आमा ! यो के भयो ?


सुमल कुमार गुरुङ
-यूकेबाट


आमा ! तिम्रो अँगालोभित्र,
एउटा आवेग चित्कार र आर्तनाद,
चुलिएर कुनाकन्दरा थर्काउदै
जब एउटा जीवन-दीप निभेको हुन्छ
त्यो आवेग चित्कारको आर्तनाद विवश नेपालीको हुन्छ ।
आमा ! पाशविक बरबरताको क्रुर पराकाष्ठ नाँघेर
निरीह र निर्दोष कहिलेसम्म शिकार हुन्छ ?
बलियोबाट कमजोरमाथि कहिलेसम्म अत्यचार हुन्छ ?
स्वार्थ र वैमनष्यताको फोहोरी राजनैतिक खेलबाट
आमा तिमी कहिले मुक्त हुने हौ ?
प्रत्येक दिन उदाउने घामले निम्त्याएको उमङ्ग
हरेक साँझ पछिको रातले तर्साएको हुन्छ ।
यी नरोकिने सिलसिला, अन्त हुने कहिले हो ?
न्याय निसाप कुन चराको नाम हो ?
यहाँ जसले जे गरे पनि हुन्छ,
लोभी र स्वार्थी जमातको नेतृत्वले
अब त आमा यहाँ जसलाई जे मन लाग्यो त्यही गर्दैछ,, त्यही हुँदैछ ।

प्रत्येक कालखण्डमा रगतले कोरेको इतिहास,
भन्छ्यौ नि आमा !, बुद्ध जन्मेको देश, शान्तिको देश नेपाल,
अनि भन्छ्यौ ….
बीर गोर्खालाई जन्माएँ मैले, भृकुटी र सीतालाई पनि जन्माएँ
शिरको गजुर सगरमाथा, पवित्र गंगाहरुको जननी,
पवित्र बसुन्धरा, सुन्दर, शान्त र विशाल ।
खोई, कहाँ छ आमा ! बुद्ध नेपालभित्र ?
खोई, कहाँ छन् आमा ! ती सपुतहरु ?
शान्तिको मृगतृष्णा बोकेर हिँड्दैछु आमा
धेरै टाढा…..टाढा……
मेरो मनभित्रको खाडलबाट भोको पेट, नाङ्गो शरीर भएका सन्तानहरु
फैलाउँदै हात अट्टहास गर्दै
भर्खरै आएको लोकतांन्त्रिक गणतंत्रको उपहास गर्दैछन्
अनि म विवश भएर प्रश्न गर्छु, आमा † यो के भयो ?

श्रृजना डट कम द्वारा आयोजित "श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा

श्रृजना डट कम द्वारा आयोजित "श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा तथा नेपाली साहित्यमा हङकङ: हिजो, आज र भोलि "विषयक अन्तरविमर्शको कार्यक्रम जोर्डन स्थित याक एण्ड यति रेष्टुरेन्टको सभा हलमा संपन्न भयो ।

Courtesy:http://www.shrijana.com/000/?page_id=2911

कुल १४ देशबाट सहभागी ७० प्रतिश्पर्धी कविताहरुमध्येबाट ३ सदस्यीय निर्णायक मण्डलद्वारा
१) वादी विज्ञप्ति - प्रगति राई, प्रथम , (नेपाल) (NRs. 10,000)
२) फूल र ढुंगा साम्राज्य - निराजन बतास, द्वितीय , (नेपाल) (NRs. 5,000)
३) आलंकारिक नागरिक - अशोक राई, तृतीय, (हङकङ) (NRs. 3,000)
तथा मेरी आमा - बाबु त्रिपाठी (नेपाल) (NRs. 1,000) र गाउँको संझना - टोप बहादुर राई(हङकङ) (NRs. 1,000) सान्त्वना घोषित भएका थिए ।
खुल्ला विषय र खुल्ला प्रतिश्पर्धा भएकोले निर्णय गर्न कठीन भएको बताउँदै निर्णायक श्री हाङयुग अज्ञातले आउने प्रतिश्पर्धात्मक कार्यक्रममा विषय वस्तु तोकिनु पर्ने सुझाव दिनु भयो ।
प्रतियोगितामा विजयी कविताहरुलाई निर्णायकहरुद्वारा वाचन गरेर सुनाइएको थियो । सान्त्वनाका दुई कवितालाई निर्णायक टंक साम्बहम्फे, द्वितीय कवितालाई निर्णायक हाङयुग अज्ञात तथा प्रथम कवितालाई निर्णायक तथा श्रृजना डट कम का संपादक किराँती भोगेन एक्लेले वाचन गर्नु भएको थियो । तृतीय स्थान प्राप्त कविता भने कवि अशोक राई स्वयंले वाचन गरिएको थियो ।
प्रतियोगितामा सहभागी प्रेम कोरङगी, हिमकला राई र पिताम्बर राई द्वारा पनि कविता सुनाइएको थियो । पिताम्बर राईद्वारा हास्यव्यंग्यात्मक कविता "भो म त गर्दिनँ बिहे" शीर्षकको कविता सुनाउँदा "तपाईंको बिहे त भै सकेको छ त!" भन्ने प्रतिक्रिया दर्शक दीर्घाबाट आउँदा "अर्को बिहे गर्दिनँ भनेको हो" भनेर हाँसोमय वातवरण भएको थियो ।
स्वागतको क्रममा संपादक भोगेन एक्लेले छोटो समयको श्रृजना डट कमको सफलता विशेष रहेको र श्रृजना डट कमको प्रथम कार्यक्रम भएको हुनाले केही प्राविधिक त्रुटिहरु सुधार गर्दै लगिने बताउनुभयो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत "नेपाली साहित्यमा हङकङ: हिंजो आज र भोलि" अन्तर्विमर्श कार्यक्रममा हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बहम्फेले, ह ने सा प्र पहिलो साहित्यिक संस्था भएको र यसको योगदानहरुको चर्चा गर्नु भयो ।
जनजाति गीतकार समाज, हङकङका अध्यक्ष प्रदिप कन्दङवाले भने सृजनशील साहित्य समाज बाहेक अन्य साहित्य संस्थाले निरन्तरता गुमाएको र वर्ष गाँठ मनाउने कार्यक्रममा मात्रै सीमित भएको बताउनु भयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टरका उपाध्यक्ष कमल पौडेलले हिंजोको अवस्थामा हङकङको नेपाली साहित्यको चर्चा गर्दै प्रविधिकको अभावमा टेलफोन बाट समाचार, साहित्य र मनोरञ्जनका कार्यक्रम चलाइएका दिनको स्मरण गर्नु भयो ।
सृजनशील साहित्य समाजका सचिव नरेश सुनुवारले हङकङमा नेपाली साहित्यको विगतदेखि आगत सम्मको चर्चा गर्दै नेपाली साहित्य उर्वर रहेका मुलुकमा नेपाल, भारत पछि तेस्रो स्थानमा हङकङ रहेको र विगत अर्ध दशक हङकङको नेपाली साहित्यको लागि अत्यन्तै उपलब्धिमूलक रहेको बताउनु भयो ।
जनजाति साहित्य समूह का अध्यक्ष भुपेन्द्र चेम्जोङले जनजाति साहित्य हिजो, आज र भोलिको विषयमा चर्चा गर्दै जनजाति साहित्यलाई वर्गीकरण र अनुसन्धान गर्दै रहेको बताउनु भयो ।
एकात्मक राज्य प्रणालीको प्रभावमा जनजाति साहित्य दमित भएको भन्ने वहाँको धारणा थियो । भयवादी साहित्यकार देश सुब्बाले आफ्नो भयवादको सिध्दान्तमाथि चर्चा गर्दै भयको समाप्ति सृजनाको समाप्ति हो, भयको ग्रन्थी मस्तिष्कबाट झिकिदिए संसार र जीवन निरस हुने भन्दै भयको सुन्दर पाटो चर्चा गर्दै भयवाद माथि अवधारणा पत्र पेश गर्नु भएको थियो ।
कार्यक्मको अध्यक्षता गरिरहनुभएका कार्यक्रम संयोजक मेख गुरुङले उपस्थित सबैमा धन्यवाद तथा सबै प्रायोजक, प्रतियोगी र प्रतियोगितालाई सफल बनाउन सह्योगी वेब साइटहरुप्रति आभार ब्यक्त गर्नाका साथैआगामी कार्यक्रम श्रृजना कथा प्रतियोगिता हुने जानकारी गराउनु भयो ।
संपूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारण मूल बाटो डट कमले गरेको थियो ।
धन्यवाद!
श्रृजना डट कम

छोराको यादमा समर्पित आँशुका कणहरु


-चन्द्र गुरु


“म आएँ, मैले देखेँ, तर मैले जितिनँ, मात्र हारेँ ।”
(सरुभक्त, २० कार्तिक २०५६)

सायद, कवि विमल गुरुङ्ग स्मृति पुस्तकालयमा आइपुग्ने जो कोही साहित्यानुरागी स्रष्टा, पाठक, शुभचिन्तक र अन्य थुप्रैले वरिष्ठ साहित्यकार सरु भक्तझैं नै अनुभव गर्दा होलान् । किनभने मैले पनि यो पुस्तकालयमा पहिलो चोटी २०६४ साल कार्तिक ९ गते पुग्दा त्यस्तै अनुभव गरेँ । केही लेखक मित्रहरुका पुस्तक “विमल स्मृति पुस्तकालय”मा पुर्‍याउने जिम्मा पाएको थिएँ । त्यसकारण कार्तिक ९, २०६४ शुक्रबारको दिन बुद्घचोक, धरान-१८ पुगेँ र भेटेँ स्वर्गीय कवि विमलगुरुङ्गका बुवा भूपू सैनिक पूर्णबहादुर गुरुङ्गलाई । त्यहाँ पुगेर अनुभव भयो कि यो पुस्तकालय, अकालमा मृत्युवरण गरेका प्रतिभावान् युवा कविको सम्झनामा स्थापित पुस्तकालय मात्र होइन रहेछ, बरु यो त कुनै बा-आमाको आफ्नो एक्लो छोराप्रतिको असीम माया ममताको नमुना रहेछ र एउटी बहिनीले आफनो दिवंगत दाइको यादमा कसेको स्नेहको बन्धन रहेछ । यो पुस्तकालयमा बुवा पूर्णबहादुर गुरुङ आफ्नो छोराको नाममा समर्पित आँशुका कणहरु दुर्इ आँखाका कुनाहरुमा राखेर (लुकाएर) जीवनरुपी गाडी कुदाउँदै प्रत्येक दिन ओहोर-दोहोर गर्नुहुन्छ । आमा सरस्वती गुरुङ्ग आफ्नो हृदयभरि ममताको विशाल सागरलाई शान्तिपूर्वक सम्भाल्दै र छोरोको यादलाई सजाउँदै यही पुस्तकालयको वरिपरि बाँचेकी छन् । साथै, थुप्रै मित्र र पाठकहरु आज पनि विमलको यादलाई ताजा गर्न र आफ्नो ज्ञानको भोक मेट्न यहाँ आइपुग्छन् । यहाँ आएर मैले थाहा पाएँ कि यसप्रकार थुप्रै जीवनहरुमा युवा कवि विमल बाँचिरहेका छन् र विमलको विगतको सहाराले अन्य थुप्रैहरु बाँचिरहेका छन् । सायद विमलकै कविताहरुले यी परिवारजन र परिचितहरुलाई उनी बेगर पनि बाँच्ने शक्ति प्रदान गर्दै छन् कि !

‘मेरो मृत्युबाट तपाईं पुत्रविहीन हुनुहुनेछैन
तपाईंका हजारौं छोराहरु छन्
तपाईंलाई कसले भन्छ
पुत्रविहीन हुन लाग्नु भएको छ !’
(मृत्युशैयाबाट)

बुवा पूर्णबहादुर गुरुङले आफ्नो जीवनभरि कुनै साहित्यिक सृजना गरेका थिएनन् र साहित्यप्रति कुनै लगाव पनि थिएन तर आफ्नो एक्लो छोरोको निधनपछि गुरुङ परिवारले साहित्यको लागि धेरै गर्न भ्याएका छन् । विमलको निधनपछि पुस्तकालयको स्थापना, विभिन्न व्यक्ति र स्रोतमार्फत पुस्तकको संकलन र सबैभन्दा महत्वपूर्ण त पुस्तकालयको निरन्तर संचालन गर्दै छन् । विमल स्मृति पुस्तकालयले प्रत्येक वर्ष विशेषरुपले विमलकै जन्मोत्सव पारेर कार्तिक १९ गते विभिन्न शैक्षिक, साहित्यिक र अन्य रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । पहिलो भेटमा नै बुवा पूर्णबहादुरले मलाई पुस्तकालयसम्बन्धित धेरै जानकारीहरु दिनुभयो । गुरुङपरिवारले पुस्तकालयलाई निकै जतन र मिहिनेतका साथ संचालन गरिआएको रहेछ । पुस्तकालयमा विभिन्न विधाका हजारौं पुस्तकहरु छन् र त्यहीं बसेर पढ्नको लागि राम्रो व्यवस्था पनि छ । सबैभन्दा बिर्सिन नसकिने विशेषताचाहिं विमलका बाआमाको मन नै छुने खालको मायालु व्यवहार पाएँ । त्यस दिन साँझ, छुटि्टने बेला वहाँले मलाई विमलको कवितासंग्रह ‘आगो बल्दैछ’ को एकप्रति कोशेली स्वरुप दिनुभयो । त्यसपछि दुर्इ-तीन दिनसम्म त्यो कवितासंग्रह मेरो साथमा रह्यो । कलिलो कविको परिपक्व कविताहरुमा डुब्ने मौका पाएँ । मैले विमलका सबै कविताहरु पढें, धेरैचोटि पढें । प्रत्येक कविताले त्यसताकाको देश र समाजलाई सजीव तुल्याउँदै थियो । कविताका शब्दशब्दले विमलको चरित्रबारे वर्णन गरेका छन् । विमलका कविताहरुले नै उनको छोटो जीवनलाई सहीरुपमा बोलेकोझैं लाग्यो ।

‘पानीहरु कहिल्यै सकिंदैनन्
आकाशबाट
पानीहरु
फेरि परिरहन्छन् ।’
(पानी)

त्यस्तै लाग्यो मलाई विमलको जीवन र कविताहरु । पक्कै कहिल्यै सकिने छैनन् विमलका यादहरु धेरै-धेरै मुटुबाट । विमल आफ्नो बुवा-आमाका एक्लो सन्तान थिए र बुढेसकालको सहारा पनि । तर आफ्ना बुवा-आमाले बुढेसकालको संघारमा टेक्नु अघि नै बस दुर्घटनामा २४ वैषाख २०४८ मा सानै उमेरमा उनको दुःखद निधन भयो । तर आज पनि विमलले त्यहाँ बुद्घ चोकको वरिपरि, पुस्तकालयको यता-उता आफ्नो उपस्थिति दिइरहेकोझैं लाग्यो मलाई । विमल गुरुङ्गको जन्म २०२८ साल कार्तिक १९ गते हङकङ्गमा भएको थियो । लेखनमा १७/१८ को उमेरमै विमल गुरुङ भावना र विचारमा पूर्णरुपले परिपक्व देखिन्छन् । राजनैतिक र सामाजिक विकृतिहरुका विरुद्घ कलिलो उमेरमा नै विमलले आफ्ना कविताहरुमा कडा प्रहार गरेका छन् । विमलका कविताहरु जस्तै- “एक किलो जंगल, रुखमा निद्रा पाकेको छैन, बुद्घ, ड्राकुला, आगो बल्दैछ, केही हाइकुहरु, आजकल मेरो देशमा कर्फ्यू लागेको छ, कुकुरहरुले तारा समाते, ब्रुनाइबाट आमा आएपछि” आदि कविताहरु पढेपछि नेपाली साहित्यिक आकाशबाट निकै चम्किलो तारा बिलाएको आभास हुन्छ । आज अवश्यै पनि विमलको अभाव उनलाई चिन्ने हरेक मुटुमा खट्केको छ । विमल कवितातर्फ क्रान्तिकारी र प्रगतिवादी देखिन्छन् । सम्वेदनशील र कोमल हृदयी कवि विमल असहाय, दीनदुःखी र गरिबहरुलाई देखेर मर्माहत हुन्थे । निम्न कवितांशले यो कुरालाई प्रस्ट पारेको छ ।

‘म अब एक किलो जंगलको कविता लेख्छु
म अब चोटपटकको कविता लेख्छु
चौधरी साहेब !
म अब तपाईंकै विरोधमा कविता लेख्छु ! ! !’
(एक किलो जंगल )

विमल जहिले पनि सामाजिक न्याय, वर्गीय स्वतन्त्रता र प्रजातान्त्रिक हक-अधिकारका क्षेत्रमा उभिन्थे । उनी अत्यन्त स्वाभिमानी र स्वतन्त्रप्रेमी युवा थिए । उनी आफनो देशको माटो र जात्रि्रति सदा गर्व गर्दथे । बहुसंख्यक शोषित पीडित जनताहरुको पक्षमा बोल्न र लेख्न सदा तत्पर रहन्थे । तिनीहरुकै लागि न्यायपूर्ण र सुन्दर भविष्य निर्माणमा लागिपर्ने अठोटका साथ आफनो कलम चलाउने गर्दथे । सायद, गरिबहरुको पक्षमा कलम चलाउँदा विमललाई अत्यन्त खुशी प्राप्त हुन्थ्यो र उनले यसलाई नै आफनो कर्तव्य पनि ठानेँ ।

‘सबभन्दा गौरव त यो छ कि
मेरो कलम
हरेक मुठभेट्मा रातसँग झगडा गर्छ ।’
(कलम)

स्वर्गीय कवि विमल गुरुङ्गको सम्झनामा स्थापित “विमल स्मृति पुस्तकालय” बुद्घचोक, धरान-१८ मा अवस्थित छ । प्रतिभावान विमलको यादमा उनका बुवा पूर्णबहादुर गुरुङ्ग, आमा सरस्वती गुरुङ्ग र बहिनी शान्ति गुरुङ्गले विमलकै जन्मदिन पारेर २०४८ सालमा कार्तिक १९ गते साहित्यकार मोदनाथ प्रश्रितको करकमलबाट “विमल स्मृति पुस्तकालय” को समुद्घाटन गराए । २०४२ सालतिर स्वर्गीय विमल लगायत बुद्घचोकका सक्रिय युवाहरुले “बुद्घ वाचनालय” नामक संस्था स्थापनागरी वाचनालयको मुखपत्रको रुपमा विमल नै संस्थापक सम्पादक रहेको साहित्यिक हस्तलिखित पत्रिका ‘इँटा’ प्रकाशन गर्थे । पुस्तकालय स्थापना पश्चात यस पुस्तकालयको वार्षिक प्रकाशनको रुपमा सोही ‘इँटा’ पत्रिकालाई निरन्तर प्रकाशन गर्दै आइरहेको छ । अहिले पुस्तकालयमा लगभग ६००० पुस्तकहरु रहेका छन् । हालै साहित्यिक कार्यक्रमहरु संचालन गर्न १००-१५० जना अटाउने एउटा हलको निर्माण गरिएको छ ।

अन्तमा, पूर्णरुपले फुल्ने क्रममै विमलले यो संसार त्याग्नु पर्‍यो । तर मरेर गए पनि उनका सृजनाहरुमा विमल अजम्मरी बनेर बाँचिरहेका छन् र उनका लेख रचनाहरु हामी माँझमा र थुप्रै स्रष्टा र युवाहरुमा प्रेरणाको स्रोत बनेका छन् । विमलले आफ्नो छोटो जीवनकालमा दशौं डायरीहरुमा सैकडौं कविता र अनेकौं निबन्धहरु लेखेका छन् । विमलको मृत्युपछि उनका केही कविताहरुलाई समेटेर ‘आगो बल्दैछ’ संग्रह प्रकाशनमा ल्याइएको थियो । विमलले हाम्रा निम्ति असंख्य लेख र रचनाहरु छाडेर गएका छन् । अझै थुप्रै कविताहरु पुस्तकको रुपमा बाहिर आउनु बाँकी नै छन् । विमलका बाँकी लेख र रचनाहरुलाई क्रमशः प्रकाशन गर्दै लानु हाम्रो कर्तव्य हो । किनभने विमलका कविताहरुमा हाम्रो नेपाली समाजको सही चित्रण थियो । उनले हाम्रो वरिपरिको अशान्ति, भोक र रोगलाई आफ्ना लेख र कविताहरुमा प्रशस्त स्थान दिएका थिए । उनको सपना नै यस्ता विकृतिहरुबाट मुक्त नेपाली समाजको थियो । तर आजको सन्दर्भमा विमलका सपनाहरु अधुरै छन् । हामीले एउटा राम्रो समाज र सुन्दर देशको निर्माण गर्न सकेको अवस्थामा स्वर्गीय विमलप्रति सच्चा श्रद्घाञ्जली हुने छ ।

ठेक्कामा भानुभक्त

विमल निभा
Sourcre:Kantipur Daily

उनी भानुभक्त आचार्यका ठेकेदार हुन् । कहिलेकाही“ मोतीराम भट्ट र लेखनाथ पौड्यालका ठेक्का पनि लिने गर्छन् । तर यसमा नियमितता छैन । एकपटक एक युवाकविको ठेक्का लिएको हल्ला पनि चलेको थियो । तर यसमा कुनै सत्यता थिएन । नेपाली साहित्यमा यस्ता हल्ला त्यसै चलिरहन्छन् । अ“, उनको भानुभक्तको ठेक्कामा भने कुनै तलमाथि परेको छैन । दर्ुइ दशकभन्दा बढी समयदेखि उनी यो कार्य अनवरत गरिरहेका छन् । अर्थात् नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको ठेकेदारिता । त्यसैले भानुजयन्ती आउनासाथ उनी स्वतः सक्रिय हुन थाल्छन् । तीन-चार सप्ताह अगावैदेखि ।
'नमस्कार गरे“ है गुरु ।' उनलाई देखेर म टाढैबाट कराउ“छु ।
'नमस्कार ।'
'आज घरबाट यति चा“डै निस्कनुभयो, के हो गुरु -'
'एउटा जरुरी काम थियो, के गर्नु -' उनी टक्क अडिएर भन्छन् ।
'भानुजयन्ती कहिले हो -' म एकाएक सोध्छु ।
'किन -' उनी र्सतर्क हुन्छन् ।
म प्रत्युत्तरमा फुटपाथको रेलिङ समातेर हलुका हा“स्छु ।
उनलाई दौरा-सुरुवालमा कस्सिएर कालो ब्याग बोकी हि“डेको देख्नासाथ सबै थाहा पाउ“छन्- भानुजयन्ती आउनै लागेको छ । अरू बेला उनी यसरी ठा“टिएर हि“ड्दैनन् । ठूलो साइजको कालो ब्याग त खास यही अवसरका लागि हो । यो कालो ब्यागको आफ्नै कथा छ । उनी आफैं बेलाबखत भन्ने गर्छन्- 'एकपटक म भानुजयन्तीको अवसर पारेर सिक्किम गएको थिए“ । त्यसबेला मलाई भानुजयन्ती समारोहको मुख्य अतिथि बनाइयो । मुख्यमन्त्री सम्माननीय पवन चाम्लिङले आफ्नै हातले मलाई यो विशेष ब्याग दिनुभएको हो ।' यसको उपकथा पनि छ । त्यो कालो ब्यागभित्र के राखिएको थियो, उनी भन्दैनन् । नेपाली साहित्यको वृत्तमा के हल्ला छ भने त्यसभित्र विशेष नगद थियो । त्यसैले उनी 'विशेष' शब्दको उच्चारण अलिक बेग्लै प्रकारले ओठ टेडो पारेर गर्ने गर्छन् । यसले खास ध्वनि उत्पन्न हुन्छ । अरू यस्तो गर्न सक्दैनन् । म त्यो खास ध्वनि निकाल्ने चर्चित विशेष कालो ब्यागतर्फआ“खा डुलाएर अचानक सोध्न पुग्छु, 'के यो सा“चो हो गुरु -'
'के सा“चो हो -' उनी मेरो प्रश्नले अलमलिन्छन् ।
'मेरो भनाइको मतलव कतातिर
गुरु -' म आफ्नो प्रश्न सच्याउने प्रयत्न गर्छर्ुु
'अब तपाईंलाई कता भन्ने -' उनी मस“ग कुरा गरु“ अथवा नगरु“को असमञ्जसमा छन् ।
'भानुजयन्तीका लागि चन्दा उठाउन जान लाग्नुभएको हो -' यो अप्रत्याशित प्रश्नले उनी झस्कन्छन् ।
'मैले यस्तो भन्न खोजेको होइन गुरु ।'
'अनि के त -'
'नरिसाउनोस् गुरु, मैले यसो ठट्टामात्र गर्न चाहेको हु“, अरू केही होइन ।' म विनम्र भावमा भन्छु ।
'ठीक छ, ठीक छ ।'
'क्षमा गर्नोस् गुरु ।'
'होइन-होइन, तपाईंले ठीकै
भन्नुभयो । तीन सप्ताहपछि भानुजयन्ती हो ।' उनी टोपी फुकालेर टाउको कन्याउन थाल्छन्, 'तयारी त गर्नैपर्यो नि †' होइन र - म अरूजस्तो होइन । अरूहरू संस्थामा बस्नमात्र खोज्छन् । काम भने पटक्कै गर्न चाह“दैनन् । सबै मैले एक्लै गर्नुपर्छ । एकछिन फर्ुसद
छैन । के गर्नु -'
'अहिलेचाहि“ कतातिर नि -'
'यसो मन्त्रालयसम्म जाउ“ भनेको ।'
'चन्दा उठाउन -' मेरो मुखबाट फेरि फुत्कन्छ ।
उनी अप्ठ्यारो किसिमले अनुहार बनाएर मलाई हर्ेछन् ।
'अन्त जानु पर्दैन गुरु -'
'कहा“ -'
'एकेडेमी र साझा प्रकाशनमा ।'
'जानै पर्दैन, प्रत्येक वर्षआउने र्
गर्छ । पहिलेदेखि नै साझा र एकेडेमीले मेरो लागि रकम तोकेको
छ । भानुजयन्तीमा आफैं मेरो कार्यालयमा पठाइदिन्छन् । मैले केही गर्नै पर्दैन ।'
'यो त राम्रो व्यवस्था रहेछ ।'
'तर पुरानो रकमले पुग्ने छा“टका“ट देखिएन । त्यसैले रकम बढाउनुपर्यों भनेर एकपटक दुवै ठाउ“मा जानुपर्ला ।' उनको गालामा प्रसन्नताले खाल्डो पर्छ ।
'से“ठ-साहुकारहरूकहा“ जाने होइन
गुरु -'
'जानु बा“की छ ।' उनी सन्तुष्ट भावमा टाउको हल्लाउ“छन्, 'विस्तारै जानुपर्ला । के हतार छ -'
'अरूहरूले त चन्दा उठाइसके जस्तो छ ।' म आफूले थाहा पाएको जानकारी उनीसमक्ष राख्छु ।
उनको पाइला पछ्याएर भानुजयन्तीमा लाग्ने धेरै छन् । यो उनलाई प्रिय लागेको छैन । यसलाई उनी आफ्नै कार्यमा सोझै हस्तक्षेप ठान्छन् । अतएव बेलाबखत दुवै ओठलाई वर्तुलाकार पारेर भन्ने गर्छन्- 'म पनि आचार्य हु“ । मेरो भानुस“ग रगतको नातो छ । म अरूजस्तो होइन ।' सायद यही अधिकारले उनले भानुभक्तको सालिक बनाउने नाउ“मा लाखौं चन्दा उठाएर राजधानीमा घर बनाएका छन् । तर यसको खण्डन गरेर उनी भन्छन्- 'म त आफैं भाडाको घरमा बसेको छु ।' तर भन्नेहरूको थप भनाइ के छ भने उनले आफ्नो घर पनि भाडामै लगाएका छन् । जे होस्, उनलाई लिएर नेपाली साहित्यको सानो आकाशमा थुप्रै हल्ला चंगाझैं उडिरहेका छन् । जस्तै- भानुभक्तको नाउ“मा आउने कतिपय सरकारी सहयोगको रकम उनले पच पारेका छन् । यस्तै उनी भानुभक्तका नाउ“मा निम्तो झिकाएर वर्षोनि आसाम, दार्जिलिङ, गान्तोक, सिलिगुडी, डर्ुबर्स, बनारस, देहरादुन, नागाल्यान्ड, मणिपुर, कालिङपोङ आदिको सयर गरिरहन्छन् । उद्देश्य उही एकमात्र चन्दा उठाउनु नै हो, इत्यादि । कुन्नि, वास्तविकताचाहि“ के हो † मेरो उनीस“ग यस सम्बन्धमा प्रत्यक्ष प्रश्न गर्ने इच्छा हुन्छ । तर साहस जगाउन नसकेर म भन्छु, 'गुरु, यसपालिको भानुजयन्तीमा के-के गर्ने विचार छ -'
'त्यही त हो, भनुभक्तको तस्वीरलाई नगर परिक्रमा गराउने, एकेडेमीको हलमा परिसंवाद राख्ने र एक-दर्ुइ विद्यालयका भाइबहिनीलाई भानुभक्तीय रामायणको श्लोक पाठ गर्न लगाउने, अरू के गर्ने -' उनी अरूले चन्दा उठाइसके भन्ने थाहा पाएर उत्पन्न भएको तनावबाट अहिलेसम्म मुक्त भएका छैनन् ।
'भानुजयन्तीको उपलक्ष्यमा विशेष कविगोष्ठी नगर्ने गुरु -'
'से“ठ-साहुकारकहा“बाट चन्दा उठाउनेले गरुन्, मैलेमात्रै कति गर्ने, म त वर्षौंदेखि भानुभक्तको काम गरिरहेको छु, कति गर्ने, अब अरूले पनि गरोस्, ममात्रै किन -' उनी आफ्नो स्वभाव विपरीत एकाएक रिसाउ“छन् । फलस्वरूप बाया“ हातको कालो ब्याग दाया“ हातमा लिन्छन् । फेरि बाया“ हातमा र्सार्छन् । र बेस्सरी हल्लाउन थाल्छन् ।
अर्थात् उनको क्रोध चरममा पुगिसकेको छ । यो विस्फोटक स्थिति हो । त्यसैले म उनलाई केही नभनेर विस्तारै अघि बढ्छु ।

लाहुरे ज्वाइ“को आशिर्वाद

सिर्जना गोले
Source:Kantipur Daily

यो आशिर्वाद नेपाली सामाजिक परिवेशमा नया“ र नौलो होइन । पुरानै भए पनि हरेक पटक मुखमा झुन्डिने लाहुरे शब्द नेपाली छोरीचेलीलाई दिने आशिर्वादमा नया“ भएर आउ“छ । यहीं नया“ र पुरानो युग र समयबीचको 'लाहुरे ज्वाइ“' शब्द किन-किन आज आएर खण्डन र चर्चायोग्य लाग्यो ।
सर्न्दर्भ यसै मङ्सिरको हो । केही दिनअघि आफन्त भेटघाटको क्रममा पोखरा पुगेकी थिए“ । मेरा आफन्तै पर्ने पोखरास्थित सैनीकबस्तीका एक ब्रिटिस लाहुरेकी श्रीमती पतिवियोगमा विलापस्वरूप आ“सु वषर्ाउ“दै थिइन् । छोरा गोरे र बुहारी भएर आमालाई सान्त्वना दिलाउ“दै थिए । लाहुरेको घरै त हो, त्यसैले पनि लाहुरेको जीवन र लाहुरेले पाउने सेवासुविधा पेन्सन आदिको कुरा चलिरहेको थियो । म उनीहरूको कुरा सुन्नमा मौन थिए“ भने आनमारी पनि सोही क्रियामा ध्यानमग्न रहिछिन् । चौध वषर्ीया बैनी आनमारीले बीचैमा प्रश्न तेर्स्याइन्, "पापा-आमा, पेन्सन भनेको के हो,
यो कसले पाउ“छ, किन पाउ“छ, कति पाउ“छ, कहिले पाउ“छ -
बालमनस्थितिका यिनै प्रश्न र लाहुरे श्रीमतीका आ“सुले पनि मलाई लाहुरेको विषयमा केही सोचमग्न गराएको थियो । सोही क्रममा म आफन्तहरूस“गै प्रायः लाहुरेको बस्ती भनेर चिनिने पोखराबाट आधा घन्टाको बाटो काटेर भर्ुर्जुङ खोला कोटकसेरीमा पुगे“ । तामाङको बृहत् बस्ती भएको कोटकसेरीमा मेरा आफन्तको पुरानो घर अर्थात् मूलघर पर्छ । घर पुगेपछि नेपाली परम्पराअनुसार आफूभन्दा ठूला मान्यजनप्रति गरिने आदरभाव दर्शाउनस्वरूप मैले क्रमशः बुबा, भाउजू र दिदीहरूलाई शिर निहुरिएर ढोगे“ । आशिर्वाद स्वरूप सेतै कपाल फुलेका ९२ औं वसन्तका बुबाले मेरो शिरमा हात राखेर भन्नुभो, "छोरी, ठूलो मान्छे भएस्, धेरै-धेरै पढे-गुनेस्" । भाउजूले आशिर्वाद दिनुभो, "नानु, भाग्यमानी हुनु" भनेर । ढोग्ने क्रमस“गै आशिर्वाद दिने पालो अब दिदीको थियो । मेरो शिरमा दर्ुइ हात राख्दै दिदीले आशिर्वाद दिनुभो यसरी, "बैनी, लाहुरे ज्वाइ“ पाएस्, लाहुरे ज्वाइ“ लिएर आएस्" ।
छेवैमा दाजु भीम र भाउजू छिरिङ हुनुहुन्थ्यो र एकैस्वरमा दिदीलाई सम्झाउ“दै कराउनुभो, 'केको लाहुरे ज्वाइ“ न स्वाइ“, मनपर्नेसंग जान्छिन्, मनपर्ने ज्वाइ“ नै लिएर आउ“छिन् हैन त नानु - अबको जमाना पनि लाहुरे ज्वाइ“ नै रोज्नर्ुपर्छ र †' म अलमल्लमा परे“ । मान्यजनको आशिर्वाद पाएर पुलकित हुनुपर्ने मन कताकता असमञ्जस्ामा पर्यो । 'लाहुरे ज्वाइ“' शब्द झुन्डिएको आशिर्वाद पाएर जीवनमा पहिलोपटक पीडाबोध महसुस गरे“ । वर्षौंदेखिको एउटा पीडितले पुनः यातनासहितको करेन्टको झट्का पाएसरह भयो, त्यो पल मलाई । मनमा खाटा बसिसकेको पुरानो घाउ अदृश्य पीडासहित बल्झियो । निरंकुशता विरुद्ध हा“सी-हा“सी प्राण आहुती दिएका सहिद सम्झे“ र मैले पनि हा“सी-हा“सी नै त्यो पीडा स्वीकारे“, पचाए“ । दिदीलाई कुनै दोष दिन मिल्दैन, यो पीडाप्रति । यो पीडा त जानी-जानी जातिविशेषलाई दबाउन राज्यले दिएको जातीयताप्रतिको उत्पीडन हो । जातीयताप्रति गर्ने दमन र शोषण हो । त्यसैले जातीयताप्रति निरंकुश तवरले गरिएको यस भेदभावप्रति राज्यको ठूलो दोष छ भनेर दिदीले भन्नसक्नु र ज्ाान्नसक्नु हु“दो हो त पक्कै पनि मलाई आशिर्वादमा लाहुरे ज्वाइ“ दिनुहुन्नथ्यो । राज्यले बसाएको संस्कारअनुरूप दिदीले झनै जातीय पीडाको अनुभूत गराइदिनुभो, एक बैनीलाई दिने आशिर्वादमार्फ ।
दिदीको आशिर्वादले लाहुरेप्रतिको जिज्ञासा ममा झनै प्रबलतासाथ बढ्दै गयो । आखिर को हुन्, लाहुरे भनेका, कस्तालाई लाहुरे भन्छन्, क-कसले मात्रै लाहुरे बन्न पाउ“छन् - यस्ता असङ्ख्य प्रश्नले मेरो मस्तिष्कमा बेजोडको दौड प्रतियोगिता सुरु गर्यो । शरम र आक्रोशका राता ज्वालासहितका किरणहरू अनुहारभरि दौडिए । मैले तत्काल कसैको कुरामा सहमति जनाउन सकिन, केवल मौन रहे“ । मनमनै सुस्तरी भने“, दिदी तपाईंले चाहनुभएको र मलाई आशिर्वादमा दिनुभएको "लाहुरे ज्वाइ“" सायदै यो मनदेखि दूरदेशमा लाहुरे हुनुमा केवल आफ्नो अस्तित्व संकटमा मिल्क्याएर लाहुरमै अल्झिरहेका होलान् । कठै लाहुरे ज्वाइ“का मीठो कल्पना सा“चेकी, लाहुरे ज्वाइ“कै आसा पालेकी ती दिदीका श्रीमान अर्थात् मेरा भिनाजु लाहुरे हो या होइन, मैले सोधनी गर्न पनि सकिन । भिनाजुबारे जान्ने स्रोत थिए, र पनि मैले त्यसो गरिन । बडो कठिनतापर्ूवक मैले भिनाजुबारे जान्ने इच्छा मनैमा लुकाए“ । हुन त दिदीले मलाई दिनुभएको आशिर्वादको 'लाहुरे ज्वाइ“' नराम्रो अभ्रि्रायले पक्कै दिएको होइन, राम्रै अभ्रि्रायले दिएकी हुन् । दिदीको मनमा बसेको "लाहुरे ज्वाइ“"को छाप बडो गजबको छापमात्रै नभएर एउटा पीडासहितको छाप पनि हो । त्यो पीडासहितको छाप प्रत्येक तामाङ जातिको मुटुमा अमिट छापको रूपमा बसेको छ । आखिर 'लाहुरे' कुनै पनि मान्छेले एक क्षेत्रविशेषमा आधारित रही कार्य गर्ने पद र दर्जा न हो । तर विडम्बना † यस्तो भइदियो कि लाहुरेजस्तो पद, दर्जा कसैका लागि आशिर्वाद बनिदियो । पाउन नसकिने चिज बनिदियो, त्यो चिज पाउन सकिन्छ त जातीय पहिचान र अस्तित्व मेटाइनुपर्ने । त्यसैले जनजातिका छोरा, ज्वाइ“ लाहुरे बन्नमा र बनाउनमा कम मामुलीको कुरो थिएन, कुनै बेला । यसैकारणले लाहुरे छोरा बनाउनमा र लाहुरे ज्वाइ“ पाउनमा पीडित जनजाति अभिभावक मरिहत्ते गर्थे र अझैसम्म गर्छन् । नेपालको त्यो इतिहास जिउ“दैछ, जुनबेला
जोसुकै जनजातिले निर्धक्क लाहुरे बन्ने सपनासम्म बुन्न पाउ“दैनथे । त्यसबेला नेपालमा विशेष गरी तामाङ लाहुरे बन्नबाट वञ्चित थिए ।
यो कस्तो र कति साह्रो कहालीलाग्दो जातीय दमन लाहुरे बन्नकै लागि आफ्नो थर र जातैसम्म परिवर्तन गर्नुपर्ने । यसरी राज्यले सिङ्गो तामाङ जातिका लागि लाहुरे जागिर फलामको चिउरा निल्नु न चपाउनुको हड्डी बनाइयो । यो पीडा ऊ बेलाका तामाङ जातिले खेपेका थिए । कैयौं तामाङ जातिले लाहुरे भर्तीका खातिर नै आफ्नो थर परिवर्तन गर्न बाध्य भएका थिए भने कैयौं तामाङ आफ्नो जातीय अस्तित्व जोगाउने सवालमा अडिग रहेकाले लाहुरे बन्नबाट विमुख हुनुपरेको थियो । तामाङले यसरी लाहुरको सेनामा भर्ती हुनका लागि गुरुङ वा अन्य र्राई, मगर, घले जाति भनेर थर परिवर्तन गर्नुपथ्र्यो । त्यसैकारण आज कैयौं तामाङ आफ्नो वास्तविक थरबाट अन्य जातमा परिणत भएको कालो इतिहासभित्रको विरक्तता र तिक्ततासहितको घटना सिङ्गो तामाङ जातिको तातो रगतमा हरक्षण पीडा बनेर उम्लिरहेको छ । यसरी थर बदली-बदली लाहुरे बन्नेहरूका आफ्नो रगतको साइनो र रगतको नाता सन्तानसमेत आफ्नो वास्तविक थर र जातबाट मेटिनुपथ्र्यो । इतिहासका यी काला दाग मेटाउने चेष्टामा जनता जुटिरहेका छन्, आ-आफ्नै जातिको स्वायत्ततासहितको संघीय राज्य निर्माण गर्नमा ।

त्यो ‘घर !’


-चन्द्र गुरुङ


मेरा दुई आँखाबाट जस्तै
त्यो घरको चुहिने छानोबाट
आँसु मिश्रित पानी दर्किंदो रहेछ
मेरो मुटुजस्तै त्यो घरका भित्ताहरू पनि
निर्दयी समयको विश्वासघातले
ठाउँ-ठाउँमा चर्किएका रहेछन्
र मैलेजस्तै त्यो घरले पनि
आफ्नो छातीभित्र अँध्यारा कोठाहरूमा
थुप्रै पीर-व्यथाहरू थन्काई
ठोकेको रहेछ मुखमा भोटेताल्चा ।

मेरा खुट्टाहरूजस्तै त्यो घरका खम्बाहरू पनि
भरोसालाग्दो जमीन टेक्न नपाएर
केवल धराप-घरको टेको बनेका रहेछन्
मेरा एक जोर कानहरूमा जस्तै
त्यो घरका झ्यालहरूमार्फत पनि
खुशीको समाचार ओसार्दै
गर्न छोडेछ हावाले ओहोर-दोहोर ।

माथि, ओस्सिएर खुम्चिएको छानामा
घरको निधार कसैले सुकाउन फिँजाएको रहेछ,
उँडुस-उपियाँ पाल्न बाध्य
भित्ते-गालाहरू ओइलाएका पातझैँ भएछन्
र फुक्लिएर झरिसकेछन्
उसका मकै-भटमास पिस्ने बङ्गाराहरू ।

कठैबरा ! त्यो घर,
म जन्मेर हुर्के-बढेको घर !
देउरालीमा पाती चढाएर म परदेश लागेपछि
बा-आमाको हेरचाह गर्दै बसेको घर ! !

The Train

An unknown African poet.

(Translated by Gerhard Kubik)


The train
Carries everybody
Everywhere.

It carries the men
It carries the women.
It carries me too
A blind boy.

Wherever it carries me
Alas, I met distress
And knock against it
With my knee.

It carries the men
It carries the women.
It carries the blind boy
To his distress.

April Rain Song

-Langston Hughes.

Let the rain kiss you.
Let the rain beat upon your head with silver liquid drops.
Let the rain sing you a lullaby.
The rain makes still pools on the pavement.
The rain makes running pools in the gutter.
The rain plays a little sleep-song on our roof at night.
And I love the rain.

शहरमा !


-प्रकाश थाम्सुहाङ


मानौँ,
कुनै आख्यानको
अथवा कुनै कविताको
सर्वाल्टन पात्र म
यो शहरको सिंहदरबारलाई उल्टो घुम्दै
यो शहरको धरहरा, घन्टाघरहरूलाई उल्टो घुम्दै
यात्रामा आफू खोज्दै हिँडिरहेछु
आफू यात्रामा खोज्दै हिँडिरहेछु
हो,
म सुदुरपूर्वको एउटा गाउँले
यो शहरमा
अस्तित्ववादीको जिकिर गर्दै हिँडिरहेछु

म एक आउटसाइडर
म एक निषेधित विचार
म एक वर्जित चिन्तन
पिठ्युँमा रातो घाम बोकेर
बोक्दै टाउकोमा अजङ्गको पृथ्वी
सुनाउँदै इतिहासको लालमोहर
यो शहरको मुख्य सडकमा भर्खरै ढडिएको
नयाँ शालिकलाई देब्रे पारेर
म आदिवासी लुङा
यात्रामा आफू खोज्दै हिँडिरहेछु
आफू यात्रामा खोज्दै हिँडिरहेछु

उदेक लाग्छ,
सदियौँ मस्त सुतिरहेछ
यो निरङ्कुश शहर
यो शहर बराबर नेपाल
नेपाल बराबर यो शहर

किन ब्यूँझिएन अझै पनि
र तन्काएन आफ्नो आँखा
उसकै परिधिभन्दा बाहिर ?

अब, छिचोलोर यो शहरको अध्याँरो तह
हिँडेर अँध्यारो गल्ली
म पुग्नेछु प्रत्येक चोकहरूमा
भवनहरूमा, मनहरूमा
र खोज्नेछु मेरो नागरिकता नम्बर
टेक्दै पाइतालाले अँध्यारो
प्रत्यक सरकारी कम्प्युटरको फाइलहरूमा
खोज्नेछु मेरो जिन्दगीको पासवर्ड

म यायावर
समग्र नेपाल खोज्दैछु
नेपाल, नेपाल, नेपाल खोज्दैछु ।

छेकिएका हिमश्रृंखलाहरु

डा.मधु माधुर्य


बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु
नागलाई महादेवको गलामा बेरिएको देख्छु
कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु...
जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म
वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म
तिनै र्सपहरुले फणा उठाउँदा -
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ !
तिनै र्सपका प्रेमालु ठुँगाईबाट सहिद हुनेहरु
संयमताको प्रदर्शनमा बुद्धझैँ मौन छन्
जब-जब साँपहरु अस्तित्व देखाउन हरियो घाँसमाथि उठ्छन्
अग्ला-अग्ला हिमश्रृंखलाहरु पनि होचा देखिन थालेका छन् ।


महिनैपिच्छे हरियो घाँस दिएर पालेको छाडा बसाहा -
पशुपतिनाथको जस्तो समाधिस्थ होइन, निकै चुलबुले छ
सहरको शोभा सम्झनेहरुलाई पनि कलात्मक आकृतिझैँ भ्रम छ
पुच्छरले काउकुति लगाउँदै खुरले दबाउने बसाहा -
जब-जब काम देखाउन तीखो सिङ लिएर डाँडामा बुद्रुक-बुद्रुक उफ्रन्छ
सगरमाचा पनि हिजोआज
होचो देखिन थालेको छ ।


बसाहा र साँपहरुको जंगलमा छु म
त्यसैले त निलडाम र घाउहरुले सजिएको छु
शताब्दीका पानाहरुमा जीवनको परिभाषा बदलिएको छ
टुलुटुलु अवलोकन, सहन र मौनतामा जीवन रोकिएको छ
अर्थात् कविता रोकिएको छ र थिचिएको छ
कविता छेकिएको छ र अस्वीकृत छ
कविता लेखिनु नलेखिनुको एउटै अर्थ छ
कविता सबैतिरबाट छेकिएको छ, पुरिएको छ
त्यसैले कविता-लेखनको नयाँ आन्दोलन सुरु गर्दैछु
अझै नकुच्चिएको फणामा कविता लेख्दैछु
अझै नभाँचिएको सिङमा कविता लेख्दैछु
अस्तित्व देखाउन डाँडाहरुमा
जब-जब बसाहा र साँपहरु उठ्ने छन्
मान्छेका कविताका सामुन्ने
हिमशृखलाहरु पनि होचा देखिन थाल्नेछन् !!

हार्मोनियम


विक्रम सुब्बा

सप्तकोशीको तार सप्तक
सप्त गण्डकीको मध्य सप्तक
सप्त कर्णालीको मन्द्र सप्तक
एक्काइस स्वरहरूको यो हार्मोनियम

हार्मोनियमको कुनै पनि पर्दा थिचेर
आफ्नो गीत थाल
तर हार्मोनियम नै फुटाए
सरगम पनि टुट्नेछ
र कुनै मीठो संगीत बज्ने छैन

'म बाँचे भने भगवान मर्छ'

उमेश राई 'अकिञ्चन' (विराटनगर)

एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता

छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस्

कलिलो फूलको गुनासो

'म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ' ।

मित्र अग्नीशिखालाई संझँदै


राजव
(Courtesy:www.nepalikavita.com)

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
अन्धकार विरुद्ध

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
महल विरुद्ध

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
निर्ममको विरोध

बोल्न नदिने
लेख्न नदिने
संसारका शासक विरुद्ध
उसलाई मनपर्थ्यो रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
वर्वर तानाशाहको खवर

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
लोकतान्त्रिक कविहरूको प्रशंसा

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
उत्पीडितहरूको आवाज
रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही कलम थियो उसको विचार

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम

सुन्दरीको सुन्दरता


चन्द्र गुरुङ्ग

तिम्रो आँखाको गहिराइभन्दा
परेलीको डिल-डिलमा रङ्गरोगन गरिएको
कालो गाजल राम्रो !
लालुपाते ओँठहरूभन्दा
ती ओँठका भित्ता-भित्तामा पोतिएको
चकिलो लिपिस्टिक राम्रो !
नाकभन्दा पनि
नाकमाथि सजेको चिटिक्क फुली राम्रो !
दुइ कानहरूभन्दा त
कानै चुडाउने गरी
पिङ खेलिरहेको चमचम यार्लिङ राम्रो !
लामा-लामा औँलाहरूभन्दा
वासनादार नेलपालिस नै राम्रो !
तिमीभन्दा बढी
तिम्रो भित्री अङ्गहरूलाई छोप्न अर्समर्थ
डिजाइनदार छोटो ड्रेस राम्रो !
र तिम्रो शिरभन्दा पनि
काटछाँट पारिएको हेयर स्टाइल झन् राम्रो !

ए सुन्दरी झ्
तर एउटा कुरो
भन त
कता छ तिम्रो आफ्नो सुन्दरता ?!

हाँसो

SWORGIYA SWOPNIL
Born in Panchthar in 2038 B.S., Sworgia Swopnil is an emerging poet and one of the members of Rabgabadi Anadolan led by poet Dharmendra Bikram Nembang in the Nepali literary tradition. He started writing four years ago. He published his first collection of poems Rangai Ranga Ko Bhir (Ranga Shahitya, 2061 BS). He vehemently revolts against any pre-established form in poetic tradition. He says, “Any categorical form cannot hold a criteria for a poem. “ Reading his poems is similar to the experience of reading poems of great avant-gardist poets like Robert Creely and Charles Bernstein. Sometimes he appears more experimental in his radical poetic forms. Perceptual quality of experiences in language is the hallmark of Swopnil’s poems.


-स्व.स्वप्नील स्मृति


त्यसो त हाँस्न कहाँ पाइन्छ र -

आइन्दा दाँत नदेखाउनू !
चुप रहनू !!
क्षितिजजस्ता ओठहरु नखुलाउनू !!!

बहुराष्ट्रिय कम्पनीको ‘टुथपेस्ट’ सरकार
निकम्मा ‘बु्रस’ः
अध्यादेशले गीजा घोटेर
फिंज काडी-काडी हाँस्दछ- खित्का प्रोपोगाण्डा ।

आइन्दा आँखामा योवनको मुस्कान नबाल्नू !
ढुक्ढुकीको गति राम्ररी सम्हाल्नू !!

तर, हाँसेकै छन् जङ्गलमा फूलहरु
म्यूजियममा टाँगिएका बादशाहका खोपडीहरु
हाँसेकै छन् दन्तेकथाहरुमा
कथित देवी अनि शूम्भ निशूम्भहरु ।

नेता महानगरीको गाईजात्रामा हाँसिरहेछन्
जनता गाईजात्राको महानगरीमा हाँसिरहेछन्

सरकार
मुस्कुराइरहेका यूवकका हिमालजस्ता दाँत गनिरहेछ
र, गनिरहेछ गोलीका दानाहरु ।

वेश्याहरू
सम्भोगपछिका भद्दा लिङ्गहरु सम्झेर हाँसिरहेछन्
सरकार देखेर
म पनि त हाँसिरहेछु ।

Chandra Singh Gurung’s poetry



(Courtesy:www.satyakura.wordpress.com)

Poetry is heart and soul for a poet. For Chandra Singh Gurung, poetry is head, too. What does it mean ?
Yes, Chandra Singh writes pretty poetry not only with heart, but also with political sense. USKO MUTUBHITRA DESKO NAXA NAI THIENA (His heart did not have country’s map), a recently published poetry book by Chandra is the perfect evidence for it.

Chandra !
If only all the absurdities
Are swept away
With landslides !
-Pahiro (Landslide)

Really, Chandra does not write for only self-satisfaction, but also for the sake of nation, society and humanity. The book has 33 do-gooder poems. Poet Shrawan Mukarung writes, ‘Chandra’s poems are both contemporary and timeless.’ If you read the book, you will really have worth-reading. Thanks to Laxmi Rai who published this book.

You may be in touch with Chandra at chandu_901@hotmail.com or chandugurung@yahoo.com.

आन्दोलनकारी समयको तस्बिर


भोगीराज चाम्लिङ

कविता सङग्रहको नाम छ "उसको मुटुभित्र देशको नक्सा नै थिएन ।" त्यो नाम पढ्नासाथ एमालेले महाकाली सन्धि संसदबाट अनुमोदन गरेर गरेको राष्ट्रघातको सम्झना हुन्छ । कवि चन्द्र गुरुङको सङ्ग्रहमा यस्ता थुप्रै जल्दाबल्दा राष्ट्रिय मुद्दाहरुमा केन्द्रित भएका छन् । कविता जब समकालीन यथार्थबाट भाग्दैन तब मात्रै त्यो कविता हुन्छ, कवि जो समाजका बेथितिहरुसँग जुध्न तयार हुन्छ, तब मात्रै कवि ठहरिन्छ । यस मानेमा कवि चन्द्र गुरुङ र उनका कविताहरु सहीसलामत छन् ।

समयावधिका दृष्टिले हेर्दा यी कविताहरु २०६१ सालदेखि २०६४ सालका बीचमा लेखिएका छन् । त्यसकारणले यसमा त्यस समयका संघर्षका पदचापहरु छ्याप्छ्याप्ती भेटिन्छन् । त्यसैलाई आवरण तस्बिरमा विवेक मुकारुङल्ले पनि प्रतिबिम्बित गरेका छन् । यस्तै जनताले सडकमा लगाएका नाराहरु कविताको रुपका उनिएका छन् । ज-जसले राजतन्त्रविरुद्धको आन्दोलन सडकमा आफ्नै पाइतालाले नापेर भोगे, अश्रुग्यासको पिरोले आँसु चुहाउँदै भोगे, त्यस्ता थिए, गोलीको पारोबाट उम्किए, उनीहरुले कवि चन्दका कविताहरु पढे भने त्यसको तस्बिर कवितामा देख्नेछन् । तर ती जसले विभिन्न कारणले त्यो आन्दोलनमा प्रत्यक्ष सहभागी हुन पाएनन्, उनीहरुले पनि यी कविताहरुमा आन्दोलनको प्रष्ट तस्बिर देख्न सक्नेछन् । विश्वलाई आकषिर्त गर्ने जनआन्दोलनको स्पन्दन यी कविताहरुमा सुन्न सकिन्छ ।

नेपाली समाजमा सदिऔंदेखि गुजुल्टा परेका समस्याहरु छन् । जाति, क्षेत्र, लिङ्ग र वर्गका नाममा देखापरेको यस्ता समस्याहरुका गाँठा फुकाउने प्रयत्न कवितामा भएको छ । त्यसमा ती मूलतः जातीय उत्पीडन र त्यसका विशिष्टतालाई यी कविताहरु पढेर केलाउन सकिन्छ । गोर्खा भर्तीका नाममा भएका होची अर्धली, राज्यसत्ताबाट पाखा लगाइएका सवालहरु कवि चन्द्र गुरुङको दोस्रो सरोकारका विषय हून् । जनआन्दोलन र सशस्त्र संघर्षले सम्मानजनक ठाउँ दिएका यस्ता पहिचान र मूक्तिका नयाँ सवालहरु सिर्जनामा प्रतिबिम्बित हुनु नयाँ संस्कृति, नयाँ मनोविज्ञान, नयाँ मूल्य र नयाँ नेपाल निर्माणको जग बस्नु हो ।

समकालीन समाजका हर्ष विस्मात, पीडा, बेथितिहरुलाई कवि चन्द्र गुरुङलाई तीक्ष्णतापूर्वक कविता बनाएका छन् । त्यससँगै कविका सपनाहरु बुनिएका छन् कवितामा । ती सपनाहरु कुनै अल्लारे ठिटाका मायाप्रीतिका सपनामा मात्र खुम्चिएका छैनन्, समुन्नत भविष्यको आकांक्षा भएका छन् त्यसमा । विचार-अभिव्यक्ति र सन्देशका दृष्टिले यी कविताहरु कमजोर छैनन् ।

कविता कार्यका लागि कविता चाहने वैचारिक प्रस्टता, संवेदनशीलता, सूक्ष्मता, तीक्ष्णता, भाषिक र विम्वहरुको प्रयोगको कुशलताका झिल्काहरु यी कविताहरुमा प्रशस्त भेटिन्छन् । त्यसलाई अझ खानै काम गर्न भने बाँकी छ । त्यो जीवनभर चलिरहने प्रक्रिया नै हो । थालनी गर्दा त्यस्ता थुप्रै कमजोरीहरु हुनु अस्वाभाविक होइन । जस्तो कि कवितासङ्ग्रहको शिर्षकलाई नै लिन सकिन्छ । यो शिर्षक दुइवटा कारणले असान्दर्भिक जस्तो लाग्छ । एक, यो शिर्षक ज्यादै लामो छ । त्यसको सट्टामा सङ्ग्रहभित्रकै ूशासक र जुत्ताहरुू जस्ता सशक्त कविताहरु राख्न सकिन्थ्यो । नामको चुस्तता पहिलो शर्त हो । दोस्रो, समग्र कवितासङ्ग्रहको सन्देश जे हो, त्यो कवितासङ्ग्रहको नामले व्यक्त गरे जस्तो लाग्दैन । यस्ता कुराले पनि कविताको प्रभावमा असर गरिरहेका छन् । यी प्राविधिक जस्ता लाग्ने विषयमा पनि कविहरु संवेदनशील हुनैपर्छ

Know About A Book (5)



Title of the book: "Sapana Sajaaera Aankhavari"
Author: Basanta Raj "Agyat"
Genre: Collection of Songs
Computer Work: Basanta Raj Agyat (Khotang)
Publisher: Sabdhasatabdhi Prakashan.
Cover Art: Self
Printed @ : Om Shiva Shakti Printing Press
First Edition: +++++

मेरो आवाज

भीमदर्शन रोका


धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ
तिमी ध्यानले सुनिरहनू
त्यसमा मेरो पनि आवाज हुनेछ
फेरि झन्‍ झन्‍ ठूलो हुँदै जानेछ ।

आकार यसको, सूर्यमण्डलजस्तो
घाम वरिपरि सभा लागेजस्तो
राती भए चन्द्रसभा
बसिरहेका तारैतारा
चक्रैचक्र
सफा शुभ्र
बाहिर भित्र

सप्ताहहरुमा शहीद सप्ताह
महिनाहरुमा माघ, फागुन
क्रान्तिको रङ्‍गरोगन
क्रान्तिको चिर आयु, आगमन ध्वनि
चिरपरिचित
मुटु ध्वनि
धातु बजेजस्तो
चोटमा चोट थपिँदा पनि
टन्न आवाज मिलेको
टन्टलापुर घाम मानो मध्यान्हमा बजिरहेको
बन्दै आयो टाढा टाढासम्म
दिशा एकै
लागिरह्यो युगौँयुगसम्म
नसा एकै
दुवै हात फैलाएर
तीनै सप्तक छोएर
स्वर सागरहरुको सङ्‍गम
ल्याइरहेको परिवर्तन

लाखौँलाखको बीचमा
मेरो आवाज छुटिएन भने
चिन्न पनि सकेनौ भने
खुशी हुनेछु, मिलिसकेको रहेछु
अब पीर रहेन, धेरै पर छैन
पुगिसकेछु एउटा निश्चयमा
पाकिसकेछु, झर्ने झर्ने बेलामा ।

नयाँ वर्ष


भूपि शेरचन


नयाँ सरुवा भई आएको हुलाकेझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्...ट्वाक्...ट्वाक्...ट्वाक्...
लिस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला-कुबेलाको बादलको गड्याङ-गुडुङ
आकाशलाई पखालो लागेको छ
विक्ष्णुमतीको फोहार हैजे पानी पिएर
ट्वाँ,
सहनाईकौ बेसुरा ध्वनीबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरू
मध्याहृन दिन
चर्को घाम
सारा रुखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्षआएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा भुन्ड्याउनु छ
फेरि एकचोटि
संगी साथीहरूको बोकेर, उडिरहेका हवाईजहाज
र रकेटहरूमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना-पत्र ।

नागरिकता

मीनबहादुर बिष्ठ


तिनीहरूले –
हाम्रा देख्ने आँखा खोसे
सुन्ने कानहरू खोसे
सोच्ने मस्तिष्कहरू खोसे
त्यसको बदला
यौटा टोपी
यौटा दौरा
र यौटा सुरुवाल दिँदै भने –
अब तिमीहरू
नेपाली नागरिक भयौ ।

नयाँ वर्ष

र्जसराज किराती


शायद त्यहाँ तिम्रो लागि
यो पटक पनि
उन्माद र रहर बोकेर नयाँ वर्षआएको छ
यहाँ मेरो लागि भने
पुरानो हुँदै गएको आयूको खास्टो ओढेर
बुढो वर्ष आएको छ ।

मेरो लागि
सञ्चो विसञ्चो
सुख वा दुःख केही नसोध
र्सर्ूय-ग्रहणले मेरो त आकाश पनि मैलो परेको छ
म तिमीलाई के आशिर्वाद चढाउँ
जबकि बिषाक्त हात-हतियार बोकेर उडिरहेको
हवाई जहाजमुन्तिर
तिमिलाई मेरो शुभकामना भन्नु परेको छ ।

यो नयाँ वर्षआत्महत्या जस्तै गन्हाउँछ
भट्टी पसलको केटो जस्तै
एक लहर मुस्कान फाली राखेर
प्रत्येक गिलास क्रमशः रित्तो बनाउँछ
त्यो रित्तिएको गिलास र
सिद्धिदै गएको मुस्कान जति
मेरो भागमा परेको छ
तिमी भन्ठान्छौ
नयाँ वर्षे फूलको मुस्कान र चुम्बन ल्याइदिएको छ
हुन्छ;
त्यसलाई तिमिले
जूनको थालीमा राख
वा फूलको लालीमा राख
वस्तुतः यो नयाँ वर्षे हामी दुवै जनामाथि
अन्याय गरेको छ
यसो भनौँ -
तिमीले उताबाट हेर्दा रंगीन इन्द्रेनी देखिरहेछौ
यताबाट मैले
रङ्गहीन भएर त्यो आफैमा बिलिरहेको देखेकोछु
सम्भवतः हामीले
एउटै इन्द्रेनीलाई दुइतर्फबाट हेरिरहेछौँ
सम्भवतः हामीले
एउटै जीवनको दुइटा यात्रा गरीरहेछौँ
हुन सक्छ -
तिमी भट्टीभित्र पसी रहेछौ
म भट्टीबाट निस्किरहेछु
अहिले तिमीलाई मात लागेको हुन सक्छ
म भने थाकेर
वास खोज्न थालेको हुन्छु
फरक त के छ भने
तिमी फक्रिन लागेको र
म वैलिन थालेको
एउटै हाँगाका दुइटा फूल हौँ
म तिमीलाई भन्छु -
प्रत्येक नयाँ वर्षे तिम्रो र मेरो बीचमा
निःसन्देह युद्धको घोषणा गरेको छ
निःसन्देह जीवनभित्र युद्ध स्वयं प्रवेश गरेको छ
हामी योद्धा त हौँ
अपितु पराजित किल्ला र पर्खालमा लुकेर
पराजित मल्ल राजा जस्तै
आफ्नैबाट भागिरहेछौँ -
र प्रत्येक नयाँ वर्षे हामीलाई पिछा गरिरहेछ -
लखेटिरहेछ
तिम जेसुकै ठान,
मेरो विचारमा तिमी मुस्कानको डिलमा हाम्फाल्छौ
आँखाका छालबाट पोखिन्छौ
यति हो -
शुभ्र-शान्त दीप शिखा जस्तै
हामी आफैमा बलौँ र जलौँ ।

नयाँ घरको प्रस्ताव

लक्ष्मी माली


पुरानो घरलाई भत्काएर
आऊ एउटा नयाँ घर बनाऊँ
धमिराले खाएर मक्किसकेको दलिन
कुनै पनि बेला खस्न सक्छ
कति टालटुल पार्ने
कति रंग रोगनले छोप्ने
भित्रभित्रै खोक्रो भइसकेको छ
अलिकति जोडले पाइला टेक्दा
छर्रर छर्रर धूलो र्झछ
कसरी निर्वाह हुन्छ यस्तो घरमा -
त्यसैले भत्काइदेऊ
पुरानो घरलाई
छिट्टै मक्किन नसक्ने
धमिरा लाग्न नसक्ने
आऊ एउटा नयाँ घर बनाऊँ ।
काँचो इँटाको गाह्रो हो यो
त्यसमा पनि ओस लागेर
चिस्यानले ओसिइसकेको
धमिरा हिंडेर
गरा-गरा बनाइसकेको भित्ता
एकचोटि अडेस पनि लाग्नु हुँदैन
फ्यास्सै जालाजस्तो
फुस्स माटो खस्छ ।
कसरी सुत्न सकिन्छ निर्धक्क भएर ?
चिस्यानले छुन नसक्ने
धमिराले कोट्याउन नसक्ने
आऊ एउटा नयाँ घर बनाउँ ।
जगमा पानी पसेर
भित्ताहरू चर्किसकेका छन् ।
चार रेक्टरको भूकम्पले पनि कुनै बेला
गर्ल्याम गर्लम्म ढल्न सक्छ
सुत्यासुत्यै
बालबच्चासहित
हामी सबै यही घरले पुरिन सक्छौं
त्यसबेला
हाम्रो लाश झिक्न पनि
छिमेकी आउन नपरोस्
त्यसैले भत्काइदिऊँ
यो पुरानो घरलाई
भोलि सितिमिति नभत्कोस् भनेर
भूकम्पमापन गरेर
आऊ एउटा नयाँ घर बनाऊँ

डर र नमीठो गन्धले
उकुस-मुकुसिएर
निस्सासिन थालिसकेको छ
स्वच्छ हावामा स्वास फर्ेनका लागि
असुरक्षाको भयबाट मुक्त हुनका लागि
आऊ एउटा नयाँ घर बनाऊँ ।

शासक र तर्क

दिनेश अधिकारी

ऊ भनिरहेथ्योः
अनुशासनहीनताको पनि एउटा हद हुन्छ
म यो देशको शासक पो हुँ त
मेरो अनुमति विना नै
खोलामा लहरहरू उठिरहेछन्
आफूखुसी फक्रिरहेछन् कोपिलाहरू
विना हिचकिचाहट नाचिरहेछन्
हाँगा/हाँगामा फूलका पातहरू,
चराहरू चिर्बिराइरहेछन् मनलागी
सूर्य, आफूखुसी
बादलसँग लुकामारी खेलिरहेछ
निर्लज्ज ! जँड्याहा जस्तै
लटपटिँदै बहिरहेछ बतास
सोध्दै नसोधी
रङ्ग फेरिरहेछ छेपारो
र, धमाधम
ऋतु परिवर्तन हुँदै गइरहेछ
मेरो उपस्थितिलाई देख्दै नदेखे झैं
कुखुरो, सिउर उचालिरहेको छ
बारी, विरुवा उमारिरहेछ
भन त ! यो कस्तो उद्दण्डता ?
आकाश, आफूखुसी वषिर्रहेछ
बादल, बौलाहाजस्तो गर्जिरहेछ
आखिर शासक हुँ नि
कसरी सहन सक्छु म यस्तो अनादर ?
मेरो इच्छाको कुनै पर्वाह नै नगरेर
हिमाल, झन् झन् अग्लिइरहेछ !

तपाईंलाई कस्तो लाग्यो उसको तर्क ?
उसको कुरा सुनेपछि
मलाई भने अब एकीन भइसकेको छ -
तर्क, साँच्चै नै नकच्चरो हुँदोरहेछ !
शासकजस्तै
तर्क, आफैमा लबस्तरो हुँदोरहेछ !!

सुसङ्गत र उज्यालो नेपाली समाजको खोजी


-पूर्ण इन्फादा


अचेल हरेक मान्छेले आफ्नो स्वत्वको अहम् खोज्ने प्रचलन बढ्दै गएको छ । आआफ्नो क्षेत्रबाट आफ्नो जाति, संस्कृति, भाषा आदिको अहम्लाई खुट्याउँदै हिँड्नुपर्ने अवस्थाको सृजना भएको छ वर्तमान । जातीय, वर्गीय, साहित्यिक स्वत्वको खोजी गर्दै आएका छन् कवि चन्द्र गुरुङ “उसको मुटुभित्र देशको नक्सा नै थिएन” (कविता संग्रह २०६४) लिएर ।
चन्द्र गुरुङको काव्यिक यात्रा धेरै पुरानो नभए पनि उनको यस सङ्ग्रहभित्रका कविता लेखनको शैलीलाई हेर्दा धेरै खारिएका कविको लेखनभन्दा कम छैनन् । कविता लेखन यात्राको उनको यो पहिलो पाइलो हो । यस सङ्ग्रहभित्र समेटिएका कविताहरुमा कतिपय पाठकहरु यसअघि नै विभिन्न पत्र-पत्रिकामार्फत साक्षात्कार भइसकेका पनि छन् । उनले यस सङ्ग्रहभित्र समावेस गरेका ३३ थान कवितामा विभिन्न विषयवस्तुलाई समातेर विविध भाव र शैलीको प्रयोग गरेका छन् ।
कवि चन्द्र गुरुङका यस संग्रहभित्रका कवितालाई सर्सर्ती नियाल्दा विचार, कला र व्यङ्ग्यको त्रिकोणात्मक सम्मिश्रण अन्तर्घुलित भएको पाइन्छ । यसका साथै सरल भाषा र भावको अन्तर्घुलन पनि उनको कवितामा स्पष्ट रुपमा छचल्किएको भेट्न सकिन्छ । ग्रामिण परिवेशबाट टपक्क टिपिएका बिम्व र प्रतीकको बाहुल्यता छ उनका कवितामा । जुनसुकै पाठकले पनि उनका कवितालाई पढेर सजिलै भावबोध गर्न सक्छन् । उनका कविता पढेर सहजै रुपमा कविताको सौन्दर्यबोध हुन्छ ।
यस कविता संग्रहमा समावेश गरेका कवि चन्द्र गुरुङका कविताहरुमा युद्धको पीडा, गरिबी र विदेसिएका नेपालीको पीडा जताततै बोध गर्न सकिन्छ । अन्याय, अत्याचार आदि सबै सामाजिक बेथितिमाथि कविले नग्न व्यङ्ग्य गरेका छन् । नेपाली समाजमा गाउँदेखि सहरसम्म जुन किसिमको बेथिति र विसङ्गतिहरु छरपष्ट भएर रहेका छन् तिनीहरुलाई उनले आफ्नो काव्यिक बाटोमा बिनाहिचकिचाहट औंल्याई दिएका छन् ।
उनका कवितामा आदिवासीय पीडाको बोध जताततै पाइन्छ । नेपाली संस्कृतिको माया र ममता झल्किएको छ । आफ्नै देशभित्र माटो खोज्दै हिँड्नुपरेको व्यथा अचाक्ली उकुच पल्टिएको छ । शासकहरुका धारिला नङ्ग्राहरु भाँच्नुपर्ने अभिव्यक्ति झल्किएको छ । सामन्तवादी शासन प्रति विद्रोह उकेलिएको छ । शोषण, दमन र अत्याचारको दोहनको पक्षमा उभिएका छन् कवि चन्द्र गुरुङ । मिहीन र सटिक व्यङ्ग्यको संयोजन उनका कवितामा भएको पाइन्छ ।

तर अचेल यो बतास
मृत्युको त्रासले लखेटिएको
कुनै घाइते सिपाहीझैँ
बाटोभरि गुहार माग्दै आउँछ । (बतास पृ १७ )
यही माथिको कवितांशबाट झल्किएको छ कि कवि चन्द्र गुरुङ कति सटिक ढङ्गले काव्यको सौन्दर्यबोधलाई प्रकट गर्न सक्छन् भन्ने कुराको पुष्टि गर्न ।

यस कविता संग्रहभित्र समाविष्ट ३३ कवितामध्ये शासक र जुत्ताहरु, बतास, तिम्रो दरबार र हाम्रा घरहरु, अचेल मेरो गाउँ जस्ता थुप्रै कविताहरु सम्प्रेषणीय र समसामयिक विषयवस्तुलाई समेटेर लेखिएका छन् । मानवीय संवेदनालाई प्राथमिकताकासाथ कवितामा प्रतिबिम्बित गरेका छन् कवि चन्द्र गुरुङले कवितामा । उनका कवितामा देश, परदेश, गाउँ, सहर सबै सबै दुखेको छ । यथार्थतमा उनका कविताले सुसङ्गत र उज्यालो नेपाली समाजको खोजी गरेका छन् ।

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell