एउटा "आपोकालिप्सिस" ढाल्नुछ

- मधु माधुर्य ( हाल : रसिया)

एक्लो सगरमाथा -
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती 'टुकुचा' बगिरहेछ ...

विसर्जनको प्रवाहसंगै
इतिहासको जंडू नियति
दक्षिण बगिरहेछ
'चुनामी' नेताहरुको
जिजिविषा
भत्काउँदै
मठ-मन्दिर र गुम्बाहरु
थाप्दै दक्षिणको "आशिर्वाद"
उक्लिरहेछ
विकराल आपोकालिप्सिस :
उही सिक्किमको भीरबाट
देश खस्ने खतराको

अप्रिय संकेत -
*२-४ कुपुत्रहरुको उन्मादपूर्ण अट्टहास
*आफ्नै आमा विरुद्धको 'मुर्दाबाद'
*खुलमखुल्ला अन्त्यष्टिको शृंखलावद्ध तयारी
भस्मासुरको कालो हात बनेर
भविष्यको पुर्पुरोतिर
बेरोकटोक
डुलिरहेछ ...

शव्दको अभावमा

मुर्ख
दृश्यहरुको क्यानभासमा
प्याच्च प्याच्च थुकिरहेछु :
"थुइक्क" !
............
"थुइक्क" !!
...........
"थुइक्क" !!!

स्थायी आवेगको
तातो-तातो आरनमा
एक्लै एक्लै
म -
फलामको अभ्यास गरिरहेछु
चीसो ओस
चारैतिरबाट
चाटिरहेछ मलाई !

रोपेर
महँगो स्वाभिमान
यो उर्वर माटोमा
फेरि
अर्को सगरमाथा
उभिदिन्छु

बुझ पचाउँदै :
"एक्लो सगरमाथा -
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती 'टुकुचा' बगिरहेछ ..."

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell