GUFF-GAFF WITH A POET (3)

सुधीर छेत्री

1. Name-
सुधीर छेत्री
2. Place of Birth-
भारत उत्तरप्रदेशको अलाहबादमा। १९७१ दिसम्बरमा।
3. Contact Phone or Email-
98320-94769 (mobile) and bichalan147@yahoo.co.in
4. Published Works-
कविता सङग्रह 'शिल्पका पखेटाहरू'
5. What genre/s do you prefer to read?
समालोचना सिद्धान्तहरू अनि स्वादिष्ट कविता
6. Who are your favorite Nepali/English poets?
नेपाली कवि आयामेलीहरू, राजेन्द्र भण्डारी, श्रवण मुकारूङ, अविनाश श्रेष्ठ। अङ्ग्रेजी एज्रा पाउन्ड। इन्द्रबहादुर राईका समालोचनाशैली।
हतारमा लेख्दा धेरै छोडिए। भोलि सोध्नुभए अरू नै नामहरू पो बताउँला कि।
7. Which are the books that have touched you deeply?
सानो हुँदा आन्द्रे जिदको एउटा उपन्यास पढेर हप्तौँ अलल्लिएको याद छ। मच्छेन्द्र प्रधानको उपन्यास नीलकण्ठ श्रेष्ठ लाग्छ। कविताहरू त्यही पनि माथि उल्लिखित कविहरूका त नमिठा लाग्ने कुरै आएन।
8. The books you would like to read again and again.
इन्द्रबहादुर राईका 'इन्द्र सम्पूर्ण'
9. What excites you to write poems?
नेपाली अक्षरहरूसितको प्रेम। अक्षरहरूभित्र बजेको प्रतिपल नौला ध्वनिहरूसित बन्धुत्व।
10. How would you define a poem?
अनुभुतिको सितारमा
शब्दहरूका औँलाहरू जब सल्बलाउंछन्,
जब आर्त्तनादहरूका ठुटाहरूमा नयाँ च्याउहरू उम्रन्छन्
अनि
जब संवेदनाले चिच्याई चिच्याई आकारको माग गर्छ
कविताको टुसा मौलाउँछ।
11. Simple poems or abstract poems…
यी दुवै थरीभन्दा कतै बिचतिरका कविता।
12. Till date, about how many books on poems are read by you?
गनिएन अनि भविष्यमा पनि गनिनेछैन।
13. Prefers to read Nepali, Hindi or English Poems?
नेपाली। अनि त्यसपछि अरू।
14. What characteristics the good/beautiful poems must possess?
रूप र भावको सटीक सन्तुलन। नवीन बिम्बहरू,प्रतीकहरू। अपरिचितिकरणको औजार चलाइएको। सेल्फ रिफ्लेक्सिभ।
यो मेरो व्यक्तिगत विचार। थोपर्ने धृष्टता होइन।
15. The one thing you love about yourself.
मेरो साहित्यप्रेम
16. The one thing you hate about yourself.
समय बेसमयमा भाँच्चिबस्ने मभित्रको मन।
17. The unforgettable moment/incident in your life
अझै त्यो पल आउन बाँकी नै छ।
18. (Actress) Rekha Thapa or (Writer) Parizat…
निस्सन्देह परिजात। शिरिषको फूलको निम्ति।
19. Mother Teresa or Princess Diana…
Mother Teresa
20. Any dream project in writing field.
भारतको नेपाली साहित्यमा भिन्नै समालोचना र कविता धाराको विकास।
21. Prizes/Honors…
भाइचन्द प्रधान स्मृति पुरस्कार। अनि
चरित्र प्रकाशनको सम्मान। फुटकर स्थानीय केही अरू ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell