Title of the book: "PahaadBudho"
Author : Sashi Lumumbu
Genre: Collection of Poems
Computer Work: By Basantaraj "Agyat"
Publisher: Sabdh Saatabdhi
Cover Art: Vivek Mukarung (Bhojpur)
Printed @ : Om Shivashakti Press,Bag Bazar
यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के विन्दगी बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लनु पनि जगजगी आँखा उर्घार्न पनि जगजगीयो जिन्दगी खै के जिन्दगीपसलमा सोकेशभित्र सजाएरराखेको काँचको चुरा जस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी! रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी! बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी! यो जिन्दगी खै के जिन्दगी!!
झिस्मिसेमै आँखाको खिर्कीबाट न्रि्रालाई मिल्काएर अनि रातको कम्बल पन्साएर मेरी आमा पलङबाट यस्तरी ओर्लन्छि न्जसरी उज्यालो ओर्लन्छ धरतीमा अनि गुँडबाट निस्केको पहिलो चरीले बिहानीलाई बोलाउँदै चिर्बिराए झैं आमाको आवाज सुन्न थालिन्छ घरभरि त्यसपछि पूर्वी क्षितिजमा उठिरहेको रातो पहेँलो बिहानी जस्तै चुल्हामा आगो बल्छ र चुल्हाछेउमा बसेकी मेरी आमाको अनुहार त्यसबेला घामको पहिलो किरणले छोएको हिमालको टाकुरा झैँ देखिन्छ ।