श्रवण मुकारुङ



प्रोफेसर शर्माप्रति

– प्रोफेसर शर्माको चस्माको सिसा चर्केको द्ध
– प्रोफेसर शर्माको चप्पलभित्रको खुट्टा छिप्पेको इस्कुसजस्तो छ
– प्रोफेसर शर्माको कमिजबाट टाँकहरू प्रायः खसिसकेका छन्
– ब्ल्याकबोर्डमा
प्रोफेसर शर्माको हात थरथर काँप्छ
– प्रोफेसर शर्मालाई दमको रोग छ ।

सर !
यसरी गफिन्थ्यौँ हामी–
क्यान्टिनमा
चउरमा
रेस्टुराँमा
वा कुनै अल्छीलाग्दो सभा–समारोहका पछिल्ला लहरहरूमा ।

सहरका राता–पहेँला अखबारहरू
निरीह ज्यापूको आलुको भाउमाथि घुरिरहेका छन्
पजेरो, आचारसंहिता र निर्वाचन आयोगप्रति चुइँकिरहेका छन्
पानी, बिजुली, खसीको मासु र ग्याँसको मूल्यादिमा
स्वयं सत्ताभोगीहरूझैँ गिड्गिडाइरहेका छन्÷हिनहिनाइरहेका छन्
अपसोस–
कहीँ छैन– प्रोफेसर शर्माको असामयिक मृत्युको खबर !
कसलाई थाहा छ–
प्रोफेसर शर्मालाई मिसेज शर्माले छोड्नुका कारणहरू ?

उमेश “अकिञ्चन” राई






Name- Umesh Rai "Akinchan"
Place of Birth- Babiya Birta V.D.C.-2,Gohigada,Morang
Email- umeshakinchan@hotmail.com
Published Works- 'Ek sagar,Dui tara' & Monalisa ra March 8

 
-------------------------
'म बाँचे भने भगवान मर्छ'


एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता

छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस्
कलिलो फूलको गुनासो

'म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ' ।
----------------------------------------------------------

‘यो समयको अन्तिम अन्तरवार्ता’

फेरि पुग्नुछ मैले
पुग्न नसकेको गन्तब्य
...
नसोध मलाई
कति लामो छ
प्रधानमंत्रीको जुँगा
वा
भर्खरैं पेट्रोल पम्पमा राखिएको
गाडीहरूको लश्कर

नसोध मलाई
कति भयानक हुनसक्छ प्रतीक्षा ?

स्वप्निल स्मृति


नागरिक नाम                 सनमान चेम्जोङ
ठेकाना                            पाँचथर, स्याबरुम्बा–४, स्वाबुङ
जन्म                              २०३८–०७–२९
शिक्षाः                             स्नातक
प्रकाशित कृति                रङ्गैरङ्गको भीर ( विसं २०६२)
                                       बाडुली र सुदूर सम्झना ( विसं २०६८)
ईमेल                               swapnil.ranga@gmail.com
--------------------------------------------------

सपना-३

निदाउनु खतरा छ मलाई
कि सपनामा सेक्सटोय जत्रो रोबोट आउँछ
त्यो एकाएक विशाल गिद्ध बन्छ निगुरादेन याक्पेको
उठाएर लैजान्छ अक्करको टुप्पामा कावा खाइरहेको
टुनीको रुखको सयौँ तलामा...

झिक्रा झिक्रीले कुँदेको गुँडमा लुच्छ मेरो अस्मिता
मेरो मुटुमा बेस्मारी ठुँग्छ ठुँग्छ र
उसको चुच्चोबाट झर्छ रगत तपतपी तमोर नदीमा…।

रोबोट यसरी सपनामा लाप्पा खेल्छ मसँग
मलाई मार्न/मलाई नामेट पार्न
जब म पराजित भएर मर्न आँटेको हुन्छु
तब सम्झिन्छु
विपनामा येबाले
मेरो माङ्गेनामा शीरमाथि छर्किएको पानी…
त्यही पानीले बौरिन्छु, मृत्युबाट घुर्ता हुन्छु
…ब्यूँझन्छु !

प्रतिसमालोचनाको सिद्धान्तमा राखेर फ्युजन प्रतिबिम्बलाई हेर्दा

-समदर्शी काइँला


सामान्य बहुरङ्गवादीय समालोचनाको सिद्धान्तबापत हामीले प्रतिसमालोचनाको सिद्धान्त अघि सारेका छौं। यौटा सृजनाभित्र धेरै विधाहरुको सम्मिश्रण हुने भएकाले यसलाई प्रतिविधाको न्वारान पनि गर्यौं। प्रतिविधाको शल्यक्रिया प्रतिसमालोचना सिद्धान्तले गर्नुपर्छ, हाम्रो जिकिर। यौटा उत्तरआधुनिक कविताभित्र गीत, निबन्ध,संवाद,कथा आदि जम्मै एक ठाउँमा भेलिएका छन्- लाई अब खाली कविता विधामा राखेर हेर्दा अधकल्चो हुन्छ नै।


परम्परागत मान्यताले शब्दसौर्न्दर्य, कला, प्रयोग र आविष्कारहरु यौटा कवितामा अटेनन्। नअट्नु भनेकै विवृति आयाम हो जो हुनुपर्दछ। मानक विधामा फ्रुफ मिस्टेक हेरेपछि प्रतिवधा विशेषत विधा भन्जनको खेल हो, मान्यौं हामीले। फ्युजन प्रतिबिम्ब नाउँ आफैले प्रतिविधाको अभिधारणा पेस गर्छ। बिम्बलाई प्रतिरङ्गमा प्रतिबिम्ब र फ्युजनलाई प्रतिरङ्गमा फिसन गरेर कतिपय अन्तरङग कार्यकलाप पनि हेर्दै हेर्नुछ फ्युजन प्रतिबिम्ब लाई।

खबर महासय

टीका 'भाइ'

महासय
खबरको शवहरू
अघिल्तिर पसारेर- चियाको घुँटसित निल्छ।
-पोस्टमार्टम नभएका
अपराध-झुठ-बिनास-दुर्घटनाका शव-को ‘ब्रेकफास्ट’,
यसबिना बाच्न सक्दैन उसको ‘एलाइट’ मगज
खबर बोकेर गफ हाँक्न, महासय सधैँ-सधैँ आतुर हुन्छ।

WORDS of ECONOMY

Ujjwal Prasai
Source: The Kathmandu Post dated Sep 30,2011


The poetry anthologies that I am given to review these days are more a collection of grammatically-incorrect long sentences, broken down into several short phrases. Other than form, short phrases do not constitute poetry. Few months back I wrote an article on what Nepali writing, although produced in large quantities, lacks acutely. To quote a line or two from the same write-up is worthwhile here: “Take a poem written on the issue of corruption. This verse does nothing but repeat the boring ideas of an idealistic thug. High-sounding, idealistic thoughts prevail throughout the book, but the writing is so bland that I am reminded of a poem I wrote on ‘nationality’ in the fifth grade.”

स्वप्निल, बाडुली र सुदूर सम्झना

स्वप्निल, बाडुली र सुदूर सम्झना
Jotare Dhaiba
          साभार http://hamrokalam.blogspot.com/

पहिलो कृति ‘रङ्गैरङ्गको भीर’ को ६ वर्षपछि रङ्गवादी कवि स्वप्निल स्मृतिले दोस्रो कृति ल्याएका छन् । ‘बाडुली र सुदूर सम्झना’ कविताकृतिमा उनले रङ्गवादी प्रवृत्ति झल्काउँदै जुनसुकै कुरामा बिब्ल्याँटो खोज्ने आफ्नो पहिलेको शैली छाड्दै पाठकको सामूहिकतालाई सम्बोधन गरेका छन् ।

मुहारमा इन्क्लाबी मोहकता

_बलदेव भट्ट "बिहानी"

बैशाखले ओभरकोट ओढेर चैतको गीत गाए पनि हुन्छ
उफ्रे हुन्छ छेपारोहरु मंसिरको घाममा बुर्कुसी मार्दै ,
फूलले फूल कै जवानी कल्पेर बसे हुन्छ
प्रिय मानीसहरु हो ! सबैले इच्छित खुशी जिउन पाउनु पर्छ !!

झोपडीहरू

By Deepen Ghising

फाटेका सपनाको छाता ओढेर
कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका
झोपडीहरू
संसार फट् फट् फट्किँदा पनि
भ्रमको आगो तापेर
झुक्रिएर बस्न वाध्य छन्।

स्वपीड़क

-By Pooja Goberdhan

हिउंको एक झोक्का पनि
खप्न नसकेर
झरे म्याप्पलका पातहरु

छोडेर आफन्तालाई
तोडेर नाता सम्बन्ध
सुटुक्क समुद्र भेट्न बसाई सरेको
खहरेको जीवन जस्तै
सरे म्याप्पलका पातहरु

आफैसँग लजाएर
बाधासँग डराएर
सुटुक्क सम्झौता-पत्रमा हस्ताछेर गर्ने
हारेको जुवाड़े जस्तै
कति कमजोर
कति नाजुक
कति निरीह
म्याप्पलका पातहरु

ठ्याक्कै मजस्तै
दोश्रो दर्जाको नागरिक

एउटा "आपोकालिप्सिस" ढाल्नुछ

- मधु माधुर्य ( हाल : रसिया)

एक्लो सगरमाथा -
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती 'टुकुचा' बगिरहेछ ...

डाँडा

— रासा

काठमाडौंलाई छोडेर कतैं काठमाडौंमा
यी डाँडै–डाँडा छिचोलेर
यो डाँडाबजारमा आइपुग्दा
देखें मैले—
डाँडै–डाँडा
डाँडासँग डाँडा
डाँडामाथि डाँडा
डाँडामुनि डाँडा
डाँडानजिक डाँडा
डाँडापर डाँडा
डाँडै–डाँडा,
अहा, कति राम्ररी मिलेर बसेका !

खोई,
हामी यसरी मिलेर बस्नसकेका ?

["गन्तव्य ध्वजे: बिम्ब र रंगहरु को यात्रा" को अर्को कोशेली । चर्चित कवि रासाको कवितामा ध्वजे डाँडा र सँगै दीपेन्द्र बनेपालीको फोटोग्राफी ।]

GUFF-GAFF WITH A POET (3)

सुधीर छेत्री

1. Name-
सुधीर छेत्री
2. Place of Birth-
भारत उत्तरप्रदेशको अलाहबादमा। १९७१ दिसम्बरमा।
3. Contact Phone or Email-
98320-94769 (mobile) and bichalan147@yahoo.co.in
4. Published Works-
कविता सङग्रह 'शिल्पका पखेटाहरू'

सड़क सड़क सहर सहर

सुधीर छेत्री


मैला भरिया झुल्दैछ
चियादोकानको बन्द झरापअघि।
चिसो मृत्युको खोला स्वाट्ट पसेको छ
सहरबाट त्यसको शरीरभित्र।
धमिला गल्लीहरू
छातीमा चकमन्नता चेपेर
पिसाबको गन्ध सुँघ्दै
दयनीय आँखाले
डङ्गुर कुचैला हेरिरहेछ।

शङ्खेकिरा

by Swapnil Smriti

म हुँ शङ्खेकिरा…
ढि…लो गरी चिप्लिरहेको…

मेरुदण्डमा भारी जिन्दगी बोकेको छु…
आम्मममम…… कति भारी !
पेदु पेदु भएर…
थिचिएर…िसंगो "युनिभस्र'ले पृथ्वी माथिको अचानोमा
हिँडिरहे छु

अक्षरमा प्रिय कवि

हेमन यात्री

आँखामा जमेको आँसु पग्लदा
कविताको हाँगाले हिर्काएजस्तै
था‘ पाएको हुँ
जीवनको यौटा रहस्य
हजुरआमाको ओंठबाट
अन्तिम वाक्य झरेको साँझ ।

2 poems by SUDEEP PAKHRIN

(1)      बर्सातमा....


बेसोमति नदीहरु
आफ्नो धार छाडी किनारबाट उक्लन्छन
र, कुद्छन छानाहरुमाथिबाट
गल्लीहरुमा, चौकहरुमा अफ्ठ्यारै नमानी

ईट्टामानव

विशद



ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।

ऊ मोहम्मद मियाँका लागी
ईट्टाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पनि
ईट्टाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसि मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।

नानीहरु कति छिट्टो सिक्छन् !

TIKA BHAI

कति छिट्टो सिक्छन् नानीहरु
आमा हुन्छन् , बाउ हुन्छन्
कपड़ामा पोको पारेर डुङ्गाको नानी बनाँउछन्
नानी चेपेर आमा खाना पकाँउछिन्
बाउ बनेको रतन काममा जान्छ ।
घर मातेर फर्किन्छ ।
निहु खोज्छ घरमा
छिमेकका आँउछन् मिलाएजस्तो गछर्न्
फेरि खाना मन नपरेको बहानामा थाल झटार्छ रतने
भाँड़ाकुटीमा नानीहरु
एक दिनमै जीवनको आधै सच्चाई खेल्छन्
कति छिट्टो सिक्छन् नानीहरु !

बाँच्नुको वैयक्तिकता

-प्रकाश के.सी.


जस्तो,
पग्लिएका हुन्,
आँधीका उठानहरु
ज्वरो पछारेर खोँचहरुमा !
र त्यसपछि,
रहरको भग्नावशेष छाम्दै
अवशेष भिजेको,
प्रत्येक प्रहारको प्रकोपसँगै
(एक सर्को अनिँदो स्वाद)
यसरी आवेग सेक्दछन्,
कि-
जस्तो, उडेका हुन्
समयका एक्ला तापहरुमा !

केटाकेटी

सुमन पोखरेल


टिप्न खोजे मात्र भने पनि
तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट,
तिनका ससाना पाउबाट टेकिए
आजीवन आफैँलाई धिक्कार्छ काँढा।

हुन नसकेको गीत

साँघुरो कोठाभित्र बसेर
म केवल गीत रच्न मात्र सक्छु
गीत हुन सक्दिनँ ।

गीत हुनलाई मभित्र के छ ?
फूलजस्तो कोमलता ?
वतासजस्तो तन्मयता ?
नदीजस्तो वेग ?
अथवा
सुन्दर मानिस ?
अहँ ! केही पनि छैन मभित्र ।

ईश्वर र फूलहरु

Ram Gopal "Asutosh"
(From Poet's Facebook )


मैले सजिलैसित माफी दिएँ
अँध्यारो देखी डराउने मेरो छोरालाई

गौरवको कुरा ऊ उज्यालो खोज्छ
उज्यालोको कुरा गर्छ
निर्मित उज्यालो खोज्दै
झिसमिसेमै झ्याल खोल्छ
र उज्यालोको स्वागतमा कविता बोल्छ

An email from Russia...

प्रिय चन्द्र भाइ,
सु-मधु-र सम्झना / नमस्ते !

भाइको काव्य-कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" हात पर्यो खाडीको तातो घामले पठाएको उपहार-कविताहरुले मस्कोको चीसोलाइ न्यानो दिएको अनुभूति भै रहेछ: स्तरीय कृति प्रकाशनको लागि बधाई र सम्झनाकोलागि साधुवाद !

कविता-हङकङभित्रको मेरो नेपाल !

– प्रकाश के.सी.,
Source:www.merouk.com

एकसरो ईज्जतलाई
तन्काएर
आत्माको पीँघमा गाँठो बाँधी
एकहूल ‘कवि मन’
कवितामा उचालिन्छन्
‘मधूरस’मा आकासिन्छन् ।

भन्ने मात्र हो,
कम्मर त भाँच्चिँदैन,
जत्ति नै मट्काए पनि ।
‘झयाउरे’ शिरमाथि
‘लै बरी’ पाखुरामा

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell