मुहारमा इन्क्लाबी मोहकता

_बलदेव भट्ट "बिहानी"

बैशाखले ओभरकोट ओढेर चैतको गीत गाए पनि हुन्छ
उफ्रे हुन्छ छेपारोहरु मंसिरको घाममा बुर्कुसी मार्दै ,
फूलले फूल कै जवानी कल्पेर बसे हुन्छ
प्रिय मानीसहरु हो ! सबैले इच्छित खुशी जिउन पाउनु पर्छ !!

झोपडीहरू

By Deepen Ghising

फाटेका सपनाको छाता ओढेर
कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका
झोपडीहरू
संसार फट् फट् फट्किँदा पनि
भ्रमको आगो तापेर
झुक्रिएर बस्न वाध्य छन्।

स्वपीड़क

-By Pooja Goberdhan

हिउंको एक झोक्का पनि
खप्न नसकेर
झरे म्याप्पलका पातहरु

छोडेर आफन्तालाई
तोडेर नाता सम्बन्ध
सुटुक्क समुद्र भेट्न बसाई सरेको
खहरेको जीवन जस्तै
सरे म्याप्पलका पातहरु

आफैसँग लजाएर
बाधासँग डराएर
सुटुक्क सम्झौता-पत्रमा हस्ताछेर गर्ने
हारेको जुवाड़े जस्तै
कति कमजोर
कति नाजुक
कति निरीह
म्याप्पलका पातहरु

ठ्याक्कै मजस्तै
दोश्रो दर्जाको नागरिक

एउटा "आपोकालिप्सिस" ढाल्नुछ

- मधु माधुर्य ( हाल : रसिया)

एक्लो सगरमाथा -
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती 'टुकुचा' बगिरहेछ ...

डाँडा

— रासा

काठमाडौंलाई छोडेर कतैं काठमाडौंमा
यी डाँडै–डाँडा छिचोलेर
यो डाँडाबजारमा आइपुग्दा
देखें मैले—
डाँडै–डाँडा
डाँडासँग डाँडा
डाँडामाथि डाँडा
डाँडामुनि डाँडा
डाँडानजिक डाँडा
डाँडापर डाँडा
डाँडै–डाँडा,
अहा, कति राम्ररी मिलेर बसेका !

खोई,
हामी यसरी मिलेर बस्नसकेका ?

["गन्तव्य ध्वजे: बिम्ब र रंगहरु को यात्रा" को अर्को कोशेली । चर्चित कवि रासाको कवितामा ध्वजे डाँडा र सँगै दीपेन्द्र बनेपालीको फोटोग्राफी ।]

GUFF-GAFF WITH A POET (3)

सुधीर छेत्री

1. Name-
सुधीर छेत्री
2. Place of Birth-
भारत उत्तरप्रदेशको अलाहबादमा। १९७१ दिसम्बरमा।
3. Contact Phone or Email-
98320-94769 (mobile) and bichalan147@yahoo.co.in
4. Published Works-
कविता सङग्रह 'शिल्पका पखेटाहरू'

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell