(हिन्दी युवा कवि अरुण देवका दुई कविता नेपालीमा ।)



1. हाँसोको निम्ति प्रार्थना
–अरुण देव

जीवनको जंगल, मरुभूमि, पहाडतिर
सुन्छौँ हामी खोलाको कलकल हाँसो ।

हाँसोको चमकमा
पखालिन्छ मनको तिक्तता
बन्छ हृदय उज्यालो ।


यो हाँसो कमजोर, गरीब र चेष्टाहीनमाथि नखसोस
यस हाँसोले व्यङ्ग्यपूर्ण आक्षेप नगरोस
–जो छुटेका छन् पछि
–कतै बाटोमा थाकेर बसेकाहरूमाथि
–आफैभित्र तला कतै खसेकाहरूमाथि ।

बगोस हरदिनको मयल, छल र अवरोध

अप्रतिबन्धित, रागद्वेषरहित र निष्कलंक यो हाँसोले
जोड्छ खोलाका निर्जन द्वीपहरूलाई ।
रसिलो, सजिलो, सहयोगी बनौं हामी ।

स्वाद यस्तो होस यस हाँसोको
कि–भोको, दुखियालाई पनि रुचोस ।
************************
2. नयाँ शुरूआत

अब चाहिं राम्रो शुरूआत गरौँ
घमन्डले अकडिनुको साटो
नम्रभावमा सिधा रहौँ
छरछिमेकीमाथि हाँस्नुअघि
उनको दुःखमा रोई दिउँ ।

एकदिन घरबाट निस्कौँ र
कुनै दाग नबोकी फर्केर आउँ ।
हृदयमा मयल लाग्नुअघि
हाँसोको तेज धारले त्यसलाई खौरिदिउँ ।

एकदिन गल्ली बढारौँ
नाला सफा गरौँ
तर त्यो भन्दाअघि मनको कुविचार आँसुले पखालौँ ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell