नानीहरु कति छिट्टो सिक्छन् !
TIKA BHAI
कति छिट्टो सिक्छन् नानीहरु
आमा हुन्छन् , बाउ हुन्छन्
कपड़ामा पोको पारेर डुङ्गाको नानी बनाँउछन्
नानी चेपेर आमा खाना पकाँउछिन्
बाउ बनेको रतन काममा जान्छ ।
घर मातेर फर्किन्छ ।
निहु खोज्छ घरमा
छिमेकका आँउछन् मिलाएजस्तो गछर्न्
फेरि खाना मन नपरेको बहानामा थाल झटार्छ रतने
भाँड़ाकुटीमा नानीहरु
एक दिनमै जीवनको आधै सच्चाई खेल्छन्
कति छिट्टो सिक्छन् नानीहरु !

हुन नसकेको गीत
साँघुरो कोठाभित्र बसेर
म केवल गीत रच्न मात्र सक्छु
गीत हुन सक्दिनँ ।
गीत हुनलाई मभित्र के छ ?
फूलजस्तो कोमलता ?
वतासजस्तो तन्मयता ?
नदीजस्तो वेग ?
अथवा
सुन्दर मानिस ?
अहँ ! केही पनि छैन मभित्र ।
म केवल गीत रच्न मात्र सक्छु
गीत हुन सक्दिनँ ।
गीत हुनलाई मभित्र के छ ?
फूलजस्तो कोमलता ?
वतासजस्तो तन्मयता ?
नदीजस्तो वेग ?
अथवा
सुन्दर मानिस ?
अहँ ! केही पनि छैन मभित्र ।
ईश्वर र फूलहरु
Ram Gopal "Asutosh"
(From Poet's Facebook )
मैले सजिलैसित माफी दिएँ
अँध्यारो देखी डराउने मेरो छोरालाई
गौरवको कुरा ऊ उज्यालो खोज्छ
उज्यालोको कुरा गर्छ
निर्मित उज्यालो खोज्दै
झिसमिसेमै झ्याल खोल्छ
र उज्यालोको स्वागतमा कविता बोल्छ
(From Poet's Facebook )
मैले सजिलैसित माफी दिएँ
अँध्यारो देखी डराउने मेरो छोरालाई
गौरवको कुरा ऊ उज्यालो खोज्छ
उज्यालोको कुरा गर्छ
निर्मित उज्यालो खोज्दै
झिसमिसेमै झ्याल खोल्छ
र उज्यालोको स्वागतमा कविता बोल्छ
An email from Russia...
प्रिय चन्द्र भाइ,
सु-मधु-र सम्झना / नमस्ते !भाइको काव्य-कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" हात पर्यो खाडीको तातो घामले पठाएको उपहार-कविताहरुले मस्कोको चीसोलाइ न्यानो दिएको अनुभूति भै रहेछ: स्तरीय कृति प्रकाशनको लागि बधाई र सम्झनाकोलागि साधुवाद !
कविता-हङकङभित्रको मेरो नेपाल !
– प्रकाश के.सी.,
Source:www.merouk.com
एकसरो ईज्जतलाई
तन्काएर
आत्माको पीँघमा गाँठो बाँधी
एकहूल ‘कवि मन’
कवितामा उचालिन्छन्
र
‘मधूरस’मा आकासिन्छन् ।भन्ने मात्र हो,
कम्मर त भाँच्चिँदैन,
जत्ति नै मट्काए पनि ।
‘झयाउरे’ शिरमाथि‘लै बरी’ पाखुरामा
लेख्न मन लागेको छ…
Swapnil Smriti
Source: Write's facebook account.
संयुक्त कविता सङ्ग्रह आस्थाको विम्ब झण्डै एक महिनादेखि मेरो कोठामा थन्किएको छ । समीक्षार्थ यसलाई पढेर टिपोट गरेको पनि झण्डै दुई हप्ता भएको छ । तर म यसलाई पहिले लेख्ने कि अन्यलाई भनेर दोधारमा छु । किनकि मलाई राम्रा लागेका अन्य कृतिहरु 'क्यू'मा लागेका उहिले नै हुन् । प्रगति मुकारुङको वादी विज्ञप्ती पूर्ण इन्फादाको अभिलेख अवशेष मिजास तेम्बेको अर्थ अवतरण केशव सिलवालको धारिला मानिसहरुलगायत थुप्रै थाक कृतिहरु थान्को लागेर बसेको धेरै भएको छ ।

GUFF-GAFF WITH A POET (2)
1. Name- Umesh Rai "Akinchan"
2. Place of Birth- Babiya Birta V.D.C.-2,Gohigada,Morang
3. Contact Phone or Email- umeshakinchan@hotmail.com
4. Published Works- 'Ek sagar,Dui tara'
5. What genre/s do you prefer to read?
I prefer to read poetry and fiction.
6. Who are your favorite Nepali/English poets?
Bhupi sherchan,Bairangi Kaila,sharawan Mukarung,Ramesh Kshitiz,
Pablo Neruda, T.S. Eliot
'जननी,जन्मभूमिश्च.....'
Umesh Rai,बिराटनगर
Courtesy: http://www.bagicha.com/
किन लिएर जाँदैछौ
भाइ ?
त्यो नेपालको नक्शा जडेको
किताब
योजना आयोगको फाइलमा
आधा नेपाल मात्र अटायो त
के भयो ?
कविताको फौदारी
Courtesy:www.bagicha.com
मान्छे खतरनाक नभए पनि
ती अग्लाइएका पर्खालहरू
नभत्काइकन स्वात्तः आफै होचिदैनन्
अब, यहाँ कविताको फौदारी चल्दछ
कवि र राजनीतिज्ञको दुनियाँ
सीताराम अग्रहरि
कुखुरी काँ/बासी भात खाँ ।
खोई मेरो बासी भात ? गोदामले खायो ।
खोई गोदाम ? साहूले लुकायो ।
खोई साहू ? राहू कहाँ गयो ।
खोई राहू ? अँध्यारोमा पस्यो ।
खोई अँध्यारो ? कविले देख्यो ।
खोई कवि ? कविता लेख्न बस्यो ।
खोई कविता ? सकियो ।
-विमल निभाः आगोनेर उभिएको मानिस)
कुखुरी काँ/बासी भात खाँ ।
खोई मेरो बासी भात ? गोदामले खायो ।
खोई गोदाम ? साहूले लुकायो ।
खोई साहू ? राहू कहाँ गयो ।
खोई राहू ? अँध्यारोमा पस्यो ।
खोई अँध्यारो ? कविले देख्यो ।
खोई कवि ? कविता लेख्न बस्यो ।
खोई कविता ? सकियो ।
-विमल निभाः आगोनेर उभिएको मानिस)
लेख्ने 'मुड'
सुषमा मानन्धर
फाट्टफुट्ट देखिने आफ्ना रचनामा समेत पनि अल्पविराम लागेकाले होला, हालैमात्र एकजना शुभचिन्तकले भेट्नेबित्तिकै सोधिहाले, "लेख्न छाड्नु भयो कि के हो ? अचेल पत्रिकातिर देखिनु हुन्न ।" हिसाब गरेंँ, हुन पनि नयाँनौलो नलेखेको पनि महिनौँ भएछ । लेखिएका पुराना रचनाका केही स्टक कतै कुनै पत्रिकाको सम्पादकज्यू कहाँ पालो कुर्दै होलान् । रचनाबारे सोधपुछ गर्दा, "हो आएको छ, हेर्दैछु" भन्ने खालको उहाँहरूबाट पाइने आश्वासनले कुनै दिन उहाँहरूले हेर्न छाडेर छाप्नु पनि हुनेछ भन्ने सुखद पखाइमा बसेकी छु ।
साहित्यमनाकाशमा हङकङको प्रदूषित रुप
Courtesy: www.nepal.hk
-प्रकाश के.सी.
साँझ परेदेखि नै अत्यास लाग्ने चिसो अनुभूतिहरुको एक लहरहरु मनभित्र, आँधीजस्तै चल्न थाले पनि त्यसले कविताका भावहरुमा रुपान्तरित हुन छाडेको एउटा अवधि नै बनिसकेको छ । मनमा त्यो जागरण रहेन भन्न खोज्नु ढाकछोप मात्रै होइन, वास्तविकता पनि हो । जागरण हुँदै नहुने किसिमले आम मानिसहरु बाँच्दैनन् र बाँच्न पनि सक्दैनन्, पक्कै नै । जीवनका खण्डखण्डमा चल्ने आँधीबेहरीमा आन्दोलित नहुने मनहरु मानवजातिसँग नभएको एक कठोर वास्तविकता हो तथापि, आम नेपालीहरुकै तादातमा भावानुभूतिहरुलाई ज्युँका त्युँ नै हङकङेली जीवनयापनमा रहनसहनभित्र एक आदतको रुपमा राख्ने, हङकङेली नेपालीहरुका मनभित्र भने त्यसले तदनुरुप अनुभूतिशील, विचारशील र विवरणात्मक जागरण ल्याउन नसकेको तथ्य भने हो ।
चराहरुका चिरविरहरु र कुखुराका भालेका बासाइहरुले आम हङकङेली नेपालीका समस्त विहानीहरुलाई त्यागेको वर्षौं भइसकेको छ । विभिन्न ऋतुजन्य दिनका पहिलो पवनले सो समानान्तर अनुभूतिहरुलाई यहाँका नेपालीका आम मनमा पदस्थापन गर्न छाडेको पनि वर्षौं भइसकेको छ । ‘भोलि’को एक अनाम रुप जो ‘हुनुपर्छ’ र ‘त्यसैले छ’ भनेकै हकमा भएका ‘भोलि’हरुका एक अव्यक्त आशा, सतशः पाल्ने ती आममनहरुमा त्यत्तिकै मात्रामा जीवनमा वर्तमान हालातमा बाँचिएका पलहरुसँग ‘मोह’ भएको र ती मोहहरुलाई त्यसरी नै बाँचिने प्रपञ्चको रुपमा मनमा राख्नुपरेको वाध्यता रहेको छ । निश्चय नै, मोहलाई साँच्नका लागि ‘वाध्यता’ देख्ने मननशीलतामा साहित्यभाव हुँदैन र भए पनि कारक रहँदैन ।
हङकङ बसाइको एकछत्र अवधिहरु, ‘अस्तित्वशीलता र अस्तित्वहीनता’ मध्येबाट एकको निर्क्यौल गर्ने क्रममा बितेका छन् । त्यसरी छिनोफानो गर्ने क्रममा रचनात्मक साहित्यिकताको एउटा लामो लहरहरु आम चेतनशील दिमागबाट बाहिरिएको नभई भित्रभित्रै जड भएका छन् । आफूलाई टेकाउन वा अड्याउनका लागि लहरा वा टेकोको खोजीको लागि, आम मनभित्र एक मिहीन सङ्घर्ष चलिरहेको बेलामा सिर्जनाहरु विरल पर्न जान्छन्, त्यही हुँदाहुँदै प्रकारन्तरले दिलाएको अस्तित्वको खोजीकै क्रममा मिल्ने प्राप्तिहरुले ती मनहरुलाई प्राज्ञिक चेतमा सानो दायरा दिने गरेको छ र त्यसरी अनुभूतिहरु रचनात्मक मानेमै साँघुरिएका छन् । यो हङकङको अद्योपान्त हेराइमा विरल हो र हङकङेली नेपाली समुदायमा सघन प्रतीत हो ।
विहान व्युँझेदेखि रात नपर्दासम्म र रात परेदेखि विहान नहुँदासम्म, एक रटान समयलाई उभ्याउँदै काट्ने नेपाली विचारहरुले यहाँ, पवनका कल्कलाउँदा लहरहरु, सूर्यका स्निग्ध र मलीन लालीहरु, आम आँखाहरुबाट व्यक्त कथाहरु, सुस्केराहरुमा अभिव्यक्त व्यथाहरु, हाँसोसँग सन्निपातिएका स्वच्छन्दता र स्वतन्त्रताहरु, शैलीमा दृष्टिगत जीवनहरु मथ्दैनन् र कथ्दैनन् पनि । ती यावत तपसीलमा पर्दै भावको पल्लो मोडबाट हराउन पुग्छन् । उभिएका समयहरुसँग उभिने एक लश्कर अप्ठ्याराहरुमा एउटा सानो परिवार यहाँ र त्यो तथा त्योभन्दा ठूलो अर्को परिवार नेपालमा सँगसँगै अटमटेसिएका हुन्छन् । ती अप्ठ्यारहरुमा साहित्यिकता जगाउन सक्ने घोँचाइ केही समयअघिबाट हराउँदै गएको छ । ती अप्ठ्याराहरु अहिले यहाँको सानो नेपाली परिवेशमा ‘आम’ भइसकेको छ, आमपनले कसैलाई घोँच्दैन । जस्तै, दिनको आठ, दशघण्टे लोड सेडिङ, हरेक दोश्रो वा तेश्रो दिन हुने बन्द, नेताहरुका फोस्रा आश्वासनहरु आम स्वदेशी नेपाली मनभित्र आम रुपमा प्रविष्ट भएकोले ती आम नेपाली मनहरुलाई घोँच्दैन । त्यसैले, त्यस्तै जस्तै, त्यस्ता अप्ठ्याराहरु नै आम भइसकेका हुन्छन् । नघोँचिने मनहरुबाट भावनाका उद्गारहरु निस्किँदैनन् र भावनाका उद्गारहरुबिना साहित्यिकताको सिर्जना हुँदैन । तर यो कारण सम्पूर्णतः भने होइन ।
‘हिजो’का एक संगत जो अद्यावधि ‘आज’ले आफूसँगै बोकिहिँड्न वाध्य हुन्छ भने ती ‘आजहरु ‘भोलि’का लागि अछुत हुन कदापि सक्दैनन् तर ‘हिजो’देखि आमपनमा टाँसिएको संगत, ‘आज हुँदै ‘भोलि’सम्म पनि फलदायी बन्न सक्दैन, त्यसको भने हङकङेली नेपाली साहित्यकाशमा धमिलो छाप परेको छ । यो एउटा विन्दु पक्कै हो, त्यर्सपर्यन्त लागतमा चर्चा गर्न सकिन्छ ।
जीविकोपार्जनको क्रममा समस्याहरुको खात वाषिर्क रुपमा चाक्लिँदै गएको छ । विरानो मुलुकमा सह-नेपालीहरुको साथ छुट्नु एक नियमिततामा दुःख हो भने कदम र कदाचितले पिछडिएको महशुस हुने अर्को थक्थकी हो । सम्भावनाहरु पातलिएर यति लामो समय बिताएपछि पनि सीमित बाटाहरु मात्र अगाडि देखिनु भने जीवनकै समयको हार हो । मुख्यभूमि चीनको प्रभाव र असरले एकछत्र गाँजेको शहरमा पर-पर मिल्किँदै गएको जस्तो देखिनु अर्को हार हो । पराजयको यस घडीमा काव्यिकताको हार मननशीलतामा नै गहन रुपमा परेको हुन्छ र त्यही भएको छ । त्यसैले, साहित्यिकताको आकाश धमिलिएको छ ।
कुनचाहिँ आभासले मनमा भाव उमार्न सक्दछ र कुनचाहिँ अत्यासले मनको भावलाई मार्न सक्दछ ? यो प्रश्नै हो । प्रवासी नेपालीहरुले गर्ने नेपालको एक मात्र कामना भनेको मुलुकको सम्वृद्धि नै हो । परदेशिएका पलहरुमा गुमाएका पसिनामा कहिँ न कतै र केही न केही मात्रामा रहने सुखानुवोधलाई सञ्चय गर्दै स्वदेश वापसी, ती प्रवासी कामनाभित्र एक गहन अंशको रुपमा पक्कै रहेको हुन्छ । नेपाली परिप्रेक्ष्यमा एक अमुक रुप दिन सक्ने र दिन तत्पर नेतृत्वकर्ताहरुका आपसी सङ्घर्षहरुले मुलुकको आधार-स्तम्भ नै भताभुङ्ग पारिरहेको अर्कोथरी यथार्थ हो । यही क्रममा, जीवनको एक लामो पाटा, सम्भावनाहरुको शिकारमा भिड्ने प्रवासी चेतनशीलतामा भोलिको त्यस अन्यौल स्वरुपले कुन हदसम्म सिर्जनशीलता दिनसक्दछ र ? मात्र अत्यासलाग्दो कल्पनाले परिलक्षित गर्ने ती मनका भावहरु, आम धारणामा कत्तिको प्रदूषित होला ? सानै अनुमान पनि पर्याप्त हुन्छ निचोडको लागि ।
समय अचेल काटेर काटिनसक्नूले फालाफाल भएको नभनी, ती समयहरुको जोडले मालामाल भएको छु म, भन्छु । सखारै जिस्क्याउन आउने हतारहरु अहिले थाकेजस्तै गरी बेडरुमको एक कुनामा पल्टिरहेको हुन्छ र पल्टिरहेको सो हतारलाई हौस्याउँदै अल्छीपना भने एक तमास बनिदिन्छ, त्यही त्यसरी शारीरिक हालातमा एक तमास रहन्छ तर मानसिक क्रियाशीलतामा चौपटै आँधी चल्न थाल्दछ । एउटा लामो समय अथवा जीवनकै एक खण्ड हङकङमा बिताइएछ । हिजो-अस्ति जस्तो लाग्थ्यो, तर त्यसरी बितिसकेको समयले भने आम रुपमै र्सवत्र छाप छोडिसकेको छ, र त्यही क्रममा भन्नै पर्ने हुन्छ, म पहिलेजस्तो रहिनँ । अवश्य, पहिले जस्तो समयले छाड्दै जाँदा कोही रहँदैनन्, तर पहिलेजस्तो नरहनेहरु कस्तो रहलान् त ? यो प्रश्नलाई मैले उत्तर दिनुपर्छ ।
एउटा उत्साह थियो, जीवनको, तत्कालीन भविष्यको । त्यो उत्साहलाई साथ दिन शरीर र मनभरि आन्दोलित अनि वेगवान जाँगरहरु थियो । विहानै हतारलाई पर्छार्न खोज्ने उत्सुकताहरु बेडरुमबाट हक्कानिएर रोडमा दौडन पुथ्यो, मननशीलतामा एउटा संसार सस्वरुप खेलिरहन्थ्यो । स्वदेशमा बिताइएका पलहरु र त्यहाँ नभेटिएका, त्यहाँ गुमाइएका अनि त्यहाँ कल्पना गरिएका परिवेशहरु छायासरि शरीर हुँदै मनभित्र संचित हुन्थ्यो । त्यही पनाहरु कतिपय कागजभरि पोखिन्थे । भावनाका उत्श्रृङ्खल उच्छवासहरु कविताका हरफहरुमा फुर्थे । सँधै एक सुनौलो संसार, सिर्जनाका पानाभरि पोखिन्थे । तर, ठ्याक्कै त्यस्तै र उस्तै नियतिका हप्तौं, महिनौं गर्दै वर्षौं बिताउँदा भने सोँच कति सतही रहेछ, रहर कति खुकुलो रहेछ र वास्तविकता कति जर्जर रहेछ भन्ने थाहा हात लागेको छ, यो मेरो अनुभवको एक थैलो अनुभूति हो ।
आखिर कति बाँचिएला अरु ? तीस, चालीस वर्ष ? हङकङको भागदौडपूर्ण दैनिकीमा यापन गर्ने सह-नेपालीहरुलाई हेर्छु । तिनमा हतारहरु हतारिएको देख्छु । सँधै दौडमा अनि होडमा लागिरहेका ती हुलहरुलाई हेर्दा एक किसिमको टीठ लागेर आउँछ । जीवनलाई मस्तसँग भोग्नेछु भन्दै हतारमा वर्तमान बाँच्दै गरेका तीमध्ये केही कोही हतारमै बितेका छन् । नामको लागि नामी हुँदै जाने क्रममा लाग्नेहरुमध्ये केही र कोही बेनामी बितेका छन् । सानो दायराभित्र नियाल्दै संसार देखेको वोध गर्नेहरु, त्यही सानो दायराभित्रै विलाएका छन् नपत्याउने गरी । दृष्टिमा नै सोँचले पोल्न थाल्ने हालात म सँधै अगाडि देख्छु, यसमा साहित्यिकता पटक्कै आउँदैन । के रुनलाई लय हाल्न सकिन्छ र ?
त्यो एउटा पक्ष हो, जीवनलाई यथार्थबाट हेर्ने तर अर्को पक्ष पनि छ । सीमा के हो त जीवनको ? कहिलेबाट हतार नगर्ने हो त जीवनमा ? कहिलेबाट ‘अब त वस्’ भन्ने हो त ? मान्छेले श्वास-प्रश्वास नरोकिएसम्म प्रयास गर्नै पर्दछ भन्दछन् ज्ञानीहरु, त्यो साँच्चै पनि हो । हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । कमजोरहरु भने आत्महत्या गर्दछन्, हातै उठाएर जीवन फाल्ने ती कर्ताहरुले अन्य हालातहरुका बारेमा मिहीन रुपमा आत्मविमर्श गरेका हुन्नन्, ज्ञारेन्टी हो । साँच्चै नै, हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । एउटा अनाम ‘भोलि’ हमेसा उपस्थित हुन्छ, हरेक त्यस्ता अनाम ‘भोलि’हरुका लागि कतियौं ‘आज’हरुलाई हतारमै बिताइन्छ, हो यो पक्कै हो, त्यही ‘भोलि’ हुनसक्छ, जसको आशामा म सायद संर्घषहरुको एक फेरो जीवनको चौखटमा छु । उत्साह छैन, विरक्ति अवश्य छैन, थकथकी छैन । गत एघार वर्षकै अनुभूतिको पुनरावृति गर्ने जमर्को मात्रै हो । ख्वै, त्यसमा साहित्यिकताको सिर्जन देख्दिनँ, खासगरी मचाहिँ ।
म एउटा बिन्दु होइन, मेरो हालात सायद एउटा बिन्दु हुनसक्दछ, जसका तादातमा थुप्रै बिन्दुहरु समाहित हुन्छन्, बन्न सक्दछन् । आवाज लगाउनेहरु थाकेका छन्, लाग्दछन्, सोँच्नेहरु गलेका छन्, लाग्दछन् । सम्भावनाहरुको क्षीण दृष्टिमा मननशीलता हङकङेली नेपाली चेतबाट सुस्ताएका छन्, लाग्दछन् । त्यसैले मेरो हालात एउटा बिन्दु हुनसक्दछ । यो साझा हालात हो । अचेल यहाँ कविताहरुमा देश बोल्दैन, अचेल कविताहरुमा माया बोल्दैन, खासगरी यहाँको पृष्ठभूमिमा । भावनाहरु नै कठोर लाग्ने र पार्ने किसिमका दैनिकी नेपालीले हात पारेका छन् । आँट्ने र गर्नेहरुबीच यहाँ एक अपूरणीय खाडल परेको र आखिरमा फराकिएको छ । स्वेदश र यहाँको प्रवासी हालातबीचमा फाटो फैलिएको छ । सुर हराएर बेसुरा भएको गाइनेजस्तै कडी हराउँदै धर्मराउँदो सम्पर्क बाँकी रहेको यो हालात पनि हो । राजनीतिका गलत प्रवृष्टिमा आमपन निस्सासिएका छन् । एक यही लहरमा हङकङ, हातको मुठीभित्रको प्राप्ति जस्तै बनेको छ, आम हङकङेली नेपालीवासीहरुका लागि । यो वास्तविकताले पोल्ने होइन, पेल्ने गरेको चेतनशीलताले सिर्जनशील हुन सक्दैन र त्यही भएको छ ।
समूलतः यही नै आम हङकङेली नेपालीको साहित्यमनाकाशमा हङकङ यसरी नै प्रदूषित देखिएको छ, रहेको छ अनि भोगिएको छ ।
-प्रकाश के.सी.
साँझ परेदेखि नै अत्यास लाग्ने चिसो अनुभूतिहरुको एक लहरहरु मनभित्र, आँधीजस्तै चल्न थाले पनि त्यसले कविताका भावहरुमा रुपान्तरित हुन छाडेको एउटा अवधि नै बनिसकेको छ । मनमा त्यो जागरण रहेन भन्न खोज्नु ढाकछोप मात्रै होइन, वास्तविकता पनि हो । जागरण हुँदै नहुने किसिमले आम मानिसहरु बाँच्दैनन् र बाँच्न पनि सक्दैनन्, पक्कै नै । जीवनका खण्डखण्डमा चल्ने आँधीबेहरीमा आन्दोलित नहुने मनहरु मानवजातिसँग नभएको एक कठोर वास्तविकता हो तथापि, आम नेपालीहरुकै तादातमा भावानुभूतिहरुलाई ज्युँका त्युँ नै हङकङेली जीवनयापनमा रहनसहनभित्र एक आदतको रुपमा राख्ने, हङकङेली नेपालीहरुका मनभित्र भने त्यसले तदनुरुप अनुभूतिशील, विचारशील र विवरणात्मक जागरण ल्याउन नसकेको तथ्य भने हो ।चराहरुका चिरविरहरु र कुखुराका भालेका बासाइहरुले आम हङकङेली नेपालीका समस्त विहानीहरुलाई त्यागेको वर्षौं भइसकेको छ । विभिन्न ऋतुजन्य दिनका पहिलो पवनले सो समानान्तर अनुभूतिहरुलाई यहाँका नेपालीका आम मनमा पदस्थापन गर्न छाडेको पनि वर्षौं भइसकेको छ । ‘भोलि’को एक अनाम रुप जो ‘हुनुपर्छ’ र ‘त्यसैले छ’ भनेकै हकमा भएका ‘भोलि’हरुका एक अव्यक्त आशा, सतशः पाल्ने ती आममनहरुमा त्यत्तिकै मात्रामा जीवनमा वर्तमान हालातमा बाँचिएका पलहरुसँग ‘मोह’ भएको र ती मोहहरुलाई त्यसरी नै बाँचिने प्रपञ्चको रुपमा मनमा राख्नुपरेको वाध्यता रहेको छ । निश्चय नै, मोहलाई साँच्नका लागि ‘वाध्यता’ देख्ने मननशीलतामा साहित्यभाव हुँदैन र भए पनि कारक रहँदैन ।
हङकङ बसाइको एकछत्र अवधिहरु, ‘अस्तित्वशीलता र अस्तित्वहीनता’ मध्येबाट एकको निर्क्यौल गर्ने क्रममा बितेका छन् । त्यसरी छिनोफानो गर्ने क्रममा रचनात्मक साहित्यिकताको एउटा लामो लहरहरु आम चेतनशील दिमागबाट बाहिरिएको नभई भित्रभित्रै जड भएका छन् । आफूलाई टेकाउन वा अड्याउनका लागि लहरा वा टेकोको खोजीको लागि, आम मनभित्र एक मिहीन सङ्घर्ष चलिरहेको बेलामा सिर्जनाहरु विरल पर्न जान्छन्, त्यही हुँदाहुँदै प्रकारन्तरले दिलाएको अस्तित्वको खोजीकै क्रममा मिल्ने प्राप्तिहरुले ती मनहरुलाई प्राज्ञिक चेतमा सानो दायरा दिने गरेको छ र त्यसरी अनुभूतिहरु रचनात्मक मानेमै साँघुरिएका छन् । यो हङकङको अद्योपान्त हेराइमा विरल हो र हङकङेली नेपाली समुदायमा सघन प्रतीत हो ।
विहान व्युँझेदेखि रात नपर्दासम्म र रात परेदेखि विहान नहुँदासम्म, एक रटान समयलाई उभ्याउँदै काट्ने नेपाली विचारहरुले यहाँ, पवनका कल्कलाउँदा लहरहरु, सूर्यका स्निग्ध र मलीन लालीहरु, आम आँखाहरुबाट व्यक्त कथाहरु, सुस्केराहरुमा अभिव्यक्त व्यथाहरु, हाँसोसँग सन्निपातिएका स्वच्छन्दता र स्वतन्त्रताहरु, शैलीमा दृष्टिगत जीवनहरु मथ्दैनन् र कथ्दैनन् पनि । ती यावत तपसीलमा पर्दै भावको पल्लो मोडबाट हराउन पुग्छन् । उभिएका समयहरुसँग उभिने एक लश्कर अप्ठ्याराहरुमा एउटा सानो परिवार यहाँ र त्यो तथा त्योभन्दा ठूलो अर्को परिवार नेपालमा सँगसँगै अटमटेसिएका हुन्छन् । ती अप्ठ्यारहरुमा साहित्यिकता जगाउन सक्ने घोँचाइ केही समयअघिबाट हराउँदै गएको छ । ती अप्ठ्याराहरु अहिले यहाँको सानो नेपाली परिवेशमा ‘आम’ भइसकेको छ, आमपनले कसैलाई घोँच्दैन । जस्तै, दिनको आठ, दशघण्टे लोड सेडिङ, हरेक दोश्रो वा तेश्रो दिन हुने बन्द, नेताहरुका फोस्रा आश्वासनहरु आम स्वदेशी नेपाली मनभित्र आम रुपमा प्रविष्ट भएकोले ती आम नेपाली मनहरुलाई घोँच्दैन । त्यसैले, त्यस्तै जस्तै, त्यस्ता अप्ठ्याराहरु नै आम भइसकेका हुन्छन् । नघोँचिने मनहरुबाट भावनाका उद्गारहरु निस्किँदैनन् र भावनाका उद्गारहरुबिना साहित्यिकताको सिर्जना हुँदैन । तर यो कारण सम्पूर्णतः भने होइन ।
‘हिजो’का एक संगत जो अद्यावधि ‘आज’ले आफूसँगै बोकिहिँड्न वाध्य हुन्छ भने ती ‘आजहरु ‘भोलि’का लागि अछुत हुन कदापि सक्दैनन् तर ‘हिजो’देखि आमपनमा टाँसिएको संगत, ‘आज हुँदै ‘भोलि’सम्म पनि फलदायी बन्न सक्दैन, त्यसको भने हङकङेली नेपाली साहित्यकाशमा धमिलो छाप परेको छ । यो एउटा विन्दु पक्कै हो, त्यर्सपर्यन्त लागतमा चर्चा गर्न सकिन्छ ।
जीविकोपार्जनको क्रममा समस्याहरुको खात वाषिर्क रुपमा चाक्लिँदै गएको छ । विरानो मुलुकमा सह-नेपालीहरुको साथ छुट्नु एक नियमिततामा दुःख हो भने कदम र कदाचितले पिछडिएको महशुस हुने अर्को थक्थकी हो । सम्भावनाहरु पातलिएर यति लामो समय बिताएपछि पनि सीमित बाटाहरु मात्र अगाडि देखिनु भने जीवनकै समयको हार हो । मुख्यभूमि चीनको प्रभाव र असरले एकछत्र गाँजेको शहरमा पर-पर मिल्किँदै गएको जस्तो देखिनु अर्को हार हो । पराजयको यस घडीमा काव्यिकताको हार मननशीलतामा नै गहन रुपमा परेको हुन्छ र त्यही भएको छ । त्यसैले, साहित्यिकताको आकाश धमिलिएको छ ।
कुनचाहिँ आभासले मनमा भाव उमार्न सक्दछ र कुनचाहिँ अत्यासले मनको भावलाई मार्न सक्दछ ? यो प्रश्नै हो । प्रवासी नेपालीहरुले गर्ने नेपालको एक मात्र कामना भनेको मुलुकको सम्वृद्धि नै हो । परदेशिएका पलहरुमा गुमाएका पसिनामा कहिँ न कतै र केही न केही मात्रामा रहने सुखानुवोधलाई सञ्चय गर्दै स्वदेश वापसी, ती प्रवासी कामनाभित्र एक गहन अंशको रुपमा पक्कै रहेको हुन्छ । नेपाली परिप्रेक्ष्यमा एक अमुक रुप दिन सक्ने र दिन तत्पर नेतृत्वकर्ताहरुका आपसी सङ्घर्षहरुले मुलुकको आधार-स्तम्भ नै भताभुङ्ग पारिरहेको अर्कोथरी यथार्थ हो । यही क्रममा, जीवनको एक लामो पाटा, सम्भावनाहरुको शिकारमा भिड्ने प्रवासी चेतनशीलतामा भोलिको त्यस अन्यौल स्वरुपले कुन हदसम्म सिर्जनशीलता दिनसक्दछ र ? मात्र अत्यासलाग्दो कल्पनाले परिलक्षित गर्ने ती मनका भावहरु, आम धारणामा कत्तिको प्रदूषित होला ? सानै अनुमान पनि पर्याप्त हुन्छ निचोडको लागि ।
समय अचेल काटेर काटिनसक्नूले फालाफाल भएको नभनी, ती समयहरुको जोडले मालामाल भएको छु म, भन्छु । सखारै जिस्क्याउन आउने हतारहरु अहिले थाकेजस्तै गरी बेडरुमको एक कुनामा पल्टिरहेको हुन्छ र पल्टिरहेको सो हतारलाई हौस्याउँदै अल्छीपना भने एक तमास बनिदिन्छ, त्यही त्यसरी शारीरिक हालातमा एक तमास रहन्छ तर मानसिक क्रियाशीलतामा चौपटै आँधी चल्न थाल्दछ । एउटा लामो समय अथवा जीवनकै एक खण्ड हङकङमा बिताइएछ । हिजो-अस्ति जस्तो लाग्थ्यो, तर त्यसरी बितिसकेको समयले भने आम रुपमै र्सवत्र छाप छोडिसकेको छ, र त्यही क्रममा भन्नै पर्ने हुन्छ, म पहिलेजस्तो रहिनँ । अवश्य, पहिले जस्तो समयले छाड्दै जाँदा कोही रहँदैनन्, तर पहिलेजस्तो नरहनेहरु कस्तो रहलान् त ? यो प्रश्नलाई मैले उत्तर दिनुपर्छ ।
एउटा उत्साह थियो, जीवनको, तत्कालीन भविष्यको । त्यो उत्साहलाई साथ दिन शरीर र मनभरि आन्दोलित अनि वेगवान जाँगरहरु थियो । विहानै हतारलाई पर्छार्न खोज्ने उत्सुकताहरु बेडरुमबाट हक्कानिएर रोडमा दौडन पुथ्यो, मननशीलतामा एउटा संसार सस्वरुप खेलिरहन्थ्यो । स्वदेशमा बिताइएका पलहरु र त्यहाँ नभेटिएका, त्यहाँ गुमाइएका अनि त्यहाँ कल्पना गरिएका परिवेशहरु छायासरि शरीर हुँदै मनभित्र संचित हुन्थ्यो । त्यही पनाहरु कतिपय कागजभरि पोखिन्थे । भावनाका उत्श्रृङ्खल उच्छवासहरु कविताका हरफहरुमा फुर्थे । सँधै एक सुनौलो संसार, सिर्जनाका पानाभरि पोखिन्थे । तर, ठ्याक्कै त्यस्तै र उस्तै नियतिका हप्तौं, महिनौं गर्दै वर्षौं बिताउँदा भने सोँच कति सतही रहेछ, रहर कति खुकुलो रहेछ र वास्तविकता कति जर्जर रहेछ भन्ने थाहा हात लागेको छ, यो मेरो अनुभवको एक थैलो अनुभूति हो ।
आखिर कति बाँचिएला अरु ? तीस, चालीस वर्ष ? हङकङको भागदौडपूर्ण दैनिकीमा यापन गर्ने सह-नेपालीहरुलाई हेर्छु । तिनमा हतारहरु हतारिएको देख्छु । सँधै दौडमा अनि होडमा लागिरहेका ती हुलहरुलाई हेर्दा एक किसिमको टीठ लागेर आउँछ । जीवनलाई मस्तसँग भोग्नेछु भन्दै हतारमा वर्तमान बाँच्दै गरेका तीमध्ये केही कोही हतारमै बितेका छन् । नामको लागि नामी हुँदै जाने क्रममा लाग्नेहरुमध्ये केही र कोही बेनामी बितेका छन् । सानो दायराभित्र नियाल्दै संसार देखेको वोध गर्नेहरु, त्यही सानो दायराभित्रै विलाएका छन् नपत्याउने गरी । दृष्टिमा नै सोँचले पोल्न थाल्ने हालात म सँधै अगाडि देख्छु, यसमा साहित्यिकता पटक्कै आउँदैन । के रुनलाई लय हाल्न सकिन्छ र ?
त्यो एउटा पक्ष हो, जीवनलाई यथार्थबाट हेर्ने तर अर्को पक्ष पनि छ । सीमा के हो त जीवनको ? कहिलेबाट हतार नगर्ने हो त जीवनमा ? कहिलेबाट ‘अब त वस्’ भन्ने हो त ? मान्छेले श्वास-प्रश्वास नरोकिएसम्म प्रयास गर्नै पर्दछ भन्दछन् ज्ञानीहरु, त्यो साँच्चै पनि हो । हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । कमजोरहरु भने आत्महत्या गर्दछन्, हातै उठाएर जीवन फाल्ने ती कर्ताहरुले अन्य हालातहरुका बारेमा मिहीन रुपमा आत्मविमर्श गरेका हुन्नन्, ज्ञारेन्टी हो । साँच्चै नै, हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । एउटा अनाम ‘भोलि’ हमेसा उपस्थित हुन्छ, हरेक त्यस्ता अनाम ‘भोलि’हरुका लागि कतियौं ‘आज’हरुलाई हतारमै बिताइन्छ, हो यो पक्कै हो, त्यही ‘भोलि’ हुनसक्छ, जसको आशामा म सायद संर्घषहरुको एक फेरो जीवनको चौखटमा छु । उत्साह छैन, विरक्ति अवश्य छैन, थकथकी छैन । गत एघार वर्षकै अनुभूतिको पुनरावृति गर्ने जमर्को मात्रै हो । ख्वै, त्यसमा साहित्यिकताको सिर्जन देख्दिनँ, खासगरी मचाहिँ ।
म एउटा बिन्दु होइन, मेरो हालात सायद एउटा बिन्दु हुनसक्दछ, जसका तादातमा थुप्रै बिन्दुहरु समाहित हुन्छन्, बन्न सक्दछन् । आवाज लगाउनेहरु थाकेका छन्, लाग्दछन्, सोँच्नेहरु गलेका छन्, लाग्दछन् । सम्भावनाहरुको क्षीण दृष्टिमा मननशीलता हङकङेली नेपाली चेतबाट सुस्ताएका छन्, लाग्दछन् । त्यसैले मेरो हालात एउटा बिन्दु हुनसक्दछ । यो साझा हालात हो । अचेल यहाँ कविताहरुमा देश बोल्दैन, अचेल कविताहरुमा माया बोल्दैन, खासगरी यहाँको पृष्ठभूमिमा । भावनाहरु नै कठोर लाग्ने र पार्ने किसिमका दैनिकी नेपालीले हात पारेका छन् । आँट्ने र गर्नेहरुबीच यहाँ एक अपूरणीय खाडल परेको र आखिरमा फराकिएको छ । स्वेदश र यहाँको प्रवासी हालातबीचमा फाटो फैलिएको छ । सुर हराएर बेसुरा भएको गाइनेजस्तै कडी हराउँदै धर्मराउँदो सम्पर्क बाँकी रहेको यो हालात पनि हो । राजनीतिका गलत प्रवृष्टिमा आमपन निस्सासिएका छन् । एक यही लहरमा हङकङ, हातको मुठीभित्रको प्राप्ति जस्तै बनेको छ, आम हङकङेली नेपालीवासीहरुका लागि । यो वास्तविकताले पोल्ने होइन, पेल्ने गरेको चेतनशीलताले सिर्जनशील हुन सक्दैन र त्यही भएको छ ।
समूलतः यही नै आम हङकङेली नेपालीको साहित्यमनाकाशमा हङकङ यसरी नै प्रदूषित देखिएको छ, रहेको छ अनि भोगिएको छ ।
Tree Blessing
-Ruskin Bond
Grandmother often said:
"Blessed is the house upon whose walls
The shade of an old tree softly falls.
"We had no tree near our cottage
So I planted one last spring.
It's six months old now,
And growing fastIn six years time there'll be
A blessing.

The Mother's Dream (Gopal Prasad Rimal)
Gopal Prasad Rimal was a poet in Kathmandu, Nepal(1918-1973). During his adolescence, he came under the influence of revolutionaries who were aspiring to overthrow the then despotic Rana regime. Though Rimal had begun his career as a successful poet in 1930, and as a playwright in 1940, it was in 1941 that the real Rimal emerged on the center stage of Nepal's literary and political arena. In 1941, the brutal execution of the patriot Dashrath Chand and his friends fired Rimal's imagination and thus revolution became the bedrock of his creative ventures. Rimal founded a creative organization called "Praja Panchayat" to raise a voice against the suppression of Nepalese masses by the autocratic Rana rulers, and was imprisoned on several occasions for his involvement in the Movement. He played a pivotal role in making the 1950-51 Democratic Movement successful, but soon after he grew disillusioned. His dreams of a democratic Nepal were shattered as "harlots of anarchy" in the garb of democracy started dancing in the "castles of filth." Rimal lost his mental balance and was sent to an asylum in Ranchi. Later, he was brought back to Nepal to spend the rest of his life roaming insane in the streets of Kathmandu with the dream of a true democracy seething within him. Rimal died in 1973
The Mother's Dream
Mummy ! Will he come ?
"Yes, my child, he will come.
He will come pouring light like the morning sun.
You will see a weapon, shining like dew
Suspended from his waist,
With that will he fight evil !
You will at first imagine his presence to be an illusion,
And touch him with your fingers
To feel him, but he will come
More tactile than snow or fire."
Are you sure, Mummy?
"Yes, when you were born, I had hopes
To see him mirrored in your enchanting smile;
His soft voice in your lisping speech;
But that sweet song
Did not make you its flute.
You shall be he-
This was the dream of my youth.
Nevertheless, he will come
I'm the Mother, and as a mouthpiece
Of all the creative impulse,
I can say, will come he.
When he comes
You will not seek shelter
In my lap as you do now;
You will not listen to the truth
Entranced as if it were a fairy tale;
You yourself will be able
To see, bear and accept him;
Instead of listening to me in this way
You will leave for battle, giving
consolation to the inconsolable mother's heart,
I will no longer have to fondle your hair like this As if you were
An invalid.
You will see, he will come like a storm,
And you will follow him like a leaf !
In the past when he poured himself out like moonlight,
Falling down from life's sphere,
The vast immobile cosmos had wiggled.
He will come, my child,
And you will get up."
Will he come, Mummy?
As the coming dawn tickles the bird's throat
So is my anxious heart tremulous for his arrival.
"Yes, he will come like the morning sun pouring light.
Now, I get up and go.
But you shall be he-
This was the dream of my youth."

यो जीवन
चन्द्र गुरुङ
यो जीवन
बिहान सबेरै चिया गिलासबाट
आकाश छुने रहरहरू बोक्दै
बाफ बनेर उठ्छ ।
त्यसपछि केही क्षण
यता ठोकिन्छ...
उता ठोकिन्छ...
भौँतारिरहन्छ कल्पनाको संसारमा
आखिर
आफ्नो लक्ष्यमा पुग्नुअघि नै विलीन हुन पुग्छ ।
कहिलेकाहीँ म
बिरानीमा उभिएर
चिनी-पत्तीबिनाको चियाझैँ बनेको जीवनलाई
निल्छु बिस्तारै घुटुक्क...घुटुक्क...
न कुनै रङ
न कुनै स्वाद
न कुनै मीठास
केवल सपनाहरूले भोक शान्त पार्न
र इच्छाहरूका उत्ताउलो तिर्खा मेट्नको लागि ।
यो जीवन
प्रत्येक बिहान मभित्र उम्लिरहेका
नानाथरी सोचाइहरूझैँ सुरु हुन्छ
तर दिनभरिको थकान
र असफलताहरूले टुक्रिएर
हर साँझ
ठस्स गन्हाउँछ कुहिएका सपनाहरूझैँ
र तीतो अनुभवहरूको एउटा नमीठो गन्ध
फैलिँदै जान्छ -
मुटुको कुना-कुनामा ।

पहिरो
चन्द्र गुरुङ
हिजो राती
पहिरो गएछ मेरो गाउँमा
बगाएछ डाँडामाथिको गुम्बा
बगाएछ खोला-किनारको मन्दिर
र बगाएछ गाउँमाझको मस्जिद ।
तर बिहान सबेरै
लामा गुरुले स्वार्थको ँमाने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल-कपटको प्रसाद बाँडिरहेको भेटेँ
र मौलवीले जातीयताको पर्खाल निर्माण गरिरहेको सुनेँ
सायद
थुप्रै बेथितिहरूलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।
हिजो राति
पहिरो गएछ मेरो गाउँमा
बगाएछ साना-ठूला घर-गोठहरू
बगाएछ गरिबका मन धान्ने हरिया खेत-बारीहरू
र बगाएछ असङ्ख्य चौपाया-दोपाया जीवनहरू
तर बिहान सबेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउन
आइपुगेको साहूलाई भेटेँ
खेतबारीहरूमा थुप्रै सपनाहरू रोपेका
किसानहरूका आँखामा आँसु र व्यथा देखेँ
र हर घर-आँगनमा
मात्र मृत्यु पल्टेको सुनेँ
सायद
थुपै्र बेथितिहरूलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।
हिजो राती
पहिरो गएछ मेरो गाउँमा
बगाएछ गोदामहरूमा सुतिरहेका अन्नका बोराहरू
बगाएछ खेतहरूमा उभिएका लहलहाउँदो बाली
र बगाएछ थुप्रै लत्ता-कपडाहरू
तर अझै पनि
अशान्त भोकलाई
गाउँलेहरूको पेटमा अल्झेको देख्छु
निर्वस्त्र नाङ्गोपनलाई
पीडितहरूका अङ्गमा टाँस्सिएको भेट्छु
चन्द्र
थुप्रै बेथितिहरूलाई
पहिरोले कहाँ बगाउन सक्दो रहेछ झ्

यथार्थवादी कवि भूपि

प्रकाश रेग्मी
'अल्झेछ क्यारे पछ्यौरी तिम्रो
चियाको बुटामा
बल्झेछ क्यारे सुनको काँढा
कलिलो खुट्टामा' -अल्झेछ क्यारे'.)
देशको तत्कालीन अवस्था र व्यवस्थाले साह्रै नै पिरोलिएका भूपि शेरचन आधुनिक नेपाली कविता साहित्यका होनहार प्रतिभा हुन् । नेपाली साहित्यको इतिहास केलाउँदा आधुनिक नेपाली कविता साहित्यमा उनको नाम अग्रपङ्क्तिमा पर्दछ । साहित्यका भिन्न विधामा कलम चलाई साहित्यिक आकाश चुम्ने कवि शेरचन नेपाली सङ्गीतको स्वर्ण्र्िम युगका उत्कृष्ट राष्ट्रवादी कवि एवं गीतकार पनि हुन् ।
सुब्बा हितमान शेरचनको कान्छो छोराका रूपमा वि.सं. १९९२ साल पुस १० गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा उहाँको जन्म भएको हो । करिब ५ वर्षकै उमेरमा मातृवियोग सहनुपरेका कवि शेरचनको चिनाको नाम भाग्यमान शेरचन -कहीँ-कहीँ भूपेन्द्रमान शेरचन उल्लेख गरिएको) भए पनि उनी नेपाली साहित्यमा "भूपि" उपनामले नै सुपरिचित छन् ।
नेपाली साहित्यमा चिन्तन र लेखनका क्लिष्ट शैलीहरू चल्तीमा रहेका बेला भूपिले सरल, सरस र सार्थक साहित्य सिर्जना हुनसक्छ भन्ने कुरो प्रमाणित गरिदिए । छन्द कविताको बोलवाला रहेको समयमा गोपालप्रसाद रिमालले गद्य शैलीमा प्रारम्भ गरेको क्रान्ति भूपिले सफल पारे ।
प्रगतिवादी धारा र समसामयिक धाराका अनुयायीका रूपमा रहेका कवि शेरचनले कविताका साथै गीत, गजल, मुक्तक र नाटकमा समेत कलम चलाई सफलता पाएका छन् । तैपनि उनको सबैभन्दा मनपर्ने साहित्यिक विधा भने कविता नै रह्यो । वि.सं. २००८/१० सालदेखि सक्रिय कविका रूपमा देखापरेका कवि शेरचनले नयाँ झ्याउरे, निर्झर, घुम्ने मेचमाथि अन्धो मान्छे र भूपि शेरचनका कविता -सम्पादक शिव रेग्मी २०५७) जस्ता ४ वटा मात्र कविता सङ्ग्रह दिए नेपाली साहित्यलाई । तैपनि आफ्ना यी चारैवटा कविता सङ्ग्रहमा भिन्न भिन्न रूपमा प्रकट भएका शेरचन घुम्ने मेचमाथि अन्धो मान्छे कविता सङ्ग्रहको प्रकाशनपछि अत्यन्तै चर्चामा आए ।
सरल भाषा र तीखो व्यङ्ग्यले भूपिका कविता निकै लोकपि्रय र सशक्त बनेका छन् । उनका कवितामा अन्याय, अत्याचार, सामाजिक विषमता, आर्थिक शोषण र राजनीतिक अवसरवादितादेखि त्रस्त र कम्पित मानवीय भावहरू प्रभावित पाइन्छन् । सर्वसाधारणका नाममा माथि उठ्ने र उनीहरूकै पसिनामा रजाइँ गर्ने मनोवृत्ति कवि शेरचन रत्तिभर मन पराउँदैनन् । साँच्चै भन्ने हो भने पहिला-पहिला आफूलाई सर्वहारा भनेर चिनाउन खोज्ने र पछि त कम्युनिष्टबाट कवि भएँ भनेर आत्मटिप्पणी गर्ने उनको 'घुम्ने मेचमाथि अन्धो मान्छे', 'यो हल्लै हल्लाको देश हो', 'शहिदको सम्झनामा' र 'हामी' जस्ता कविताका शीर्षक र पङ्क्तिहरू नेपाली भाषामा चल्तीका वाक्यांश बन्नपुगेका छन् । तीन/चार दशक अघि लेखिएका उनका कविता आर्थिक, सामाजिक र राजनीतिक परिवेशको भावी कल्पना गरेर लेखेजस्तो अहिले पनि निकै समसामयिक देखिएका छन् ।
हामी आफुखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइ दिनुपर्ने,
...
...
हामी रंगरोगन छुटेका, टुटेका, फुटेका
पुरानो क्यारिमबोर्डका गोटी हौँ
हो, हामी मानिस कम र बर्ता गोटी हौं । -'हामी')
नेपाली भाषाका पुस्तकमा सबैभन्दा बढी पढिनेमध्ये भूपिको 'घुम्ने मेचमाथि अन्धो मान्छे' पनि हो । उनको यो लोकपि्रय कविता सङ्ग्रह ४० हजारभन्दा बढी प्रति छापिइसकेको साझा प्रकाशनबाट थाहा पाउँदा यसबाट उनको जनपि्रयताको सहजै आँकलन गर्न सकिन्छ । नेपाली राज्य सञ्चालनकर्ताहरू अन्धा छन् र तिनै अन्धाहरू शासन सत्ताको घुम्ने मेचमाथि बसेको यथार्थ पस्कन्छन् भूपि 'घुम्ने मेचमाथि अन्धो मान्छे' मा । फेरि पनि काठमाडौँवादप्रति कवि भूपिको कटाक्ष छ, त्यसैले उनी भन्छन्-
साँझमा जब नेपाल खुम्चिएर काठमाडौँ
काठमाडौँ डल्लिएर नयाँ सडक
र, नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर, अखबार, चिया र पानको पसल बन्छ ।
घुम्ने मेचमाथि बसेपछि त्यसको शक्ति सम्पन्नताले अन्धो बनाउँछ मान्छेलाई । दिनभरि घुम्ने मेचमा निदाएर वा झोक्राएर बस्ने कुर्सीधारीहरू समग्रमा अन्धा हुन् र तिनै अन्धाहरूको शासनमा शासित थिए भूपि र शासित छौँ हामी ।
जटिल युगमा देखापरेका भूपिको साहित्यिक युग वास्तवमै जटिल कविताको युग थियो । डाइनल टमस, टी.एस. इलियट, एज्रापाउण्ड आदि विदेशी लेखकबाट प्रभावित युग र त्यस युगबाट अति नै प्रभावित भूपिको 'घुम्ने मेचमाथि अन्धो मान्छे' व्यङ्ग्य, विद्रोह अनि ओजस्वी अभिव्यक्ति र गद्यात्मक लयका कारण लोकपि्रय भएको हो । त्यसबखतका स्थापित र नयाँ कविका आदर्श कवि भूपि थिएनन् तर परिवर्तनशील समयले गर्दा भूपि कविहरूका नायक जस्तै भएर आए । पछिका पुस्ताले पनि काब्य लेखनको आदर्शका रूपमा भूपिलाई अँगालेको पाइन्छ । भूपिको त्यो नायकत्व अहिलेसम्म पनि यथावत छ । भूपिका कविता विकृति र विसङ्गतिविरुद्ध मात्र छैनन् । उनका कतिपय कवितामा प्रकृति प्रेम पाइन्छ भने कतिपयमा व्यक्तिगत प्रेमको सङ्केत पनि झल्कन्छ ।
वि.सं. २०१२ सालमा नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका शेरचनले वि.सं. २०२६ सालमा पहिलो साझा पुरस्कार प्राप्त गरे । साथै वि.सं. २०३६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य पदमा रही कुशल भूमिका निर्वाह गरे । २०३८ सालदेखि दम, क्षयरोग तथा मधुमेहबाट आक्रन्त भूपिलाई नयाँ दिल्ली, बैङ्कक र भेलोरको उपचारले पनि निको पार्न सकेन । २०४६ जेठ १ गते उनले यस संसारबाट बिदा लिए । आज उनी हाम्रो सामु छैनन् तैपनि उनका उत्कृष्ट काव्यकृतिले गर्दा उनी सधैँ हामीबीच छन् । अन्त्यमा दिवंगत भूपिलाई श्रद्धास्वरूप उनकै यी शब्दहरू-
''मैले पिएकोमा रिसाएका साथीहरू,
पिएर त हेर, पिउन झन गाह्रो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर,
जिउन झन् गाह्रो छ ÛÛ''
City, city

-Marci Ridlon
City, city,
Wrong and bad,
Looms above me
When I'm sad,
Throws its shadow on my care,
Sheds its poison
In my air,
Pounds me with its
Noisy fist,
Sprays me with its
Sooty mist.

Till, with sadness
On my face,
I long to live
Another place.
City, city
Golden-clad
Shines around me
When I'm glad,
Lifts me with its
Strength and height,
Fills me with its
Sound and sight,

Takes me to its
Crowded heart,
Holds me so
Won't depart.
Till, with gladness
On my face,
I wouldn't live
Another place.
हामी गरिब होइनौं, मूर्ख

कर्ण शाक्य -
खुट्टा नभएकी एउटा विदेशी महिला आफूले प्राप्त गरेको बिमा रकमबाट लुक्लामा अस्पताल बनाउन आउँछिन् । बेलायतको एउटा साधारण परिवार आफ्नो घरको बहालले अन्धाहरूका निम्ति पोखरामा मालिससम्बन्धी तालिम केन्द्र बनाउन आउँछिन् । जापानको एउटा ट्याक्सी ड्राइभर लान्दु्रकमा आफ्नै स्रोत र साधनबाट सानो जलविद्युत् योजना स्थापना गर्छ । तर हामीले आफ्नो मातृभूमिलाई केही गर्न चाहेनौं । जसले केही गर्न सक्थ्ोे, उनीहरू झन् धन र शक्तिका लागि देशलाई नै हारालुछ गरिरहेछन् । एकचोटी मन्त्री भइसकेपछि उसलाई सधैं ठूलो पद नै चाहिने, पद पाएन भने त बौलाहा नै हुनेे । एउटा शक्तिभोगी मानवअधिकारवादी नागरिक समाजका नेतालाई सोधँे, 'तपाईं सधैं जनता-जनता भनेर राजनीति गर्न खोज्नुहुन्छ, जनताको परिभाषा के हो, जनता भनेको को हो ? के तपाईंको पछाडि कमसेकम तपाईंका भाइ र श्रीमती त छन् ?
यो लेख अङ्ग्रेजीमा लेख्न चाहेको थिएँ । तर विदेशीसामु देशको बेइज्जत गरेर आकाशमा थुक्न चाहन्न । कस्तो विडम्बना, भगवान्ले हामीलाई अथाह प्रकृति दिए, पुर्खाले हामीलाई अनगिन्ती संस्कृति दियो । तर हामीले यसलाई न सदुपयोग गर्न सक्यौं न संरक्षण नैै । झैझगडामै समय बितायौं । भुटानजस्तो देश एउटा नदीको पानीबाट बिजुली निकालेर दक्षिण एसियाकै सम्पन्न राष्ट्र बन्न सक्षम भयोे, हामी त हिमालै बोकेको राष्ट्र, खबार्ंै मुरी हाम्रो पानी बगिरहन्छ । नदीहरूबाट बिजुली उत्पादन गर्ने त कता हो कता, बाँध बाँध्ने कुरामात्र गर्नासाथ सबैलाई चिन्ता लाग्ने । त्यो विद्यार्थी होस् वा राजनीतिज्ञ, त्यो पत्रकार होस्, चाहे साहित्यकार । चालीस वर्षे शाही नेपाल वायुसेवा निगमको हालत त्यस्तै नाजुक छ, एउटा विमान किन्न खोज्यो भने शंका र उजुरीको भुमरीमा फँसिहाल्ने । नेपालमा इमानदार मानिसको आँत सुकेर गयो, बेइमानलाई कसैले छेक्न सकेन । यो जलस्रोत र वायुसेवा निगमको मात्र कुरा होइन, कानुन, शिक्षा र जुनसुकै क्षेत्रको पनि हालत नाजुक छ । आफू जित्यो भने छाती फुलाएर हिँड्छ, हार्यो भने विधिको शासनलाई सराप्न थाल्छ । यो कस्तो लाछीपन ? न आफू काम गर्छ न अरूलाई गर्न दिन्छ । जान्नु-बुझ्नु केही छैन, एकजनाले हुन्न भन्ोेपछि त हुन्न-हुन्न । जुन विषय, जुन क्षेत्र आफ्नो होइन, त्यसमा जान्ने भएर बोल्ने प्रतिक्रिया दिने किन ? हाम्रोे योे कस्तो मनिस्थिति, खान पाएन भने महिनौंसम्म पटुका कसेर ढुंगा राखेर पनि बस्न सक्ने, तर खाना पाउनासाथ नुन चर्काे-पिरो भयो भनेर आलोचना गरिहाल्ने ।
नेपालमा जब नयाँ वर्ष आउँछ, अनेक रंगीचंगी कागजका झण्डा बनाएर टोल-टोललाई दुलहीजस्तै सिंगार्छन्, झिलिमिली बत्ती बाल्छन्, मोटरसाइकल र्यामली गर्छन् । ठीक छ, उल्लासपूर्ण वातावरणमा नयाँ वर्ष मन्ााउनुपर्छ । महोत्सवमा भाग पनि लिनुपर्छ । तर उत्सव-महोत्सव सबै सिद्धिएर महिनौं-महिना बित्ािसक्दा पनि बाटोभरि झुन्ड्याइराखेका तुल त्यसै रहन्छन् । त्यसलाई निकालेर फ्याँक्ने कोसिस कसैले गर्दैन । स्वयम्भू, लुम्बिनी र कतिपय धार्मिकस्थलमा श्रद्धालु भक्तजनले मन्त्र लेखेका कपडाका झण्डाहरू मन्दिरको टुप्पोमा मिहेनत गरेर सजाउँछन् । धर्ममा आस्था राख्नु राम्रो हो, भगवान्को पूजा गर्नुपर्छ । तर घामपानीले मक्किइसकेका ती झुत्रा तुल महिनौंसम्म झुन्डिइरहँदा पवित्र तीर्थस्थलको सम्पूर्ण वातावरणलाई प्रदूषित बनाइदिन्छ । के त्यो झण्डा राखेपछि निकाल्नु पर्दैन ? धर्म गर्नेले कर्म गर्नु पर्दैन ?
नेपालका मस्जिदहरूमा 'लाउड स्पीकर' लगाएर ठूलठूलो स्वरले 'अल्लाह अक्बर' भनेर प्रार्थना गर्दा सायद मुस्लिम समुदायलाई मनपर्न सक्ला, तर मस्जिदबाहिर बस्ने हिन्दू, बुद्धिस्ट र क्रिश्चियनहरूलाई पनि त्योे प्रार्थना मनपर्नुपर्ने आवश्यकता छ र ? ढ्वाङ फुकेर धर्म प्रचार गर्नु यो मुस्लिम समुदाय मात्रले जन्माएको समस्या होइन । हाम्रो देशको अधिकांश धर्मस्थलहरूमा बेढंगे धार्मिक क्रियाकलाप बेरोकटोक मनाउने गर्छन् । यसपाली शान्तिको प्रतीक लुम्बिनीको मायादेवी मन्दिर परिसरभित्र पनि भजनमण्डलीले लाउड स्पीकर लगाएर भजन गर्न थालेका छन् । आफ्नो संस्कार, धर्म र जातीय कर्मकाण्डलाई मात्र महत्त्व दिएर अरूहरूको संस्कृतिलाई हेपाहा दृष्टिकोणले हेर्ने यो हाम्रो इथिनोसेन्टि्रजम मनोवृत्तिलाई हामीले परित्याग गर्नैपर्छ । अब त हुँदाहुँदा राजधानीको केन्द्रविन्दु नारायणचौरमा समेत पाल हालेर चारैदिशामा लाउड स्पीकर लगाई पूजापाठ गर्न लागिसके । के यो कार्यक्रमलाई टोलमा बस्ने सबै मानिसले मनपराएका होलान् त ? स्कुलमा जाने बच्चाहरू छन्, होमवर्क गर्नुपर्छ, त्यो वातावरणमा बच्चाले कसरी पढ्न सक्लान् ? तराई क्षेत्रको त कुरै छोडौं, साना-साना चियापसलेले पनि आफ्नो ग्राहक तान्न जताततै ढ्वाङ राखेर बेसुरे फिल्मी गीत बजाउने गर्छन् । विवाह, व्रतवन्धको बेलामा त कुरै छैन, बस् सारा संसार नै उनीहरूको भयो ।
हामी आवेशमा आएर खुसियाली मनाउन पायौं भने आँखै देख्दैनौं । ऋण लिएर भए पनि भोजभतेर गरिहाल्नुपर्ने । तर तडक-भडक सकिसकेपछि हामी सबै बिर्सन्छौं । प्रकृतिको काखमा हामी वनभोज गर्न जान्छौं, तर फोहोरमैला त्यहीं फ्याँकेर आउँछौं । आलु खाएर पेडाको धाक गरी मोटरसाइकल र मोटरहरू सडकमा गुडाउन मरिहत्ते गर्छाैं, अनि जहाँ पायो त्यहीं विवेकहीन तरिकाले पार्किङ गरी टा्रफिक जाम गराइदिन्छौं । कस्ता स्वार्थी हामी ? आफूलाई असजिलो र मर्का पर्योे भने तुरुन्तै रिस उठ्ने तर आफ्नो भूलबाट अरूलाई कति मर्का पर्छ सोच्दै नसोच्ने ? स्वार्थमा गुम्सिएर हामी यति अन्धो भयौं कि अरूको समस्यालाई ध्यानै दिन सकेनौं । असन, इन्द्रचोक, ठमेलको कुनै पनि सडक, गल्लीमा बिहान हिँड्दा हरेक पसलेले आ-आफ्नो पसल सफा गरेर धूलो जम्मै सडकमा फ्याँक्छन् । यतिमात्र होइन, आ-आफ्नो पसलको 'डोरम्याट' सडकको बीचमा उल्टाएर राख्छन् । यो किन गरेको हो, अहिलेसम्म बुझेको छैन । डोरम्याटमाथि गाडी गुड्यो भने धूलो झर्ला भनेर हो कि ? के आफ्नो पसलमात्र सफा भए पुग्यो त ? ती फोहोर र घिनलाग्दा डोरम्याट राखेर सडकलाई बेइज्जत गर्न यसरी पाइन्छ ?
यो भएन, त्यो भएन भनेर सरकारलाई मात्र गाली गर्ने पक्षमा म छैन । हरेक विकृतिलाई सरकारी नियमले मात्र बाँध्न सक्दैन । हामीले आफैंलाई विवेकको नियमले बाँध्नुपर्छ । म एक सकारात्मक सोच राख्ने व्यक्ति हुँ । तर पाठक भन्ठान्लान्, यो कस्तो ढोँगी, हरेक क्रियाकलापको नराम्रो पक्षलाई मात्र हेर्छ । वास्तवमा सकारात्मक सोचको उत्पत्ति समालोचनात्मक दृष्टिकोणबाट नै आउँछ । सबै थोक ठीक छ, राम्रो छ, मात्र भनेर समस्या सुल्भिmँदैन । समाजका कुरीति र विकृतिलाई आँखा चिम्लेर स्वीकार्नु सरासर हरुवा प्रवृत्ति हो । साथै व्यावहारिक जीवनको धरातललाई बिर्सिएर सबै राम्रै हुनेछ भनी आशा राख्नुु पनि सकारात्मक सोच होइन, मात्र सपना वा विसफुल थिङकिङ हो । तसर्थ सकारात्मक सोचलाई मूर्तरूप दिने हो भने समाजका अँध्यारो पक्षलाई पनि नियालेर हेर्नैपर्छ । त्यस्ाका कमी-कमजोरीलाई व्यावहारिक प्रक्रियाबाट निराकरण र शुद्धीकरण गर्न खोज्नु नै सकारात्मक प्रयास हो ।
देशका कुनाकाप्चामा अनेक आर्थिक, सामाजिक र राजनीतिक विकृति छन् । यद्यपि ती सम्पूर्ण समस्याको समाधान पैसाको बलबाट मात्र हुँदैन । न सरकारी प्रयासबाट हुन्छ न त आमूल राजनीतिक परिवर्तन बाट नै सम्भव हुन्छ । तीे समस्या हामी आफैंले नै जन्माएका हौं । समस्या हाम्रै हो र समाधानको उपाय पनि हामीभित्र नै छ । समस्या समाधानको साँचो अधिकार होइन, चिन्तन हो, कर्तव्य हो । अधिकार खोज्नु नराम्रो होइन । तर कर्तव्य विनाको अधिकार परजीवीपन हो । अधिकार हाम्रो मर्म हो भने कर्तव्य हाम्रो कर्म हो ।
चन्दा दिएर, श्रमदान गरेरमात्र समाजसेवा गर्नुपर्छ भन्ने छैन । आफूले गर्नुपर्ने सानोे काममात्र गरिदिए पनि धेरै सुधार हुन्छ । कथंकदाचित् सुधार्न सकेन भने कमसेकम बिगार्ने काम त नगरौं । हाम्रो समाजमा एउटा हलुवाइले शुद्ध रोटीमात्र बेचिदियो भने, एउटा ट्याक्सी ड्राइभरले ग्राहकलाई मात्र नठगिदिए पनि वा एउटा तरकारी पसलेले फुटपाथ अतिक्रमण नगरी आफ्नै पसलभित्र मात्र तरकारी बेच्यो भने वा एउटा छिमेकीले अर्काे छिमेकीको मर्कामात्र बुझिदियो भने वा एउटी गृहिणीले घरको फोहोर फ्याँक्ने ठाउँमा मात्र फाल्दिइन् भने वा एउटा कुचीकारले आफ्नो समयमा सडकमात्रै राम्ररी सफा गरे वा एउटा पाइलटले समयमा प्लेन उडाइदिए धेरै समस्या सुल्झिन्छ । त्यस्तै एउटा विद्यार्थीले आफ्नो पाठमात्र पढिदिए पनि वा एउटा शिक्षकले शिक्षामात्र दिए वा एउटा चुनावमा उत्रेका उम्मेदवारले चुनावपश्चात् भित्तामा आफैंले टाँसेका पोस्टरमात्र निकालिदिए वा एउटा सरकारी कर्मचारीले आफ्नो फाइलमात्र टुङ्गयाइदिए वा एउटा पत्रकारले आफ्नो अन्तरआत्माले देखेको कुरालाई मात्र लेखिदियो भने वा एउटा कमिसन एजेन्टले सरकारी कर्मचारीलाई लोभमा मात्र नफँसाए वा एउटा मन्त्रीले आफ्नो कार्यालयमा राजनीतिक कार्यकर्तालाई नभेटी नियमपूर्वक गर्नुपर्ने निर्णयमात्र गरिदिए वा जसको जिम्मेवारी जे छ, त्यतिमात्र इमानदारीपूर्वक गरिदियो भने पनि नेपालका ९० प्रतिशत समस्या समाधान हुन्छन् । पैसा नभएर मानिस गरिब हुँदैन । विवेक नभएपछि
Subscribe to:
Posts (Atom)
About Me
- http://chandu2007.blogspot.com/
- Manbu-6,Gorkha, Kathmandu, Nepal
- Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell