तिब्बत



— उदय प्रकाश

तिब्बतबाट आएका
लामाहरु घुमी बस्छन्
आजभोलि मन्त्र फत्फताउँदै ।

उनका खच्चरका हूल
बगैँचामा पस्छन्
सयपत्री फूलका बोट चर्दैनन् ।


सयपत्रीको एक फूलमा
कति फूलहरु हुन्छन्
बाबा ?

तिब्बतमा वर्षा
जब हुन्छ
तब हामी कुन मौसममा
हुन्छौँ ?

तिब्बतमा जब तीन बज्छ
तब हामी कुन समयमा
हुन्छौँ ?

तिब्बतमा
सयपत्रीका फूलहरु हुन्छन्
के बाबा ?

लामाहरुले शंख बजाउँछन् बाबा ?

बाबा लामाहरुलाई
कम्बल ओढेर
अँध्यारोमा
छिट्छिटो हिँडेका देख्नु भा’को छ
कहिल्यै ?

जब मान्छेहरु मर्छन
तब तिनका चिहान वरपर
शिर झुकाउँदै
उभिन्छन् लामाहरु

उनीहरु मन्त्र पढ्दैनन् ।

उनीहरु फुस्फुसाउँछन्.... तिब्बत
..तिब्बत...
तिब्बत – तिब्बत
... तिब्बत – तिब्बत – तिब्बत
तिब्बत – तिब्बत ..
... तिब्बत .....
.... तिब्बत – तिब्बत
तिब्बत ........

र रोई बस्छन्
रात रातभरि ।

के लामाहरु
हामी झैँ नै
रुन्छन् बाबा ?

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell