उपेन्द्र सुब्बा
हजुरको भक्तीप्रताप ...
प्रचण्ड गर्मी छ भानु चोकमा
सडक तातेको छ, नारा जुलुसले
उफ !
घाँटी सुकेर हैरान छ, पानी छैन ।
चिसो वियरले तालु छम्काउँदै
रामायनले मुख हम्काउँदै
कति बस्नुहन्छ यो चोकमा ?
छोडदिनोस् बाजे भक्ती-शक्ती !
जाउँ आज पिक्निक, माथि...
भेडेटारमा, यतिखेर कति शीतल होला...?
कति खानु धरानको कालो बङ्गुर मात्र
आज, विनलादेनको मुटुसँग
जर्जबुसको कलेजो भुटेको अलिकति
सद्धामको कान पोलेर
अकबरे खुर्सानीमा मोलेको अलिकति
- मार्क्सको अण्डा
- हिटलरको गिदी, जिब्रो
- ब्रिट्नी स्पेयरको मुत, एक बोतल
बाजेलाई विशेष-
पक्चानाको आलो दूध, तात्तो, एक गिलास
भेडेटारमा, पिक्कनिक कति रमाइलो होला...?
- यी मोटरहरूको प्वँ...प्वँ
- यी रिक्सा, साइकिलहरूको किरिङ्किरिङ...
- यी खलासी भाइहरूको उपद्रो चिच्याइ...
दिक्का लाग्दैन ?
जाउँ-
चार्ल्सटावरको माथिल्लो छतमा बसेर
तल मधेसको नीला फाँटहरू हेर्नु
माथि लहरै जोल्ठेर बसेका
पहाड, हिमालहरू हेर्नु
अल्सी लाग्यो ने,
तरुनीको फिला सिरानी लाएर
माथि आकासको लाज हेर्नु
र, खुसुक्क तरुनीको कानमा भन्नु
-"हेर त, आकासले कट्टु नलाएको..."
साँच्ची बाजे !
भेडेटारमा पिक्निक कति रमाइलो होला...?
एकैछिनलाई मागेको साथीको भटभटे
पछाडि चढाएर आफ्नो नपर्ने भउजू
घ्याच्च... घ्याच्च... घरिघरि ब्रेक !
बारबार हम्प्स नहुँदाको रिस,
बाजे, भेडेटारको ओरालो कति रमाइलो होला...?
हजुरको भक्तीप्रताप
प्रचण्ड गर्मी भानुचोकमा
सडकको अलकत्र पग्लिएर बग्लाजस्तो
उफ !
भेडेटारमा, यतिबेला कति शीतल होला...?
1 comment:
एउटा राम्रो तर बिभत्स कविता !
आसा गरौ कविहरुले यस्तो कविता धेरै लेख्नु नपरोस
Post a Comment