An email from Russia...

प्रिय चन्द्र भाइ,
सु-मधु-र सम्झना / नमस्ते !

भाइको काव्य-कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" हात पर्यो खाडीको तातो घामले पठाएको उपहार-कविताहरुले मस्कोको चीसोलाइ न्यानो दिएको अनुभूति भै रहेछ: स्तरीय कृति प्रकाशनको लागि बधाई र सम्झनाकोलागि साधुवाद !
एक प्रति कवि-मान्छे शम्भु रिजालज्युलाइ, एक प्रति अनेसास रसियालाई, एक पार्टी लव्धप्रतिष्ठित साहित्यकार कृष्ण प्रकाश श्रेष्ठलाइ दिएकोछु बाँकि प्रति मेरो हृदयमा सुरक्षित छन् ....कविता सबैले लेख्छन तर सबै कवि हुदैनन् - यो सत्य हो काव्य-तत्वविना कविता जस्तो देखिने कविताहरु कविता नहुन पनि सक्छन तर "उसको मुटुभित्र देशको नक्सा नै थिएन" ले नेपाली
साहित्य जगतमा एउटा प्रतिभाशाली कविलाई दरिलो उपस्थिति गराएको छ - यो नै आज मेरोलागि
हर्षको विषय हो यो कृतिको कविताहरुमा निर्वाह भै रहेका विम्ब, प्रभावकारी शैली, शुक्ष्म-अनुभूतिको कलात्मक प्रस्तुति,समुच्च मानवीय मान्यताको पुनस्थापना प्रयास, परिवेश-व्यंग्य विधान, भाव-आकर्षण आदिले सफल कविभित्रको सिर्जनात्मक शक्ति- सम्भावनाको उद्घाटन गरेको छ "उसको मुटुभित्र देशको नक्सा नै थिएन" मा भाइभित्रको कवि उठेको छ, जागेको छ, त्यसलाई राजनैतिक चेतनाभन्दा फराकिला जीवन-अनुभूतिका फाँटहरुमा हिडडुल गर्न लगाउनुस, प्रयोगका सुन्दर धावनमार्गहरुमा दौडन लगाउनुस र उत्तरआधुनिक कविता-आकाशमा निस्फिक्री उड्न दिनुस ( उड़दा उडेको ठाउं नबिर्सनुस ! ) "उसको मुटुभित्र देशको नक्सा नै थिएन" मा कवि देश खोज्न निस्केको छ, देशभित्र सक्कली नागरिक भेट्न निस्केको छ, नागरिकको हृदयभित्र मानवीय सम्बेदना भर्न निस्केको छ - यो प्रस्थानको सफलताको कामना गर्दछु प्रस्थानमा शुभ साईतको ऐना देखाउनु भएको छ जेष्ठ-कवि श्रवण मुकारुङले भने गुरुमन्त्र कविदाइ विक्रम सुब्बाले दिईसक्नु भएको छ - अब बाँकि रह्यो साधना , मात्र अनवरत साधना !!

चन्द्र भाइको भलो चाहने दाइ
मधु माधुर्य
मस्को, रसिया
जून ५, २०१०

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell