
कर्ण शाक्य -
खुट्टा नभएकी एउटा विदेशी महिला आफूले प्राप्त गरेको बिमा रकमबाट लुक्लामा अस्पताल बनाउन आउँछिन् । बेलायतको एउटा साधारण परिवार आफ्नो घरको बहालले अन्धाहरूका निम्ति पोखरामा मालिससम्बन्धी तालिम केन्द्र बनाउन आउँछिन् । जापानको एउटा ट्याक्सी ड्राइभर लान्दु्रकमा आफ्नै स्रोत र साधनबाट सानो जलविद्युत् योजना स्थापना गर्छ । तर हामीले आफ्नो मातृभूमिलाई केही गर्न चाहेनौं । जसले केही गर्न सक्थ्ोे, उनीहरू झन् धन र शक्तिका लागि देशलाई नै हारालुछ गरिरहेछन् । एकचोटी मन्त्री भइसकेपछि उसलाई सधैं ठूलो पद नै चाहिने, पद पाएन भने त बौलाहा नै हुनेे । एउटा शक्तिभोगी मानवअधिकारवादी नागरिक समाजका नेतालाई सोधँे, 'तपाईं सधैं जनता-जनता भनेर राजनीति गर्न खोज्नुहुन्छ, जनताको परिभाषा के हो, जनता भनेको को हो ? के तपाईंको पछाडि कमसेकम तपाईंका भाइ र श्रीमती त छन् ?
यो लेख अङ्ग्रेजीमा लेख्न चाहेको थिएँ । तर विदेशीसामु देशको बेइज्जत गरेर आकाशमा थुक्न चाहन्न । कस्तो विडम्बना, भगवान्ले हामीलाई अथाह प्रकृति दिए, पुर्खाले हामीलाई अनगिन्ती संस्कृति दियो । तर हामीले यसलाई न सदुपयोग गर्न सक्यौं न संरक्षण नैै । झैझगडामै समय बितायौं । भुटानजस्तो देश एउटा नदीको पानीबाट बिजुली निकालेर दक्षिण एसियाकै सम्पन्न राष्ट्र बन्न सक्षम भयोे, हामी त हिमालै बोकेको राष्ट्र, खबार्ंै मुरी हाम्रो पानी बगिरहन्छ । नदीहरूबाट बिजुली उत्पादन गर्ने त कता हो कता, बाँध बाँध्ने कुरामात्र गर्नासाथ सबैलाई चिन्ता लाग्ने । त्यो विद्यार्थी होस् वा राजनीतिज्ञ, त्यो पत्रकार होस्, चाहे साहित्यकार । चालीस वर्षे शाही नेपाल वायुसेवा निगमको हालत त्यस्तै नाजुक छ, एउटा विमान किन्न खोज्यो भने शंका र उजुरीको भुमरीमा फँसिहाल्ने । नेपालमा इमानदार मानिसको आँत सुकेर गयो, बेइमानलाई कसैले छेक्न सकेन । यो जलस्रोत र वायुसेवा निगमको मात्र कुरा होइन, कानुन, शिक्षा र जुनसुकै क्षेत्रको पनि हालत नाजुक छ । आफू जित्यो भने छाती फुलाएर हिँड्छ, हार्यो भने विधिको शासनलाई सराप्न थाल्छ । यो कस्तो लाछीपन ? न आफू काम गर्छ न अरूलाई गर्न दिन्छ । जान्नु-बुझ्नु केही छैन, एकजनाले हुन्न भन्ोेपछि त हुन्न-हुन्न । जुन विषय, जुन क्षेत्र आफ्नो होइन, त्यसमा जान्ने भएर बोल्ने प्रतिक्रिया दिने किन ? हाम्रोे योे कस्तो मनिस्थिति, खान पाएन भने महिनौंसम्म पटुका कसेर ढुंगा राखेर पनि बस्न सक्ने, तर खाना पाउनासाथ नुन चर्काे-पिरो भयो भनेर आलोचना गरिहाल्ने ।
नेपालमा जब नयाँ वर्ष आउँछ, अनेक रंगीचंगी कागजका झण्डा बनाएर टोल-टोललाई दुलहीजस्तै सिंगार्छन्, झिलिमिली बत्ती बाल्छन्, मोटरसाइकल र्यामली गर्छन् । ठीक छ, उल्लासपूर्ण वातावरणमा नयाँ वर्ष मन्ााउनुपर्छ । महोत्सवमा भाग पनि लिनुपर्छ । तर उत्सव-महोत्सव सबै सिद्धिएर महिनौं-महिना बित्ािसक्दा पनि बाटोभरि झुन्ड्याइराखेका तुल त्यसै रहन्छन् । त्यसलाई निकालेर फ्याँक्ने कोसिस कसैले गर्दैन । स्वयम्भू, लुम्बिनी र कतिपय धार्मिकस्थलमा श्रद्धालु भक्तजनले मन्त्र लेखेका कपडाका झण्डाहरू मन्दिरको टुप्पोमा मिहेनत गरेर सजाउँछन् । धर्ममा आस्था राख्नु राम्रो हो, भगवान्को पूजा गर्नुपर्छ । तर घामपानीले मक्किइसकेका ती झुत्रा तुल महिनौंसम्म झुन्डिइरहँदा पवित्र तीर्थस्थलको सम्पूर्ण वातावरणलाई प्रदूषित बनाइदिन्छ । के त्यो झण्डा राखेपछि निकाल्नु पर्दैन ? धर्म गर्नेले कर्म गर्नु पर्दैन ?
नेपालका मस्जिदहरूमा 'लाउड स्पीकर' लगाएर ठूलठूलो स्वरले 'अल्लाह अक्बर' भनेर प्रार्थना गर्दा सायद मुस्लिम समुदायलाई मनपर्न सक्ला, तर मस्जिदबाहिर बस्ने हिन्दू, बुद्धिस्ट र क्रिश्चियनहरूलाई पनि त्योे प्रार्थना मनपर्नुपर्ने आवश्यकता छ र ? ढ्वाङ फुकेर धर्म प्रचार गर्नु यो मुस्लिम समुदाय मात्रले जन्माएको समस्या होइन । हाम्रो देशको अधिकांश धर्मस्थलहरूमा बेढंगे धार्मिक क्रियाकलाप बेरोकटोक मनाउने गर्छन् । यसपाली शान्तिको प्रतीक लुम्बिनीको मायादेवी मन्दिर परिसरभित्र पनि भजनमण्डलीले लाउड स्पीकर लगाएर भजन गर्न थालेका छन् । आफ्नो संस्कार, धर्म र जातीय कर्मकाण्डलाई मात्र महत्त्व दिएर अरूहरूको संस्कृतिलाई हेपाहा दृष्टिकोणले हेर्ने यो हाम्रो इथिनोसेन्टि्रजम मनोवृत्तिलाई हामीले परित्याग गर्नैपर्छ । अब त हुँदाहुँदा राजधानीको केन्द्रविन्दु नारायणचौरमा समेत पाल हालेर चारैदिशामा लाउड स्पीकर लगाई पूजापाठ गर्न लागिसके । के यो कार्यक्रमलाई टोलमा बस्ने सबै मानिसले मनपराएका होलान् त ? स्कुलमा जाने बच्चाहरू छन्, होमवर्क गर्नुपर्छ, त्यो वातावरणमा बच्चाले कसरी पढ्न सक्लान् ? तराई क्षेत्रको त कुरै छोडौं, साना-साना चियापसलेले पनि आफ्नो ग्राहक तान्न जताततै ढ्वाङ राखेर बेसुरे फिल्मी गीत बजाउने गर्छन् । विवाह, व्रतवन्धको बेलामा त कुरै छैन, बस् सारा संसार नै उनीहरूको भयो ।
हामी आवेशमा आएर खुसियाली मनाउन पायौं भने आँखै देख्दैनौं । ऋण लिएर भए पनि भोजभतेर गरिहाल्नुपर्ने । तर तडक-भडक सकिसकेपछि हामी सबै बिर्सन्छौं । प्रकृतिको काखमा हामी वनभोज गर्न जान्छौं, तर फोहोरमैला त्यहीं फ्याँकेर आउँछौं । आलु खाएर पेडाको धाक गरी मोटरसाइकल र मोटरहरू सडकमा गुडाउन मरिहत्ते गर्छाैं, अनि जहाँ पायो त्यहीं विवेकहीन तरिकाले पार्किङ गरी टा्रफिक जाम गराइदिन्छौं । कस्ता स्वार्थी हामी ? आफूलाई असजिलो र मर्का पर्योे भने तुरुन्तै रिस उठ्ने तर आफ्नो भूलबाट अरूलाई कति मर्का पर्छ सोच्दै नसोच्ने ? स्वार्थमा गुम्सिएर हामी यति अन्धो भयौं कि अरूको समस्यालाई ध्यानै दिन सकेनौं । असन, इन्द्रचोक, ठमेलको कुनै पनि सडक, गल्लीमा बिहान हिँड्दा हरेक पसलेले आ-आफ्नो पसल सफा गरेर धूलो जम्मै सडकमा फ्याँक्छन् । यतिमात्र होइन, आ-आफ्नो पसलको 'डोरम्याट' सडकको बीचमा उल्टाएर राख्छन् । यो किन गरेको हो, अहिलेसम्म बुझेको छैन । डोरम्याटमाथि गाडी गुड्यो भने धूलो झर्ला भनेर हो कि ? के आफ्नो पसलमात्र सफा भए पुग्यो त ? ती फोहोर र घिनलाग्दा डोरम्याट राखेर सडकलाई बेइज्जत गर्न यसरी पाइन्छ ?
यो भएन, त्यो भएन भनेर सरकारलाई मात्र गाली गर्ने पक्षमा म छैन । हरेक विकृतिलाई सरकारी नियमले मात्र बाँध्न सक्दैन । हामीले आफैंलाई विवेकको नियमले बाँध्नुपर्छ । म एक सकारात्मक सोच राख्ने व्यक्ति हुँ । तर पाठक भन्ठान्लान्, यो कस्तो ढोँगी, हरेक क्रियाकलापको नराम्रो पक्षलाई मात्र हेर्छ । वास्तवमा सकारात्मक सोचको उत्पत्ति समालोचनात्मक दृष्टिकोणबाट नै आउँछ । सबै थोक ठीक छ, राम्रो छ, मात्र भनेर समस्या सुल्भिmँदैन । समाजका कुरीति र विकृतिलाई आँखा चिम्लेर स्वीकार्नु सरासर हरुवा प्रवृत्ति हो । साथै व्यावहारिक जीवनको धरातललाई बिर्सिएर सबै राम्रै हुनेछ भनी आशा राख्नुु पनि सकारात्मक सोच होइन, मात्र सपना वा विसफुल थिङकिङ हो । तसर्थ सकारात्मक सोचलाई मूर्तरूप दिने हो भने समाजका अँध्यारो पक्षलाई पनि नियालेर हेर्नैपर्छ । त्यस्ाका कमी-कमजोरीलाई व्यावहारिक प्रक्रियाबाट निराकरण र शुद्धीकरण गर्न खोज्नु नै सकारात्मक प्रयास हो ।
देशका कुनाकाप्चामा अनेक आर्थिक, सामाजिक र राजनीतिक विकृति छन् । यद्यपि ती सम्पूर्ण समस्याको समाधान पैसाको बलबाट मात्र हुँदैन । न सरकारी प्रयासबाट हुन्छ न त आमूल राजनीतिक परिवर्तन बाट नै सम्भव हुन्छ । तीे समस्या हामी आफैंले नै जन्माएका हौं । समस्या हाम्रै हो र समाधानको उपाय पनि हामीभित्र नै छ । समस्या समाधानको साँचो अधिकार होइन, चिन्तन हो, कर्तव्य हो । अधिकार खोज्नु नराम्रो होइन । तर कर्तव्य विनाको अधिकार परजीवीपन हो । अधिकार हाम्रो मर्म हो भने कर्तव्य हाम्रो कर्म हो ।
चन्दा दिएर, श्रमदान गरेरमात्र समाजसेवा गर्नुपर्छ भन्ने छैन । आफूले गर्नुपर्ने सानोे काममात्र गरिदिए पनि धेरै सुधार हुन्छ । कथंकदाचित् सुधार्न सकेन भने कमसेकम बिगार्ने काम त नगरौं । हाम्रो समाजमा एउटा हलुवाइले शुद्ध रोटीमात्र बेचिदियो भने, एउटा ट्याक्सी ड्राइभरले ग्राहकलाई मात्र नठगिदिए पनि वा एउटा तरकारी पसलेले फुटपाथ अतिक्रमण नगरी आफ्नै पसलभित्र मात्र तरकारी बेच्यो भने वा एउटा छिमेकीले अर्काे छिमेकीको मर्कामात्र बुझिदियो भने वा एउटी गृहिणीले घरको फोहोर फ्याँक्ने ठाउँमा मात्र फाल्दिइन् भने वा एउटा कुचीकारले आफ्नो समयमा सडकमात्रै राम्ररी सफा गरे वा एउटा पाइलटले समयमा प्लेन उडाइदिए धेरै समस्या सुल्झिन्छ । त्यस्तै एउटा विद्यार्थीले आफ्नो पाठमात्र पढिदिए पनि वा एउटा शिक्षकले शिक्षामात्र दिए वा एउटा चुनावमा उत्रेका उम्मेदवारले चुनावपश्चात् भित्तामा आफैंले टाँसेका पोस्टरमात्र निकालिदिए वा एउटा सरकारी कर्मचारीले आफ्नो फाइलमात्र टुङ्गयाइदिए वा एउटा पत्रकारले आफ्नो अन्तरआत्माले देखेको कुरालाई मात्र लेखिदियो भने वा एउटा कमिसन एजेन्टले सरकारी कर्मचारीलाई लोभमा मात्र नफँसाए वा एउटा मन्त्रीले आफ्नो कार्यालयमा राजनीतिक कार्यकर्तालाई नभेटी नियमपूर्वक गर्नुपर्ने निर्णयमात्र गरिदिए वा जसको जिम्मेवारी जे छ, त्यतिमात्र इमानदारीपूर्वक गरिदियो भने पनि नेपालका ९० प्रतिशत समस्या समाधान हुन्छन् । पैसा नभएर मानिस गरिब हुँदैन । विवेक नभएपछि
No comments:
Post a Comment