सुषमा मानन्धर
फाट्टफुट्ट देखिने आफ्ना रचनामा समेत पनि अल्पविराम लागेकाले होला, हालैमात्र एकजना शुभचिन्तकले भेट्नेबित्तिकै सोधिहाले, "लेख्न छाड्नु भयो कि के हो ? अचेल पत्रिकातिर देखिनु हुन्न ।" हिसाब गरेंँ, हुन पनि नयाँनौलो नलेखेको पनि महिनौँ भएछ । लेखिएका पुराना रचनाका केही स्टक कतै कुनै पत्रिकाको सम्पादकज्यू कहाँ पालो कुर्दै होलान् । रचनाबारे सोधपुछ गर्दा, "हो आएको छ, हेर्दैछु" भन्ने खालको उहाँहरूबाट पाइने आश्वासनले कुनै दिन उहाँहरूले हेर्न छाडेर छाप्नु पनि हुनेछ भन्ने सुखद पखाइमा बसेकी छु ।
औँलामा गन्न सकिने पाठकले मात्र भए पनि मेरा लेखाइको हेक्का राख्दा रहेछन् भन्ने कुराले निकै हषिर्त मात्र तुल्याएन अपितु नयाँ लेख्नका लागि ऊर्जा पनि थपिदियो । सम्भवतः धेरै दिनपछि लेख्न खोजेकीले होला, कुन विषयमा कहाँबाट कसरी लेख्न थाल्ने ? निधो गर्नै सकिँन । पत्रपत्रिकातिर नियमित लेखिरहनु हुने लेखकको क्षमता, भावप्रवाह, समय र मूडको सामञ्जस्य देख्दा डाहालाग्छ । तिनका जस्तो आफ्नो भने लेख्नका लागि समय र मूूडको कुुनै तालमेल नै मिलिरहेको हुँदैन ।
समयाभावको गुनासो मसँग हमेशा रहेकै हुन्छ । भन्नेले 'नाच्न नजान्ने आँगन टेढो' पनि भन्लान् तर 'लेखिनौँ' भन्नेमा मैले प्रायः यो गुनासो गरेकै हुन्छु । हुन त अफिसभित्र छिरेर म जस्तो कर्मचारीले १० देखि ५ को समय सीमामा काम, कम्प्युटर र क्लासका भारीमुनि आफ्नो व्यक्तिगत अभिरुचिका कुरा लेख्नको निमित्त उपयुक्त समय खोज्नु आफ्नो पेसासँग अन्याय हुन्छ वा हुँदैन, त्यो अर्कै कुरा हो ।
धेरैपल्ट अनुुभव गरेकी छुु, लेख्नका लागि मनैदेखि लेखूँलेखूँ लाग्ने 'मूड' नबनेसम्म मनग्गे समय पाउँदा पनि कलमले 'क' पनि लेख्न नसकिने रहेछ । यो मूड र समयबीच शायद पूर्वजन्मदेखि नै वैरभाव रहँदै आएको हो, एउटा साथमा हुँदा अर्को ठ्याम्मै देखा पर्दैन । मलाई मात्र होइन शायद अधिकांश लेख्नेलाई पनि यस्तो अनुभव हुँदो हो । 'मूड अन' हुँदा दिमागमा छताछुल्ल भाव भरिएका हुन्छन्, कहिले लेखूँ भन्ने हतार हुँदाहुँदै पनि उपयुक्त समय नभेटिएर ती भावना बाफिएर पानी सुकेसरि सुक्छन, हात लाग्छ 'भागनास्ति सुन्ना' । बाटो, बजारमा हिँडिरहँदा र कहिले काहीँ कामको बेफुर्सदिलो समयसमेतमा पनि लेख्ने विषय र भावना ध्ााराप्रवाह उम्लिरहेका हुुन्छन्, जसलाई शब्दमा उतानर्ुु त्यो बेला असहज मात्र होइन अफ्ठ्यारो पनि हुुन्छ । कुुनैबेला लेख्नकै लागि भनेर निस्पिmक्री समय निकाल्दा र पाउँदा पनि मूड बनिरहेकै हुँदैन ।
एकपल्ट कम्प्युटरमा काम गर्दैै थिएँ, गजबको आइडिया आयो । यस्तो फुर्ने वित्तिकैका तात्तातो विचारलाई कतै नउतारे त्यो एकैछिनमा स्यालको सिङझैं हराउँछ । लेख्न तयार परेकी मात्र थिएँ, अकस्मात झ्याप्प बत्ती -लाइन) गयो । विच्छुकै पर्योक । दिक्क लाग्यो । मनमनै प्राधिकरणलाई गाली पनि गरेँ । कम्प्युटरको स्त्रिmन जस्तै दिमाग पनि अँध्यारो भयो । जब लेख्ने मूडमा हुन्छु, केही न केही यस्तो भएकै हुन्छ । चिउँडोमा हात लाएर सोच्दै थिएँ । अफिसमा एक जना बहिनी एउटा चिठी लिएर कोठामा आइपुगिन् । दुई/चार चोटी उनले मलाई यसरी नै घोत्लिँदै गरेको भेटेर होला, भनी पनि हालिन्- के हो म्याडम, तपाईंलाई जत्तिबेला पनि टोलाइरहेको देख्छु नि Û उनले फेरि अन्यथा सोचेर बखान लाउलिन् भनेर स्पष्टीकरण दिउञ्जेल आफ्नो भने बनिसकेको मूड उडिहाल्यो ।
अफिसमा यत्तिकै लेख्न नसकिने रहेछ । झ्याल बाहिरको हरियाली हेर्दै लेख्ने उपयुक्त वातावरण खोज्दै थिएँ । ढोका ढकढकाउँदै दुई/तीन जना साथी आए । यस्तो चिसोमा गुफा बसेसरि के धुम्धुम्ती बसिराखेकी ? जाउँ हिँड चिया खान । उनीहरूले उठाइछाडे । पर्ख न, म एउटा झकास लेख लेख्न खोज्दैछु भन्दा पनि कसैले पत्याएनन् । लेख्न हुटहुटी लागिरहेकाले कापी बोकेर 'लाइब्रेरी' तिर लागेँ । 'स्टडीरुम'को पछिल्लो बेन्चमा बसेर लेख्ने सुरसार गरेँ । शीर्षक पनि थुप्रै दिमागमा भुन्भुनाइरहेका थिए । शीर्षकमाथि उम्लिरहेका विचारलाई एकै सूत्रमा बाँध्न भने गाह्रो भइरहेको थियो । सोच्दा सोच्दै सोचें, यही 'लाइब्रेरी'का बारेमा किन नलेख्ने ? थरिथरीका र विभिन्न कार्यालय अनि तहका कर्मचारी आउँछन् । के सबैजना यहाँ लेखपढ कै निमित्त आइरहेछन् ? कतै यो गफ गर्ने एउटा राम्रो अखडा त बनिरहेको छैन ? जोशिएर यही विषयमा लेख्ने विचार गरेँ । दुई/चार लाइन छिचोल्न पाएकी थिइँन, आफ्नै खल्तीभित्रको मोबाइल घन्कियो । लेख्ने धूनमा लाइबे्ररी बस्दा मोबाइल साइलेन्टमा राख्नै बिर्सेछँु । दुई/तीन जोडी आँखा आफूतिर घुर्न थालेपछि मोबाइल समाइ बाहिरतिर हुर्रिएँ । धेरैदिनपछि साथी अफिसमा भेट्न आएकी रहिछ । आज लेख्ने मूड चलेकै बेला साथीलाई भेट्न आउनु थियो, कस्तो संयोग ? ऊसँग गफ गरुञ्जेल पनि कहिले खाली होउ"mला र लेखुँला भन्ने आतुरी लागिरहृयो । साथी त छिट्टै फर्की तर तुरुन्तै प्रगति विवरण तयार गरी पठाउनु पर्ने काम आइपर्योह । लेख्नु पर्ने कुराका खाका दिमागभित्र बाँकी भए पनि यताउताको अल्मलमा लेख्न मन लागेन । कापी आधाअधुरै रहृयो ।
अर्को दिन शनिबार, छुट्टीको दिन । लेख्ने समय निकालिहाल्छु भन्ने सोचाइ थियो Û हत्पत बिहानको काम सकेर कलम कापी लिएर पारिलो घाममा बसेँ । अघिल्लो दिन थालेको कुनै पनि विषयमा सिलसिला जोड्न नसकेपछि नौलो विषय सोच्न थालेँ । कुनै कथा, कविता, लेख केही न केही त लेख्नुु नै थियो मलाई । नीलो आकाश हेरेँंे, एकै टुक्रा बादल थिएन । यताउता हेरें, छेउमा परेवा गुडगुड गर्दै थिए । छिमेकीका आँगनमा टन्न फूल फुलेका थिए, हेरिरहेँ तर दिमाग मानौँ खाली भाँडो थियो, जता जे हेरे पनि केही फुर्न सकेन । सोचेंँ, शायद सङ्गीत सुनेमा कुनै बिचार आइहाल्छ कि ? घाममा बसेर पुराना गीत सुन्दैथिएँं, झपक्क निद्रा लागेछ । एकघण्टा त मजाले निदाएछु । त्यतिका बेर भइसक्दा पनि एक अक्षर पनि लेख्न सकेकी थिइँन । केही सीप नलागी भएभरका आफ्ना पुराना अधकल्चा रचना निकालेँ । कुनैको फेद, कुनैको टुप्पो मिलाएर नयाँ रचना बनाउन सकिन्छ कि भनी कोसिश पनि गरेँ तर कोसिश सब ब्यर्थ । जबरजस्ती रचना गर्न खोजेर के लेखिन्थ्यो र ?
लेख्नका लागि रातको समय पनि कम्ती 'रोम्यान्टिक' हुन्छ र ? चिसो रात, ताराको माझमा टोलाउँदै लेख्नलाई थप मूड खोजिरहनै पर्दैन । राति खानापछि मूड खोज्दै म बरन्डामा निस्किएँ । तारा थिए, जून थियो, नभएको त मात्र लेख्न घच्घच्याउने जाँगर । हाइहाई आयो बरु मूड आएन । लेख्नकै लागि शनिबारको धेरै काम थाती राखेकी थिएँ । बरन्डामा उभिँदा उभिँदा अल्छी लाग्दै, निद्रा पनि लाग्न थाल्यो । जाडोले काम्न थालेकीले कोठामा सिरकभित्र घुसि्रएँ । हातगोडा चिसा हुन थालेका थिए । यो जाडोमा चिसोले आफैँ जमिसक्दा पनि मेरो लेख्ने मूड भने जमिसकेको थिएन । पाना अझै पनि रित्तै थिए । खै के पो लेख्ने हो ? á
1 comment:
राम्रो लेखाई ! लेख्दै गर्नुहोला |
Post a Comment