दिदीबहिनीहरू

-एकान्त श्रीवास्तव
(एक हिन्दी कविताको अनुवाद)

दिदीबहिनीहरू घरभरि
सुगन्धझैँ फैलिएका छन् ।
एकदिन उडी जाने छन्
थाहा छैन हावाको कुन झोक्कासित ।
...
रहने छ चर्को घाममा पनि
हाम्रा कमीजहरूमा
उनका हातहरूले भरेका फूलका
सबैभन्दा प्यारो रंग ।


रहने छन् भाँडाहरूमा
उनका चिसा स्मृतिहरू
र खात लगाइएका लुगाहरूमा
उनका हातहरूका सीप ।

भातको पहिलो गाँस उठाउँदा
नून र अचारझैँ
याद आउने छन् दिदीबहिनीहरू ।

त्यो दिन उनीहरू
हाम्रा आँखाहरूमा छचल्किने छन्
त्यो दिन दिदीबहिनीहरू हामीलाई धेरै याद आउने छन् ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell