बदलिँदो समाजको अभिलेख

राजेन्द्र बस्नेत

च्याम्बरभित्र राखेर
थिचिथिचि निचोर-
पे्रम र सद्भावलाई ।
तप-तप
पिनाझैं निचोर ।
र, लेख-
तिम्रो जातिको नाम
तिम्रो भाषाको नाम
तिम्रो देशको नाम
तिम्रो आकाशको नाम
मात्र तिम्रो भूगोलको नाम...।
हो, मृत मानवीय-संवेदनाको धरातलमा रमाइरहेको छ, विश्वसभ्यता । निचोरएिका छन्, प्रेम र सद्भाव । वास् तवमै कवि पूर्ण इन्फादाका कविताहरू विद्रोह र विसंगतीमाथि कुर्लिरहन्छन् । युवा स्रष्टामाझ इमान्दार र फरक पहिचान बनाएका ३७ वर्षे यी भोजपुरे बौद्धिक र प्रयोगशील कविका रूपमा पनि चिनिन्छन् । डेढ दशकभन्दा लामो समयदेखि कविता र समालोचनामा कलम चलाइरहेका इन्फादाको कविता संग्रह 'अभिलेख अवशेषहरू' हालै प्रकाशित भएको छ ।
९ वर्षअघि 'मौन कम्पनहरू' कविता संग्रह निकालिसकेका यी मास्टर -उनी शिक्षक हुन्) को यो दोस्रो कृति हो । संग्रहमा समेटिएका ४० वटा कविताहरू वास्तवमै समाजको दपर्णछायाका रूपमा प्रस्तुत भएका छन् । यिनमा प्रयोग भएका प्रतीक, बिम्ब, शील्प र शैलीले मानवीय-चेत र सभ्यतामाथि तिखो व्यंग्य पनि गरेका छन्-

घाम ।
नाङ्गै हिँडिरहेछ
घरका धुरीहरू खोतल्दै
आँखीझ्यालबाट
नाङ्गै पस्छ- कोठाभित्र
नाङ्गै डुल्छ- बंगालाभित्र
घामका यी वेश्या आतंकहरू
दृश्य-चित्रमा
नग्न सुतेका छन्, लम्पसार
र, हेररिहेका छन्, लाज पचेका चराहरू
टुलुटुलु वेश्या घाम ।
साँच्चै, समाज, राष्ट्र र विश्व परविेशमा 'घाम' को झैं चरत्रिका 'वेश्या' आतंकबाट ठूलो जमात पीडित छ । र पनि 'चरा' बनेर हेर्न/सहन विवश छ, यो जमात ।
'अभिलेखका अवशेषहरू' मा सन्त्रास, पीडा, आक्रोश र दुर्नियतिको विषाक्त ब्ल्याकहोलभित्र उनका कविताहरूको सौन्दर्य छताछुल्ल भएका छन् । तर समकालीन पुस् तामा प्रभावशाली सर्जकका रूपमा पनि उभिएका इन्फादाका सिर्जनामा जटिल शब्द-संयोजन हावी छन् । यो कसीका कारण सबै पाठकलाई उनका कवितासंगै बग्न कठिन हुनेछ । 'सिंगो जीवन प्रयोग हो भने सिंगो कविता पनि प्रयोग नै हो । स्रष्टापिच्छेका कविता शिल्प र सौन्दर्य फरक-फरक हुन सक्छन्, जीवन भोगाइ र अनुभूति गराइअनुसारका कविता बुनिन्छन् जस्तो लाग्छ मलाई', कवि इन्फादा भन्छन्- 'संसार युटोपिया भ्रमको यात्रामा यगौंदेखि दौडिरहेको छ, म पनि त्यसबाट विमुख पक्कै पनि छुइन ।' सिर्जनालाई कुनैपनि वाद वा सिद्धान्तमा बाध्ने प्रवृतिका घोर विरोधीका रूपमा पनि उनी चिनिन्छन् । स्वभावतः उनी माक्र्सवादी सिद्धान्तका पक्षपाती हुन् तर उनका सिर्जनाहरू सैद्धान्तिक धारभन्दा माथि उठेका छन् । मान्छे, सभ्यता, संस् कार र प्रवृतिमाथि उनका कविता बढी केन्दि्रत छन् ।
'कवितामा लाटा शब्दहरूको साम्राज्य सकियो । झोक्राएका, भुर्झाएका कुपोषणग्रस् त विचार र बिम्बहरूको बिलौना सकियो । बासी इतिहासका जडताहरूको एकालाप सकियो,' अभिलेखका अवशेषहरूको शल्यक्रियापछि कवि विप्लब ढकालको ठम्याइ छ, 'नयाँ बाटो र नयाँ गन्तव्यको खोजीमा आजका कविहरू विचार र शिल्पका बहुल तरङहरू बोकेर समयको अनुहार आविष्कार गररिहेका छन् । पूर्ण इन्फादा यसका प्रमाण हुन् ।' जेहोस, 'अभिलेखका अवशेषहरू' मा स्तरीय कविता पढ्न पाइनेछ । तर कहीं कतै भाषागत त्रुटि देखिएका छन् । कृतिको सबैभन्दा कमजोर पक्ष हो, सबै कविता एकैखाले लाग्छन् ।

1 comment:

Manbu said...

कविता पद्दा साह्रै राम्रो लाग्यो भविस्यमा म पनि यसरी लेखिने बिचार गर्ने छ

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell