ठेक्कामा भानुभक्त

विमल निभा
Sourcre:Kantipur Daily

उनी भानुभक्त आचार्यका ठेकेदार हुन् । कहिलेकाही“ मोतीराम भट्ट र लेखनाथ पौड्यालका ठेक्का पनि लिने गर्छन् । तर यसमा नियमितता छैन । एकपटक एक युवाकविको ठेक्का लिएको हल्ला पनि चलेको थियो । तर यसमा कुनै सत्यता थिएन । नेपाली साहित्यमा यस्ता हल्ला त्यसै चलिरहन्छन् । अ“, उनको भानुभक्तको ठेक्कामा भने कुनै तलमाथि परेको छैन । दर्ुइ दशकभन्दा बढी समयदेखि उनी यो कार्य अनवरत गरिरहेका छन् । अर्थात् नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको ठेकेदारिता । त्यसैले भानुजयन्ती आउनासाथ उनी स्वतः सक्रिय हुन थाल्छन् । तीन-चार सप्ताह अगावैदेखि ।
'नमस्कार गरे“ है गुरु ।' उनलाई देखेर म टाढैबाट कराउ“छु ।
'नमस्कार ।'
'आज घरबाट यति चा“डै निस्कनुभयो, के हो गुरु -'
'एउटा जरुरी काम थियो, के गर्नु -' उनी टक्क अडिएर भन्छन् ।
'भानुजयन्ती कहिले हो -' म एकाएक सोध्छु ।
'किन -' उनी र्सतर्क हुन्छन् ।
म प्रत्युत्तरमा फुटपाथको रेलिङ समातेर हलुका हा“स्छु ।
उनलाई दौरा-सुरुवालमा कस्सिएर कालो ब्याग बोकी हि“डेको देख्नासाथ सबै थाहा पाउ“छन्- भानुजयन्ती आउनै लागेको छ । अरू बेला उनी यसरी ठा“टिएर हि“ड्दैनन् । ठूलो साइजको कालो ब्याग त खास यही अवसरका लागि हो । यो कालो ब्यागको आफ्नै कथा छ । उनी आफैं बेलाबखत भन्ने गर्छन्- 'एकपटक म भानुजयन्तीको अवसर पारेर सिक्किम गएको थिए“ । त्यसबेला मलाई भानुजयन्ती समारोहको मुख्य अतिथि बनाइयो । मुख्यमन्त्री सम्माननीय पवन चाम्लिङले आफ्नै हातले मलाई यो विशेष ब्याग दिनुभएको हो ।' यसको उपकथा पनि छ । त्यो कालो ब्यागभित्र के राखिएको थियो, उनी भन्दैनन् । नेपाली साहित्यको वृत्तमा के हल्ला छ भने त्यसभित्र विशेष नगद थियो । त्यसैले उनी 'विशेष' शब्दको उच्चारण अलिक बेग्लै प्रकारले ओठ टेडो पारेर गर्ने गर्छन् । यसले खास ध्वनि उत्पन्न हुन्छ । अरू यस्तो गर्न सक्दैनन् । म त्यो खास ध्वनि निकाल्ने चर्चित विशेष कालो ब्यागतर्फआ“खा डुलाएर अचानक सोध्न पुग्छु, 'के यो सा“चो हो गुरु -'
'के सा“चो हो -' उनी मेरो प्रश्नले अलमलिन्छन् ।
'मेरो भनाइको मतलव कतातिर
गुरु -' म आफ्नो प्रश्न सच्याउने प्रयत्न गर्छर्ुु
'अब तपाईंलाई कता भन्ने -' उनी मस“ग कुरा गरु“ अथवा नगरु“को असमञ्जसमा छन् ।
'भानुजयन्तीका लागि चन्दा उठाउन जान लाग्नुभएको हो -' यो अप्रत्याशित प्रश्नले उनी झस्कन्छन् ।
'मैले यस्तो भन्न खोजेको होइन गुरु ।'
'अनि के त -'
'नरिसाउनोस् गुरु, मैले यसो ठट्टामात्र गर्न चाहेको हु“, अरू केही होइन ।' म विनम्र भावमा भन्छु ।
'ठीक छ, ठीक छ ।'
'क्षमा गर्नोस् गुरु ।'
'होइन-होइन, तपाईंले ठीकै
भन्नुभयो । तीन सप्ताहपछि भानुजयन्ती हो ।' उनी टोपी फुकालेर टाउको कन्याउन थाल्छन्, 'तयारी त गर्नैपर्यो नि †' होइन र - म अरूजस्तो होइन । अरूहरू संस्थामा बस्नमात्र खोज्छन् । काम भने पटक्कै गर्न चाह“दैनन् । सबै मैले एक्लै गर्नुपर्छ । एकछिन फर्ुसद
छैन । के गर्नु -'
'अहिलेचाहि“ कतातिर नि -'
'यसो मन्त्रालयसम्म जाउ“ भनेको ।'
'चन्दा उठाउन -' मेरो मुखबाट फेरि फुत्कन्छ ।
उनी अप्ठ्यारो किसिमले अनुहार बनाएर मलाई हर्ेछन् ।
'अन्त जानु पर्दैन गुरु -'
'कहा“ -'
'एकेडेमी र साझा प्रकाशनमा ।'
'जानै पर्दैन, प्रत्येक वर्षआउने र्
गर्छ । पहिलेदेखि नै साझा र एकेडेमीले मेरो लागि रकम तोकेको
छ । भानुजयन्तीमा आफैं मेरो कार्यालयमा पठाइदिन्छन् । मैले केही गर्नै पर्दैन ।'
'यो त राम्रो व्यवस्था रहेछ ।'
'तर पुरानो रकमले पुग्ने छा“टका“ट देखिएन । त्यसैले रकम बढाउनुपर्यों भनेर एकपटक दुवै ठाउ“मा जानुपर्ला ।' उनको गालामा प्रसन्नताले खाल्डो पर्छ ।
'से“ठ-साहुकारहरूकहा“ जाने होइन
गुरु -'
'जानु बा“की छ ।' उनी सन्तुष्ट भावमा टाउको हल्लाउ“छन्, 'विस्तारै जानुपर्ला । के हतार छ -'
'अरूहरूले त चन्दा उठाइसके जस्तो छ ।' म आफूले थाहा पाएको जानकारी उनीसमक्ष राख्छु ।
उनको पाइला पछ्याएर भानुजयन्तीमा लाग्ने धेरै छन् । यो उनलाई प्रिय लागेको छैन । यसलाई उनी आफ्नै कार्यमा सोझै हस्तक्षेप ठान्छन् । अतएव बेलाबखत दुवै ओठलाई वर्तुलाकार पारेर भन्ने गर्छन्- 'म पनि आचार्य हु“ । मेरो भानुस“ग रगतको नातो छ । म अरूजस्तो होइन ।' सायद यही अधिकारले उनले भानुभक्तको सालिक बनाउने नाउ“मा लाखौं चन्दा उठाएर राजधानीमा घर बनाएका छन् । तर यसको खण्डन गरेर उनी भन्छन्- 'म त आफैं भाडाको घरमा बसेको छु ।' तर भन्नेहरूको थप भनाइ के छ भने उनले आफ्नो घर पनि भाडामै लगाएका छन् । जे होस्, उनलाई लिएर नेपाली साहित्यको सानो आकाशमा थुप्रै हल्ला चंगाझैं उडिरहेका छन् । जस्तै- भानुभक्तको नाउ“मा आउने कतिपय सरकारी सहयोगको रकम उनले पच पारेका छन् । यस्तै उनी भानुभक्तका नाउ“मा निम्तो झिकाएर वर्षोनि आसाम, दार्जिलिङ, गान्तोक, सिलिगुडी, डर्ुबर्स, बनारस, देहरादुन, नागाल्यान्ड, मणिपुर, कालिङपोङ आदिको सयर गरिरहन्छन् । उद्देश्य उही एकमात्र चन्दा उठाउनु नै हो, इत्यादि । कुन्नि, वास्तविकताचाहि“ के हो † मेरो उनीस“ग यस सम्बन्धमा प्रत्यक्ष प्रश्न गर्ने इच्छा हुन्छ । तर साहस जगाउन नसकेर म भन्छु, 'गुरु, यसपालिको भानुजयन्तीमा के-के गर्ने विचार छ -'
'त्यही त हो, भनुभक्तको तस्वीरलाई नगर परिक्रमा गराउने, एकेडेमीको हलमा परिसंवाद राख्ने र एक-दर्ुइ विद्यालयका भाइबहिनीलाई भानुभक्तीय रामायणको श्लोक पाठ गर्न लगाउने, अरू के गर्ने -' उनी अरूले चन्दा उठाइसके भन्ने थाहा पाएर उत्पन्न भएको तनावबाट अहिलेसम्म मुक्त भएका छैनन् ।
'भानुजयन्तीको उपलक्ष्यमा विशेष कविगोष्ठी नगर्ने गुरु -'
'से“ठ-साहुकारकहा“बाट चन्दा उठाउनेले गरुन्, मैलेमात्रै कति गर्ने, म त वर्षौंदेखि भानुभक्तको काम गरिरहेको छु, कति गर्ने, अब अरूले पनि गरोस्, ममात्रै किन -' उनी आफ्नो स्वभाव विपरीत एकाएक रिसाउ“छन् । फलस्वरूप बाया“ हातको कालो ब्याग दाया“ हातमा लिन्छन् । फेरि बाया“ हातमा र्सार्छन् । र बेस्सरी हल्लाउन थाल्छन् ।
अर्थात् उनको क्रोध चरममा पुगिसकेको छ । यो विस्फोटक स्थिति हो । त्यसैले म उनलाई केही नभनेर विस्तारै अघि बढ्छु ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell