उमेश “अकिञ्चन” राई






Name- Umesh Rai "Akinchan"
Place of Birth- Babiya Birta V.D.C.-2,Gohigada,Morang
Email- umeshakinchan@hotmail.com
Published Works- 'Ek sagar,Dui tara' & Monalisa ra March 8

 
-------------------------
'म बाँचे भने भगवान मर्छ'


एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता

छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस्
कलिलो फूलको गुनासो

'म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ' ।
----------------------------------------------------------

‘यो समयको अन्तिम अन्तरवार्ता’

फेरि पुग्नुछ मैले
पुग्न नसकेको गन्तब्य
...
नसोध मलाई
कति लामो छ
प्रधानमंत्रीको जुँगा
वा
भर्खरैं पेट्रोल पम्पमा राखिएको
गाडीहरूको लश्कर

नसोध मलाई
कति भयानक हुनसक्छ प्रतीक्षा ?

बरु सोध्नु
यो हावा र पानीको लागि
कत्ति खाइयो
पुलिसको डण्डा
अश्रुग्याँस
अनि
कत्ति पटक सुतियो
हिरासतको चिसो क्षिडी

नभन मलाई
तिम्रो चिम्सा आँखाभरि
सुहाउँदैन
यो
कुर्सीको सपना


केवलकारका पाइलाहरूले
कोर्न चाहान्छु
अग्लो अति अग्लो
पहाडजस्तो नाम

भदौंको घाम

बेरोजगार हुनुको पीडाले
उसैंगरी पोलिरहदा
कहिलेकाहीं यस्तो लाग्छ
मानौं
धन नभएको प्रेमी

देश नभएको शरणार्थी
दुवैं
हुँ


जहीँतहीँ
बजिरहेको बेला
संघियताको संगित
अनि
गणतन्त्रको गित

अन्तिम पटक
फेरि पनि
नसोध

गणतन्त्र
राम्रो कि राजतन्त्र ?

भर्खरैं अफ लाइन भएकी
प्रेयसी

राष्ट्रको नाममा सम्बोधन सकेका
राष्ट्रपतिको अनुहार
उस्तै‌-उस्तैं
प्यारो लाग्छ मलाई ।

--------------------------------------------------------------

मोनालिसा र मार्च ८

नारी दिवस् को उप्लक्ष्यमा संसार का सबै नारी मा समर्पित मेरो कबिता

ओ ! इन्द्रेणी नायिका
सदियौ कुजिएरएउटा फोटो फ्रेममा
कति कुरीरहन्छौ
घाम र पानीको आगमन

म दिन चाहान्छु तिमीलाई
नीलो आकाशमा उडदै गरेको चरा

तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फेर्नुपर्छ परिभाषा सौन्दर्यको

तिब्र गतिमा आएर हुइकिएको
बेपत्ता बतासले बोले जस्तो
दिन चाहन्नउ धारो उपमा

जस्तो कि
“रोपेको छुतिम्रो आँखामासपनाको संसार
छोपेको छुतिम्रो पछयौरीलेपीडाको कुरूप अनुहार
कोरेको छुतिम्रो हत्केलामायुग हिडने गोरेटो ”

बरु
सम्झाउन चाहान्छु म
घरको चार दिवारभित्र किन सिमित हुन्छौ
बटुल्दैं बगरमा टेकेकासम्झनाका डोबहरू
किन गनेर राख्छौ
एउटा मान्छेको उमेरभरि
कत्ति पटक अस्ताउछ घाम ?

अनि
हिडनु छिमेकी दिदी नोरासँगै
मानिसहरूको भिडमा
एकजोर स्वतन्त्र पाइला
छाम्नु चरालेझैं
हावामा मिसिएको स्वछन्द अनुहार ।

--------------------------------------------------

कलेजको चालीस वर्षपछि



चालीस वर्षपछि
हामी हुनेछौं
तर
हुनेछैन
हाम्रो जीवनको
समथर भूगोल

भमरारूपी काला कपालहरू
क्रमशः
फाट्नेछन्
बनेर
सेता बादल
रोकिनेछ
कैयन स्टेसनहरूमा समय

स्मृतिको धूमिल छायाँमा
उप्किदै जानेछ
घरको पेन्टिङजस्तो
यादगार,

चाहेर पनि
फर्काउन सकिन्न
पुरानो सिपाहीको
तस्विरमा
नम्बरी साथीहरूका सम्झना झैं

पिकनिक
फेयरवेल
नयाँ वर्ष

अक्षरको अवतारबाट
टाढिदै जाने
डायरी
अटोग्राफमा उनिएका शब्दहरू

यात्रीहरूको लाइब्रेरीमा
एक्लिनेछ अनुहार
रिक्याप गर्न सकिन्न
आँसु चोरलेझै
कवि साथीका कविता
कलाकार साथीले पोखेका विरही गीत

अनि
संझनाका
अनगिन्ती संस्करणहरू ......................।

--------------------------------------

"हिउद -१"

दिनको आयु छोटिएर क्रुसमा
प्रस्तरको समाधिस्थ छानामाथि
उदाउँछ रातको लकेट
क्रिसमसको पाइलामुनि
फुल्छन् हिउँका फूलहरू

बाँडेर शीतको दाह्री
हराउँछ कतै सान्तक्लज
हुस्सुको सेतो सिरकभित्र
चोइटिएर फप्लेटा घाम
शीतको चश्माले हेर्छ
अल्कोहलिक सपना

समयको दरवान घाम संझिदै
एकान्त क्षितिजमा जून
निर्जन मनहरू बोकेर
उभिँदै शुन्यताको जगमा
हुस्सुका आँखाबाट पोख्दै
आँशुहरू................
खस्दै शीत लहर
प्रेमको चीनो पातहरू
सडकको टायर गाडीझैं
टिङलिङ–टिङलिङ
चिप्लिदै हिड्छ
उही हुलियाको हिउँद
उही साविक बाटो ।

--------------------------------

गजल

झुल्कियर अस्ताउने घाम जिन्दगी
लेखिएर मेटी जाने नाम जिन्दगी

झरीबादल आँखाभरी लुकामारी खेल्दै,
खियासंगै जिउनुपर्ने फलाम जिन्दगी

लेखान्तले लेखेर कि आफै झर्छ तारा,
एउटा छोटो सिसिरको याम जिन्दगी

इन्द्रेनी आकाशमा कत्तिनै रहन्छ र?
दुईपल सम्झनाको सलाम जिन्दगी

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell