'जननी,जन्मभूमिश्च.....'
Umesh Rai,बिराटनगर
Courtesy: http://www.bagicha.com/
किन लिएर जाँदैछौ
भाइ ?
त्यो नेपालको नक्शा जडेको
किताब
योजना आयोगको फाइलमा
आधा नेपाल मात्र अटायो त
के भयो ?
यो हावामा छरिएको सुगन्ध
यो माटोमा टाँसिएको पितृ-प्रेम
आमाको समाधीस्थलझैं प्रिय पहाड
सबै-सबै हाम्रैं त हुन्
अनि किन
लिएर जादैछौं भाइ?
माटोलाई अति आवश्यक
घाम र जूनजस्ता
तिम्रा दुई ओजस्वि आँखाहरू
पौरख गर्नलाई
पुर्खाले आर्जेको छानो
साँघुरो भयो त
के भयो?
यो देशसँग भएको न्यानोपन
यो देशले दिनसक्ने अबसर
यो देशले दिन बाँकी सम्मान
सबै-सबै हाम्रै त हुन्
क्षितिजको नाङ्गो रुखसँग
छायाँ मागेर
आफ्नै जस्तो अनुहारसँग
टाढा भागेर
उपलब्धिको
कस्तो इतिहास लेख्ने
छापाखाना
खोजिरहेछौ भाइ ?
कलेज प्रथम भएर
तिमीले पाएको विशिष्टता
कविता प्रतियोगितामा प्रथम भएर
तिमीले बनाएको चिनारी
हाजिरी जवाफमा देखिएको
तिम्रो विलक्षणता
यी र यस्ता
तिम्रा उज्याला परिचय
समुद्रको नुनिलो पानीमा
किन मिसाउन जादैछौं भाइ ?
पृथ्बीको पल्लो छेउ टेकेर
जित्छु लाग्छ भने दुनिया
पुर्खाहरूले
उहिल्यै-उहिल्यै
गोर्खालीको परिचयमा
जितिसकेका हुन संसार
हामीले त
जित्न केवल बाँकी छ भाइ,
भोक
अशिक्षा
गरिबी
अनि बनाउन बाँकि छ
समृद्घ
आधुनिक
न्यायपूर्ण नेपाल ।
Subscribe to:
Post Comments (Atom)
About Me
- http://chandu2007.blogspot.com/
- Manbu-6,Gorkha, Kathmandu, Nepal
- Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell
No comments:
Post a Comment