
प्रकाश थाम्सुहाङ, ईलाम
Source: Nepalikavita
एक समय
न्रि्रुक्क भिजेको मुसाझैँ
सारा अवयव शिथिल भएर मुर्झाएका मान्छेहरू,
इतिहासको एउटा पात्र
आफ्नो सीमाबाट बाहिर फुत्त निस्केर
एकाएक राजनीतिमा उदाएको परिदृश्य
विस्मित म
धरहरा नजिक उभिएर रमिला हेर्दै थिएँ ।
अर्वाचीन समयखण्डमा
शस्त्रधारीले निःशस्त्रलाई गरिरहेको अमानवीय व्यवहारहरू
मान्छे मान्छे बीच जन्मिएको अविश्वासका खाडलहरू
तमोर नदीमा निरन्तर बगिरहेको रगतको वहावहरू
बन्द हुनुपर्छ भन्छु म,
टक्क अडिएको घण्टाघरको घडीको सुइ
उल्टो होइन सुल्टो घुम्नु पर्छ भन्छु म,
पूनरावृत्ति होइन
नवीनताको शङ्खघोष हुनुपर्छ भन्छु म,
टेक्नु पर्छ अब नयाँ सडकमा विसङ्गती लक्षित
विद्रोहका पाइलाहरू
फाट्नु पर्छ कालो बादलहरू
नवीनताको आवाजले
यहाँ,
जडतालाई पर्खालहरू
भत्काउनु पर्छ नूतन सोचले भन्छु म ।
एकलवादको हालीमुहाली रोज्नेहरू हो झ्
बहुल-बहुल सादृश्यतामा बाँचौँ भन्छु म ।
अर्वाचीन परिवेशको गञ्जागोलबाट अवसर लुट्नेहरू
अधिनायकत्वको एक क्षत्र राज चाहनेहरू
हिंसा-हिंसा अनि फेरि हिंसाको रटना लगाउनेहरू
कान खोलेर सुन अब
खुला मञ्चा उभिएर म
उन्मिुक्तिको, निस्सीमताको, स्वतन्त्रताको भाव बोकेको
नवीन प्रजातन्त्रको गीत गाईरहेछु
सार्वभौमसत्ता प्राप्तीको अभीष्ट बोकेको
जनताको गीत गाईरहेछु ।
No comments:
Post a Comment