GUFF-GAFF WITH A POET (2)
1. Name- Umesh Rai "Akinchan"
2. Place of Birth- Babiya Birta V.D.C.-2,Gohigada,Morang
3. Contact Phone or Email- umeshakinchan@hotmail.com
4. Published Works- 'Ek sagar,Dui tara'
5. What genre/s do you prefer to read?
I prefer to read poetry and fiction.
6. Who are your favorite Nepali/English poets?
Bhupi sherchan,Bairangi Kaila,sharawan Mukarung,Ramesh Kshitiz,
Pablo Neruda, T.S. Eliot
'जननी,जन्मभूमिश्च.....'
Umesh Rai,बिराटनगर
Courtesy: http://www.bagicha.com/
किन लिएर जाँदैछौ
भाइ ?
त्यो नेपालको नक्शा जडेको
किताब
योजना आयोगको फाइलमा
आधा नेपाल मात्र अटायो त
के भयो ?
कविताको फौदारी
Courtesy:www.bagicha.com
मान्छे खतरनाक नभए पनि
ती अग्लाइएका पर्खालहरू
नभत्काइकन स्वात्तः आफै होचिदैनन्
अब, यहाँ कविताको फौदारी चल्दछ
कवि र राजनीतिज्ञको दुनियाँ
सीताराम अग्रहरि
कुखुरी काँ/बासी भात खाँ ।
खोई मेरो बासी भात ? गोदामले खायो ।
खोई गोदाम ? साहूले लुकायो ।
खोई साहू ? राहू कहाँ गयो ।
खोई राहू ? अँध्यारोमा पस्यो ।
खोई अँध्यारो ? कविले देख्यो ।
खोई कवि ? कविता लेख्न बस्यो ।
खोई कविता ? सकियो ।
-विमल निभाः आगोनेर उभिएको मानिस)
कुखुरी काँ/बासी भात खाँ ।
खोई मेरो बासी भात ? गोदामले खायो ।
खोई गोदाम ? साहूले लुकायो ।
खोई साहू ? राहू कहाँ गयो ।
खोई राहू ? अँध्यारोमा पस्यो ।
खोई अँध्यारो ? कविले देख्यो ।
खोई कवि ? कविता लेख्न बस्यो ।
खोई कविता ? सकियो ।
-विमल निभाः आगोनेर उभिएको मानिस)
लेख्ने 'मुड'
सुषमा मानन्धर
फाट्टफुट्ट देखिने आफ्ना रचनामा समेत पनि अल्पविराम लागेकाले होला, हालैमात्र एकजना शुभचिन्तकले भेट्नेबित्तिकै सोधिहाले, "लेख्न छाड्नु भयो कि के हो ? अचेल पत्रिकातिर देखिनु हुन्न ।" हिसाब गरेंँ, हुन पनि नयाँनौलो नलेखेको पनि महिनौँ भएछ । लेखिएका पुराना रचनाका केही स्टक कतै कुनै पत्रिकाको सम्पादकज्यू कहाँ पालो कुर्दै होलान् । रचनाबारे सोधपुछ गर्दा, "हो आएको छ, हेर्दैछु" भन्ने खालको उहाँहरूबाट पाइने आश्वासनले कुनै दिन उहाँहरूले हेर्न छाडेर छाप्नु पनि हुनेछ भन्ने सुखद पखाइमा बसेकी छु ।
साहित्यमनाकाशमा हङकङको प्रदूषित रुप
Courtesy: www.nepal.hk
-प्रकाश के.सी.
चराहरुका चिरविरहरु र कुखुराका भालेका बासाइहरुले आम हङकङेली नेपालीका समस्त विहानीहरुलाई त्यागेको वर्षौं भइसकेको छ । विभिन्न ऋतुजन्य दिनका पहिलो पवनले सो समानान्तर अनुभूतिहरुलाई यहाँका नेपालीका आम मनमा पदस्थापन गर्न छाडेको पनि वर्षौं भइसकेको छ । ‘भोलि’को एक अनाम रुप जो ‘हुनुपर्छ’ र ‘त्यसैले छ’ भनेकै हकमा भएका ‘भोलि’हरुका एक अव्यक्त आशा, सतशः पाल्ने ती आममनहरुमा त्यत्तिकै मात्रामा जीवनमा वर्तमान हालातमा बाँचिएका पलहरुसँग ‘मोह’ भएको र ती मोहहरुलाई त्यसरी नै बाँचिने प्रपञ्चको रुपमा मनमा राख्नुपरेको वाध्यता रहेको छ । निश्चय नै, मोहलाई साँच्नका लागि ‘वाध्यता’ देख्ने मननशीलतामा साहित्यभाव हुँदैन र भए पनि कारक रहँदैन ।
हङकङ बसाइको एकछत्र अवधिहरु, ‘अस्तित्वशीलता र अस्तित्वहीनता’ मध्येबाट एकको निर्क्यौल गर्ने क्रममा बितेका छन् । त्यसरी छिनोफानो गर्ने क्रममा रचनात्मक साहित्यिकताको एउटा लामो लहरहरु आम चेतनशील दिमागबाट बाहिरिएको नभई भित्रभित्रै जड भएका छन् । आफूलाई टेकाउन वा अड्याउनका लागि लहरा वा टेकोको खोजीको लागि, आम मनभित्र एक मिहीन सङ्घर्ष चलिरहेको बेलामा सिर्जनाहरु विरल पर्न जान्छन्, त्यही हुँदाहुँदै प्रकारन्तरले दिलाएको अस्तित्वको खोजीकै क्रममा मिल्ने प्राप्तिहरुले ती मनहरुलाई प्राज्ञिक चेतमा सानो दायरा दिने गरेको छ र त्यसरी अनुभूतिहरु रचनात्मक मानेमै साँघुरिएका छन् । यो हङकङको अद्योपान्त हेराइमा विरल हो र हङकङेली नेपाली समुदायमा सघन प्रतीत हो ।
विहान व्युँझेदेखि रात नपर्दासम्म र रात परेदेखि विहान नहुँदासम्म, एक रटान समयलाई उभ्याउँदै काट्ने नेपाली विचारहरुले यहाँ, पवनका कल्कलाउँदा लहरहरु, सूर्यका स्निग्ध र मलीन लालीहरु, आम आँखाहरुबाट व्यक्त कथाहरु, सुस्केराहरुमा अभिव्यक्त व्यथाहरु, हाँसोसँग सन्निपातिएका स्वच्छन्दता र स्वतन्त्रताहरु, शैलीमा दृष्टिगत जीवनहरु मथ्दैनन् र कथ्दैनन् पनि । ती यावत तपसीलमा पर्दै भावको पल्लो मोडबाट हराउन पुग्छन् । उभिएका समयहरुसँग उभिने एक लश्कर अप्ठ्याराहरुमा एउटा सानो परिवार यहाँ र त्यो तथा त्योभन्दा ठूलो अर्को परिवार नेपालमा सँगसँगै अटमटेसिएका हुन्छन् । ती अप्ठ्यारहरुमा साहित्यिकता जगाउन सक्ने घोँचाइ केही समयअघिबाट हराउँदै गएको छ । ती अप्ठ्याराहरु अहिले यहाँको सानो नेपाली परिवेशमा ‘आम’ भइसकेको छ, आमपनले कसैलाई घोँच्दैन । जस्तै, दिनको आठ, दशघण्टे लोड सेडिङ, हरेक दोश्रो वा तेश्रो दिन हुने बन्द, नेताहरुका फोस्रा आश्वासनहरु आम स्वदेशी नेपाली मनभित्र आम रुपमा प्रविष्ट भएकोले ती आम नेपाली मनहरुलाई घोँच्दैन । त्यसैले, त्यस्तै जस्तै, त्यस्ता अप्ठ्याराहरु नै आम भइसकेका हुन्छन् । नघोँचिने मनहरुबाट भावनाका उद्गारहरु निस्किँदैनन् र भावनाका उद्गारहरुबिना साहित्यिकताको सिर्जना हुँदैन । तर यो कारण सम्पूर्णतः भने होइन ।
‘हिजो’का एक संगत जो अद्यावधि ‘आज’ले आफूसँगै बोकिहिँड्न वाध्य हुन्छ भने ती ‘आजहरु ‘भोलि’का लागि अछुत हुन कदापि सक्दैनन् तर ‘हिजो’देखि आमपनमा टाँसिएको संगत, ‘आज हुँदै ‘भोलि’सम्म पनि फलदायी बन्न सक्दैन, त्यसको भने हङकङेली नेपाली साहित्यकाशमा धमिलो छाप परेको छ । यो एउटा विन्दु पक्कै हो, त्यर्सपर्यन्त लागतमा चर्चा गर्न सकिन्छ ।
जीविकोपार्जनको क्रममा समस्याहरुको खात वाषिर्क रुपमा चाक्लिँदै गएको छ । विरानो मुलुकमा सह-नेपालीहरुको साथ छुट्नु एक नियमिततामा दुःख हो भने कदम र कदाचितले पिछडिएको महशुस हुने अर्को थक्थकी हो । सम्भावनाहरु पातलिएर यति लामो समय बिताएपछि पनि सीमित बाटाहरु मात्र अगाडि देखिनु भने जीवनकै समयको हार हो । मुख्यभूमि चीनको प्रभाव र असरले एकछत्र गाँजेको शहरमा पर-पर मिल्किँदै गएको जस्तो देखिनु अर्को हार हो । पराजयको यस घडीमा काव्यिकताको हार मननशीलतामा नै गहन रुपमा परेको हुन्छ र त्यही भएको छ । त्यसैले, साहित्यिकताको आकाश धमिलिएको छ ।
कुनचाहिँ आभासले मनमा भाव उमार्न सक्दछ र कुनचाहिँ अत्यासले मनको भावलाई मार्न सक्दछ ? यो प्रश्नै हो । प्रवासी नेपालीहरुले गर्ने नेपालको एक मात्र कामना भनेको मुलुकको सम्वृद्धि नै हो । परदेशिएका पलहरुमा गुमाएका पसिनामा कहिँ न कतै र केही न केही मात्रामा रहने सुखानुवोधलाई सञ्चय गर्दै स्वदेश वापसी, ती प्रवासी कामनाभित्र एक गहन अंशको रुपमा पक्कै रहेको हुन्छ । नेपाली परिप्रेक्ष्यमा एक अमुक रुप दिन सक्ने र दिन तत्पर नेतृत्वकर्ताहरुका आपसी सङ्घर्षहरुले मुलुकको आधार-स्तम्भ नै भताभुङ्ग पारिरहेको अर्कोथरी यथार्थ हो । यही क्रममा, जीवनको एक लामो पाटा, सम्भावनाहरुको शिकारमा भिड्ने प्रवासी चेतनशीलतामा भोलिको त्यस अन्यौल स्वरुपले कुन हदसम्म सिर्जनशीलता दिनसक्दछ र ? मात्र अत्यासलाग्दो कल्पनाले परिलक्षित गर्ने ती मनका भावहरु, आम धारणामा कत्तिको प्रदूषित होला ? सानै अनुमान पनि पर्याप्त हुन्छ निचोडको लागि ।
समय अचेल काटेर काटिनसक्नूले फालाफाल भएको नभनी, ती समयहरुको जोडले मालामाल भएको छु म, भन्छु । सखारै जिस्क्याउन आउने हतारहरु अहिले थाकेजस्तै गरी बेडरुमको एक कुनामा पल्टिरहेको हुन्छ र पल्टिरहेको सो हतारलाई हौस्याउँदै अल्छीपना भने एक तमास बनिदिन्छ, त्यही त्यसरी शारीरिक हालातमा एक तमास रहन्छ तर मानसिक क्रियाशीलतामा चौपटै आँधी चल्न थाल्दछ । एउटा लामो समय अथवा जीवनकै एक खण्ड हङकङमा बिताइएछ । हिजो-अस्ति जस्तो लाग्थ्यो, तर त्यसरी बितिसकेको समयले भने आम रुपमै र्सवत्र छाप छोडिसकेको छ, र त्यही क्रममा भन्नै पर्ने हुन्छ, म पहिलेजस्तो रहिनँ । अवश्य, पहिले जस्तो समयले छाड्दै जाँदा कोही रहँदैनन्, तर पहिलेजस्तो नरहनेहरु कस्तो रहलान् त ? यो प्रश्नलाई मैले उत्तर दिनुपर्छ ।
एउटा उत्साह थियो, जीवनको, तत्कालीन भविष्यको । त्यो उत्साहलाई साथ दिन शरीर र मनभरि आन्दोलित अनि वेगवान जाँगरहरु थियो । विहानै हतारलाई पर्छार्न खोज्ने उत्सुकताहरु बेडरुमबाट हक्कानिएर रोडमा दौडन पुथ्यो, मननशीलतामा एउटा संसार सस्वरुप खेलिरहन्थ्यो । स्वदेशमा बिताइएका पलहरु र त्यहाँ नभेटिएका, त्यहाँ गुमाइएका अनि त्यहाँ कल्पना गरिएका परिवेशहरु छायासरि शरीर हुँदै मनभित्र संचित हुन्थ्यो । त्यही पनाहरु कतिपय कागजभरि पोखिन्थे । भावनाका उत्श्रृङ्खल उच्छवासहरु कविताका हरफहरुमा फुर्थे । सँधै एक सुनौलो संसार, सिर्जनाका पानाभरि पोखिन्थे । तर, ठ्याक्कै त्यस्तै र उस्तै नियतिका हप्तौं, महिनौं गर्दै वर्षौं बिताउँदा भने सोँच कति सतही रहेछ, रहर कति खुकुलो रहेछ र वास्तविकता कति जर्जर रहेछ भन्ने थाहा हात लागेको छ, यो मेरो अनुभवको एक थैलो अनुभूति हो ।
आखिर कति बाँचिएला अरु ? तीस, चालीस वर्ष ? हङकङको भागदौडपूर्ण दैनिकीमा यापन गर्ने सह-नेपालीहरुलाई हेर्छु । तिनमा हतारहरु हतारिएको देख्छु । सँधै दौडमा अनि होडमा लागिरहेका ती हुलहरुलाई हेर्दा एक किसिमको टीठ लागेर आउँछ । जीवनलाई मस्तसँग भोग्नेछु भन्दै हतारमा वर्तमान बाँच्दै गरेका तीमध्ये केही कोही हतारमै बितेका छन् । नामको लागि नामी हुँदै जाने क्रममा लाग्नेहरुमध्ये केही र कोही बेनामी बितेका छन् । सानो दायराभित्र नियाल्दै संसार देखेको वोध गर्नेहरु, त्यही सानो दायराभित्रै विलाएका छन् नपत्याउने गरी । दृष्टिमा नै सोँचले पोल्न थाल्ने हालात म सँधै अगाडि देख्छु, यसमा साहित्यिकता पटक्कै आउँदैन । के रुनलाई लय हाल्न सकिन्छ र ?
त्यो एउटा पक्ष हो, जीवनलाई यथार्थबाट हेर्ने तर अर्को पक्ष पनि छ । सीमा के हो त जीवनको ? कहिलेबाट हतार नगर्ने हो त जीवनमा ? कहिलेबाट ‘अब त वस्’ भन्ने हो त ? मान्छेले श्वास-प्रश्वास नरोकिएसम्म प्रयास गर्नै पर्दछ भन्दछन् ज्ञानीहरु, त्यो साँच्चै पनि हो । हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । कमजोरहरु भने आत्महत्या गर्दछन्, हातै उठाएर जीवन फाल्ने ती कर्ताहरुले अन्य हालातहरुका बारेमा मिहीन रुपमा आत्मविमर्श गरेका हुन्नन्, ज्ञारेन्टी हो । साँच्चै नै, हातै उठाउनै पर्ने हालात कहिल्यै हुँदैन बाँच्ने क्रममा । एउटा अनाम ‘भोलि’ हमेसा उपस्थित हुन्छ, हरेक त्यस्ता अनाम ‘भोलि’हरुका लागि कतियौं ‘आज’हरुलाई हतारमै बिताइन्छ, हो यो पक्कै हो, त्यही ‘भोलि’ हुनसक्छ, जसको आशामा म सायद संर्घषहरुको एक फेरो जीवनको चौखटमा छु । उत्साह छैन, विरक्ति अवश्य छैन, थकथकी छैन । गत एघार वर्षकै अनुभूतिको पुनरावृति गर्ने जमर्को मात्रै हो । ख्वै, त्यसमा साहित्यिकताको सिर्जन देख्दिनँ, खासगरी मचाहिँ ।
म एउटा बिन्दु होइन, मेरो हालात सायद एउटा बिन्दु हुनसक्दछ, जसका तादातमा थुप्रै बिन्दुहरु समाहित हुन्छन्, बन्न सक्दछन् । आवाज लगाउनेहरु थाकेका छन्, लाग्दछन्, सोँच्नेहरु गलेका छन्, लाग्दछन् । सम्भावनाहरुको क्षीण दृष्टिमा मननशीलता हङकङेली नेपाली चेतबाट सुस्ताएका छन्, लाग्दछन् । त्यसैले मेरो हालात एउटा बिन्दु हुनसक्दछ । यो साझा हालात हो । अचेल यहाँ कविताहरुमा देश बोल्दैन, अचेल कविताहरुमा माया बोल्दैन, खासगरी यहाँको पृष्ठभूमिमा । भावनाहरु नै कठोर लाग्ने र पार्ने किसिमका दैनिकी नेपालीले हात पारेका छन् । आँट्ने र गर्नेहरुबीच यहाँ एक अपूरणीय खाडल परेको र आखिरमा फराकिएको छ । स्वेदश र यहाँको प्रवासी हालातबीचमा फाटो फैलिएको छ । सुर हराएर बेसुरा भएको गाइनेजस्तै कडी हराउँदै धर्मराउँदो सम्पर्क बाँकी रहेको यो हालात पनि हो । राजनीतिका गलत प्रवृष्टिमा आमपन निस्सासिएका छन् । एक यही लहरमा हङकङ, हातको मुठीभित्रको प्राप्ति जस्तै बनेको छ, आम हङकङेली नेपालीवासीहरुका लागि । यो वास्तविकताले पोल्ने होइन, पेल्ने गरेको चेतनशीलताले सिर्जनशील हुन सक्दैन र त्यही भएको छ ।
समूलतः यही नै आम हङकङेली नेपालीको साहित्यमनाकाशमा हङकङ यसरी नै प्रदूषित देखिएको छ, रहेको छ अनि भोगिएको छ ।
-प्रकाश के.सी.
साँझ परेदेखि नै अत्यास लाग्ने चिसो अनुभूतिहरुको एक लहरहरु मनभित्र, आँधीजस्तै चल्न थाले पनि त्यसले कविताका भावहरुमा रुपान्तरित हुन छाडेको एउटा अवधि नै बनिसकेको छ । मनमा त्यो जागरण रहेन भन्न खोज्नु ढाकछोप मात्रै होइन, वास्तविकता पनि हो । जागरण हुँदै नहुने किसिमले आम मानिसहरु बाँच्दैनन् र बाँच्न पनि सक्दैनन्, पक्कै नै । जीवनका खण्डखण्डमा चल्ने आँधीबेहरीमा आन्दोलित नहुने मनहरु मानवजातिसँग नभएको एक कठोर वास्तविकता हो तथापि, आम नेपालीहरुकै तादातमा भावानुभूतिहरुलाई ज्युँका त्युँ नै हङकङेली जीवनयापनमा रहनसहनभित्र एक आदतको रुपमा राख्ने, हङकङेली नेपालीहरुका मनभित्र भने त्यसले तदनुरुप अनुभूतिशील, विचारशील र विवरणात्मक जागरण ल्याउन नसकेको तथ्य भने हो ।

Subscribe to:
Posts (Atom)
About Me
- http://chandu2007.blogspot.com/
- Manbu-6,Gorkha, Kathmandu, Nepal
- Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell