तर काव्यिक प्रभावले भरपूर भाषाद्वारा अभिव्यक्त गर्ने गर्छन् ।
कविताको विलुप्त सहज सम्प्रेष्य गुण पुनः प्राप्त भएको समकालीन युवा कविका कविताले इङ्गति गर्छन् । कविता बुझिनु र नबुझिनुको दोसाँधबाट निस्केर समकालीन नेपाली मान्छेको भावना प्रतिनिधित्व
गरिरहेका छन् ।

Where the mind is without fear


Rabindranath Tagore



Where the mind is without fear and the head is held high

Where knowledge is free
Where the world has not been broken up into fragments
By narrow domestic walls
Where words come out from the depth of truth
Where tireless striving stretches its arms towards perfection
Where the clear stream of reason has not lost its way
Into the dreary desert sand of dead habit
Where the mind is led forward by thee
Into ever-widening thought and action
Into that heaven of freedom, my Father, let my country awake.

Ozymandias of Egypt

Percy Bysshe Shelley, 1792 - 1822


I met a traveller from an antique land
Who said: Two vast and and trunkless legs of stone
Stand in the desert. Near them on the sand,
Half sunk, a shatter'd visage lies, whose frown
And wrinkled lip and sneer of cold command
Tell that its sculptor well those passions read
Which yet survive, stamp'd on these lifeless things,
The hand that mock'd them and the heart that fed;
And on the pedestal these words appear:
'My name is Ozymandias, king of kings:
Look on my works, ye Mighty, and despair!
'Nothing beside remains. Round the decay
Of that colossal wreck, boundless and bare,
The lone and level sands stretch far away.

पालामको मूर्च्छना’ पढेपछि

-चन्द्र गुरुङ
Courtesy:Ruprekha Weekly
हुन त एक दिन अवश्यै पनि हाम्रो भेट हुने नै थियो । मजस्तै नै, प्रकाश पनि कविता कोर्न रुचाउने मान्छे र कवि भएको कारणले गर्दा नै कवि गोशथी, कविहरुको जमघट र कवितासम्बन्धि सेमिनारहरुमा पुगी राख्ने कवि हुन् । तर हाम्रो पहिलो भेट यसरी होला भनेर मैले सोचेको पनि थिईँन । चैत ३० गते २०६३ साल, शुक्रबारको दिन पाटनढोकास्थित यलमाया केन्द्रमा हिमाल एसोसिएसनद्वारा नेपाली कविता डटकमको सहयोगमा ‘वर्षान्त कविगोष्ठी’ को कार्यक्रम थियो । नेपाली कविता डटकमका संचालक कवि श्री विक्रम सुब्बामार्फत जानकारी पाएपछि त्यहाँ जाने योजना बनाएँ । यसरी ‘वर्षान्त कविगोष्ठी’मा युवा कवि प्रकाश थाम्सुहाङसित मेरो पहिलो भेट र चिनजान भयो र कार्यक्रमपछि प्रकाशको पहिलो कवितासंग्रह ‘पालामको मूर्च्छना’ मसित मेरो डेरा कोठा आई पुग्यो ।

बैशाख १ गते २०६४ साल शनिबारको दिन म धरान जान्दैथिएँ त्यसैले बाटोमा पढ्नका लागि आफ्नो बैगमा ‘पालाम्को मूर्च्छना’ पनि हालें । जब गाडी थानकोटको ओह्रालो आई पुग्यो, तब म पनि त्यो कविता संग्रह निकालेर पढ्न थालें । गाडी र समय चिप्लेको थाहा नै भएन । गाडी हैटौंडा आईपुग्दा म पनि संग्रहको अन्तिम कविता ‘आदिम आवाज’ मा आई पुगेछु । तर धरानसम्मको यात्राभरि दुई-तीन पटक ती कविताहरु पढी नै रहें । यो संग्रहमा मात्र २० ओटा कविताहरु छन् । प्रकाशको कविताबारे कवि विष्णुविभु घिमिरे लेख्नु हुन्छ-धेरै लेखेर पनि कहिले केही लेखिँदो रै’नछ , तर कहिले थोरै लेखेर पनि सबै लेखिँदो रहेछ । ‘पालामको मूर्च्छना’ पढिसकेपछि मलाई पनि यस्तो नै लाग्यो । पछि प्रकाशसितको भेटमा मैले २० ओटामात्रै कविता राखेको कारण खोतालें र उनले सजिलो जवाब दिए-पाठकले कविता पढ्न नरुचाउने समयमा धेरै कविताहरु राखेर संग्रह निकाल्न पनि बेकार नै छ । हुन पनि हो, अचेलको व्यस्त समयमा कविता पढने फुर्सद कोसित नै छ ! तर मेरो भनाइको मतलब कविताहरु बिल्कुलै नपढिने भनेको चाहिं पटक्कै होइन ।

प्रकाशको कविता संग्रहमा धेरै विशेषताहरु छन्-एउटा विशेषता हो थोरैमा धेरै समेट्न सक्नु । प्रायः कविहरु केवल एउटा विषयमाथि मात्र कविता कोर्न रुचाउँछन् । ती कविहरुका कविता एउटै विषयको वरिपरि फनफनी घुमिरहेका हुन्छन् । पाठकहरु पनि एउटै विषयमाथिको कविता पढ्दा-पढ्दा वाक्कै बन्छन् र एउटा निष्कर्षमा पुग्छन्-अब कहिलै पनि कविता नपढने । तर प्रकाशको जम्मा-जम्मी २० ओटा कविताहरुमा पनि मैले धेरै विषयहरुमाथि पढ्ने मौका पाएँ । प्रकाशले आफ्नो कलम धेरै विषयहरुमाथि चलाएका छन् । विषयको विविधताले यो कृतिलाई संग्रहणीय बनाएको छ ।

कविले आफ्नो कविता संग्रहको पहिलो कवितामा माया-पिरतीका कुरा गरेका छन् र विपरीत लिङ्गी युवक-युवतीबीच प्रेमको बीज अङ्कुरित गर्ने थुप्रै कारणहरुमध्ये एउटामा प्रकाश पारेका छन् :-

बागबजारको सडकपेटीमा हाम्रो जम्काभेट हुन्छ,
केही छिनलाई हाम्रो आँखा चार भएर सुखद दुर्घटना हुन्छ ।
-(सिन्ड्रेला)

त्यसपछि क्रमशः प्रेमी जोडीले टाढिनु पर्दा सम्झनाले उनीहरुलाई कसरी सताउँछ र माया-प्रेमको खेलमा धोखा नामक दुर्घटना घटे जीवनभरि के-कस्तो प्रभाव पर्छ, भन्ने विषयमा लेखेका छन् :-

सत्ते म तिम्रो सम्झनामा यहाँ
झरेको साकुराझैं क्रमशः सुक्दै गईरहेछु ।
- (निर्वासनमा तिम्रो याद)

सोल्टिनी !
गएर हेर्नु है नबिर्सी,
गाउँको फलैंचाँमा
हेर्नु एकैछिन उभिएर,
हाम्रो मायाको निसानी
बर-पीपल उम्री सुरक्षित छ अझै ।
- (सोल्टिनी )

प्रकाशले आफ्ना कविताहरुमा गाउँ-शहरमा भेटिने गरीबको आँसु र व्यथाको कुरा लेखेका छन् । यो वर्गले जीवनलाई जसरी देखेका र बाँचेका छन्, कविले त्यो जीवनको कथा हामीलाई सुनाएका छन् :-

उसले भारी बोक्न छोडेको छैन
फिदिम-याङनाम भारी खेप्छ
र दिनको पचास कमाउँछ ।
- (बलिहाङ लिम्बू )

साथै भट्टी पसलको भक्तपुरे ठर्रा, दुर्गन्धित बागमति, छली सहर, भद्रकालीमा बस्ने अनसन र सधैं जसो ओहोर-दोहोर गर्नु पर्ने बागबजारको सडकपेटीले हामी नेपालीलाई कतै न कतै छोई रहेको नै हुन्छ :-

यहाँका कङ्क्रिट महलहरु
मेरो गाउँको झुप्रो भन्दा सुन्दर छैनन्
यहाँका मायावी सुख सयलहरु
मेरो आमाको काखभन्दा आत्मीय छैनन् ।
- (बिरानो सहर )

बागमती किनारमा दुःखले बनाएको
छाप्रो भत्काउने क्रूर शासक
आधा तलब नबुझाएको निहुँमा उठिबास लगाउने
ती जंगलबासीहरु
सबै सबैसँग झोँक चल्छ
मात्र झोँक चल्छ ।
- (कालो रात र किरा )

कविले आफ्ना कविताहरुमा देशको वर्तमान अवस्थाको सही चित्रण गरेका छन् । विगत १०-१२ वर्षको माओवादी द्वन्द्वले ल्याएको अवस्थालाई आफ्नो कवितामा स्थान दिएका छन् :-

बतासे डाँडामा मनमोहक फुल्ने
बुकी फूलको मधुरिमा पनि
आजकल एम्बुसमा परेर घाइते छ रे
मधुश्रीमा आफ्नो जीवनको गीत गाउने कोइली पनि
छर्राको डरले बसाइँ सर्‍यो रे ।
- (एसिड वर्षा र मेरो गाउँ )

इराकी फतीमा, प्यालेष्टनी जामीला, गुजरातमा घटेको हिन्दू-मुस्लिम बीचको जातीय दंगा, कोसोभोको गृहयुद्घ र ट्वीन्स टावरमाथिको आतँकवादी आक्रमण जस्ता प्रसँगहरुले प्रकाश साँच्चै समय सचेत कवि हुन भन्ने आभास भई रहन्छ । कविले हिटलर, पोलपोट, इदी अमिन जस्ता निरंकुश शासक र उनको तन्त्रमाथि आफ्नो कलमले जोरदार प्रहार गरेका छन् :-

चैत-वैषाखको हुरीले नभए
समयको अपरिहार्य मागले
हेर्दै जाऊ है
अब त्यो सालिक ढल्छ-ढल्छ ।
- (अब त्यो सालिक ढल्छ)

मलाई सबैभन्दा राम्रो लागेको चाहिं, कविले आफ्नो लिम्बू सँस्कार र सँस्कृतिको बारेमा लेखेका छन्-भए न त रंगीन कविताहरु एउटै संग्रहमा ? यी रंग-विरंगी कविताहरु पढ्दा कुनै काव्य बागमा विचरण गरिरहेको अनुभव हुन्छ । प्रकाशले आफ्ना कविताहरुमा पक्लुङ खेल्ने कुरा कोरेका छन्र्, ईक्साको चुल्ठोको नुमाफुङ सजाएका छन्, बलिहाङको निर्दोष मुस्कान सम्झेका छन् , खुङखोलामा माछा मारेका दिनहरु फिर्ता ल्याएका छन् र च्याङबु्रङ बजाउँदै रमाइलो गर्ने समाज उतारेका छन् । कविले आफ्ना कविताहरुमा धान नाच्ने सोल्टा-सोल्टिनीको बारेमा भनेका छन्, हामी पाठकहरुलाई पूर्वेली रामनवमीहाट घुमाएका छन् र किराँती इतिहासका एकलव्य, काङसोरे र बलिहाङ जस्ता युग पुरुषहरुसित भेटाएका छन् । साथै जोखना हेर्ने फेदाङमा, फाक्ताङलुङ र गर्वले ठडिएको चामोलङ्मा बारे कविता रचेका छन् र सबै भन्दा महत्वपूर्ण त कविता संग्रहको शीर्षक नै छ ‘पालामको मूर्च्छना’ ।

अब भाकेर सेसेमाङ
तितेपाती र्छर्की पवित्र हुन्छु
सदियौँदेखि सहनसम्म सहियो
बलिहाङ !
एकलव्य !
काङसोरे !
आदिका नियतिहरु ….
- (विभेदको भाइरस र दल्छिनढुङ्गा )

कविले आफ्नो उमेरका युवा पुस्ताले सामना गर्नु परेको बेरोजगारी समस्या, भाइ-भतिजावाद र नातावादले बेरोजगारहरुमा उत्पन्न हुने नकरात्मक मनोदशालाई पनि समेटेका छन् :-

र असंतुष्टीमा च्यात्छु योग्यताका फाइलहरु
अब यसको कुनै अर्थ छैन
केवल फोस्रो कागज ।
- (विभेदको भाइरस र दल्छिनढुङ्गा )

साथै, हाम्रा नालायक नेताहरुका बारेमा सही चित्रण गरेका छन् । कवि यिनको गुण-व्यवहारबाट चकित भएर सोध्छन् :-

सत्तामा गएपछि
सद्दे मान्छे किन पागल हुन्छ ?
लुते मान्छे किन खुङ्खार बन्छ ?
भावुक मान्छे किन क्रूर बन्छ ?
- (देश अझै बिरामी छ )

यीलगायत कविले समावेशी लोकतन्त्र, जातीय स्वयत्तता, संविधान सभा, अन्तरिम संविधान जस्ता शब्दहरुको प्रयोगले यतिका वर्षसम्म दबिएका र पिछडिएका नेपाली जनतालाई सचेत गर्दै ‘नयाँ नेपाल’ निर्माणको लागि आहवान गरेका छन् :-

खुल्लामञ्चमा उभिएर म
उन्मुक्तिको, निस्सीमताको, स्वतन्त्रताको भाव बोकेको
नवीन प्रजातन्त्रको गीत गाई रहेछु
- (नवीनताको शङखघोष )

अन्तमा, प्रकाशका कविताहरु सरल छन् तर भाषाशैली चाहिं बेजोड । कवि आफै पनि राम्रा कविताको नाममा कठिन शब्द र जटिल बिम्बहरुको प्रयोगले आफ्ना कविताहरुलाई बौद्धिक विलासिता बनाउने पक्षमा छैनन् । कविको आफ्नो भनाइमा प्रायः कवि र लेखकहरु चरम बौद्धिकता अँगाल्ने लोभमा पाठक र समाजभन्दा बीस कदम अगाडि बढ्छन् । यसको परिणामस्वरुप पाठकहरु र कविताको बीच दूरी बढ्दै जान्छ र कविता एक्लो पर्छ । भन्नु पर्दा, सम्पूर्णरुपले ‘पालामको मूर्च्छना’ पढेपछि म यो निष्कर्षमा पुगें कि प्रकाशले आफ्ना कविताहरुमा हाम्रो समाज, हामी बाँचेको युग, स्थान र समयलाई राम्रोसित अठ्याउन भ्याएका छन् । अन्तमा, कविकै शब्दहरु सापटी माँगेर बस : यति भन्छु -सेवारो (अभिवादन) प्रकाशका कविताहरु ।

-काठमाडौँबाट

नेपाल र नेपाली (टंक सुब्बा)

Source:Kantipur Daily

मानवशास्त्रको एक विनम्र साधक साथै एक भारतीय नेपालीको चिनारी बोक्ने अथवा बोक्न चाहने व्यक्तिको हैसियतले आज यहा“हरूसमक्ष केही कुरा राख्न चाहन्छु ।
आजको नेपाललाई नेपालबाहिरबाट हर्ेदा कस्तो देखिन्छ, त्यसबारे केही भन्ने सोचेको छु । मेरो व्यक्तिगत हेराइमा आजको नेपाल सम्पर्ूण्ा रूपले अनिश्चितताले घेरिएकेा देश देखिन्छ । हुन त अनिश्चितता बोक्ने देश नेपालमात्र होइन । धेर-थोर समयको निम्ति प्रायः सबै देश अनिश्चित रहेको सबैलाई याद छ । अनिश्चितताबारे बुद्धिजीवीका धारणा पनि समान नभएको धेरैलाई थाहा होला । कति बुद्धिजीवी त अनिश्चिततालाई पुज्ने पनि हुन्छन् । नपुजून् पनि किन - अनिश्चततामा जुन रोचकता हुन्छ, ताकत हुन्छ, कल्पना हुन्छ र नया“ कुरा सुरु हुने सम्भावना हुन्छ, त्यो निश्चिततामा हु“दैन ।
एक आधुनिक राष्ट्रको नाता अनिश्चततासित धेरै लामो हुन सक्दैन । केही महिना वा वर्षो अनिश्चितताले त्यति ठूलो नोक्सान गर्दैन तर अनिश्चितता राष्ट्रको मूलधारा बन्न गए त्यो चिन्ता र चिन्तन दुवैको विषय बन्न जान्छ, किनकि लामो अनिश्चितताले धेरै प्रकारका अनिश्चितता सिर्जना गर्छ र बिस्तारै-बिस्तारै ती सबै प्रकारका अनिश्चिततामा एकप्रकारको अन्तर-निर्भरता तयार हुन थाल्छ, जसलाई तोड्न सबै राष्ट्र सक्षम हु“दैनन् । सक्षम नभए यस्तो राष्ट्र विकासोन्मुख नभएर विनाशोन्मुख हुन जान्छ जो अनिश्चितता ल्याउने तत्त्व निम्ति पनि लाभदायक हु“दैन ।
यसरी अनिश्चितताले लामो घर्ेदा त्याग्न चाहेका-लागेका कतिपय व्यवस्थाले फेरि शिर उठाउने मौका पाउ“छन् किनकि प्रत्येक व्यवस्थाले कसैलाई फाइदा त कसैलाई नोक्सान पुर्‍याएको हुन्छ । नेपालमा आज त्यस्तो प्रकरण सुरु भइसकेको छ र त्यस्तो प्रकरण जीवित राख्न चाहने तत्त्व सदैव जीवित र जीवन्त हुन्छन् । अतः आज नेपालअघि कुनै पनि आवश्यक कार्य छ भने त्यो हो आजको अनिश्चिततादेखि बाहिरिनु । त्यो हुन नसके 'देशवासीनिम्ति वा वासी देश निम्ति' हो भन्ने प्रश्न उठ्न सक्छ । वासी नै नरहे देश रहन्न, तर विनादेशको वासी हुन्छ, यद्यपि विनादेशको नागरिक भने हु“दैन ।
यस अनिश्चिततादेखि बाहिरिने धेरै उपाय छन् तर ती उपाय खोज्न अनि अपनाउन आजका नेता औ बुद्धिजीवीले जति कोसिस गरेका छन् त्यति पर्याप्त भए जस्तो लाग्दैन । अझै पनि उनीहरूले यथेष्ठ मात्रामा आफ्ना विभिन्न प्रकारका स्वार्थ त्याग्न सकेका छैनन् जस्तो लाग्छ । राष्ट्रहित अझै पनि अन्य हितभन्दा माथि, अलग्गै उभिएर आएको देखि“दैन तर त्यो हुनु जरुरी छ आजको नेपालमा ।
नेपाली जाति भनेको आफैंमा मग्न हुने जाति हो, मर्ूखलाई बुद्धिमान् नाम दिने जाति, अनि गरिबलाई धनवीर नाम दिएर ढुक्क हुने जाति । दोहोरो हामी कम सोच्छौं । भविष्यवाणी हामी गर्र्छौं, भविष्यबारे भने कमै सोच्छौं । हाम्रो समालोचना कसैले गरे त्यसलाई शत्रु ठानिहाल्छौं । यस्तै जाति भए पनि आजको नेपालको हल यही जातिबाट निस्कनेछ । त्यो हल आकाशबाट टप्कने होइन, न त्यो उत्तर वा दक्ष्ँिणबाट आउने हावास“ग उडेर आउने हो । हल यहा“कै माटोबाट पैदा हुनर्ुपर्छ, यहा“कै हावापानी सुहाउ“दो । आज नभए भोलि त्यो हुन कर लाग्नेछ ।
आजको अनिश्चिततादेखि बाहिरिन र्सवप्रथम आफ्ना जाति र देशप्रतिका धेरै धारणा जति सजिलै त्याग्न सक्यो त्यही फाइदामन्द हुन्छ । नेपालीलाई 'वीर-गोर्खा' भनेर अंग्रेजले र्सकाउनसम्मै र्सकाएर पुस्तक, लेख नलेखेका होइनन् । त्यो पढेर अनि त्यसलाई ध्रुव-सत्य मानेर गजक्क हुन आजको नेपाली जातिलाई सुहाउ“दैन । त्यसरी नेपाललाई कुनै विदेशी शक्तिले कहिल्यै अधीनमा ल्याउन सकेन भनेर गर्व नगरेर यस्ता शक्तिले देश खोक्रो पारिसकेको देख्न सक्नर्ुपर्छ । आजको नेपालीले उपनिवेशवादले लिएका नया“ अनि अदृश्य रूप देख्न सक्नर्ुपर्छ । पहाड-मधेसको दूरत्व, स्त्री-पुरुष उ“चनीच र जात-पात भेदभाव हटाउन नसके पनि कोसिस गर्नुपर्छ । तब नेपाल गर्व गर्न लायक हुन्छ ।
आजसम्म नेपालबाहिरका नेपाली निम्ति नेपाल एक गरिब, पछौटे देशका रूपमा खडा छ । यसैले मैलो, फाटेको झुम्रो लाएकी आमालाई नचिन्ने छोराछोरीझैं नेपालबाहिरका धेरै नेपाली नेपालस“गको ऐतिहासिक, भाषिक, सांस्कृतिक नाता नकार्ने गर्छन् । यसमा नेपालका नेपालीले दुःख मान्ने कारण देख्दिन“ किनकि हार्नेस“ग केवल सहानुभूतिको सम्बन्ध हुन्छ चाहे तिनीहरू आफ्नै हुन् वा होइनन् । गर्व त जितस“गै जोडिएको हुन्छ ।
यसकारण नेपालले सम्पर्ूण्ा नेपाली जातिको गर्व हासिल गर्न चाहेको खण्डमा अहिलेको आर्थिक, सामाजिक, शैक्षिक इत्यादिको पछौपटेपनमाथि विजय प्राप्त गर्नुपर्‍यो । आफ्नो खुट्टामा उभिन सक्नुपर्‍यो न कि अन्तर्रर्ााट्रय अनुदान नामक बैसाखी लिएर । खेल, साहित्य, संगीत, कला, विज्ञान वा ज्ञानको क्ष्ँेत्रमा अन्तर्रर्ााट्रय ख्याति प्राप्त गर्नुपर्‍यो । बुद्ध भगवान् जन्मेको देश भनेर मख्ख नपरेर शान्ति वहाल गर्न सक्नुपर्‍यो । संसारको सबैभन्दा उचो माउन्ट एभरेस्ट भएको देश भनेर खुसी भएर होइन, जात-पात, भेक-भेष, भाषा-भाषीको उचाइमाथि उभिएर देखिन सक्नुपर्‍यो ।
यति लामो इच्छा-सूची देखेर नेपालका बुद्धिजीवी नअत्तालिए हुन्छ किनकि यी चाह“दैमा भइहाल्दैन भनेर सबैलाई थाहा छ । समय चाहिन्छ, धर्ैय चाहिन्छ, सबैभन्दा पहिलो यस्तो नेपालको कल्पना चाहिन्छ । कल्पना गर्न सके आधारशिला राख्न समय लाग्दैन । आधारशिला स्थापना भइसकेपछि भवन निर्माण ढिलो वा छिटो हुने नै हो । त्यसकारण उज्ज्वल भविष्यको सपना होइन, कल्पना गर्न थाल्नुपर्‍यो ।
-डा. सुब्बा भारतको पूर्वोत्तर राज्य मेघालयको शिलङस्थित र्ँनर्थ-इर्स्र्टन हिल युनिभर्सिटी’ मा सामाजिक मानवशास्त्रका प्रँध्यापक हुन् । शनिबार ललितपुरमा जगदम्बा श्री तथा मदन पुरस्कार वितरण समारोहमा मुख्य वक्ताका रूपमा उनले दिएको मन्तव्यको यो मुख्य अंश हो ।)े

Bhupi Sherchan


He is one of the greatest poet ever born in Nepal. He was born in 1993 (B.S.) and died in 2046 (B.S.). He loved his country and countrymen above all else. He went to banaras college and he impressed everyone with his styles and poems. His poems are very inspiring and with humor as well. Everyone after reading with his poems can't get away easily not to look for his other creations. He was awarded with Sajha Puraskar in 2026 B.S.
However much we raise ourselves up, However much we run here and there, However loud we roar, However, deep within, we are hollow. Our roar carries no more weight than the hiss of an ember thrown into water.
"We," by Bhupi Sherchan
Some are born poet, some acquire poetic skills later, while others have poetry thrust upon them. The late Bhupi Sherchan, who earned widespread praise in the Nepalese literary scene, probably belongs to the last category. Ever since he arrived on the literary scene, Bhupi has been looked upon as the one who was going to lead Nepal's literary fortunes to the next level. And he has done just that.
He may have had all the limitations of his fellow poets, but yet he led himself beyond the frontiers of the narrow borders with his immortal poetry. That in itself is a testimony to his poetic excellence. Bhupi Sherchan was the most successful poet to popularize free verse after Gopal Prasad Rimal. He analyzed human life and wrote in the language of the common masses with beauty, and was successful in showing the way for the new generation through his magnificent poems.
Every great poet has the capacity to author a stunning literary turnaround. But the circumstances in which Bhupi produced the most important poetry of his career were at once trying and peculiar in Nepalese literature. For a nation that had plumed to such a literary low to foster one of its own to go on and compete with the greats of world literature was a turnaround that could have been triggered only by a stroke of genius.
Bhupi was a humble poet, a great ambassador of humanity, and a true nationalist. He loved his country and countrymen above all else. His lofty Himalayan nationalism can be seen in his classic poem "Hami" ("Us"), where he claimed that we Nepalese are brave, but foolish and because we are brave, we are foolish.
Furthermore, his intense love for the nation and goodwill can be clearly seen in his odes to the martyrs of Nepal. He will be forever remembered for these famous works: "Ghumne Mech Mathi Andho Manche," "Sahid Ko Samjhana," "Main Batti Ko Sikha," "Ghantaghar," "Hami," etc.
"Ghumne Mechmathi Andho Manchhe," or "Blind Man on the Revolving Chair," which won Sajha Prize (highest literary prize in Nepal), is a masterpiece and has earned praise from readers worldwide. A milestone in Nepali literature, the work has already undergone its 10th edition, and the sales are picking up as ever.

ON THE DARK ROAD OF LIFE ( Bhupi Sherchan )


On the dark road of life
I feel successis
lit like a lamp with the dynamo of a bicycle
So long as
my legs rise and fall
pushing the pedal s
speeding on
the lamp-lit-path falls beneath me
But as soon as I tire
and my feet slow to a halt
in front of me jumps darkness
barking


translated by Wayne Amtzis

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell