कृष्ण धरावासी
Source:Kantipur Daily
असोज १५ मै कार्यक्रम गर्ने भनी भाइ ठाकुर बेलवासेले निम्ता दिनुभएको थियो । बैरागी काइ“लाको एकल कविता वाचन कार्यक्रम पहिलोपल्ट हुन लागिरहेको थियो काठमाडौंमा । आरोहण गुरुकुल र र्सवदा वाङ्मय प्रतिष्ठानको प्रयत्नमा हुन लागेको कार्यक्रम । काइ“लाको ठूलो फोटोसहित प्रचार सामग्री टा“गिएको थियो गुरुकुलमा । 'खै † भाइहरूले कविता पढ्नर्ुपर्छ भनेका छन्, सकिने हो कि होइन' भन्दै हुनुहुन्थ्यो बैरागी दाइ । नभन्दै असोज पहिलो साता उहा“ नाथ्री फुट्ने रोगले थला पर्नुभयो । राति एघार बजेतिर भाउज्यूको फोन आयो- 'कृष्ण भाइ † दाजुको नाकमुखबाट रगत आयो, ओम हस्पिटलमा ल्याएको छ, दाजुले खोजिरहनुभएको छ ।' हतार-हतार भाइ दुवसु र म अस्पताल पुग्यौं । दाइको अवस्था गम्भीर थियो । डाक्टर उपचारमा भिडेका थिए । राति एक बजेतिर क्याबिनमा पुर्याइयो । नाकमा रुवा खा“देर पट्टी बा“धेको थियो, मुखले मात्र सास फर्ेन सकिन्थ्यो ।
त्यस्तो बेला पनि उहा“ भनिरहनु भएको थियो- '१५ गतेलाई भाइहरूले कार्यक्रम राखेका छन्, आफूलाई यस्तो भयो, त्यति बेलासम्म ठीक होला कि नहोला ।' त्यो कार्यक्रमलाई बैरागी दाइले निकै महत्त्व दिनुभएको थियो । धेरै वर्षछि उहा“ कविता पाठ गर्ने मानसिकतामा पुग्नुभएको थियो । हामीले भन्यौं- 'तपाईंलाई सञ्चो भएपछि कार्यक्रम गरौंला ।' दिनदिनै झन्झन् सिकिस्त भएर विशेष सघनकक्षमै राख्नुपर्यो कति दिनसम्म । दसैंतिहार बिसञ्चोमै गयो काल्दाइको ।
कार्यक्रम पुस १५ लाई सारियो । तीन बजे पुगेको थिए“ म गुरुकुलमा । चार बजे सुरु हुने भनिए पनि समयभन्दा अघि श्रोता आउने क्रम बढेको थियो । कविता सुन्न, त्यो पनि टिकट काटेर कति मानिस आउलान् र भन्ने लागेको थियो तर हर्ेदाहर्ेर्दै गुरुकुलको प्राङ्गण भरियो ।
बैरागी दाइ सञ्चो भए पनि बलियो हुनुहुन्नथ्यो । तर जोसिलो हुनुहुन्थ्यो, ह“सिलो पनि । मञ्जुल दाइ र मैले उहा“लाई कविता छान्न केहीबेर सघायौं । कौतुहलता थियो धेरैलाई । कस्तो सुनिएला काइ“लाको वाचन ।
'बैरागी काइ“ला' एउटा बिम्ब बनेको छ कविता क्षेत्रमा । तेस्रो आयाम आन्दोलनका एक सशक्त कवि, जसका कविताले प्रयोगवादी नेपाली कविताको धुरी उचालेको छ । सशक्त चिन्तन र प्रस्तुतिले पैंतालीस वर्षेखि लगातार उत्तिकै चर्चा पाइरहेका काइ“ला आफैं कविता वाचन गर्न यो उन्सत्तरी वर्षो उमेरमा उपस्थित हुनुभएको थियो । नबुझिने, दुर्बोध्य र क्लिष्ट कविका रूपमा परिचित बैरागी र उहा“का कवितालाई सुन्न उर्लेको थियो भीड । फेरि बैरागी दाइले ०३१ मा छापिएको 'गंगा नीलो बग्छु' पछि लगभग कविता लेख्नुभएकै थिएन । केही वर्षघि उहा“ले भन्नुभएको थियो- एउटा कविता धेरै वर्षेखि लेख्न थालेको सोह्र लाइन भएको छ, त्यसलाई पूरा गर्न सकेको छैन । आयाम सिद्धान्तका चार कविता- 'गंगा नीलो बग्छु, ब्रेलमा हत्केला छामेर, म, म ः लगातार निर्वासन' मा अरू दुइटा जति थपेर एउटा किताब बनाउ“ भनेको सकेको छुइन“ ।
यस्ता कवि जोसिएर कविता वाचनमा आउनुभएको थियो । त्यसो त २०२० सालमा -
ए सडक हो †
एउटा मानिस तिमीमाथि हिंड्दैछ
म अटाइ“न त्रि्रो फैलावटमा
यर्सथ म हुकुम गर्छर्ुु....
अझै तिमीहरू फाटिदेऊ, च्यातिइदेऊ, फैलिइदेऊ
त्रि्रो फैलावटको सीमामाथि अतिक्रमण गर्न
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला विल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ती र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्नाजस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यातिदेऊ, फाटिदेऊ
-मातेको मान्छे)
भन्दै उर्लेका काइ“ला ०६२ मा पनि काठमाडौंका सडकमा आन्दोलन गर्दै हुनुहुन्थ्यो । क्रान्तिचेतले भरिएको आन्दोलित मानसिकताको बिम्ब हो बैरागी काइ“ला । प्रजातन्त्र र स्वतन्त्रताका पक्षमा सधै“ सडकमा देखिने यो नामस“ग कविताको सम्बन्ध भिन्दै छ जस्तो लाग्छ । नेपाली कवितामा भूपी, बैरागी यस्ता नाम हुन्, जसलाई सम्झेर कविता लेख्ने रहर गर्छन् नया“ कवि ।
खचाखच भरिएको थियो गुरुकुलको हल । काइ“लालाई एउटा व्यास आसनमा राखी बसीबसी वाचन गर्न भनिए पनि उहा“ले उभिएर पोर्डियमबाटै वाचन गर्न चाहनुभयो । सुरुमै रमाइलो गर्नु'भो उहा“ले- 'सुरक्षाको के कस्तो प्रबन्ध गरेका छन् आयोजक भाइहरूले । कस्तो नै कविता सुनाउला भनी सोचेका श्रोता मेरो कविता सुनेर भड्के भने...।' लामो हा“सो भरियो हलभरि ।
कहिले चस्मा लगाउ“दै, कहिले चस्मा झिक्दै बैरागी दाइले थाल्नु भो कविता पढ्न । 'मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसित, अस्तित्वको दाबीमा सवातको बैला उत्सव र प्लान्चेटको टेबल' । यी सबै कविता काइ“लाका अत्यन्त चर्चित र बौद्धिक हुन् । बीसको दशकका यी कविताले आजसम्म नेपाली कविताको बौद्धिकताको नेतृत्व गरिरहेकै छन् । रोकि“दै, बढ्दै जब बैरागीले वाचनलाई अगाडि बढाउनुभयो, श्रोता अत्यन्त एकाग्र भएर ध्यानस्थ जस्ता लाग्थे । त्यस्ता अप्ठ्यारा र नबुझिने भनिएका काइ“लाका कविता उहा“ले पढ्दा सप्पै बुझिए जस्तो भान भयो सबैलाई ।
लगातार लामा कविता पढिरहनु स्वास्थ्यका कारणले गाह्रो थियो । फेरि पनि एकाएक नाथ्री फुटिहाल्ला कि भन्ने मनोवैज्ञानिक त्रास छ“दै थियो । अलिक धेरैबेर बोले नाक खसखसाउन थाल्छ भन्दै हुनुहुन्थ्यो उहा“ । मञ्जुल, शलभ, विष्णुविभु घिमिरे र मैले उहा“का केही कविता वाचनमा सहयोग गरेका थियौं । मञ्जुल दाइले काल्दाइका प्रेममय कवितालाई साह्रै आकर्ष पाराले वाचन गर्नुभयो । ती कविता सुन्दा काल्दाइ पनि बुढेसकालमा लजाउ“दै गरेको देख्थे श्रोता र त्यहा“
हा“सो छरिन्थ्यो ।
बैरागी दाइले श्रोतालाई अन्तिममा धेरै खुसी तुल्याउनुभयो, उहा“ले नया“ कविता ल्याउनुभएको थियो । सम्भवतः ३० वर्षछि उहा“ले दर्ुइटा कविता लेख्नुभएको थियो । मृत्युको धेरै नजिक पुगेको बोध गर्नुभएको थियो यसपालि दाइले । यस्तै बोध झन्डै २० वर्षघि पनि गर्नुभएको थियो यस्तै नाथ्री फुट्दा । त्योभन्दा अघि दार्जिलिङमा विद्यार्थी छ“दै टीबी रोगले ग्रस्त भई झन्डै मरिसक्नुभएको थियो । र, अस्पतालमै लेख्नुभएको थियो 'एकान्तको अजींगार' । यसपालि पनि बिरामी ओच्छ्यानबाट उठेपछि लगातार दर्ुइटा कविता लेख्नुभएछ- 'बा“की प्रश्न' र 'शरणार्थी विचार र मालिगाउ“को चितुवा' । यी कविताले श्रोतालाई झन् धेरै विचारोत्तेजित गराए । ढिलै गरी लेखिए पनि कविताहरू बैरागीको बिम्ब उचाल्न सक्षम थिए ।
प्रत्येक महिनाको पन्ध्र गते गुरुकुलमा एक कविको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । त्यसको शुभारम्भ काइ“लाको कविताबाट भएको छ । यसलाई निरन्तरता दिनसक्दा कविता पनि शुल्क तिरेर सुनिने विषय बन्न सक्ने परम्परा बसे साहित्यको निःशुल्कीयता समाप्त हु“दै जान्थ्यो कि † काइ“लाबाट थालिएको वाचनयात्राले कवितालाई पाठक र श्रोता बीच पुर्याउन पक्कै महत्त्वपर्ूण्ा योगदान दिनसक्ने आशा लागेको छ ।
No comments:
Post a Comment