नानीदेखिको बानी


विजयकुमार रौनियार
बिनाभी ।" साँगुरा गल्लीमा मान्छेको हूल र ठोकिनै आउने साँढेलाई छिचोल्दै गरेको बटुवा टाउको उठाएर माथि हेर्न नपाउँदै कसिङ्गर र अन्य फोहोरमैला उसको जीउमा परिसकेको हुन्छ । अलिक पर बलेंसीबाट पानीको मुस्लो झरेर बाटो हिलाम्मे बनाइरहेको हुन्छ । कुनै कुनामा खुला ढल, मंगाल अथवा मलमूत्रको बगर उसको स्वागत गर्न तम्तयार हुन्छ । केही व्यस्त बजार, गल्ली वा चोकमा फोहोरको डङ्गुर, धरानको कालो सुङ्गुर, ताजा भनिने बङ्गुर र राँगा पसलमा झिँगा भन्किरहेको देखिनु नियमित संस्कृति भइसकेको छ । यी सबैलाई सुव्यवस्थित गर्ने न कुनै निकाय छ, न कसैको मनसाय । ल्याम्हपुचः क्लबहरूसमेत खेलकुद, सांस्कृतिक सम्पदाको संरक्षण तथा जीर्णोद्धार एवं गैरकानुनी ढंगले सःशुल्क पार्किङ व्यवसायमा संलग्न देखिन्छन् । कतिपय विदेशी पर्यटकसँगै रैथाने मःमः, छोयला, कचिलाको पसलमा छ्याङमा डुबिरहेका भेटिन्छन् ।
केही हुनेखाने तर दाउरे जीउ भएका सुकुलगुन्डाहरू आपmना सुकेका जीउमा लुकेको न्वारानको बल झिक्दै टोलटोलमा झगडा गरिरहेका देखिन्छन् । एक्काइसौं शताब्दीको लहरले ढपक्क छोपेको काठमाडांै सहर र राजधानीका आदिमवासीहरूले पुरातन संस्कृति जोगाएको कुरा निर्विवाद छ । तर माथि उल्लेख गरिएजस्ता घटनाहरूले तिनको छवि धूमिल बनाइरहेको देखिन्छ ।
हापुरेका राता मकै
यस्तैमा रङमँगिन थालेका छन् उपत्यका भाँसिएका अन्य सम्भ्रान्त भनाउँदाहरू । आपmनै चाला सपार्न नसकेका काठमाडांैवासी -यमीहरू) नवागन्तुकहरूको थपनाबाट कति दिगमिग भएका छन् कुन्नि तर आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक पाहुनाहरू पक्कै पनि कायल र वाक्कदिक्क भएका हुन्छन् । उनीहरू काठमाडांैको अछूतो संस्कृतिबाट जति प्रभावित हुन्छन् त्यत्तिकै दिग्दार दैनिक असंस्कृत र असभ्य व्यवहारबाट हुन्छन् ।
राजनीतिक रूपमा पनि काठमाडांैका बासिन्दा निर्लिप्त र विमुख हुन्छन् । आन्दोलनको आँधीबेहरीलाई बेवास्ता गरी चादरमा गर्लम्म ढलेका हुन्छन् । वाग्मती, विष्णुमती, पवित्र नदी र खोलानालामा जतिसुकै पानी बगे पनि, ढल मिसिए पनि, तिनबाट जस्तै नाथ्री फुट्ने र पिनास लाग्ने दुर्गन्ध आए पनि नाक र दिमाग थुनेर बस्छन् । तिनबाट बालुवा निकाली करोडौं कुम्ल्याएको हेरिबस्छन् । रक्तचन्दनको सुवासबाट बेखबर रहन्छन् र नजिककै बारुद कारखानाको गन्धसम्म पुग्दै पुग्दैनन् । सरकार, महानगरपालिका र अन्य राजनीतिक कार्यकर्ताले गरिहाल्छन् नि ! हाम्लाई छु मतलब ?
हुनेखानेलाई नै चैन । तर परापूर्वकालको व्यवसायबाट विस्थापित भई हातमुख जोड्न धौधौ पर्नेले के गर्ने ? वर्षौंदेखि झिसमिसेमै खर्पन बोकी बसिबियाँलो गर्ने, कुची लगाई सडक टिलिक्याउने, घामपानी ठिही थेगी बालीनाली गर्ने, निर्जीव काठ कुँदी जीवन्त बनाउने तर आफू निष्प्राण बस्ने, धातुकला, हस्तकला, वास्तुकलाजस्ता शिल्पद्वारा दुनियाँ चिनाउने तर आफू सधैँ चुक घोप्टेको अँध्यारामा टुक्रुुक्क बस्ने, सुत्ने, वर्षैभरि यन्त्रवत् जात्रा चलाउने, रथ तान्ने, बाजा बजाउनेको जीवनमा कसरी, कसले फुक्ने ज्यान ?
परिणामस्वरूप, उनीहरू नेवा मुक्ति मोर्चा, जनजाति संघजस्ता जातीय, प्रान्तीय संगठनहरूका कार्यक्रमका कि त कठपुतली भएर जे भन्यो त्यही गर्‍यो अथवा जसो भन्यो त्यसो नाच्यो, कि त मूकरमिते भएर बस्यो । अनि हापुरेका राता मकै र्‍याडिसनमा भतेर गरुन् कि, शाश्वत भ्रातृत्व बिर्साउने गरी कुनै भ्रातृ संगठनका भतुवा कार्यकर्ता र अन्य भ्यागुते आन्दोलनकारीहरूले फोहोरमैला थन्क्याउन्, तह लगाउन्, घर भत्काउन्, बाटो विस्तार गराउन्, रुखविरुवा रोपुन्, व्यापारी/उद्यमीलाई कालोमोसो लगाई ध्वाँसे पारुन्, पानीको मुहान थुनुन्, यातायात, कलकारखाना, शिक्षण संस्था, परीक्षा आदि बन्द गरुन्, प्राचीन सालिक ढालुन् र नयाँ ठड्याउन्, ती कानमा तोरीको तेल हालेर बसिरहन्छन् । तिनले छानेका महानगर प्रतिनिधिले के काम गरे अथवा गरेनन् तिनको मूल्याङ्कन गर्ने भिं“mजो झन्झटमा ती पर्न चाहँदैनन् । आ, जसले जे गरुन् ।
हिस्स बूढी खिस्स
क्या बेमान ! आपmनो जन्मस्थल, आपmनो क्षेत्र र छरछिमेक, आपmनो वातावरण खल्बलिएपछि त भुसुनादेखि अर्ना भैंसीसम्म, वनमानुषदेखि हिममानवधरी छटपटिन्छन् । भन्देखि, संवेदनशील प्राणीका रूपमा चिनिने, अझ राष्ट्रको मुटु कहलिने काष्ठमण्डप, भानुभक्तका स्वर्गरूपी सुन्दर अमरावतीका चेतनशील मनुवाहरू कसरी बिथोलिएर पनि निस्पृह रहन सक्छन् ? भित्तैमा जोतेर ल्याउँदासमेत चुइँक्क नबोली बसिरहन सक्छन् त ?
त्यसो भए गोर्खेहरूले उपत्यका आक्रमण गर्दासरि नै लटि्ठई समर्पण गरी बसिराख्ने त ? राणाहरूको सामन्तवादमुनिभै+m अज्ञानता, अकर्मण्यता र निस्सहायताको चकमन्नमा टोलाइराख्ने त ? पञ्चायतको एकतन्त्री कालरात्रिमा जस्तै बलिदान भएर, रेटिएर बसिरहने र ? बहुदलेहरूको शक्ति भागबन्डा र माओवादीहरू जनयुद्धपछि विभिन्न जातजातिको गृहयुद्धको चपेटा समान झुल्सिइरहने कि ? शरणार्थी र नानाथरी पीडितहरूको अखडामा मल्लयुद्ध हेर्दै रमाइरहने पो हो कि ?
होइन, अहिले पनि वसन्तपुरका डबलीमा, टुँडिखेलको चौरमा, माइतीघरको मण्डलामा अनि सिंहदरबारको चोकमा नेताहरूको तालबेतालको प्रदर्शन र भाषण हेर्दै सुन्दै जिन्दगी बिताउने त ? रत्नपार्कलाई अनशन पार्क बनाइँदा, रानीपोखरीको पानी सुक्दा, त्यहाँका पोटिला माछा ठेकेदार र अन्य उच्च ओहदावालहरूकहाँ पुर्‍याइँदा किंकर्तव्यविमूढ भई बसिरहने हो र ? टायर र टुकटुकको धूवाँ, तथानाम सवारीको घुइँचो, हर्नहरूको कानै खाने पेँपेँ, वरको पर जान सास्ती, घर पुगिएला कि नपुगिएला, बाटामै गोली लागी ढलिएला, गाडीले किचिएला भन्ने पिरलो आदि-इत्यादि के यी नै हुन् काठमाडांै र काठमाडांैवासीको चिनारी, साँस्कृतिक सम्पदा ? के यही हो तिनको नियमित आकस्मिकता ?
इतिहास साक्षी छ, जनता जागरुक भए ठूलो उथलपुथल हुन्छ । विश्वका कुनै पनि राजधानीका नागरिकले अग्रणी, उदाहरणीय भूमिका खेलेका हुन्छन् । काठमाडांैका यमीहरू पनि तात्ने बेला आइसक्यो । जागौं र यस सहरलाई एक अनुपम, अनुकरणीय महानगरका रूपमा विश्वसामु उभ्याऔं । सबैभन्दा महत्त्वपूर्ण कुरो, यसलाई एक जीवन्त राजधानी बनाऔं । सबैथरी नेपाली र नेपालप्रेमीहरू बस्ने साझा चौतारी बनाऔं ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell