नयाँ घरको प्रस्ताव

लक्ष्मी माली


पुरानो घरलाई भत्काएर
आऊ एउटा नयाँ घर बनाऊँ
धमिराले खाएर मक्किसकेको दलिन
कुनै पनि बेला खस्न सक्छ
कति टालटुल पार्ने
कति रंग रोगनले छोप्ने
भित्रभित्रै खोक्रो भइसकेको छ
अलिकति जोडले पाइला टेक्दा
छर्रर छर्रर धूलो र्झछ
कसरी निर्वाह हुन्छ यस्तो घरमा -
त्यसैले भत्काइदेऊ
पुरानो घरलाई
छिट्टै मक्किन नसक्ने
धमिरा लाग्न नसक्ने
आऊ एउटा नयाँ घर बनाऊँ ।
काँचो इँटाको गाह्रो हो यो
त्यसमा पनि ओस लागेर
चिस्यानले ओसिइसकेको
धमिरा हिंडेर
गरा-गरा बनाइसकेको भित्ता
एकचोटि अडेस पनि लाग्नु हुँदैन
फ्यास्सै जालाजस्तो
फुस्स माटो खस्छ ।
कसरी सुत्न सकिन्छ निर्धक्क भएर ?
चिस्यानले छुन नसक्ने
धमिराले कोट्याउन नसक्ने
आऊ एउटा नयाँ घर बनाउँ ।
जगमा पानी पसेर
भित्ताहरू चर्किसकेका छन् ।
चार रेक्टरको भूकम्पले पनि कुनै बेला
गर्ल्याम गर्लम्म ढल्न सक्छ
सुत्यासुत्यै
बालबच्चासहित
हामी सबै यही घरले पुरिन सक्छौं
त्यसबेला
हाम्रो लाश झिक्न पनि
छिमेकी आउन नपरोस्
त्यसैले भत्काइदिऊँ
यो पुरानो घरलाई
भोलि सितिमिति नभत्कोस् भनेर
भूकम्पमापन गरेर
आऊ एउटा नयाँ घर बनाऊँ

डर र नमीठो गन्धले
उकुस-मुकुसिएर
निस्सासिन थालिसकेको छ
स्वच्छ हावामा स्वास फर्ेनका लागि
असुरक्षाको भयबाट मुक्त हुनका लागि
आऊ एउटा नयाँ घर बनाऊँ ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell