source:Nayapatrika Daily
ती ओठ जो लाजमा झुके के बिराए ? हत्केलामा थापें ? ... काठमाडौंमा जाडोको कम्बल अझै मोटो हुदै गइरहेको छ । र्सूय धेरै ढिलो 'अखबार' किन्न बजारमा झुल्किन्छ । अल्छीलाग्दा दिन, सिरकभित्र प्रायः दिनभरि उ“घिरहन्छन् । सिसाका भmयालमा कुहिरोको धमिलो रंग तलातला जमिरहेको छ । भmयालबाहिर रातो फूल, बिहानै, ताजा फक्रिरहेको छ । त्यो फूलले नमस्ते गर्छ । सुकेधारा हाइटमा त्यति गाडी ओहोर दोहोर गरिरहेका छैनन् । हामी पुगेको घरमा कुनै आवाज छैन । त्यो यौटा कविको घर हो । गहु्रगो र भाइब्रेसनयुक्त आवाजले जनआन्दोलन सिक्वेलमा, यौटा गहिरो भूमिकामा डाइलग भर्ने ती कवि अहिले मार्केटमा त्यति देखि“दैनन् । प्रायः ढाकाटोपी मुन्तिर मृदु-मुस्कान बोकेर गोष्ठी, सभासमारोहमा पुगिरहने, अलि-अलि लाज मानेजस्तो लजाइरहने, सधैं बैरागको कान निमोठेर हा“सिरहने एउटा शरीर छ । जसलाई सबैले 'बैरागी काइला' भनेर नमस्ते गर्छन् । ती अहिले सुकेधारा हाइटको दुइ तले घरको कुनै कोठामा छन् । र, अब एकछिनमा बैठक कोठामा आउनेवाला छन् । हामी उनलाई पर्खिएर सोफामा आपmनो काया अड्याइरहेका छौं । के बैरागी काइ“लाले आज 'इन्टरभ्यु' देलान् त - अघिल्लो रात कामज्वरोले, थोत्रो मिनिबसभै+m, उनको वृद्ध कायालाई भित्रैदेखि हल्लाएर गएको रै'छ । जनआन्दोलन सिक्वेलमा के उनलाई सहिद हुने 'मुड' थियो - वैंशमा चिया पिउन गएर पनि यिनले आपmना मनका कुरा भन्न नसकेकी ती युवती को थिइन् - कत्ति ठूलो बैरागको रूख यिनीभित्र झा“गिएको छ - के यिनी असफल 'देवदास' हुन् - 'मातेको मान्छेको भाषण'का पियक्कड नायक के यिनी स्वयं हुन् - मायालाई मफलरझै किलामा टाग्न खोज्नेे यिनी के जमानामा 'प्रेमका खेलाडी' थिए ? हामी यस्ता कैयौं प्रश्नका 'बुके' लिएर स्वागतका लागि सोफाभित्र गुडुल्किएका छौं । उनको अत्तोपत्तो छैन । घरमा चियाका लागि सोधियो, नाइ भन्यौं । अलिबेरमा चिया पिउ“दै गफ लम्ब्याउने योजनामा छौं । टाउकोमा ऊनीको नीलो टोपी र खुट्टामा ऊनीकै नीलो मोजा धारण गरेर, हतारि“दै उनी तल झरे । एकछिन अक्मकिए । अनि हाम्रो नमस्ते पनि ग्रहण गरे । मस“ग त्यहा“ पुगेका कवि ठाकुर बेल्वासेले आइतबार हुने 'एकल कविता वाचन'बारे हतारि“दै जानकारी गराए । यी बेल्वासे संयोजक हुन् त्यसको । एकछिनको मौनता, एकछिनको गफगाफ र फेरि मौनता पछि हाम्रो 'मूल करतुत'बारे उनले थाहा पाए । र, उनले भने, 'इन्टरभ्यु त नगरौं हौ । ज्वरो आइरहेको छ ।' ... लौ पर्यो फसाद । अहिले उनी सोफामा छड्के पल्टेर बसेका छन् । दुवै हात दा“यापट्टकिो कन्चटमा अड्याएका छन्, यो उनको मौलिक पोज हो । कहिलेकाही“ चिसो पानी अनुहारमा छम्किएजस्तो, झ्यास्स झ्यास्स, का“पिरहेछन् । ६९ वर्षा यी कवि भर्खरै मृत्युको अ“गालोबाट फुत्किएर सोफामा ढल्किएका छन् । के अब बन्दुक देखाएर इन्टरभ्यु माग्नु ? तैपनि चिप्लेकीराझंै लचिला केही धिमा प्रश्न उनीतिर सोझ्यायौं । उनी हा“से र भने, 'बैरागी काइ“ला, त्यति भव्य मान्छे होइन हौ । अझै थपे, 'म त सामान्य मान्छे हु“ ।' यतिका वर्षम्म बैरागी भएर बा“चिरहनुको पछाडि कत्ति ठूलो बैराग होला - 'एकान्तको अजिंगरले सुस्तसुस्त निलिबस्छ,' लेख्ने यी बैरागी काइ“ला आज-भोलि कस्तो बैराग लिएर बा“चिरहेका छन् - 'मेरो जीवनमा कुनै बैराग छैन', उनले मुस्कुराउ“दै हाम्रो प्रश्नको लुगामा पानी र्छर्किदिए, 'मेरो ठूलो महत्त्वाकांक्षा छैन । ठूलो महत्त्वकांक्षा हुनेलाई पो बैराग हुन्छ ।' यिनको जीवनमा बैरागलाई 'कोठा टु-लेट' छैन । उनी साधारण मध्यमवर्गीय जीवन बा“चिरहेका छन् । सा“झ चा“डै सुत्छन्, बिहान चा“डै उठ्छन् । सुनाउ“छन्, 'मेरो जीवनमा कुनै दर्ुघटना छैन ।' ज्वरोले बेस्मारी न्याकिरहेको छ । सुक्खा खोकीले हैरान पारिरहेको छ । कफ पनि फुटेको छैन । तीन महिनाअघि नाथ्री फुटेर रगत बग्दा उनी सिकिस्त थिए । असोजमा हुने उनको 'कविता वाचन' पुसमा सरेको छ । व्यंग्य गर्छन्, 'मेरो कविता वाचन र संविधानसभा उस्तै भयो, सरेकोसारै ।' ३० वर्षछि उनी केही नया“ कवितासहित मार्केटमा उत्रि“दैछन् । कति भव्य होला उनको आगमन - उनले भने, 'बैरागीले के-के न सुनाउ“ला भनेका होलान् । छक्क पर्छन् ।' हामी मुस्कुरायौं । उनलाई अझै डर छ, ज्वरोले फेरि न्याक्ने त होइन - उनी आज-भोलि घर बाहिर निस्किएका छैनन् । केही दिनअघि धु“स्वा साय्मिको अन्त्येष्टिमा घाट पुगेका, काइ“लालाई लागेछ, 'के नै हो र जीवन ।' त्यो दिन उदासी छाएछ । उनी स्वीकार्छन्, परिवारका लागि, सन्तानका लागि र आफ्नै लागि धेरै गर्न बा“की नै छ । उनी आफ्नो जीवनलाई पछाडि फर्केर हर्ेर्दैनन् । कुनै ठूलो 'इभेन्टस्' छैनन् । क्रान्तिका भाषण गर्ने र कविता लेख्ने यी कवि वैंशमा कस्ता थिए - भन्छन्, 'म दुस्साहसी र साहसी दुवै थिइन् ।' उनको 'ओज' र व्यक्तित्वले त कैयांै कायलै छन् । उनलाई चैं कस्तो लाग्या रै'छ - उनी एकछिन सोचमग्न भए । र, व्यंग्य भरिएको मुस्कानसहित यसरी उर्थ्याए, 'असल त अरूले नै देख्ने हो । स्वयंलाई त थाहै हुन्छ म कति हरामी छु ।' फेरि अर्को लाइन गा“से, 'अरूले नै हिसाब गर्ने हो, 'यो' 'ऊ' भन्दा कति असल छ र कति खराब ।' बैरागी काइ“लाले ३० वर्षकविता लेखेनन् । उनी आफ्ना पुराना कवितामा बा“चिरहे । कवितामा यत्रो नाम - के उनलाई यो तीस वर्षरि कविता लेखू“जस्तो लागेन - किन उनले नया“ कविता लेखेनन् - उनले केही सोचेनन् र स्वाट्ट भने, 'मैले लेख्न नआएर नै कविता नलेखेको हु“ ।' उनले प्रयास त गरेका रै'छन्, चित्तबुझ्दा एउटै पनि नभएपछि के गर्नु ? अहिले उनले केही नया“ कविता लेखेका छन् रे † र तिनलाई मार्केटमा पठाउ“दै छन् । ती कस्ता होलान् - के ती कविताले कुनै नया“ 'इभेन्टस्' बनाउलान् - उनी त्यति उत्साही भएनन्, 'जनआन्दोलनको भाषण र अहिलेका मेरा नया“ कवितामा कुनै अन्तर छैन ।' बैरागी काइ“लाले यस्तो भनेपछि, हामीले के भन्नु ? नलेख्दा कल्पना शक्तिमा ह्रास आउ“दो रै'छ । उनको कविता लेखनमा पनि 'उचाले' परेछ । एक साल ब्यायो अनि चार-पा“च सालपछि ब्यायो । त्यै त हो । त्यसो त ३० वर्षउनले लिम्बू लोक साहित्यको अनुवाद र सम्पादनमा बिताएछन् । उनी अचेल पनि आफ्नै कविताबाट सन्तुष्ट छैनन् । जतिपल्ट पढे पनि 'नया“ कविता' उस्तै लाग्छन् रे † निरश । केही कविताको पुनर्लेखन गर्ने भएका छन् । गत कात्तिकमा मालीगाउ“मा मारिएको चितुवाको मृत्युले उनलाई भित्रसम्म हल्लाएछ । 'एघार गोली हानेछन्, नमरेपछि खुकुरीले काटेछन् ।' उनलाई लाग्छ, त्यसलाई नमारेर छोपेको भए पनि त हुन्थ्यो । उनले नया“ कविता लेखेछन्, 'शरणार्थी विचार, मालीगाउ“मा चितुवा ।' ... हेर्नुहोस्... ... यी आ“खामा जो लजाइरहेका तस्बिर थिए मेरो हजुरकै हुन् भनेर... चिन्हाउन आएको थिए“ । उनका कैयांै कवितामा प्रेमिकालाई 'हजुर' भन्दै प्रेमी चिच्चाइरहेको भेटिन्छ । के प्रेमीले प्रेमिकालाई 'फकाउन' भयंकरै आदर गरेको होला र - कि के होला - उनी मजाले मुस्कुराए, 'यो शब्द लिम्बू-लिम्बुनीले सम्बोधन गर्ने शब्द हो,' भन्दै उनले, सायद पुराना दिन सम्झदै 'हजुर'लाई नया अर्थ दिए, 'यो नेपालीमा जस्तो आदरार्थी शब्द होइन ।' उनको शरीरबाट एक निमेष ज्वरो उघ्रिएजस्तो देखियो । उनी तंग्रिए । र अलि ठूलो स्वरमा भने, 'हजुरले खाइबक्स्यो' भन्नु र 'त“ बज्याले खाइस्' भन्नु एउटै हो ।' हामी हा“स्यौं । चिया आइपुग्यो । चिया ब्रेक गफ । उनकी 'हजुर' कैयौं कवितामा, कतै लजाउ“दै, कतै प्रेमीको आ“खाको भाषा नबुझ्ने अबुझ भएर आएकी छिन् । के काइ“लामा प्रेमको भोक थियो - 'देवदास प्रकृतिको मान्छे थिइन“ ।' उनले आफूलाई बिन्दास शैलीको मान्छे प्रुफ गरे । उनले एकपल्ट कतै भनेछन्, 'यो 'हजुर' शब्दमा लिम्बुनीको गन्ध पो आउ“छ, हौ ।' कसैले प्याच्च सोधेछ, 'कसरी थाहा पायौ त -' झङ् झङ् झङ्, बैरागीलाई झोंक चलेछ, भन्देछन्, 'लिम्बुनीको पछाडि हि“ड् न था'हुन्छ ।' तिलविक्रम नेम्वाङ, बैरागी काइ“ला हुनुमा कुनै ठूलो 'घटना' छैन । यो त केटौलीको लहड हो, उनी भन्छन् । घायल, आ“सु, प्यासी भनेजस्तै हो रे † यो नाममा कुनै ठूलो रहस्यको सन्दुक छैन । 'तिलविक्रम' नामसित ठूलो लगाब भएन । फेरि र्सर्ूयविक्रम ज्ञवालीका बुबाको नाम पनि त्यै, तिलविक्रम । 'यो त भएन हौ ।' उनले उमेरमै सोचेछन्, 'नाम त 'भाले' कै हुनर्ुपर्छ ।' केटौलीको समय, कहिलेकाही“ 'ताल न तुल'को बैराग लिएर बा“च्न पनि रमाइलै हुन्छ । र, आफैंले न्वारन गरेछन्, 'बैरागी' । 'काइ“ला' त, घरका पनि काइ“लै । बैरागी काइ“ला जनआन्दोलन सिक्वेलमा बा“झो खेत जोत्ने खेतलाझैं संर्घष्ा गरिरहेका देखिन्थे । के यिनलाई सहिद बन्ने इच्छा थियो - उनले ढा“टेनन्, भने, 'जेलमा एकरात पनि राख्दैनन् भन्ने पर्ूवज्ञान थियो ।' डर लागेन - हा“से- 'नाथे, त्यो त सिनेमामा गा'को जस्तै त हो नि ।' वर्तमान नेपाली राजनीतिमाथि केही क्रस क्योइस्चन गर्ने प्रयास गर्यौं । 'तपाईंहरू मलाई गम्भीर ठान्नुहुन्छ,' उनले आपmनो आन्तरिक परिचय दिए, 'म गम्भीर छैन ।' लेखकहरूको आफ्नै लफडाले, काकताली परेर आन्दोलनमा लेखकमाझ उनले ठूलो 'स्पेस' पाएका हुन् रे † उनको बहुचर्चित कविता 'मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित'को रचना गर्भ के होला - के उनी कुनै जमानामा यसै गर्थे - माने, मदिरा पिएर सडकमा भाषण गर्दै हि“ड्थे - उनले 'इजिली' भने, 'मातेको मान्छेले झूटो बोल्दैन भन्ने थाहा त पहिल्यै थियो र माथिल्लो लाइन लेखे“ ।' उनी आप+mै पनि अचम्भित भएका छन् यसरी, 'तर, पछिल्लो लाइन, मध्यरातपछिको सडकसित, कसरी आयो आप+mैलाई थाहा छैन,' मातेको मान्छेको भाषणलिपीबद्ध गर्ने यी कवि, 'यसो मात्न' वर्षा एक-दर्ुइपल्टभन्दा बढी पिउ“दैनन् रे ! बैरागी काइ“ला अहिले रोगको 'गेस्टहाउस' बनेका छन् । सानैमा टिबीले थला परेकाले पनि यिनी भित्र-भित्र हल्लिएका छन् । नाथे, रोग-सोगस“ग त उनी टर्ेर्दैनथे तर यो पल्ट अलि सारै भएछ । गत असोजमा 'व्लिडिङ' भएपछि यिनलाई 'फिल' भएछ, 'निराशा पनि आयो कि क्या हो - सधंै बाहिरबाट छोरीले फोन गर्दा सन्चै भन्थे“ तर यो पल्ट ढा“टिन“ ।' यिनले आफूलाई भएको मृत्युबोध सुनाए । नेपाललाई 'नेपाल'जत्रो दृष्टिले कसैले हेरेनन्, उनी सोच्छन् । अहिले उनको देश प्रेम जागृत भएछ । सुनाए, 'मैले पनि राष्ट्रप्रेमसम्बन्धी केही लेखेको रहेनछु, अब लेख्छु ।' अब उनी केही थाकेजस्ता देखिए । बिरामी मान्छेलाई योभन्दा बढी दुःख दिन मन लागेन । हि“ड्ने बेलामा उनले भने, 'अचेल मलाई सन्चो छैन, इन्टरभ्युपछि गरौला“ हुन्न -' एउटा 'धासु' इन्टरभ्युका लागि निरोगी समयमा अग्रिम बुकिङ गर्दै हामी हि“ड्यौं । गेटबाहिर आएर, मैले अचानक भmयाल बाहिरको रातो फूल सम्भिmए“ । हेन खोज्दा अग्लो पर्खालले छेकियो । देखिएन ।
'मैले लेख्न सकिन
“ कविताबुद्धिसागर2007-12-29,Saturday,
About Me
- http://chandu2007.blogspot.com/
- Manbu-6,Gorkha, Kathmandu, Nepal
- Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell