स्वपीड़क

-By Pooja Goberdhan

हिउंको एक झोक्का पनि
खप्न नसकेर
झरे म्याप्पलका पातहरु

छोडेर आफन्तालाई
तोडेर नाता सम्बन्ध
सुटुक्क समुद्र भेट्न बसाई सरेको
खहरेको जीवन जस्तै
सरे म्याप्पलका पातहरु

आफैसँग लजाएर
बाधासँग डराएर
सुटुक्क सम्झौता-पत्रमा हस्ताछेर गर्ने
हारेको जुवाड़े जस्तै
कति कमजोर
कति नाजुक
कति निरीह
म्याप्पलका पातहरु

ठ्याक्कै मजस्तै
दोश्रो दर्जाको नागरिक

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell