पंजाबी कवि गुरप्रीतका दुई कविताहरू

1. बाको कला
 
दुःख
भ्यागुताहरूको पोकोजस्तै ।
गाँठो फुकाउँछु
त उफ्रंदै कुद्दै फैलिजान्छन्
घरको चारैतिर ।


हरेक दिन
एृउटा नयाँ गाँठो पार्छु
यस पोकोमा ।

कला यही हो मेरो
कि देख्न दिन्न
शिरमाथि उचालेको यो पोको
बच्चाहरूलाई ।
**********
2. आमा

म आमालाई माया गर्छु
यसकारण होइन
कि जन्म दिएकी हुन्
उनले मलाई ।

म आमालाई माया गर्छु
यसकारण होइन
कि पालनपोषण गरेकी हुन्
उनले मलाई ।

म आमालाई माया गर्छु
यसकारण
कि उनलाई
आफ्नो मनको कुरा भन्नको लागि
शब्दहरूको आवश्यकता पर्दैन मलाई ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell