लाहुरे ज्वाइ“को आशिर्वाद

सिर्जना गोले
Source:Kantipur Daily

यो आशिर्वाद नेपाली सामाजिक परिवेशमा नया“ र नौलो होइन । पुरानै भए पनि हरेक पटक मुखमा झुन्डिने लाहुरे शब्द नेपाली छोरीचेलीलाई दिने आशिर्वादमा नया“ भएर आउ“छ । यहीं नया“ र पुरानो युग र समयबीचको 'लाहुरे ज्वाइ“' शब्द किन-किन आज आएर खण्डन र चर्चायोग्य लाग्यो ।
सर्न्दर्भ यसै मङ्सिरको हो । केही दिनअघि आफन्त भेटघाटको क्रममा पोखरा पुगेकी थिए“ । मेरा आफन्तै पर्ने पोखरास्थित सैनीकबस्तीका एक ब्रिटिस लाहुरेकी श्रीमती पतिवियोगमा विलापस्वरूप आ“सु वषर्ाउ“दै थिइन् । छोरा गोरे र बुहारी भएर आमालाई सान्त्वना दिलाउ“दै थिए । लाहुरेको घरै त हो, त्यसैले पनि लाहुरेको जीवन र लाहुरेले पाउने सेवासुविधा पेन्सन आदिको कुरा चलिरहेको थियो । म उनीहरूको कुरा सुन्नमा मौन थिए“ भने आनमारी पनि सोही क्रियामा ध्यानमग्न रहिछिन् । चौध वषर्ीया बैनी आनमारीले बीचैमा प्रश्न तेर्स्याइन्, "पापा-आमा, पेन्सन भनेको के हो,
यो कसले पाउ“छ, किन पाउ“छ, कति पाउ“छ, कहिले पाउ“छ -
बालमनस्थितिका यिनै प्रश्न र लाहुरे श्रीमतीका आ“सुले पनि मलाई लाहुरेको विषयमा केही सोचमग्न गराएको थियो । सोही क्रममा म आफन्तहरूस“गै प्रायः लाहुरेको बस्ती भनेर चिनिने पोखराबाट आधा घन्टाको बाटो काटेर भर्ुर्जुङ खोला कोटकसेरीमा पुगे“ । तामाङको बृहत् बस्ती भएको कोटकसेरीमा मेरा आफन्तको पुरानो घर अर्थात् मूलघर पर्छ । घर पुगेपछि नेपाली परम्पराअनुसार आफूभन्दा ठूला मान्यजनप्रति गरिने आदरभाव दर्शाउनस्वरूप मैले क्रमशः बुबा, भाउजू र दिदीहरूलाई शिर निहुरिएर ढोगे“ । आशिर्वाद स्वरूप सेतै कपाल फुलेका ९२ औं वसन्तका बुबाले मेरो शिरमा हात राखेर भन्नुभो, "छोरी, ठूलो मान्छे भएस्, धेरै-धेरै पढे-गुनेस्" । भाउजूले आशिर्वाद दिनुभो, "नानु, भाग्यमानी हुनु" भनेर । ढोग्ने क्रमस“गै आशिर्वाद दिने पालो अब दिदीको थियो । मेरो शिरमा दर्ुइ हात राख्दै दिदीले आशिर्वाद दिनुभो यसरी, "बैनी, लाहुरे ज्वाइ“ पाएस्, लाहुरे ज्वाइ“ लिएर आएस्" ।
छेवैमा दाजु भीम र भाउजू छिरिङ हुनुहुन्थ्यो र एकैस्वरमा दिदीलाई सम्झाउ“दै कराउनुभो, 'केको लाहुरे ज्वाइ“ न स्वाइ“, मनपर्नेसंग जान्छिन्, मनपर्ने ज्वाइ“ नै लिएर आउ“छिन् हैन त नानु - अबको जमाना पनि लाहुरे ज्वाइ“ नै रोज्नर्ुपर्छ र †' म अलमल्लमा परे“ । मान्यजनको आशिर्वाद पाएर पुलकित हुनुपर्ने मन कताकता असमञ्जस्ामा पर्यो । 'लाहुरे ज्वाइ“' शब्द झुन्डिएको आशिर्वाद पाएर जीवनमा पहिलोपटक पीडाबोध महसुस गरे“ । वर्षौंदेखिको एउटा पीडितले पुनः यातनासहितको करेन्टको झट्का पाएसरह भयो, त्यो पल मलाई । मनमा खाटा बसिसकेको पुरानो घाउ अदृश्य पीडासहित बल्झियो । निरंकुशता विरुद्ध हा“सी-हा“सी प्राण आहुती दिएका सहिद सम्झे“ र मैले पनि हा“सी-हा“सी नै त्यो पीडा स्वीकारे“, पचाए“ । दिदीलाई कुनै दोष दिन मिल्दैन, यो पीडाप्रति । यो पीडा त जानी-जानी जातिविशेषलाई दबाउन राज्यले दिएको जातीयताप्रतिको उत्पीडन हो । जातीयताप्रति गर्ने दमन र शोषण हो । त्यसैले जातीयताप्रति निरंकुश तवरले गरिएको यस भेदभावप्रति राज्यको ठूलो दोष छ भनेर दिदीले भन्नसक्नु र ज्ाान्नसक्नु हु“दो हो त पक्कै पनि मलाई आशिर्वादमा लाहुरे ज्वाइ“ दिनुहुन्नथ्यो । राज्यले बसाएको संस्कारअनुरूप दिदीले झनै जातीय पीडाको अनुभूत गराइदिनुभो, एक बैनीलाई दिने आशिर्वादमार्फ ।
दिदीको आशिर्वादले लाहुरेप्रतिको जिज्ञासा ममा झनै प्रबलतासाथ बढ्दै गयो । आखिर को हुन्, लाहुरे भनेका, कस्तालाई लाहुरे भन्छन्, क-कसले मात्रै लाहुरे बन्न पाउ“छन् - यस्ता असङ्ख्य प्रश्नले मेरो मस्तिष्कमा बेजोडको दौड प्रतियोगिता सुरु गर्यो । शरम र आक्रोशका राता ज्वालासहितका किरणहरू अनुहारभरि दौडिए । मैले तत्काल कसैको कुरामा सहमति जनाउन सकिन, केवल मौन रहे“ । मनमनै सुस्तरी भने“, दिदी तपाईंले चाहनुभएको र मलाई आशिर्वादमा दिनुभएको "लाहुरे ज्वाइ“" सायदै यो मनदेखि दूरदेशमा लाहुरे हुनुमा केवल आफ्नो अस्तित्व संकटमा मिल्क्याएर लाहुरमै अल्झिरहेका होलान् । कठै लाहुरे ज्वाइ“का मीठो कल्पना सा“चेकी, लाहुरे ज्वाइ“कै आसा पालेकी ती दिदीका श्रीमान अर्थात् मेरा भिनाजु लाहुरे हो या होइन, मैले सोधनी गर्न पनि सकिन । भिनाजुबारे जान्ने स्रोत थिए, र पनि मैले त्यसो गरिन । बडो कठिनतापर्ूवक मैले भिनाजुबारे जान्ने इच्छा मनैमा लुकाए“ । हुन त दिदीले मलाई दिनुभएको आशिर्वादको 'लाहुरे ज्वाइ“' नराम्रो अभ्रि्रायले पक्कै दिएको होइन, राम्रै अभ्रि्रायले दिएकी हुन् । दिदीको मनमा बसेको "लाहुरे ज्वाइ“"को छाप बडो गजबको छापमात्रै नभएर एउटा पीडासहितको छाप पनि हो । त्यो पीडासहितको छाप प्रत्येक तामाङ जातिको मुटुमा अमिट छापको रूपमा बसेको छ । आखिर 'लाहुरे' कुनै पनि मान्छेले एक क्षेत्रविशेषमा आधारित रही कार्य गर्ने पद र दर्जा न हो । तर विडम्बना † यस्तो भइदियो कि लाहुरेजस्तो पद, दर्जा कसैका लागि आशिर्वाद बनिदियो । पाउन नसकिने चिज बनिदियो, त्यो चिज पाउन सकिन्छ त जातीय पहिचान र अस्तित्व मेटाइनुपर्ने । त्यसैले जनजातिका छोरा, ज्वाइ“ लाहुरे बन्नमा र बनाउनमा कम मामुलीको कुरो थिएन, कुनै बेला । यसैकारणले लाहुरे छोरा बनाउनमा र लाहुरे ज्वाइ“ पाउनमा पीडित जनजाति अभिभावक मरिहत्ते गर्थे र अझैसम्म गर्छन् । नेपालको त्यो इतिहास जिउ“दैछ, जुनबेला
जोसुकै जनजातिले निर्धक्क लाहुरे बन्ने सपनासम्म बुन्न पाउ“दैनथे । त्यसबेला नेपालमा विशेष गरी तामाङ लाहुरे बन्नबाट वञ्चित थिए ।
यो कस्तो र कति साह्रो कहालीलाग्दो जातीय दमन लाहुरे बन्नकै लागि आफ्नो थर र जातैसम्म परिवर्तन गर्नुपर्ने । यसरी राज्यले सिङ्गो तामाङ जातिका लागि लाहुरे जागिर फलामको चिउरा निल्नु न चपाउनुको हड्डी बनाइयो । यो पीडा ऊ बेलाका तामाङ जातिले खेपेका थिए । कैयौं तामाङ जातिले लाहुरे भर्तीका खातिर नै आफ्नो थर परिवर्तन गर्न बाध्य भएका थिए भने कैयौं तामाङ आफ्नो जातीय अस्तित्व जोगाउने सवालमा अडिग रहेकाले लाहुरे बन्नबाट विमुख हुनुपरेको थियो । तामाङले यसरी लाहुरको सेनामा भर्ती हुनका लागि गुरुङ वा अन्य र्राई, मगर, घले जाति भनेर थर परिवर्तन गर्नुपथ्र्यो । त्यसैकारण आज कैयौं तामाङ आफ्नो वास्तविक थरबाट अन्य जातमा परिणत भएको कालो इतिहासभित्रको विरक्तता र तिक्ततासहितको घटना सिङ्गो तामाङ जातिको तातो रगतमा हरक्षण पीडा बनेर उम्लिरहेको छ । यसरी थर बदली-बदली लाहुरे बन्नेहरूका आफ्नो रगतको साइनो र रगतको नाता सन्तानसमेत आफ्नो वास्तविक थर र जातबाट मेटिनुपथ्र्यो । इतिहासका यी काला दाग मेटाउने चेष्टामा जनता जुटिरहेका छन्, आ-आफ्नै जातिको स्वायत्ततासहितको संघीय राज्य निर्माण गर्नमा ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell