भीमदर्शन रोक्का
रात केवल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
रात केवल एक प्रहर बाँकी छ ।
कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना आफ्ना ताराहरु बालेथे
तर को रह्यो र अब यहाँ
तिमी छौ, म छु र हाम्रो रहर बाँकी छ
रात केवल एक प्रहर बाँकी छ ।
No comments:
Post a Comment