खबर महासय

टीका 'भाइ'

महासय
खबरको शवहरू
अघिल्तिर पसारेर- चियाको घुँटसित निल्छ।
-पोस्टमार्टम नभएका
अपराध-झुठ-बिनास-दुर्घटनाका शव-को ‘ब्रेकफास्ट’,
यसबिना बाच्न सक्दैन उसको ‘एलाइट’ मगज
खबर बोकेर गफ हाँक्न, महासय सधैँ-सधैँ आतुर हुन्छ।


उसलाई थाहा छैन,
काखमा कलिलो छोरी राखेर
बलात्कार अनि मानव तस्करीको खबर पडिरहेकी आमाको
भयाक्रान्त मुटुको स्पन्दन।
उ भन्छ-
‘केटीहरू नै साह्रै उत्ताउलो छ!’


उ जान्न चाहदैन
देशद्रोहको आरोपमा ‘इन्काउन्टर’ गरिएका
जवान छोराको लास बोक्ने
बुडो काँध
उ भन्छ-
‘ठिक्क पारेछ!’

फेरि अर्को घोटाला!
स्विस ब्यांकमा कालो धन!,
फेरि आज हड्ताल!
फेरि आज बम-ब्लास्ट!
उ यसरी गनगनाउछ
मानो सारा देश उसले थेगेको छ।

उसलाई थाहा छ-
देशमा कति गरिबी छ,
कति बेरोजगारी छ
उसलाई यो पनि थाहा छ
देशमा कति ठुला उद्ध्योगपति छन्
उ सानसित भन्छ-
‘बुद्धी नहुनेहरू भोक-भोकै मर्छ’
मानो ती महासय कुबेरको अर्को अवतार हो।

उसलाई विरोध मनपर्दैन
जुलुस मनपर्दैन
आन्दोलन मनपर्दैन
खबर हरेरै गर्जिन्छ उ-
‘यो सब विकासको वाधक हो!’
मानो ती महासय विकासकै भगवान् हो।

आधा दिन कार्यलय अनि आधा दिन गफ हाँक्न रुचाउँछ
कुनै सिर्जनात्मक कार्यक्रममा प्रमुख अतिथि भए मात्र पुग्छ
खबर महासय बोल्छ,बोलिरहन्छ, सुनिदिने टाउको हुनुपर्छ
सुन्छ पनि,तर ओहदाले उ भन्दा ठुलो हुनपर्छ।
कुनै बेला भेट्नुभए याद राख्नुहोस्
उसले सबैभन्दा पहिला तपाइँको ‘पद’ र ‘कमाई’ सोध्नेछ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell