सुशीला पुरी
------------
आज जब बुबा हुनुहुन्न
आमा अलि धेरै नै
जोड-घटाउ गर्नुहुन्छ
रात-दिन, ती दिनहरुका ।
बाबाको छेकबारमा
वहां कहिले पनि स्वतन्त्र, भयमुक्त हुनु भएन
त्यहाँ मुद्दाहरुका अनगिन्ती तारीखहरू थिए
अथवा अन्नबालीका चिन्ताहरू
वहाँलाई बढार्दै नै बित्यो-
अनिश्चय, अकाल ।
तर जब मावली हजुरबुबा आउनु हुन्थ्यो
अवश्य तेतिखेर हाँस्नु हुन्थ्यो आमा
बेगर कुनै कारण पनि मुस्कुराई रहनु हुन्थ्यो आमा
त्यसबखत बाबा पनि रिसाउनु हुन्थेन वहाँसँग
केही दिन सन्तुलित रहन्थ्यो हावा
अलि दिनका लागि भए पनि ।
आमालाई पनि हेक्का हुन्थ्यो आफ्नो नामको,
याद छ वहाँलाई-
पित्तलको त्यो थाल
जसलाई हुर्याई दिएका थिए बाबाले
दालमा नून धेरै हुँदा,
अझै पनि घरमा घन्की रहन्छ
त्यो थाल फुटेको आवाज…
अझ पनि ती टुक्राहरुलाई
जहिले-तहिले बटुल्दै गर्नुहुन्छ आमा ।
------------
आज जब बुबा हुनुहुन्न
आमा अलि धेरै नै
जोड-घटाउ गर्नुहुन्छ
रात-दिन, ती दिनहरुका ।
बाबाको छेकबारमा
वहां कहिले पनि स्वतन्त्र, भयमुक्त हुनु भएन
त्यहाँ मुद्दाहरुका अनगिन्ती तारीखहरू थिए
अथवा अन्नबालीका चिन्ताहरू
वहाँलाई बढार्दै नै बित्यो-
अनिश्चय, अकाल ।
तर जब मावली हजुरबुबा आउनु हुन्थ्यो
अवश्य तेतिखेर हाँस्नु हुन्थ्यो आमा
बेगर कुनै कारण पनि मुस्कुराई रहनु हुन्थ्यो आमा
त्यसबखत बाबा पनि रिसाउनु हुन्थेन वहाँसँग
केही दिन सन्तुलित रहन्थ्यो हावा
अलि दिनका लागि भए पनि ।
आमालाई पनि हेक्का हुन्थ्यो आफ्नो नामको,
याद छ वहाँलाई-
पित्तलको त्यो थाल
जसलाई हुर्याई दिएका थिए बाबाले
दालमा नून धेरै हुँदा,
अझै पनि घरमा घन्की रहन्छ
त्यो थाल फुटेको आवाज…
अझ पनि ती टुक्राहरुलाई
जहिले-तहिले बटुल्दै गर्नुहुन्छ आमा ।
No comments:
Post a Comment