राष्ट्रिय स्वतन्त्रता र सम्मान



एपीजे अब्दुल कलाम
भारतको बारेमा मेरा तीन अवधारणा छन् । तीन हजार वर्षको इतिहासमा संसारका विभिन्न भागबाट हामीमाथि आक्रमण भए । हाम्रो जमिनमा कब्जा जमाइयो । हाम्रा विचार नियन्त्रित गरिए । सुरुमा एलेक्जेन्डर, त्यसपछि गि्रक, टर्की, मुगल, पोर्चुगिज, बि्रटिस, पmेन्च, डच- सबैले पालैपालो हामीलाई लुटे, हाम्रा सामानहरू चोरे । हामीले भने अरू देशमा कहिल्यै त्यसो गरेनौं । अरूलाई आफ्नो अधीनमा राखेर विजयको खुसी मनाउने काम हामीबाट भएन । अर्काको जमिन, उनीहरूको संस्कृति र इतिहासमा कब्जा जमाएर आफ्नो जीवनशैली थोपर्ने कामलाई हामीले सधैं अस्वीकार गर्‍यौं । किन ? किनकि हामी अरूको स्वतन्त्रतालाई सम्मान गर्छौं । त्यसैले मेरो पहिलो अवधारणा भनेको 'स्वतन्त्रता' हो । भारतले आफ्नो यो पहिलो अवधारणा सन् १८५७ मा लिएको हो भन्ने मेरो विश्वास छ । त्यतिखेर हामीले स्वतन्त्रताका लागि युद्ध सुरु गरेका थियौं । त्यस्तो स्वतन्त्रता, जहाँ हामी सुरक्ष्ाित रूपमा बाँच्न, हुर्कन र बढ्न सक्छौं । जबसम्म हामी स्वतन्त्र हुँदैनौं, हामी सम्मानित हुन सक्दैनौं ।
मेरो दोस्राे अवधारणा हो 'विकास' । ५० वर्षदेखि हामी विकासोन्मुख मुलुकका रूपमा चिनिँदै आएका छौं । अब हामीले आफूलाई विकसित राष्ट्रको रूपमा चिनाउनुपर्छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा हामी विश्वका उत्कृष्ट ५ राष्ट्रको सूचीमा पछौर्ं । हाम्रो देशको अधिकांश क्षेत्रमा १० प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ । हाम्रो गरिबी दर क्रमशः घट्दैछ । आज हामी आफ्नो उपलब्धिलाई विश्वव्यापी रूपमा चिनाउन सफल भएका छौं । तैपनि हामीमा आफूलाई विकसित देशका नागरिक हौं भन्ने आत्मविश्वास र आत्मनिश्चयको कमी छ । के यो गलत होइन ?
भारत विश्वको शक्तिराष्ट्र बन्नुपर्छ- यो मेरो तेस्राे अवधारणा हो । किनकि जबसम्म भारत विश्व शक्तिराष्ट्रका रूपमा उदाउँदैन, हामीलाई कसैले सम्मान गर्दैन । शक्तिले मात्र शक्तिको सम्मान गर्छ । यसको अर्थ हामी सैनिक शक्तिमा मात्र शक्तिशाली हुने होइन, आर्थिक रूपमा पनि हामीले आफूलाई शक्तिशाली बनाउनुपर्छ । यी दुवै कुरा सँगसँगै जानुपर्छ । मैले तीन महान व्यक्तिसँग काम गर्ने अवसर पाएको थिएँ, यो मेरो ठूलो भाग्य हो- डिपार्टमेन्ट अफ स्पेसका डा विक्रम साराभाइ, प्राध्यापक सतीश धावन र न्युक्लियरका पिता डा ब्राहम प्रकाश । यी तीन व्यक्तित्वसँग निकट रहेर काम गर्ने अवसर पाउनु मेरो जीवनको ठूलो भाग्य थियो ।
म आफ्नो जीवनमा चारवटा कासेढुङ्गा देख्छु ः
मैले आफ्नो २० वर्ष 'आईएसआरओ'मा बिताएँ । भारतले अन्तरिक्षमा गरेको पहिलो उडान 'एसएलभी ३' मा मलाई आयोजना निर्देशकका रूपमा काम गर्ने अवसर दिइएको थियो । त्यतिखेर उडान गरिएको एक अन्तरिक्ष यानको नाम 'रोहिणी' थियो । त्यतिखेरको अनुभवले मेरो वैज्ञानिक जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ । 'आईएसआरओ'पछि म 'डीआरडीओ'मा संलग्न भएँ र भारतको मिसाइल कार्यक्रममा आबद्ध हुने अवसर पाएँ । त्यहाँ रहँदा सन् १९९४ मा जब 'अग्नि'ले लक्ष्य पूरा गर्‍यो, त्यो मेरो दोस्रो खुसीको क्षण थियो । हालै मे ११ र १३ मा भएको आणविक परीक्षणमा आणविक ऊर्जा विभाग र 'डीआरडीओ'को ठूलो सहकार्य रहेको छ । यो तेस्रो खुसीको क्षण हो । यी आणविक परीक्षणहरूमा आफ्नो समूहसँग सामेल हुनपाएकोमा र संसारलाई भारत अब विकासोन्मुख देश होइन भनी देखाउन पाएकोमा मलाई खुसी लागेको छ । एक भारतीय नागरिकका रूपमा यसले मेरो शिर उँचो भएको छ । हामीले अब 'अग्नि'का लागि नयाँ संरचना तयार पारेका छौं, नयाँ तत्त्व विकास गरेका छौं, जसलाई कार्बन-कार्बन भनिन्छ । यो अत्यन्तै हल्का हुन्छ । एकदिन निजाम इन्स्िटच्युट अफ मेडिकल साइन्सका हाडजोर्नी शल्यचिकित्सक मेरो प्रयोगशालामा आए । उनले एउटा चिज छोडेका थिए, जुन धेरै हल्का थियो । उनले मलाई अस्पताल लगेर आफूले उपचार गरेको बिरामी देखाए ।
त्यहाँ ती साना केटाकेटी थिए, जो तीन किलोभन्दा गह्राैं धातुको सहायताले हिँड्डुल गरिरहेका थिए । उनले मसँग भने- कृपया मेरो बिरामीलाई यो पीडाबाट मुक्त गरिदेऊ । तीन साताभित्र हामीले तीन सय ग्राम तौलको अर्थोसिस क्यालिपर तयार पार्‍यौं र अस्पतालको हाडजोर्नी केन्द्रमा लग्यौं । सुरुमा त उनीहरूले विश्वासै गरेनन् । आफ्नो खुट्टामा तीन केजीको भार झुन्ड्याएर हिँड्डुल गरिरहेका ती केटाकेटीका आँखा खुसीको आँसुले भिजेका थिए । त्यो मेरो चौथो खुसीको पल थियो । हामीकहाँ सञ्चारमाध्यम किन यति धेरै नकारात्मक छन् ? किन हामी भारतीय आफ्नो सामथ्र्य, आफ्नो उपलब्धिलाई स्वीकार गर्न लाज मान्छौं ? हाम्राे देश यति महान छ । हामीसँग यति धेरै सफलताका कथा छन्, तैपनि हामी त्यसलाई स्वीकार गर्न चाहँदैनौं ।
किन ?
हामी दुग्ध उत्पादन गर्ने पहिलो हौं ।
हामीले पहिलोचोटि रिमोट नियन्त्रित अन्तरिक्ष यानको प्रक्ष्ाेपण गरेका हौं ।
हामी दोस्रो ठूलो गहुँ उत्पादक हौं ।
हामी दोस्रो ठूलो धान उत्पादक हांै ।
डा सुदर्शनलाई हेरौं, उनले परम्परागत गाउँलाई आफै बाँच्न र आफैं अघि बढ्न सक्षम बनाइदिए । यहाँ यस्ता उपलब्धि लाखौं छन्, तर हाम्रा सञ्चारमाध्यम असफलता, ध्वंस र नकारात्मक समाचारमात्र खोजिरहेका छन् ।
एकपटक म तेल अभिभमा इजरायली पत्रिका पढिरहेको थिएँ । ती दिन त्यहाँ असंख्य आक्रमण, बमबारी र मृत्यु भइरहेका थिए । हमासले आक्रमण गरेको थियो । पत्रिकाका मुख्य पृष्ठमा एक यहुदी व्यक्तिको तस्बिर छापिएको थियो, जसले पाँच वर्षमा आफ्नो मरुभूमि जमिनलाई हराभरा बगैंचामा परिणत गरेका थिए । त्यो यस्तो उत्साहित बनाउने तस्बिर थियो, जसले सबैलाई झकझक्याउँथ्यो । हत्या, बमबारी र मृत्युका खबर अरू समाचारसँगै भित्री पृष्ठमा छापिएका थिए । भारतमा भने हामी मृत्यु, बिरामी, आतंक र अपराधका समाचारमात्र पढ्छौं । किन हामी यति धेरै नकारात्मक छौं ?
अर्को प्रश्न ः किन हाम्रो देशमा विदेशी सामानको चाहना तीव्र छ ?
हामी विदेशी टेलिभिजन चाहन्छौं । विदेशी सर्ट चाहन्छौं । विदेशी प्रविधि रुचाउँछौं । किन हामी विदेशी सामानको तीव्र मोहमा लागेर सबै चिज आयात गरिरहेका छौं ? के आत्मनिर्भरताबाटै आत्मसम्मान हासिल हुन्छ भन्ने हामीलाई थाहा छैन ?
म हैदरावादमा यही कुरा पढाउँदै थिएँ । एउटी १४ वर्षकी केटीले मसँग अटोग्राफ मागिन् । मैले उनको जीवनको उद्देश्य सोधेँ । उनले भनिन्- 'म विकसित भारतमा बस्न चाहन्छु ।' हो, उनको लागि तपाईं-हामीले हाम्राे भारतलाई विकसित देश बनाउनुपर्छ । तपाईंले अब देखाउनैपर्छ, भारत अतिकम विकसित मुलुक होइन, अतिविकसित मुलुक हो । तपाईं आफ्नो देशको लागि १० मिनेट समय दिन सक्नुहुन्छ ? सक्नुहुन्छ भने तल पढ्नुहोस्, सक्नुहुन्न भने नपढे पनि हुन्छ ।
तपाईं भन्नुहुन्छ, हाम्राे सरकार कुशल छैन ।
तपाईं भन्नुहुन्छ, हाम्रा कानुन धेरै पुराना छन् ।
तपाईं नगरपालिकाले फोहोर उठाउँदैन भन्नुहुन्छ ।
तपाईं भन्नुहुन्छ, फोनले काम गर्दैन, रेल्वेलाई जोकको रूपमा उडाउनुहुन्छ, हाम्राे विमानसेवा संसारकै सबभन्दा खत्तम छ भन्नुहुन्छ, चिठी कहिल्यै पठाएको ठाउँमा पुग्दैन भन्ने गुनासो गर्नुहुन्छ ।
तपाईं भन्नुहुन्छ, हाम्रो देशले कुकुरलाई खुवाइरहेको छ, यो बित्थाको खर्च हो ।
तपाईं गुनासो गर्नुहुन्छ, मात्र गुनासो गर्नुहुन्छ ।
तर तपाईंले यी समस्या सुल्झाउन के गर्नुभयो ? सिंगापुर गइरहेका एक व्यक्तिको उदाहरण लिउँ । तपाईं उसलाई आफ्नो नाम दिनुहोस्, उसमा आफ्नो प्रतिबिम्ब स्थापना गर्नुहोस् । तपाईं विमानस्थलबाट बाहिरिनुहुन्छ, त्यहाँ तपाईंको व्यवहारमा अन्तर्राष्ट्रिय स्तर झल्किन्छ । सिंगापुरमा तपाईं चुरोटका ठुटा सडकमा मिल्काउनुहुन्न, पसलमा उभिएर खानुहुन्न । तपाईं उनीहरूको भूमिगत सडकप्रति गर्व गर्नुहुन्छ । साँझ ५ देखि ८ बजेसम्म अर्काड मार्गमा यात्रा गर्न ५ डलर -करिब १२५ भारु) तिर्नुहुन्छ ।
तपाईंको पहिचान र हैसियत जस्तोसुकै भए पनि रेष्टुराँ वा सपिङ परिसरमा तोकिएभन्दा बढी समय गाडी पार्क गर्नुपरे बाहिर आएर आफ्नो पार्किङ टिकटमा समय थप्नुहुन्छ । आफ्नो काम बीचमै छोडेर बाहिर आउनुपरे पनि तपाईं त्यसविरुद्ध केही बोल्नुहुन्न ।
बोल्नुहुन्छ र ?
तपाईं दुबईमा रमदानको बेला सार्वजनिक ठाउँमा खाने आँट गर्नुहुन्न ।
तपाईं जेदाहमा आफ्नो शिर नछोपी बाहिर निस्कने हिम्मत गर्नुहुन्न ।
तपाईं लन्डनमा टेलिफोन एक्सचेञ्जका कर्मचारीलाई १० पाउन्ड -६५० भारु) घूस ख्वाएर आफूले तिर्नुपर्ने 'एसटीडी' र 'आईएसटीडी'को बिल अरूको नाममा सार्न आग्रह गर्ने आँट गर्नुहुन्न ।
तपाईं वासिङटनमा प्रतिघन्टा ८८ किलोमिटरभन्दा तीव्र गतिमा गाडी कुदाएर ट्राफिक प्रहरीका सामुन्ने 'म
फलानोको छोरा हुँ' भन्दै फुर्ती लगाउने र २ डलर घूस दिने साहस गर्नुहुन्न ।
तपाईं अष्ट्रेलिया र न्युजिल्यान्डको समुद्री तटमा टहलिन निस्कँदा फोहोर फाल्न तोकिएका ठाउँमा बाहेक रित्तो नरिवलको जटा जथाभावी मिल्काउन सक्नुहुन्न ।
टोकियोका सडकमा किन तपाईं पान थुक्नुहुन्न ?
बोस्टनमा तपाईं किन आफ्नो परीक्षा अरूलाई दिन लगाउनुहुन्न वा नक्कली सर्टिफिकेट किन्नुहुन्न ?
हामी अझै तपाईंजस्तै मान्छेको बारेमा कुरा गरिरहेका छौं ।
तपाईं विदेश गएर उनीहरूकहाँ प्रचलित सम्पूर्ण नियम कानुनको सम्मान गर्नुहुन्छ र पालना गर्नुहुन्छ, तर आफ्नो देशमा गर्नुहुन्न । तपाईं भारतीय भूमिमा पाइला टेकेदेखि सडकमा कागज र चुरोटका ठुटा मिल्काउनुहुन्छ । तपाईं विदेशमा सम्मानित नागरिक बन्न सक्नुहुन्छ भने किन आफ्नै देशमा सक्नुहुन्न ?
मुम्बईका प्रख्यात पूर्वनगर कमिस्नर टी नाइकरले एकचोटी अन्तर्वार्तामा भनेका थिए- 'धनी व्यक्तिका कुकुर सडकमा जथाभावी फोहोर गर्छन् । पछि तिनै व्यक्ति सडक फोहोर हुनुमा सम्बद्ध अधिकारीको क्षमतामाथि प्रश्न उठाउँदै आलोचना गर्छन् । ती व्यक्ति सम्बन्धित अधिकारीले के गरुन् भन्ने चाहन्छन् ? कुकुरले फोहोर गरेपिच्छे प्रत्येकचोटी कुचो लगाएर सडक सफा गरुन् भन्ने चाहन्छन् ?'
'अमेरिकामा यसरी कुकुरले फोहोर गर्दा मालिकले आएर सफा गर्नुपर्छ । जापानमा पनि त्यस्तै नियम छ । के भारतीय नागरिक त्यसो गर्छन् ?' उनले सही कुरा उठाएका छन् । हामी सरकार छान्न मतदान केन्द्र जान्छौं, तर त्यसपछि आफ्नो सम्पूर्ण उत्तरदायित्व बिर्सन्छौं । हामी सरकारले सबै काम गरोस् भन्ने चाहन्छौं र चुप लागेर बस्छौं । हामी आफ्नोतर्फबाट कुनै योगदान गर्दैनौं । हामी सरकारले सडक सफा गरोस् भन्ने चाहन्छौं, तर आफूचाहिँ न जथाभावी फोहोर फाल्न छोड्छौं, न बाहिर फालिएका कागजका टुक्रा सोहोरेर भाँडोमा खसाल्छौं । हामी रेल्वेले राम्रो बाथरुमको व्यवस्था गरोस् भन्ने आशा गर्छौं, तर आफूचाहिँ बाथरुमको सही प्रयोग गर्न सिक्दैनौं ।
हामी इन्डियन एयरलायन्स र एयर इन्डियाले राम्रो खाना र सफा शौचालयको व्यवस्था गरोस् भन्ने चाहन्छौं, आफूचाहिँ मौका पायो कि नियम मिच्न चुक्दैनौं । यो कुरा जनतालाई राम्राे सेवा दिन नसक्ने भनी चिनिएका कर्मचारीलाई समेत लागू हुन्छ । जब महिला अधिकारको कुरा आउँछ, दाइजो, बालिका तथा अन्य ज्वलन्त सामाजिक विषय उठ्छ, हामी ठूलो स्वरले विरोध गर्छौं, तर आफ्नै घरमा त्यसको अनुसरण गर्दैनौं । 'यो प्रथा हामीले पूर्णरूपमा परिवर्तन गर्नुपर्छ । मेरो छोराले मात्र दाइजो नलिएर केही
फरक पर्दैन', हामी यही भन्दै आफूलाई सही सावित गर्न खोज्छौं । त्यसो हो भने यस्ता कुरीति परिवर्तन गर्न को अग्रसर हुने ?
हाम्राे लागि यो 'प्रणाली'भित्र को-को पर्छन् ? हाम्रा छिमेकी, अरू परिवार, अन्य सहर, अन्य समुदाय र सरकार- हामी सजिलै भनिदिन्छौं । निश्चय नै तपाईं र म पर्दैनौं । जब यो प्रणालीमा सकारात्मक योगदान पुर्‍याउने समय आउँछ, हामी आफ्नो परिवारसँग सुरक्षित ठाउँमा गएर बस्छौं र कुनै अर्कै ठाउँको अर्कै व्यक्ति आएर चमत्कार गरिदेओस् भन्ने चाहन्छौं । वा हामी यो देश छोडेर भाग्छौं । आफ्नो समस्यादेखि डराएर, लाछी र अल्छी बनेर हामी अमेरिकाको समृद्धि र त्यहाँको प्रणालीको प्रशंसा गर्दै त्यतातिर लाग्छौं । जब न्युयोर्क असुरक्षित हुन्छ, हामी बेलायत भाग्छौं । जब बेलायतमा रोजगारी पाइँदैन, हामी अर्को उडानमा खाडी देशतिर लाग्छौं । जब खाडीमा युद्ध हुन्छ, हामी सुरक्षित उद्धारको माग गर्छौं, अनि भारत सरकारले हामीलाई आफ्नै देशमा फिर्ता ल्याउँछ । हामी सबै आफ्नो देशलाई गाली गर्छौं । कोही पनि यहाँको प्रणाली खराब छ भन्ने बुझेर यसलाई स्याहारसम्भार गर्ने कुरा सोच्दैन । हामीले आफ्नो चेतनालाई पैसाको बन्धक बनाएका छौं ।
-भारतीय राष्ट्रपति कलामले हालै हैदरावादमा दिएको प्रवचनको अनुवाद । उनको पाँच वर्षे पदावधि सकिएको छ ।)

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell