औँलाहरु चुमेर



वैरागीकाइँला

औँलाहरु चुमेर औँलाभरी सलाम

मेरो हजुरलाई आँखाभरि सलाम।


के बिराएँ - नजरले चुमेँ

ती फूल जो ओठमा फुले

के बिराएँ - हत्केलामा थापेँ

ती केश जो लाजमा झुके

मानेँ, कि मेरो हजुरलाई

बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।


औँलाहरु चुमेर औँलाभरी

हजुरलाई आँखाभरि सलाम।


के बिराएँ - सपनामा आएँ

सपना र विपना पगालेँ

के बिराएँ - फूलमा गालेँ

सीमाना र साँध नै पगालेँ

मानेँ कि मेरो हजुरलाई सपनामा

रातभरि नीद लागेन रे ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell