यो जीवन

चन्द्र गुरुङ

यो जीवन
बिहान सबेरै चिया गिलासबाट
आकाश छुने रहरहरू बोक्दै
बाफ बनेर उठ्छ ।

त्यसपछि केही क्षण
यता ठोकिन्छ...
उता ठोकिन्छ...
भौँतारिरहन्छ कल्पनाको संसारमा
आखिर
आफ्नो लक्ष्यमा पुग्नुअघि नै विलीन हुन पुग्छ ।

कहिलेकाहीँ म
बिरानीमा उभिएर
चिनी-पत्तीबिनाको चियाझैँ बनेको जीवनलाई
निल्छु बिस्तारै घुटुक्क...घुटुक्क...
न कुनै रङ
न कुनै स्वाद
न कुनै मीठास
केवल सपनाहरूले भोक शान्त पार्न
र इच्छाहरूका उत्ताउलो तिर्खा मेट्नको लागि ।

यो जीवन
प्रत्येक बिहान मभित्र उम्लिरहेका
नानाथरी सोचाइहरूझैँ सुरु हुन्छ
तर दिनभरिको थकान
र असफलताहरूले टुक्रिएर
हर साँझ
ठस्स गन्हाउँछ कुहिएका सपनाहरूझैँ
र तीतो अनुभवहरूको एउटा नमीठो गन्ध
फैलिँदै जान्छ -
मुटुको कुना-कुनामा ।

6 comments:

Unknown said...

coool!

मेरो व्लग said...

सायद
सायद जीवन तपाई को भावनालाई म यो हद सम्म महसुस गर्न सकै्ा जहा वाट यो सुरुवात भएको छ ।
धेरै नजिक धर्ै आत्मियता को वावजुत यो तपाई भित्रको तपाई मालाई धेरै आत्मिय महशुस भईरहेछ । हामी तपाई भित्रको तपाई र म भित्रको म सिर्फ यो व्लग मा मात्र कुरा गर्छै सायद तपाईको यो सिर्जना न देखावटी भएर होला तर एक प्रकारको वास्तविकता मा वग्छु जव म तपाईलाई मेरो ल्यपटपको भिरालो स्किन मा प्रतिविम्वित पाउछु ।

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell