-अजय कुमार
एउटा असल मान्छे झैँ
एउटा राम्रो गाउँ पनि
एउटा प्रख्यात गाउँ हुँदैन ।
आफ्नो चालमा अघि बढ्दै
आफ्नो पाठशालामा कखरा सिक्दै
आफ्नो जीवनको दुनोट गुनगुनाउँदै
आफ्नो खरीले
आफ्नो सिलेट पट्टीमाथि
आफ्नो भविष्यका रेखाहरू खोप्दै
त्यो एउटा बेनाम पाराको गाउँ हुन्छ ।
आफ्नो कुवाको पानी पिउँदै
आफ्नो कोदालोले
आफ्नो माटो गोडमेल गर्दै
आफ्नो अन्न खाँदै
आफ्नो जंगलको सुनसान ठाउँतिर पल्टिँदै
त्यो एउटा मौन पाराको गाउँ हुन्छ ।
आफ्ना सुकुल र ढक्कीहरूमा
आफ्ना सपनाहरूका डिजाईन बुन्दै
आफ्नो आँगनमा मध्याह्नतिर
आफ्नो खाटमा पल्टिँदै
आफ्ना यादहरूका हुक्का गुडगुडाउँदै
चुपचाप आफू हुनुको स्पष्टीकरण दिँदै
त्यो एक शान्त पाराको गाउँ हुन्छ ।
एउटा राम्रो गाउँलाई भेट्न
गुपचुप जानु पर्छ
बेगर कुनै योजनाको घोषणा गर्दै
बेगर नारा लगाउँदै
बेगर मुद्दाहरू उठाउँदै
बेगर पर्चाहरू फरफराउँदै
... एक असल मान्छे झैँ ।
एउटा असल मान्छे झैँ
एउटा राम्रो गाउँ पनि
एउटा प्रख्यात गाउँ हुँदैन ।
आफ्नो चालमा अघि बढ्दै
आफ्नो पाठशालामा कखरा सिक्दै
आफ्नो जीवनको दुनोट गुनगुनाउँदै
आफ्नो खरीले
आफ्नो सिलेट पट्टीमाथि
आफ्नो भविष्यका रेखाहरू खोप्दै
त्यो एउटा बेनाम पाराको गाउँ हुन्छ ।
आफ्नो कुवाको पानी पिउँदै
आफ्नो कोदालोले
आफ्नो माटो गोडमेल गर्दै
आफ्नो अन्न खाँदै
आफ्नो जंगलको सुनसान ठाउँतिर पल्टिँदै
त्यो एउटा मौन पाराको गाउँ हुन्छ ।
आफ्ना सुकुल र ढक्कीहरूमा
आफ्ना सपनाहरूका डिजाईन बुन्दै
आफ्नो आँगनमा मध्याह्नतिर
आफ्नो खाटमा पल्टिँदै
आफ्ना यादहरूका हुक्का गुडगुडाउँदै
चुपचाप आफू हुनुको स्पष्टीकरण दिँदै
त्यो एक शान्त पाराको गाउँ हुन्छ ।
एउटा राम्रो गाउँलाई भेट्न
गुपचुप जानु पर्छ
बेगर कुनै योजनाको घोषणा गर्दै
बेगर नारा लगाउँदै
बेगर मुद्दाहरू उठाउँदै
बेगर पर्चाहरू फरफराउँदै
... एक असल मान्छे झैँ ।
No comments:
Post a Comment