आमालाई सम्झेर


मनप्रसाद सुब्बा

झिस्मिसेमै आँखाको खिर्कीबाट
न्रि्रालाई मिल्काएर
अनि रातको कम्बल पन्साएर
मेरी आमा पलङबाट यस्तरी ओर्लन्छि
न्जसरी उज्यालो ओर्लन्छ धरतीमा
अनि गुँडबाट निस्केको पहिलो चरीले
बिहानीलाई बोलाउँदै चिर्बिराए झैं
आमाको आवाज सुन्न थालिन्छ घरभरि
त्यसपछि पूर्वी क्षितिजमा उठिरहेको
रातो पहेँलो बिहानी जस्तै
चुल्हामा आगो बल्छ
र चुल्हाछेउमा बसेकी
मेरी आमाको अनुहार त्यसबेला
घामको पहिलो किरणले छोएको
हिमालको टाकुरा झैँ देखिन्छ ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell